World Earth Day/SEE 2078-Compulsory English | विश्व पृथ्वी दिवस/SEE २०७८ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी | २०७९ वैशाख ९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2022
    २०७९ वैशाख

    शुक्रवार
    Apr 22, 2022
    वैशाख कृष्ण षष्ठी
    विश्व पृथ्वी दिवस/SEE २०७८ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ( World Earth Day/SEE 2078-Compulsory English )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    विश्व पृथ्वी दिवस | एसइई परीक्षा सुरुवात




    विश्व पृथ्वी दिवस विशेष अडियो सामग्री

    विश्व पृथ्वी दिवसको पृष्ठभूमि
    पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रूपमा मानेको यस सर्वव्यापी धरातलको महत्त्वलाई विश्व भरिनै महत्वका साथ हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ , मौसमको यो ध्रुवीय फरक अनि विविधताको अवसरमा पृथ्वी दिवसको मिति तोकिएको छ ।

    विश्व पृथ्वी दिवस कहिले देखि मनाउन थालियो ?
    सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाइमा पर्यावरण शिक्षा कार्यक्रमका रूपमा पहिलो पटक यो दिवस मनाएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मेलनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्‍याएको थियो । त्यसपछि, सन् २००९ मा राष्ट्र सङ्घको ६३औँ महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। अहिले यो दिवस राष्ट्र एक सय ९२ बढी देशमा भव्यताका साथ मनाइन्छ ।

    किन मनाइन्छ विश्व पृथ्वी दिवस ?
    पृथ्वीमा बढ्दो जनसङ्ख्या, अव्यवस्थित शहरीकरण र तिव्र औद्योगिकरणले अनेक समस्या निम्ताएको छ । यिनै समस्याहरूको न्यूनिकरण गर्न र मानिसमा यसबारे जागरण ल्याउन यो दिवस मनाउने गरिन्छ ।

    विश्व पृथ्वी दिवस नेपालमा कसरी मनाइन्छ ?
    विश्व पृथ्वी दिवसका दिनमा नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिन्छ । यस दिवसको अवसरमा पर्यावरण तथा वातावरण संरक्षण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिन्छ । कलेज तथा विद्यालयका विद्यार्थीहरूले ग्लोबल वार्मिङ तथा वातावरण प्रदुषणका विरुद्ध जनचेतनामूलक र्यालीको पनि आयोजना गर्दछन् । यस दिन सरकारी तथा गैरसरकारी संस्थाहरूले पनि सेमिनार , गोष्ठी तथा विभिन्न उपलब्धीमूलक कार्यक्रमको आयोजना गर्दछन् ।

    वर्तमान समयमा हाम्रो पृथ्वीमा कस्ता समस्याहरु देखिएका छन् ?

    २०औँ सताब्दीयता पृथ्वीको बढ्दो तापमान एउटा ठुलो चुनौती हो । बर्सेनि शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित बरफका चुचुराहरू पग्लिँदै गएका छन् । सूर्यबाट आउने पराबैजनी किरणलाई रोक्ने ओज़ोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपद्का घटनामा वृद्धि भइरहेका छन् । यी सबै कुराका लागि अन्य कोही नभएर स्वयं मानिस नै जिम्मेवार छन् ।

    ठुला ठुला हवाईजहाज र परमाणु बमहरू सृजना र निर्माण गर्ने उच्चतम प्रयोगशालाहरुम समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने हैसियत छैन, माटो प्रकृति हो, हावा प्रकृतिको प्रवृत्ति हो अनि पानी जीवन हो ।

    यस वर्षको विश्व पृथ्वी दिवसको मूल नारा के हो ?
    "Invest in our planet"
    अर्थात् पृथ्वीमा लगानी गरौँ भन्ने यस वर्षको पृथ्वी दिवसको नारा रहेको छ ।
    प्रविधि र व्यस्तताका बाबजुद पनि प्रकृतिमा रमाउँदै रुख रोप्ने, हरियाली बढाउने, साइकल चलाउने र सकेसम्म पूर्नप्रयोग गर्न मिल्ने ऊर्जाको प्रयोग, प्लास्टिकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यकता हो । प्रकृति सर्वोपरि छ, यसको सुरक्षा हाम्रो कर्तव्य हो । विश्वलाई पृथ्वी दिवसको शुभकामना सगरमाथाको चुचुरो देखि मृत सागरको सतहसम्म पृथ्वीको माया बढोस् ।

    एसइई परीक्षा सुरुवात
    राष्ट्रिय परीक्षा बोर्ड (NEB), परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई), कक्षा १० (नियमित, ग्रेड वृद्धि र प्राविधिक) को परीक्षा आज बाट शुरु भएको हो । तोकिएका परीक्षा केन्द्रहरूमा बिहान ८ बजेदेखि ११ बजेसम्म ती परीक्षाहरू सञ्चालन हुनेछन् । अनुमानित ५०८,००० विद्यार्थीहरू आगामी परीक्षाहरूमा सहभागी हुँदैछन् ।
    परीक्षार्थिहरुलाई शुभकामना ।

    हाम्रो पात्रोको लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.