आउँदा दिनहरु
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस १५ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती १७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १९ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी २८ दिन पछि
-
९साउनसोम प्रदोष व्रत २९ दिन पछि
-
१०साउनगथांमुगः चःह्रे ३० दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ३२ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ३३ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ३५ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ३७ दिन पछि
-
१८साउनकल्की जयन्ती ३८ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ३९ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ४३ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ४४ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ४६ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ४८ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ५२ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ५८ दिन पछि
-
८भदौप्रदोष व्रत ५९ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ६३ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ६६ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत ६७ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी ६८ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ ६९ दिन पछि
-
१९भदौराधा जन्मोत्सव ७० दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ७१ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत ७२ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस ७३ दिन पछि
-
२३भदौ
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- Chaturmaas Wrata Aarambha/Harishayani Ekadashi Vrata
- जन्म लग्न र फल
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas
- दही चिउरा खाने दिन / राष्ट्रिय धान दिवस
- Pradosh Vrat/International Day against Drug Abuse and Illicit Trafficking
- Yogini Ekadashi
- चतुर्मास व्रत आरम्भ / हरिशयनी एकादशी
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- Mithun Shankranti/World Elder Abuse Awareness Day
- World Day to Combat Desertification and Drought
- विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
साउन शुक्ल पूर्णिमा
जनै पूर्णिमा | रक्षा बन्धन | क्वाति खाने दिन | संस्कृत दिवस

समथर फाँटका गह्राहरुदेखि गैरिखेतसम्मको रोपाई सकिसक्यो होला, शुरुमा रोपेका धानहरु त अब गोड्ने बेला नै भइसकेको हुनपर्छ । भदौरे धानका वालाहरु फुट्न नि थालिसके र अब यो रोपाइपछिको आनन्दमय समयमा थप आनन्द थप्न लस्कर लागेर चाडपर्वहरु आउन थालेका छन् । वास्तवमा रोपाई पछिको सुस्केरा मार्ने समय हो यो, चाडवाडले जीवनमा एउटा बेग्लै रङ्ग थपिदिन्छ ।
खुसीयालीको चाड विशेष विभिन्न रङ्गीन राखीहरूले पसलहरूमा झिलिमिल थपेका छन । अनि दिदि बहिनी हुनुहुन्छ भने आफ्ना दाजूभाइहरूकालागि राखी खरिद गर्नुभयो त ! अनि दाजूभाइहरुले भने आफ्नी दिदिबहिनीहरूकालागि के कस्तो उपहार दिने तरखर गर्नुभएको छ त आज ?
हरेक चाडवाडको आ-आफ्नै महत्व र सन्दर्भ हुन्छ जस्तै कुनै चाड माटोको चाड हुन्छ, कुनै पानीको चाड र आज यो जनैपूर्णिमा भने धागो र बन्धनको चाड हो । धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धन । ब्राह्मण र क्षत्रिय पुरुषहरुले हिन्दु परम्परा अनुसार यज्ञोपवित अर्थात जनै लगाउने चलन रहि आएको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरी गुरू-पुरोहितद्वारा अरूले नसुन्नेगरी कानमा गायत्री मन्त्रको उच्चारण गरेपछि एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे काँधमाथि पर्नेगरी दाहिने हातको मुन्तिर पारेर गुरू पुरोहितले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ ।
यसरी मन्त्रेको जनै ६ वटा काँचो धागो (६ सूते धागो) लाई दुई बेग्लै बेग्लै गाँठो पारीसकेपछि सबैलाई एक ठाउँमा राखेर तयार पारिन्छ । जसलाई वार्षिक रुपमा आजैको दिन परिवर्तन गर्ने चलन रहिआएको छ । जनैमा रहने दुईवटा शिखाका छ वटा घागो डोरा मध्ये एउटा शिखामा रहेका तीनडोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको तीन डोरालाई कर्म, उपासना र ज्ञानको योग मानिन्छ ।
आजको दिनको मन्त्र:
"येन बद्धो वलीराजा दानवेन्द्रो महावलस् ।
तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।"
