Fulpati/World Non Violence Day | फूलपाती/विश्व अहिंसा दिवस | २०७९ असोज १६ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Sep/Oct 2022
    २०७९ असोज
    १६
    आइतवार
    Oct 02, 2022
    असोज शुक्ल सप्तमी
    फूलपाती/विश्व अहिंसा दिवस ( Fulpati/World Non Violence Day )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    फूलपाती/विश्व अहिंसा दिवस




    फूलपाती विशेष अडियो सामग्री

    सप्तमी 'फूलपाती'
    आज सबै जनालाई हाम्रो पात्रोमार्फत नवरात्रिको सातौँ दिन फूलपाती सम्बन्धमा विशेष यी शब्द सामाग्रीहरू लगायत गाउँ बेसीका यादहरू बोकेर आइयो है साथीहरू ।

    फूलपाती मा कुन देवीको पूजा गरिन्छ ?
    सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि स्वरुपा दुर्गाको विशेष पूजा अर्चना गर्ने गरिन्छ । कृष्ण वर्ण अर्थात् कालो वर्ण भएकी, तीन नेत्र अनि चार हात भएकी, चारै हातमा क्रमशः तरबार, मसाल बोकेकी घोर मुद्रा तथा अभय मुद्रा धारण गरेकी, श्वास फेर्दा आगो ओकल्ने यिनै देवीले भुईँमा झरेको हरेक थोपा रगतबाट पुनर्जीवन पाउने रक्तबीज नामक दैत्यको संहार गरेकी हुन् ।

    फूलपाती मा के गरिन्छ ?
    आजको दिन केरा, हलेदो, धान, अशोक, बेलपत्र, दारिम, धानको बाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरा पात अनि विभिन्न प्रकारका फूलपाती मिश्रित ‘फूलपाती’ भित्र्याइन्छ । यस दिन कालरात्रि देवीका साथसाथै विद्या तथा सङ्गीतकी देवी सरस्वती माताको पनि पूजा गरिन्छ ।

    आजको यस विशेष सातौँ दिन दुर्गाको सातौँ स्वरूप कालरात्रिको विधि विधान अनुसार अनुष्ठान गरेर गणेशको रूपमा स्थापना गरिएको कलशको छेउमा नौ वटा स–साना ढुङ्गाहरूलाई नवदेवीका प्रतिमाका रूपमा स्थापित गरी नैवेद्य, फलफूल आदि चढाएर पूजा गर्ने गरिन्छ ।

    कालरात्रि स्तुति मन्त्र ।।

    या देवी सर्वभूतेषु माँ कालरात्री रूपेण संस्थिता
    नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

    अर्थात्

    कालरात्रि देवीकी रूपमा सर्वत्र विराजमान माता अम्बे !
    म तपाईँलाई कोटी–कोटी प्रणाम गर्दछु, मलाई शक्ति दिनुहोस् ।।

    गोरखा दरबारमा फूलपाती
    नेपाल एकीकरणपश्चात् नै गोर्खाबाट उठाइएको फूलपाती देशका विभिन्न ठाउँहरूमा रहेका महत्त्वपूर्ण शक्ति पीठहरूमा पुर्‍याउने चलन थियो । नेपाल एकीकरणदेखि नै एकता र सांस्कृतिक प्रतीक गोर्खा जिल्लासँग नेपालीको पहिचान जोडिएको छ । तसर्थ, गोरखाको फूलपाती विशेष हुने गर्दछ । काठमाडौँको हनुमान ढोकाको तलेजु भवानीको मन्दिरमा रहेको दसैँ घरमा पनि गोर्खाबाटै ल्याइएको फूलपाती धादिङ जिल्लाको जीवनपुर हुँदै भित्र्याइने चलन थियो ।

    लोकतन्त्र आगमनपछि यो ऐतिहासिक चलनलाई निरन्तरता नदिए पनि थोरै फूलपाती भए पनि मोटरसाइकलमा काठमाडौँसम्म ल्याइने गरिएको स्थानीय बताउँछन् । गोरखा दरबारमा अवस्थित गोरखकाली मन्दिरमा जब आधा घाम अस्ताएको र आधा घाम देखिने समय हुन्छ तब मात्र फूलपाती भित्राउने चलन छ ।

