Kalki Jayanti | कल्की जयन्ती | २०७९ साउन १८ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jul/Aug 2022
    २०७९ साउन
    १८
    बुधवार
    Aug 03, 2022
    साउन शुक्ल षष्ठी*
    कल्की जयन्ती ( Kalki Jayanti )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    कल्की जयन्ती





    सनातन दर्शनमा मनाइने पौराणिक दिवसहरुमा कल्की जयन्ती पनि एउटा दिवस हो । करिब ३००० वर्ष अगावै बाट यस दिवस मनाइन थालेको प्रमाण छ । श्रावण शुक्ल षष्ठिका दिन सेतो रंगको घोडामा बिराजमान भएर सबै देवदेवताका साथ कल्की भगवान धर्तिमा अवतरण गर्ने जनविश्वास छ । यसै आगमनको आशामा हरेक वर्ष श्रावण शुक्ल पञ्चमीमा कल्की जयन्ती मनाइने गरिन्छ । भगवान विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान विष्णुको यो अवतारले एकजना तपस्वी ब्राह्मणको घरमा पुत्रको रुपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापिहरुको विनास गर्नेछन् ।

    कतिपय जनविश्वास का अनुसार भगवान विष्णुको दशौ तथा अन्तिम अवतार "कल्की अवतार" भविष्यमा आजकै दिन यस कलियुगमा जन्म लिने धार्मिक मान्यता छ। आजको दिन (श्रावण शुक्ल पञ्चमी) अर्थात् कल्की जयन्तीले भगवान विष्णुको यो अन्तिम अवतारको जन्म हुनलागेको याद दिलाउछ। कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरुको विनास गरेर पुन एकपटक यो मानव जगतलाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ। कृष्णको झैं पहेंलो वस्त्रमा धर्तिमा पर्दापण हुने कल्कीको जन्म र कर्म बारे भागवत गीतामा सप्रमाण व्याख्या समेत गरिसकेको पाइन्छ । धर्मको जय होस् 

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.