अर्थात्:
"जुन रक्षा (काँचो धागो)ले दानवहरुको महान राजा वलिलाई बाँधिएको थियो, म तिमीलाई त्यहि धागोले बाँध्दछु, यो रक्षा बन्धनले तिम्रो सदैव रक्षागर्नेछ ।" आजको दिनलाई नेपालभाषामा गुंपुन्हि पनि भनिन्छ। नेवार समुदायले आजको दिनलाई "गुंला महिनाको पुन्हि" अर्थात "गुंपुन्हि" भनेर मनाउँछन् । यसै अवसरमा उपत्यकाका भित्री सहरका बहाल विहारमा ‘बहिद्यः ब्वयेगु’ भनेर दीपङ्कर बुद्धका मूर्ति एवं यससँग सम्बन्धित अरू मूर्ति, सामान प्रदर्शनका लागि राखिन्छ ।
रक्षाबन्धन बाँधिएको धागो निकालेर गाई तिहारकादिन गाइलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरीदिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पूण्य प्राप्त हुने विश्वास रहि आएकोछ । कतिपयले आफै गुरु पुरोहितकहाँ गई या मठ मन्दिरमा गएर रक्षाबन्धन बाँध्ने गर्दछन् ।
यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लाइदिने चलन चल्दै आएको छ । नेपालको तराइक्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।
आजको दिन ज्वाँइ ससुराली गएर ससुराको हातबाट जनै फेर्ने चलन पनि प्रचलित छ । आज काठमाण्डौको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, रसुवाको गोसाँईकुण्ड, जनकपुरको गङ्गासागर, धनुषसागर, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोट लगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामहरुमा मेला पनि लाग्दै आएको छ ।
विशेषतः ब्राह्मण, क्षत्रीय या अन्यकुनै बैदिक धर्म पालनगर्ने समूदायमा ब्राह्मण पुरोहितसंग हातको नारिमा मन्त्रेको डोरा लगाएर यो पूर्णिमा मनाइने गरीएको छ । सनातन् हिन्दू वैदिकग्रन्थ अनुसार काँचो धागोबाट बनेको जनैलाई ब्रह्मसूत्र अर्थात् वेदोक्त्तकर्म सम्पादनार्थ तथा वेद अध्ययन निमित्त योग्यता हासिल गर्नकालागि ग्रहण गर्न मन्त्रिएर तयार पारीएको ६ सूते धागोको समूह हो जसलाई तयार पार्दा ३-३ वटा डोराको दुर्इवटा बन्धन तयार पारिन्छ जसलाई शिखा भनिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।
परिवर्तित परिपेक्ष्यमा चूँडाकर्म या उपनयन सकेका ब्राह्मण या क्षत्रीयमात्र भन्दा पनि चित्त शुद्ध गरेर आस्थावान जोकोही सनातन धर्मका अनुयायीले पनि यज्ञोपवित अर्थात जनै अरुलाई लगाईदिन र आफूले पनि लगाउन सक्दछन् । स्मरण रहोस मन्त्रिएका यज्ञोपवितहरुको धारण गर्नाले सभिथा अर्थात सूर्य भगवानको प्रत्यक्ष उर्जा प्राप्तगर्ने र त्यसमा गायत्री मन्त्रको उच्चारणले शारीरीक, मानसिक र अध्यात्मिक सार्मथ्यको वृद्धि हुने बिश्वास छ ।
साथै यज्ञोपवित धारण गरेपछि समस्त सनातन कर्महरुको कर्ता र अभियन्ता बन्न योग्य पनि ठहर्याउँदछ । आजभोली वैदिक सनातन धर्मलाई केवल जातिय आधार र छुवाछुतका रुपमा लिइने चलन छ, जुन अत्यन्त सकुंचीत कुण्ठा मात्र हो ।
यज्ञोपवितले ब्राह्मणपथमा लाग्ने राहदानीको कार्य गर्दछ तथापि ब्राह्मणपथ भन्नाले जन्म हैन कर्मले प्राप्त हुने पथ हो । आत्मिक शुद्धता, सकल जगतको भलो अनि अध्यनशिलताको पथनै ब्राह्मण पथ हो । ब्राह्मणलाई केवल जात, भाषा र खलकका रुपमा मात्र हैर्न हुँदैन । जुनसुकै धर्म या जातिय पृष्ठभूमिको भएपनि अध्यनशीलता र आत्मिक शुद्धताको ब्राह्मणपथमा आलीन हुन सक्दछन् ।
यसपालिको रक्षा बन्धन हाम्रो रिचार्जको साथ
रक्षा बन्धन दुई शब्दहरू मिलेर बनेको छ, "रक्षा" र "बन्धन"। संस्कृत शब्दावलीको अनुसार यसको अर्थ "सुरक्षाको गाँठो" हुन्छ। यो चाड दाजुभाइ-दिदिबहिनी सम्बन्धको अनन्त प्रेमको प्रतीक हो। यो केवल रगतको सम्बन्ध मात्र नभई आफुले दिदीबहिनी या दाजुभाई मानेका यस्ता अन्य सम्बन्धमा पनि मनाइन्छ। यस दिन, दिदिबहिनीले आफ्नो सफलता, स्वास्थ्य र खुसिको प्रार्थना गर्न आफ्ना दाजुभाईको हातमा रक्षा बन्धनको धागो बाधिदिने चलन छ। त्यसैगरि दाजुभाइले पनि दिदिबहिनिलाई उपहार दिन्छन् र आफ्ना दिदिबहिनीलाई हरेक परिस्थितिमा जोगाउने बचन दिन्छन्।
आफ्ना दाजुभाई तथा दिदीबहिनीसंग टाढा हुनुहुन्छ? यदि टाढा हुनुहुन्छ भने आफ्नो दिदीबहिनी दाजुभाइसँग रक्षा बन्धन लगाउन नपाउनु या उपहार दिन नपाउनुको कमि पक्कै महसुस गर्दै हुनुहुन्छ होला। यो पावन अवसरमा आफ्नो दिदीबहिनी दाजुभाइसँग सँगै नहुनु कति दुखद हुन्छ हामीले बुझेका छौं। यहि कमीलाई केहि हद सम्म पुरा गर्न हाम्रो पात्रोले हाम्रो रिचार्ज सेवा लिएर आएकोछ, जहाँ हजुरहरुले नेपालमा बस्नुभएका दिदीबहिनी तथा दाजुभाईलाई उपहार स्वरुप हाम्रो रिचार्ज प्रयोग गरि खुसि बाड्न सक्नुहुनेछ।
खुसि बाड्ने हैन त हाम्रो रिचार्ज (टप-अप) सँग!!