    फूलपातीको अघिल्लो दिन नै गोरखकाली दरबारका कर्मचारीहरू सदरमुकाम र अन्य आसपासका जङ्गल र गाउँबाट फूलपाती सङ्कलन गर्न निस्किन्छन् । यसरी सङ्कलन गरी ल्याइएको फूलपाती अघिल्लो दिन नै साँझमा गोरखकाली मन्दिरबाट अलि तल सती पिपल भन्ने पीपल चौतारीमा राख्ने चलन छ ।

    उक्त फूलपातीलाई विशेष मौलिक सिँगार पटार गरेर अर्को चौतारीमा ती फूलपातीलाई पर्सिने चलन छ । दरबारबाट आएका विशेष टोलीहरूले बाजागाजा अनि हर्ष बढाई गर्दै कलश यात्रा गरेर फूलपाती दरबार भित्राउने चलन छ ।

    यस्तो शोभा यात्रामा प्रमुख जिल्ला अधिकारी लगायतका जिल्लाका मुख्य प्रशासनिक क्षेत्रका प्रमुख अनि सुरक्षा निकायका प्रमुखहरू उपस्थित हुने चलन छ । यसरी गोर्खामा भेला पारिएको फूलपाती काठमाडौँ ल्याएपछि नेपाली सेनाको एक टुकडीले टुँडिखेलमा तोपको सलामी दिने चलन छ ।
    फूलपाती को लिङ्गे पिङ

    अर्कोतर्फ गाउँ–घरमा आजबाट औपचारिक रूपमा लिङ्गे पिङ हालिन्छ । खरको डोरी र टुप्पो नकाटिएको हरियो चार वटा बासलाई गाडेर बनाइने यो पिङ दसैँको अर्को रौनक हो । जुन सदियौँदेखि दसैँमा मनोरञ्जन गरिने एउटा मौलिक साधनको रूपमा प्रचलित छ ।

    मान्छे चढेर मच्चिएपछि बाँसको टुप्पोबाट एकतमासको आवाज आउँछ । दसैँको यस विशेष अवधिमा एक पटक भए पनि भुईँ छाड्नु भन्ने चलन छ । पिङ चढेका बखत भुईँ छोडिन्छ । पिङमा मच्चिउन्जेल प्रकृतिको खुल्ला काखमा पन्छी झैँ स्वतन्त्र भई यो शरीरले श्वास भर्छ अथवा एउटा नियन्त्रित उडानको अनुभूत गर्छ ।

    गाउँ–घरमा माहौल पक्कै पनि रोमाञ्चक छ । मुगलान पसेका साथीभाइ आफन्तजन, प्रियजन आफ्ना गाउँ ठाउँमा कत्तिको फर्केका छन् ? सहर बस्नेहरू पनि गाँउठाउँ फर्केका छन् कि छैनन् ? कत्तिका आमाबुवा, दिदी बहिनी, दाजु–भाइका मन हर्षले गद्गद् होलान् त कति प्रतीक्षाका आँखा ओछ्याइ पर्खिबसेका होलान् ।

    छोराछोरी, बुहारी अनि नातिनी लगायत तीन चार पुस्ता नै घरमा भेला हुन्छन् । लिपपोत गरिएको सफा काठले बनेको नेपाली टाँडे घरको रौनक वास्तवमै अतुलनीय छ । आजैबाट खसी बोका काट्ने तथा बलि कार्य प्रारम्भ भइसक्यो ।

    यो रमाइलो माहौलको शुभकामना ! जय होस् !!

