Shree Krishna Janmashtami/Ramechhap Chisapaani Hile Jatra/Goonga Nawami | श्रीकृष्ण जन्माष्टमी/रामेछाप चिसापानी हिले जात्रा/गूङा नवमी | २०७९ भदौ ३ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Aug/Sep 2022
    २०७९ भदौ

    शुक्रवार
    Aug 19, 2022
    भदौ कृष्ण अष्टमी
    श्रीकृष्ण जन्माष्टमी/रामेछाप चिसापानी हिले जात्रा/गूङा नवमी ( Shree Krishna Janmashtami/Ramechhap Chisapaani Hile Jatra/Goonga Nawami )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    श्रीकृष्ण जन्माष्टमी/रामेछाप चिसापानी हिले जात्रा/गूङा नवमी




    श्रीकृष्ण जन्माष्टमी विशेष अडियो सामाग्री

    श्रीकृष्ण जन्माष्टमी को पेरिफेरि
    प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइन्छ । संसारभरका हिन्दु धर्मावलम्वी अनि श्री कृष्णका भक्तहरुले आज प्रिय भगवान कृष्णको जन्मदिवस मनाउँदैछन् । हातमा मुरली, शिरमा मयूरको प्वाँख, शितल बगैंचामुनी, जीवजन्तुहरुको साथमा गोपिनीहरूको मायामा बाँसुरीको मधूर धून यस्तै वातावरणमा विराजमान प्यारा भगवान श्री कृष्ण आजैको दिन मामा कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट वहाँको जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ ।

    कृष्णको व्यक्तित्व
    अत्यन्तै चहक र अति प्रभावशाली व्यक्तित्वका धनी भगवान श्री कृष्णले बाँसुरी बजाएरै सबैलाई मन्त्रमुग्ध पार्न सक्दथे । उनको मुस्कानमा हर्ष छ, मनको सौन्दर्यता र सौम्यताको अद्भभूत संगमयूक्त उनको कालो घुम्रिएको कपालमा मयूरको प्वाखँ सजिएको हुन्छ, गलामा सुगन्धित रङ्गीचङ्गी फूलको माला पहिरीएका कृष्णका पोशाकका रगंहरु बिजुलि चम्किंदाको जस्तो चम्किलो हुन्छन् र उनको पैतालाका नङ्गका रगंहरुले चन्द्रमाको आभाष मिल्छ ।

    त्यस्ता व्यक्तित्वका धनी उनै श्री कृष्णको परिचयका श्रृंखला थुप्रै छन् । मख्खन चोर, बदमाश, गोपिनीहरूका पानी र दुधका घैला फूटाउने चकचके जस्ता अनेक कार्यहरू कृष्णलिलाु को पगरी गुथेर परिचित छन्, बदनाम तर पनि सबैका प्रिय पात्र । उनका कथाहरु र घटनाहरु बृन्दावन, मथूरा र यमुना किनारमा मात्र नभई सम्पूर्ण भू९लोकमैं चर्चित छन् । उनि सम्पूर्ण रुपमा आफ्नो व्यक्तित्वका कारण सबैलाई  आकर्षण गर्नसक्ने दीव्य व्यक्तिका रुपमा अझै पनि चर्चित छन् ।

    कृष्णका नामहरु
    गोविन्द, कान्हा, कन्हैया, काले, मुरलीमनोहर, श्यामसुन्दर, माखनचोर आदि थुप्रै नामबाट पुकारिएका यी कृष्ण कालेलाई जगतका सम्पूर्ण घटनाको मुख्य सर्जकका रुपमा पनि सम्झिइने र पूजा गरिने गरिन्छ ।

    राधाकृष्ण
    भगवान श्री कृष्णको नामसंगै राधाको नाम पनि बडो आस्थाको साथ लिइन्छ र पुजिन्छ पनि । राधा कृष्णका मन्दिरहरु संसारभरि धेरै ठाँउमा छन् तर राधा कृष्ण्को मिलन र विवाहको प्रसंग भने इतिहासले लिपिवद्ध गरेको छैन बरू इतिहासले रुकमिणी र कृष्णलाई विवाह बन्धनमा बाँधिएको कुरा उल्लेख गर्छ । कृष्ण धारावासीको कृती राधाले वास्तवमै राधाको मनोविज्ञान र केही हदसम्म कृष्णको राधाप्रतिको उदासिनतालाई प्रस्तुत गरेको थियो तर फेरि कृष्ण र राधाको प्रेमले संसारलाई विवाह हुनैपर्छ भन्ने सम्बन्ध अनि प्राप्तीको आशक्ति बाहिरको सुन्दर प्रेमको उदहारण पनि दिएको छ ।

    एक दिन राधाजीले कृष्णजी लाई सोध्नुभयो: रिस के हो ?
     कृष्णजी ले उत्तर दिनु भयो: कसैको गल्तिको सजाय आफुलाई दिनु नै रिस हो ।
    फेरि राधाजी ले सोध्नुभयो: मित्रता र मायामा के फरक छ ?
     कृष्णजी ले हासेर उत्तर दिनु भयो: माया भनेको सुन हो र मित्रता भनेको हिरा, सुन टुटेर फेरि बन्न सक्छ तर हिरा टुटेर फेरि बन्दैन ।
     राधाजी ले फेरि सोध्नु भयो: म कहाँ छु ?
    कृष्णजी ले उत्तर दिनु भयोस् तिमि मेरो सास धड्कन तन मन सबै तिर छौ ।
     फेरि राधाजी ले कृष्णजी लाइ सोध्नु भयो: म कहाँ छुइन ?
     कृष्णजी ले उत्तर दिनु भयो: तिमि मेरो भाग्यमा छैनौ ।
    राधालेजी ले सोध्नु भयो: माया को वास्तविक मतलब के हो ?
     कृष्णजी ले हासेर भन्नु भयो: जहाँ मतलब हुन्छ त्यहाँ माया हुदैन ।
     राधालेजी ले सोध्नु भयो: तपाई ले मलाई माया गर्नु भयो तर बिहे रुकमणि संग गर्नु भयो, किन ?
     कृष्णजी ले हासेर भन्नु भयो: बिहे गर्न दुई जना चाहिन्छ तर हामी त एउटै हौ ।

    कृष्ण र मीरा
    कृष्णका कुरा गर्दा "मीरा" लाई पनि इतिहासले बिर्षन खोजेको जस्तो भान हुन्छ, मीरा वास्तवमा एक गृहस्ति जीवन व्यतित गरिरहेकी महिला थिइन जुन कृष्णको आकर्षण र अनुभूतीमात्रैले पनि सम्पूर्ण कुराहरु त्यागेर कृष्णको खाजिमा निस्किइन । मीराका भजनहरुमा र संगीतमा कृष्णमोह पाइन्छ, समर्पण र सुफिभावनाको एउटा अनुकरणीय उदहारण संसारले सिक्न जरुरी छ ।

    श्री मद्भाग्वत गीतामा कृष्ण स्वंले अर्जुनलाई भनेका छन्ः

    यदा यदा ही धर्मस्य, ग्लानिर्भवति भारत
    अभ्युत्थानम् धर्मस्य, तदात्मनं सृजाम्यहम्

    अर्थात्ः

    जब जब संसारमा धर्मको हानी हुँदै गएर अधर्म हावी हुँदै जान्छ,

    तब तब धर्मको रक्षाकालागि म स्वयम यस धर्तीमा नयाँ अवतार लिएर आउनेछुँ ।

    महाभारतमा पाण्डव र कौरवहरु विच युद्धको पल कृष्ण पाण्डव पक्षमा थिए । कौरवहरुसँग धेरै सैन्य र युद्ध कौशल भएको कारण पाण्डव तर्फका अर्जून एकदम्मै अशान्त थिए । एकातर्फ युद्धको अवस्था अनि अर्कोतर्फ कौरव सेनामा आफ्नै दाजुभाई र पितामह ९हजूरबुवा० सम्मिलित विरूद्धको लडाई, हार र जीत दुवैमा निराशा थियो । श्री कृष्ण आफू जगतपुरुष भएपनि अर्जूनको मनोवल बढाउने उनको एउटा सामान्य सारथी ९एक जोडी घोंडायूक्त रथ हाँक्ने व्यक्तिका रुपमा युद्धमा साथ दिएर काम कहिले पनि सानो ठुलो हुँदैनू भनेर अनेकानेक साना ठूला कार्यप्रतिको समानता अनि कर्म र फलबिचको सम्बन्धको व्याख्यालाई  र्प्रेरणाको रुपमा उदाहरण प्रस्तुत गरेका छन्ः

    "हे अर्जुन तिमी किन युद्धको परिणामका बारेमा व्यर्थ चिन्ता लिन्छौ रु कर्म गर फलको आशा नगर ।"

    एकातर्फ न्याय र धर्मको रक्षार्थ विनाश अनि युद्धको नियतिसंग समानान्तर रूपमा गएको कृष्णको जीवन अर्कोतर्फ शान्ति र मानवतातर्फ पूर्ण रुपमा निर्दिष्ट छ । विभिन्न प्रसंगमा भगवान श्री कृष्णको व्याख्या गरींदा उनको छेउछाउ जीव जन्तु, चराचरहरूको पनि नामका कारण जीव९जन्तु र चराचरप्रतिको सेवा र स्नेहको सम्बन्ध पनि सुमधुर छ ।

    श्री मद्भागवत् गीताका अनुसारः भगवान श्री कृष्णको जन्म, लिलाहरू र उपस्थिती एकदमै अलौकीक छ, जसले ति कुराहरु बुझ्न सक्दछ उसले स्वतः अध्यात्मिक जगतमा प्रवेश पाउँदछ । कृष्णको जन्म र भौतिक उपस्थिती हामी सामान्य मानवहरुकोलागि पूर्वजन्मका कार्यको फलको रुपमा भएको हैन र आफ्ना भक्तहरुलाई आफ्नो माया९प्रेम दर्शाउन र उनिहरुलाई न्याय दिन यस धर्तीमा प्रवेश गरेको उल्लेख छ ।

    तपाई  चाहे जुनसुकै धर्म या समूदायको हुनुहुन्छ, कृष्णलाई धर्मभन्दा पर राखेर एउटा स्नेहमयी इतिहासका रुपमा भगवान श्री कृष्णलाई  लिएर हेरौं, उनका वाक्यहरुमा अर्थात् भागवत् गीतामा एउटा दर्शन छ, एउटा इतिहासको संक्षिप्त सार छ, नैतिक शिक्षा, यूद्ध कौशल, राजनीति अनि एउटा फरक जीवन स्मृति छ ।
    कृष्णसम्म यो संन्देश पुग्ने हो भने उनको फेरि धर्तीमा आउने बेला भएको छ, धर्तीलाई माया चाहिएको छ ।
    तिनै भगवान श्री कृष्ण कालेको जन्मदिनमा सबैलाई माया र उत्साहको शुभकामना ।

    हरे रामा हरे कृष्ण
    हरे कृष्ण हरे हरे

    कति राम्रो बृन्दावन शहर
    सललल गरि बगेकी यमुना
    बृन्दावनको झिलीमिली कृष्णजीको दर्शन
    कृष्णजीको दर्शन गर्ने सबै पार तर्छन

    गूङा नवमी
    भदौको कृष्णपक्षको नवमीलाई गूङा नवमी पनि भनिन्छ । तिथिहरु खप्टिँदा आज कृष्ण अष्टमी र नवमी एकैदिन पर्न गएको हो ।
    परिवेश अनुरुप ब्याख्या गर्दा बर्खाको समयको उत्तरार्ध त आएको छ तर पनि गर्मी र हिलोका कारणले सापहरुको भय रहि नै रहेको छ । यस हिसाबले आजको नवमीमा चाँही सर्पहरु बाट रक्षाका लागि पुजा अर्चन नगर्ने चलन छ । यस दिन गोगादेव को पुजा गरिन्छ ।

    को हुन गोगादेव ?
    गोगादेव एक देव हुन जसले सापहरु बाट जीवनको रक्षा गर्दछन् । आजको दिन नाग देवताको पनि पुजा गरिन्छ । आजको दिन जाहरवीर गोगाको अर्चना गरिन्छ । गोगादेव लाई सनातन हिन्दु सभ्यतामा मात्र नभई मुससमान सम्प्रदायले पनि मान्दछन् ।

    गोगादेवको जन्म र गोगी गोरखनाथको प्रसंग
    धेरैलाई थाहा नहुन सक्छ, नाथ सम्प्रदायका गुरु गोरखनाथले आफ्नो भ्रमणका क्रममा गोगादेवकी आमालाई भेटेका थिए । सन्तान नभएको र सन्तान प्राप्तिको इच्छा राखेपछि योगी गोरखनाथले गोगादेवकी आमा वाछलदेवीलाई एउटा गुग्गल नाम गरेको स्थानीय फल दिएका थिए । पछि सन्तान भएपश्चात वाछलदेवीले पुत्रको नाम नै गोगादेव राखेकी थिइन ।
    आजको दिन सबेरै उठेर स्नान गरि नाग देवतालाई दुध चढाउने अनि भगवान शिवको आराधना गर्ने गरिन्छ ।

    रामेछाप चिसापानी हिले जात्रा
    नेपालका बिभिन्न स्थानहरुमा फैलिएका नेवा समुदायले आआफ्नै तवरले आफ्नो मौलिकतालाई जोगाएका छन् । यस्तै केहि अनुपम दृष्टान्तहरुमा रामेछापको चिसापानी हिले जात्रा पर्दछ । रामेछापको चिसापानी, ठोसे र भंगेरीमा रहेका नेवार समुदायहरुले रामेछाप चिसापानी हिले जात्रामा बिभिन्न कार्यक्रमहरु वार्षिक रुपमा गर्दै आएका छन् । जनै पुर्णिमाको दिन तासा नाचबाट सुरु भई ९ दिन सम्म इतिहास बोकेका विभिन्न परम्परागत कलाको झलक सहित कृष्ण जन्माष्टमीको भोलिपल्ट कंसले कृष्णलाई बद गरि अन्त्य हुने हिले जात्रा पर्वमा देखाइने विभिन्न नाच पदर्शन गरिन्छ ।

    रामेछाप हिले जात्रामा के के गरिन्छ ?
    पञ्चेबाजा, जैमुनी बालन, तासा नाच, देवी नाच, लाखे नाँच, हनुमान नाच, मारुनी नाँच, घोडा नाच, बिबाह, रोपाइ एबं ब्यङयात्मक प्रहसन जस्ता कार्यक्रमहरु प्रदर्शन गरि यस रामेछाप हिले जात्रा मनाइन्छ ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.