International Day of Older Persons | अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस | २०७९ असोज १५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Sep/Oct 2022
    २०७९ असोज
    १५
    शनिवार
    Oct 01, 2022
    असोज शुक्ल षष्ठी
    अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस ( International Day of Older Persons )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस





    यी छोराछोरी बढ्लान् कमाई गर्लान्
    दूध–भात देलान् मलाई
    बुढाबुढी भइसकेका आमाबुवाबाट छोराछोरीप्रतिको चाहना अनि अपेक्षा सामान्यतः यस्तै यस्तै हुने गर्छ हाम्रो समाजमा । साँझमा कामबाट थाकेर घर फर्कँदै गरेका बुवाले हातमा बोकेको प्लास्टिकको पातलो झोलाभित्र घरमा पर्खिरहेका छोराछोरीका लागि सानै सही तर केही कुरा भने लगिदिएका हुन्छन् ।

    पृष्ठभूमि
    १४ डिसेम्बर १९९० मा, संयुक्त राष्ट्र महासभाले १ अक्टोबरलाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस तोकेको हो । यो पहिले उमेर सम्बन्धी भियना इन्टरनेशनल प्लान अफ एक्सन जस्ता पहलहरू द्वारा गरिएको थियो ( जसलाई विश्व एसेम्बली अन एजिंगले अपनाएको थियो ) र त्यस वर्ष पछि संयुक्त राष्ट्र महासभाले हरेक वर्ष अक्टोबर १ लाई वृद्ध व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस का रूपमा अनुमोदन गर्‍यो।

    ज्येष्ठ नागरिक
    ज्येष्ठ नागरिक अर्थात् पाका उमेरका बृद्धबृद्धाहरू, प्रायः देशहरूमा ६० वर्ष पूरा भएका नागरिकलाई राज्यले ज्येष्ठ नागरिकको श्रेणीमा राखेको हुन्छ । उमेर ढल्कँदै गएपछि अरूहरूप्रति निर्भरता बढ्छ नै । जीवनशैलीको कष्ट अनि माया ममताको चाहलाई झर्को फर्को गर्दै नेपालमा बुवा आमालाई वृद्धाश्रम पठाउने अनि हेला गर्ने चलन पनि देखिएकै छ । स्मरण रहोस्, पछिल्लो पुस्तालाई हामीले देखाएको सम्मान र सदाशयताले नै आउने पुस्ताले हामीलाई दिने माया र सद्भाव निर्धारण गर्छ ।

    उमेर ढल्कँदै गएपछि एक्लोपना बढ्दै जान्छ । आफ्ना मन मिल्ने साथीभाइको कमी अनि पुराना यादको बहावले बहकाउने गर्छ । मानव जीवन क्रममा यस अवस्था सबैभन्दा संवेदनशील अवस्था हो ।

    नेपालमा ज्येष्ठ नागरिक
    संसारभरि जस्तै नेपालमा पनि मानिसको सरदर आयु बढेको छ जसले गर्दा ज्येष्ठ नागरिकहरूको सङ्ख्या पनि बढ्दै छ । हाल संसारमा ६० वर्ष नाघेका मानिस ७६करोड छन् भने यो जनसङ्ख्या सन् २०५०मा दुई अरब पुग्नेछ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा ६० वर्ष उमेर पुगेका मानिस कुल जनसङ्ख्याको ९ प्रतिशत (करिब २५ लाख) रहेको थियो र यो अनुपात बढ्दो छ ।

    समाजको खुल्ला डबली अनि पलेँटीहरूमा ज्येष्ठ नागरिकहरूलाई बोल्न, अभिव्यक्त गर्न अनि अनुभव साट्न खुल्ला अवसरहरू प्रदान गरौँ । यहाँ पालोको पैँचो सबैले तिरेका छन् । हामी पनि कुनै दिन ज्येष्ठ नागरिक हुनेछौँ । त्यसो हुँदा ज्येष्ठ नागरिक मैत्री समाज निर्माण गरौँ ।

    हाम्रो परिवारका ज्येष्ठ नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाउनु भयो होला त ? अनि कोभिडपछिको बढेको डिजिटल संरचनामा हाम्रा ज्येष्ठ सदस्यहरूको पहुँच कतिको छ त ? यसै कुरालाई आधार मान्दै यस वर्ष सन् २०२२ को ज्येष्ठ नागरिक दिवसको नारा नै “Resilience of Older Persons in a Changing World" राखिएको छ ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.