    विश्व अहिंसा दिवस

    पृष्ठभूमि
    आज हामी अहिंसा को धारणालाई अगाडि बढाउन मद्दत गर्ने व्यक्तिको जन्मदिन मनाउँछौँ , जुन व्यक्तिले गत शताब्दीमा शान्ति र सद्भावका विषयमा ठुलो प्रभाव पारेको भन्ने बताइन्छ । सन् २००७ मा संयुक्त राष्ट्र सङ्घले सुरु गरेको अन्तर्राष्ट्रिय अहिंसा दिवसमा हामी मोहनदास करम चन्द गान्धी को नाममा जन्मेका तर विश्वभर महात्मा गान्धी भनेर चिनिने भारतीय नेताको जीवनशैलीलाई फर्केर हेर्नेछौँ ।

    अक्टोबर २, अर्थात् विश्व अहिंसा दिवस, विश्वमै अहिंसा कालागि असाध्यै मानिएका नेता महात्मा गान्धीको आज जन्मदिन पनि हो ।

    गान्धीको जीवनमा गहिरिएर हेर्न भन्दा पनि उनका विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्व भरि पैरवी गरिन्छ ।


    राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि को एउटा कृति
    अमेरिकाको न्यूयोर्कस्थित् संयूक्त राष्ट्र सङ्घको हेडक्वार्टर अगाडि कलाकार कार्ल प्रेडरिक रुटेसवार्डले बनाएको एउटा कृति छ जस मा बन्दुकको नाललाई बटारेर बाँधिएको स्वरूपमा राखिएको छ र यो कला हिंसाविरुद्ध धोतकका रूपमा विश्व प्रसिद्ध छ ।

    कस्तो हुन्थ्यो यदि सिरिया र अफगानिस्तानका गल्लीहरूमा फेरि अहिंसा, क्षमा अनि समानताका शान्ति संकेतयुक्त बिगुल सुरुवात हुने हो भने ? संसारबाट रङ्ग, राष्ट्रियता, धर्म, भाषा, लवज अनि अन्य थुप्रै कुराहरूका आधारमा गरिने हिंसा नभइदिने हो भने अमेरिकी स्वतन्त्र सङ्ग्रामका महासेनानी मार्टिन लुथर किँग जुनियरले परिकल्पना गर्दै भनेका छन्, "काला, गोरा, खैरा सबै जना एउटै टेबलमा बसेर खाना खाने दिन, हाँसोको दिन अनि समानताको दिन।"

    यस वर्ष वर्णभेदका विरुद्धमा केन्द्रित भएर अहिंसा दिवसमा नारा नै "End Racism Build Peace" भनिएको छ । शान्ति हैन वर्णभेदलाई अन्त गरौँ भन्ने नाराका साथ आज यस दिवस मनाइन्छ ।

    आज विश्व अहिंसा दिवस हो, बुद्धको देश नेपाल अनि हामी नेपालीको अहिंसाप्रति विशेष पहिचान छ, हामी धेरै सरल, शान्त अनि स्वतन्त्र प्रकृतिका छौँ। संसारको छाना सगरमाथा हाम्रै माटोमा अटल उभिइरहेको छ, सगरमाथाको टुप्पोदेखि महोत्तरी जिल्लाको मुसहर निया सम्म, मेचीको पुलदेखि महाकालीको छालसम्म अहिंसाका सन्देशहरूको बीजारोपण गर्न जरुरी छ र यही शान्तिको अकुंरणलाई विश्वसामु पुर्‍याउन पनि जरुरी छ । चाहे गीता होस् या कुरान, चाहे बाइबल होस या त्रिपिटक या अन्य कुनै पनि धार्मिक ग्रन्थ हुन, हिंसाले कसैको भलो गर्दैन भनेर उल्लेख गरिएको छ । अब बेला आएको छ मुस्कानको बाटो हिँड्ने, "अहिंसा परमो धरम" अर्थात् हिंसा नगर्नु नै सबैभन्दा ठुलो धर्म हो । मुस्कुराउन नछोड्नुहोला, हिंसात्मक भावहरूलाई मनबाट हटाउनुहोला । निडर भएर हिंसाका विरुद्ध बोल्न पनि नडराउनुहोला है ।
    जय होस सबैको, सबैको मङ्गल होस

    हाम्रो पात्रोका लागि सुयोग ढकाल ।



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.