लिंक: recharge.hamropatro.com
-----
क्वाति खाने दिन
यो चाडमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागूडीबाट बनेको "क्वाति" हो । नेपालभाषामा क्वातिको शाब्दिक अर्थ 'क्वाः' भनेको तातो परिकार 'ति' भनेको झोल त्यसैले "क्वाति" भनेको झोलिलो परिकार हो । आजको दिनलाई क्वाति खाने दिन पनि भनिन्छ । दुइदिन अघिदेखि पानीमा भिजाई राखिएको बिभिन्न ९ प्रकारका गेंडागूडिहरु (मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो) गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाति भनिन्छ । हरियो टुसा पलाएको गेंडागूडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिन विशेषको महत्वपूर्ण स्वाद पनि हो ।
क्वाति पकाउने आ-आफ्नै तरिका हुन्छ, भूटेर, झोल पारेर साकाहारी स्वाद अथवा खसी वा कुखुराको मासु मिसाएर समेत स्वादिष्ट परिकार क्वाति तयार पारिन्छ । आजको दिन क्वाति खाएमा पाचनक्रियासंग सम्बन्धित बिभिन्न रोगहरु हट्ने जनविश्वाश रहिआएको छ । नेवार समूदायले खाने विशेष प्रकारको क्वातिलाई "न्वाँगी" भनिन्छ ।
देशमा हुनुहुन्छ या विदेशमा हुनुन्छ, परिवारसंग हुनुहुन्छ या परिवार बाहिर हुनुहुन्छ, तपाई जुनसुकै धर्ममा आस्था राख्नुहुन्छ या राख्नुहुन्न ? तपाई-हामी जहाँ छौं जे गर्दैछौं आजको यो सांस्कारीक काँचो धागो वा दाजू-भाई, दिदी-बहिनीहरूबिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालाई यूगौं यूगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षा होस्, जनै पूर्णिमा, रक्षा बन्धनको शुभकामना ।
संस्कृत दिवस
संस्कृत भाषाको वस्तुगत महत्वलाई जन समक्ष पुर्याउन र संस्कृत साहित्यमा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न, वौद्धिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न, विद्यार्थीलाई संस्कृत भाषाको अध्ययन गर्ने प्रेरणा दिन हरेक वर्षको जनै पूर्णिमाका दिन ‘विश्व संस्कृत दिवस’ मनाउने गरिएको छ। ५००० वर्षभन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको दिन नै श्रावण पुर्णिमाको दिन मै वेद पाठनको शुरुवात हुने भएकाले आजको दिन नै संस्कृत दिवस भनेर मनाइन थालेको हो।
संस्कृत भाषामा रचना भएका ग्रन्थमा रहेका ज्ञान प्रचार प्रसारमा सहयोग पुर्याउने हेतुका साथ आजको दिन यो विश्व संस्कृत दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । संस्कृत भाषाको सम्वर्धन तथा प्रवर्धनका लागि विश्व संस्कृत दिवस मनाउन लागिएको हो। अहिलेको युवा समुदायमा संस्कृत भाषाप्रतिको मोह त्यति नरहेको हुदापनि आजको दिनले संस्कृत भाषाको मोह युवा पुस्तामाझ स्थापित गराउने सोचमा आजको यस दिन मनाउन थालिएको हो। आजको दिन देशभर संस्कृत जागरणका लािग विभिन्न कार्यक्रमको आयोजना गरिने गरिन्छ।
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको
आउँदा दिनहरु
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस १५ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती १७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १९ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी २८ दिन पछि
-
९साउनसोम प्रदोष व्रत २९ दिन पछि
-
१०साउनगथांमुगः चःह्रे ३० दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ३२ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ३३ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ३५ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ३७ दिन पछि
-
१८साउनकल्की जयन्ती ३८ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ३९ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ४३ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ४४ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ४६ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ४८ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ५२ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ५८ दिन पछि
-
८भदौप्रदोष व्रत ५९ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ६३ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ६६ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत ६७ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी ६८ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ ६९ दिन पछि
-
१९भदौराधा जन्मोत्सव ७० दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ७१ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत ७२ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस ७३ दिन पछि
-
२३भदौ
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- Chaturmaas Wrata Aarambha/Harishayani Ekadashi Vrata
- जन्म लग्न र फल
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas
- दही चिउरा खाने दिन / राष्ट्रिय धान दिवस
- Pradosh Vrat/International Day against Drug Abuse and Illicit Trafficking
- Yogini Ekadashi
- चतुर्मास व्रत आरम्भ / हरिशयनी एकादशी
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- Mithun Shankranti/World Elder Abuse Awareness Day
- World Day to Combat Desertification and Drought
- विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?

Liked by: