आउँदा दिनहरु
-
१५असोज
-
१६असोज
-
१७असोजषष्ठी श्राद्ध/विश्व पशु दिवस २ दिन पछि
-
१८असोजसप्तमी श्राद्ध/विश्व शिक्षक दिवस ३ दिन पछि
-
१९असोज
-
२०असोज
-
२१असोजदशमी श्राद्ध ६ दिन पछि
-
२२असोजविश्व हुलाक दिवस ७ दिन पछि
-
२३असोज
-
२४असोजद्वादशी श्राद्ध ९ दिन पछि
-
२५असोज
-
२६असोज
-
२७असोजऔंसी श्राद्ध/ पितृ विसर्जन १२ दिन पछि
-
२८असोज
-
२९असोजविश्व खाद्य दिवस १४ दिन पछि
-
३०असोजअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस १५ दिन पछि
-
१कार्तिकतुला संक्रान्ति १६ दिन पछि
-
४कार्तिकफूलपाती १९ दिन पछि
-
५कार्तिकमहाअष्टमी/ कालरात्रि २० दिन पछि
-
६कार्तिकमहानवमी २१ दिन पछि
-
७कार्तिक
-
८कार्तिकपापांकुशा एकादशी व्रत २३ दिन पछि
-
९कार्तिकदशैं बिदा/प्रदोष व्रत २४ दिन पछि
-
११कार्तिक
-
१४कार्तिकविश्व शहरीकरण दिवस २९ दिन पछि
-
१९कार्तिकराधाष्टमी व्रत ३४ दिन पछि
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ३७ दिन पछि
-
२३कार्तिकरमा एकादशी व्रत/विश्व स्वतन्त्रता दिवस ३८ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२६कार्तिक
-
२७कार्तिकसोमबारे औंसी ४२ दिन पछि
-
२८कार्तिक
-
२९कार्तिकभाई टिका / किजा पूजा ४४ दिन पछि
-
३०कार्तिकतिहार बिदा/अन्तर्राष्ट्रिय सहनशीलता दिवस ४५ दिन पछि
-
१मंसिर
-
३मंसिरछठपर्व व्रत/विश्व शौचालय दिवस ४८ दिन पछि
-
४मंसिरगोपाष्टमी/विश्व टेलिभिजन दिवस ४९ दिन पछि
-
५मंसिरकुष्मान्ड नवमी व्रत ५० दिन पछि
-
७मंसिरहरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
साहित्य / ब्लग
- World Non Violence Day | Chaturthi Shraddha
- विश्व अहिंसा दिवस । चतुर्थी श्राद्ध
- International Day of Older Persons | Tritiya Shradhha
- अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । तृतीया श्राद्ध
- Sohra Sraddha Praarambha (Pratipada Shraddha) | Dwitiya Shradhha
- सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) । द्वितीया श्राद्ध
- विश्व मुटु दिवस । पूर्णिमा व्रत । चेपाङ चोनाम पर्व
- World Heart Day । Poornima Vrata । Chepang Chonam Parva
- Indra Jatra: Relevance, history, and traditions.
- इन्द्रजात्रा (येँया पुन्हि) | अनन्त चतुर्दशी व्रत | विश्व रेबिज विरुद्ध दिवस | अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस
- Pradosh Vrata/World Tourism Day
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Taste Nepal ले अष्ट्रेलियामा ल्यायो "दामी Crispy Puff"
- आव्हान
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- मन छ
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
- The Eternal Wisdom: Lord Krishna’s Teachings
- कृष्ण जन्माष्टमीमा आठ दिव्य उपदेश
- नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
- मोटोपना
- साल्मोनेला सङ्क्रमण
- मुटुमा टासिंएजस्तै
- नेपाल विरुद्ध पाकिस्तान: पूर्व समीक्षा
- सुरक्षित भविष्यको लागि एकताबद्ध: विश्व परमाणु परीक्षण विरुद्ध दिवस
- एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू
- Pride and Prejudice
- पाेल्टाभित्र डिही
- घरको छानो
- ओस्टियो आर्थ्राइटिस
- Hamro Patro's Fellowship 2023 : Congratulations Selected Candidates!
- मनका कुरा
- पाठशाला
- माया गर्नुको छुट्टै मज्जा
- मलाई फूल बन्नु छ
- Green Skills for Youth: Towards Sustainability
- केही व्यक्तिलाई दन्त उपचारको भय र त्रास किन हुन्छ?
- Hamro Patro Health - A Platform That Matters to All of Us!
- Hamro Patro's Fellowship 2023 Program Updates
- दुखी मन
- “The Truths We Hold: An American Journey.”
- कति धुनु गधालाई !
- सम्हाल्न सकिन
- “हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार
- मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?
- The White Tiger
- पुस्तक समीक्षाः लक्षु किन बोल्दिन
- कल्याण मित्र
- जिन्दगी
- देश
- मत्स्य पुराणमा के छ ? मलमास विशेष
- वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता
- Book Review: The White Tiger
- साधना नै सपनाकाे कडीः एकलव्य
- HamroPay ले पैसा व्यवस्थापनलाई कसरी सजिलो बनाउँछ ?
- अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!
कार्तिक शुक्ल प्रतिपदा
गोवर्धन पूजा/म्हपूजा/हलि तिहार/नेपाल सम्वत ११४३ प्रारम्भ/अन्तरलिङ्गी जनचेतना दिवस
म्ह पूजा
म्ह को शाब्दिक अर्थ
नेवारी समुदायमा आजको दिन म्ह पूजा भनेर धूमधामकासाथ मनाउने चलन रहेको छ, नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरूको बाहुल्यता पाइन्छ, म्ह को शाब्दिक अर्थ चाहिँ देह या शरीर भन्ने बुझाउँदछ र यसर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदर युक्त याचना हो । आजको दिन आत्मतत्तवलाई बोध गराउने अनि सजीवताको आभास गराउने दिन पनि हो । नेवारी भाषामा म्ह शब्दको प्रयोग र इतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययका रुपमा व्यापक रूपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात् तपाईँलाई सन्चै छ ?
म्ह फु अर्थात् सन्चै छ
म्ह मफु अर्थात् सञ्चो छैन
म्ह अर्थात् देह वाचक अनि चेतना प्रदायक शब्द, चेतना नभएका अनि जड वस्तुहरूमा म्ह को प्रयोग हुँदैन । यसै चेतना अनि स्व-तत्त्वलाई उजागर गर्दै नेवार समुदायमा आज म्ह पूजा मनाउने चलन रहेको छ । नेवारी समुदायमा आफ्नै शरीर भित्रको चेतना प्रदायक यस आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ । शरीरमा शान्ति नभईकन शान्ति नहुने विश्वास अनुरूप आजको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्म स्वरूप पूजा गरिन्छ र सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैँले आफैँलाई खुवाइन्छ ।
अन्य वर्षहरूमा आजकै दिन नेवार समुदायले नेपाल संवतको नयाँ वर्ष अर्थात् पहिलो दिन अर्थात् न्हुदँया भिन्तुना (नयाँ वर्षको शुभकामना आदान प्रदान) गर्ने चलन छ ।
हली तिहार
आजको दिन गाई गोरु, हलिफाली अनि अन्य कृषिजन्य औजारहरू पूजा गर्ने चलन छ । कृषिप्रधान नेपाली दैलोहरूमा हिउँदको सुरुवातसँगै वर्खायामभरि थन्काएर राखेका हलो, कुटो, कोदालो लगायतका औजारहरू बाहिर निकालेर आजका दिन पूजा गर्ने चलन छ । यस कारण पनि आजका दिनलाई हल तिहार भनिएको हो ।
कृषि कर्ममा सहयात्रा गर्ने जीवहरू गाई, गोरु लगायतको पनि आज पूजा गरिन्छ, उहिले उहिले त आजको दिन गाईको गोडा मुनीबाट छिर्ने चलन पनि थियो भन्ने लोक उक्तिमा पाइन्छ । आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदै छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाई पूजा गर्ने परम्परा रहेको हो ।
अनि तपाईँको के छ त योजना ? जाने हैन त देउसी खेल्न ?
वलिराजाले पठाएका भनेर मानिने टोल छिमेकका पुरुषहरूको यो साङ्गीतिक दस्ता जसलाई देउसे भनिन्छ अनि यिनीहरूले गाउने अनि प्रस्तुत गर्ने साङ्गीतिक कोसेली, जसलाई देउसी भनिन्छ ।
देउसीमा एक जना भट्ट्याउने व्यक्ति हुन्छन्, सामान्यतया भाका, स्वर अनि छन्दमा यी भट्ट्याउने व्यक्ति जानकार हुन जरुरी छ । केही देउसीका सर्वप्रिय भाकाहरू बाहेक धेरै अन्य पक्तिंहरु परिस्थितिपरक हुन सक्छन्, कहिलेकाहीँ देउसेको अपेक्षाअनुरूप देउसीको दक्षिणा नपाउँदा चाहिँ
यो घर हेर्दा सिँहदरवार जस्तो
आँगन हेर्दा टुँडिखेल जत्रो
दक्षिणा हेर्दा माग्नेलाई जस्तो
केराको थम्बा
हामी यति जना भाइ जम्मा
झिलिमिली झिल्ला
ताते रोटी मिल्ला जस्ता पत्तिंहरु हामी मध्य धेरैको बाल्यकालसँग जोडिएको होला ।
देउसीले दिएको आशिषले साँच्चीकै विशेष मान्यता राख्दछ,
यसपाला आउँदा जस्ताको छाना
अर्को साल आउँदा पक्काको छाना
त्यसपछि आउँदा चाँदीको छाना
त्यसपछि आउँदा सुनको छाना
यो घरैका केटा केटी
दुवो मौलाजस्तै मौलाइमा रहुन् जस्ता आशिषहरु साँच्चीकै समय सान्दर्भिक छन् । वास्तवमै हामी सबैलाई देउसीले दिएको आशिष् लागोस्, सद्भाव बढोस् । आजको दिन रिस राग सबै भुलेर छरछिमेकको घरमा देउसी खेल्न जाने र सद्भाव बढाउने चलन छ । देउसी वाट उठेको रकमले कुनै सामाजिक कार्य गर्ने या बाँडेर लिने या वनभोज जाने पुरानो रित्ती नेपाली समाजमा पुस्तौँ पुस्ताले दोहोर्याइरहेको छ । आजको दिनको हार्दिक शुभकामना ।
गोवर्धन पूजा
आज गोवर्द्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । काग, कुकुर गाई हुँदै आजको दिन प्राचीन कृषि कार्यमा संलग्न जीव गोरुको पूजा गर्ने गरिन्छ । कृषि प्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरुमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ ।
श्रीमद्भागवत गीतामा उल्लेख प्रसङ्ग
भगवान् श्रीकृष्णले स्वर्गका राजा इन्द्रको क्रोधबाट गोकुलस्थित द्वारिकावासीमा आइपरेको अविरल वर्षाबाट निम्तिएको महाविपत्तिबाट बचाउन आफ्नो कान्छी औँलाले गोवर्धन पर्वतलाई उठाएर त्यस मुनी द्वारिकावासीलाई ओत लगाएर बचाएको श्रीमद्भागवत गीतामा उल्लेख छ । भगवान् श्री कृष्णसँग आजकै दिन इन्द्रले आफ्नो क्रोधयुक्त व्यवहारप्रति खेद प्रकट गरेको र माफी मागेको पनि उल्लेख छ । आजको दिन, श्री कृष्णले आफ्नो औँलाले उठाउनुभएको त्यही गोवर्द्धन पर्वतको पूजाआजा गरिन्छ । यसरी गोवर्धन पर्वतको पूजाआजा गर्दा गार्इवस्तुको गोबरलाई नै गोवर्धन पर्वतको प्रतिकका रूपमा पुज्ने चलन रहिआएको छ ।
गोवर्धन का साथ आज गोरुको पनि पूजा गरिन्छ र यसकासाथै आज कृषि औजारहरुको पनि पुजा गरिने दिन हो । श्रावणमा खेत जोतेर राखिएको हलो बिचबिचमा खेतबारी खोस्रन निकालिने गरिन्छ र हलोसँगै हलगोरु पनि जोतिइरहेका हुन्छन् । आजको दिन यी हलगोरु अनि हलोको पूजा गर्ने दिन हो । हलोको तलपट्टि जमिनलाई खोस्रिन धातुबाट बनेको चुच्चोलाई फाली भनिन्छ भने हलो र गोरुको काँधलाई जोड्ने काठलार्इ जुवा भनिन्छ । आजको दिन कृषि कार्यका यी सम्पूर्ण उपकरणहरू लगायत गोठ, पराल अथवा खानेकुरा दिइने नादी, कुटी काट्ने कचिया (गँणासी) इत्यादीको पूजा गरिन्छ ।
प्राचीन नेपाली समाजको स्मरण गर्ने हो भने गोरु गाडा लगायतका जनावरले तान्ने गाडाहरू नै एक ठाउँबाट अर्को ठाउँ पुग्ने यातायातको प्रमुख माध्यम अनि कृषि कार्यका प्रमुख आधारहरू थिए। यी नै गोरुहरू अनि बहर कालागि आजको दिन पिठो, नुन, चोकर र पानी मिश्रित घोलका साथै चामलको पिठो र तिहुन हालेर बनेको गिलो रोटी अर्थात् बावर खान दिइन्छ ।
नेपाल संवत् ११४३
आजको दिन नेपाल उपत्यका भित्र र बाहिर जुनसुकै स्थानमा बसोवास गर्ने नेवार समुदायले नेपाल संवत् अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात् "न्हूदँया भिन्तुना" (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरी जातीय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतिका रूपमा विकास भएको म्ह पूजालाई आफ्नो-आफ्नो परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रूपमा मनाइन्छ । विशेषतः नेवार समुदायले मान्ने यो संवत् नेपालको मौलिक संवत् पनि हो ।
राष्ट्रिय विभूति शंखधर साख्वाः
राष्ट्रिय विभूति शंखधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त पारेर चलाएको संवत् नै नेपाल संवत् हो । यस उपलक्ष्यमा ‘न्हूदँया भिन्तुना’ भन्दै देशैभरी र विदेशमा समेत भिन्तुना र्याली निकालिन्छ । नेपाल संवत् चन्द्रमासमा आधारित समय चक्र अथवा साल हो । विक्रम संवतको कार्तिक शुक्ल पक्षका दिनमा नेपाल संवतको प्रथम दिन पर्दछ । भक्तपुरका राजा राघव देवको पालादेखि चन्द्र शमशेरको पालासम्म सरकारी कार्यलयमा नेपाल संवतको प्रचलन रहेको इतिहास छ । १२ वटा औंसीको एकवर्ष मापन गरिएको यस संवतमा एउटा औंसीबाट अर्को औंसीसम्मको मापनलाई एक महिना मानिएको हुन्छ र यस सवंतमा ३५४ दिनको एक वर्ष पर्न जान्छ । नेपाल संवत् अनुसारका महिनालाई क्रमशः कछला, थिंला, पोंहेला, सिल्ला, चिल्ला, च्वला, बँछला, तँछला, देल्ला, गुँला, ञला र कौला भनिन्छ । आधिकारिक रूपमा चलनचल्तीमा प्रयोग बढिरहेको यस संवतलाई नेपाल सरकारले पनि आधिकारिक मान्यता दिएको छ । नेवारी समुदायमा भने यस संवतको व्यापक प्रयोग र मापन गरिएको पाइन्छ ।
सबैमा नेपाल संवत् ११४३ को कछला महिनामा स्वागत छ ।
अन्तरलिङ्गी जनचेतना दिवस
प्रत्येक वर्ष अक्टोबर २६ का दिन अन्तरलिङ्गी जनचेतना दिवस मनाइन्छ । यस दिवसको मुख्य उद्देश्य अन्तरलिङ्गी व्यक्तिहरू बारे जनचेतना अविवृद्धि गर्नु हो ।
यो दिवस सन् १९९६ देखि स्थापना भएको हो । सन् १९९६ अक्टोबरमा अमेरिकन एकाडेमि अफ पिडियाट्रिक्सको वार्षिक सम्मेलनमा अन्तरलिङ्गी व्यक्तिहरूलाई विभेद गरिएको भएर इन्टरसेक्स सोसाइटी अफ नर्थ अमेरिकाले प्रदर्शन गरेका थिए । त्यहीबाट यस दिवसको सुरुवात भयो र हाल अन्तर्राष्ट्रिय तहमा यो दिवस मनाइन्छ ।
अन्तरलिङ्गी (Intersex) व्यक्ति भन्नाले के हो ?
हरेक व्यक्तिको यौनाङ्ग प्रजनन प्रणालीका अङ्गहरूबाट छुट्टिने भिन्नताहरूलाई यौन विशेषता (अङ्ग्रेजीमा : Sex Characteristics) भनिन्छ । यसलाई छोटकरीमा 'Sex' मात्र भन्ने गरिएको छ । पुलिङ्गी र स्त्रीलिङ्गी दुबै यौन विशेषताका बारेमा निश्चित मान्यता राखिएको र परिभाषित गरिएको छ । तथापि समाजमा पुलिङ्गी र स्त्रीलिङ्गी यौन विशेषता बाहेकका यौन विशेषता र विविधता भएका मानिसहरू पनि छन् । पुलिङ्गी वा स्त्रीलिङ्गी शरीरका परम्परागत धारणाहरूमा नअटाउने यौन विशेषता (यौनाङ्ग, प्रजनन ग्रन्थि तथा गुणसुत्रको ढाँचा) भएका व्यक्तिहरूलाई अन्तरलिङ्गी व्यक्ति (अङ्ग्रेजीमा : Intersex person) भनिन्छ ।
अन्तरलिङ्गी व्यक्तिहरूको यौनाङ्ग वा शरीर कस्तो हुन्छ ?
पुलिङ्गी र स्त्रीलिङ्गी शरीरको परम्परागत धारणा बाहेक पनि थुप्रै यौन विशेषताका विविधताहरू छन् । ती सबै विविधताहरूलाई 'अन्तरलिङ्गी विविधता' भनि चिनिन्छ । तसर्थ 'अन्तरलिङ्गी' एउटा छाता शब्द हो । अन्तरलिङ्गी यौन विशेषताका विविधता ४० भन्दा बढी रहेको पाइन्छ । कतिपय अन्तरलिङ्गी विविधताहरू यौनाङ्गीय हुन्छन्, जस्तै :- दुबै यौनाङ्ग हुनु । कतिपय अन्तरलिङ्गी विविधताहरू गुणसुत्रीय हुन्छन्, जस्तै :- XXY, XYY, XO, इत्यादी गुणसुत्र (chromosome) हुनु । कतिपय अन्तरलिङ्गी विविधताहरूको उदाहरण व्यक्तिको बाह्य यौनाङ्ग शिश्न र आन्तरिक पाठेघर हुनु वा बाह्य यौनाङ्ग योनी र भित्री अण्डकोष (इन्टरनल टेस्टीस) हुनु पनि हो । तसर्थ सबै अन्तरलिङ्गी व्यक्तिहरूको शारीरिकी एकै नाशको हुन्छ भन्ने छैन ।
कोही व्यक्ति अन्तरलिङ्गी भनेर कसरी थहा पाइन्छ ?
कतिपय अन्तरलिङ्गी व्यक्तिहरूको यौन विशेषता जन्मँदै देखिन्छ । जस्तै :- दुबै यौनाङ्ग लिएर बच्चा जन्मँदा । कतिपय अन्तरलिङ्गी यौन विशेषताहरू किशोरावस्थामा मात्र दृश्यक हुन्छन् । कतिपय अन्तरलिङ्गी गुणसुत्रीय विविधताहरू शारीरिक रूपमा देखा नपर्न पनि सकिन्छ ।
अन्तरलिङ्गी व्यक्तिहरू 'यस्तै देखिन्छ' भन्ने हुँदैन । अन्तरलिङ्गी व्यक्तिहरू कथित 'फरक' देखिन्छ भन्ने पनि हुँदैन । अन्तरलिङ्गी व्यक्तिहरू जस्तो पनि देखिन सकिन्छ । कुनै व्यक्तिलाई देखेर ऊ अन्तरलिङ्गी हो भन्ने अनुमान अड्कल गर्न सक्ने हुँदैन ।
के अन्तरलिङ्गी हुनु विकार हो ? के अन्तरलिङ्गी व्यक्तिहरूलाई 'सामान्य' बनाउन सकिन्छ ?
हाम्रो सामाजिकिकरणले नै अन्तरलिङ्गी व्यक्तिहरूलाई वहिष्करणमा पारेको छ, त्यसैले यस्तो सामाजिकिकरणमा हुर्केका व्यक्तिहरूमा त्यस्तो पूर्वाग्रही सोच बस्न सक्छ । अन्तरलिङ्गी व्यक्ति हुनु कुनै विकार वा रोग होइन र मानव शरीरको एउटा विविधता हो । अन्तरलिङ्गी हुनु कुनै विकार भएको वैज्ञानिक प्रमाण छैन र आधुनिक चिकित्सा विज्ञानले सामान्य ढङ्गले नै परिभाषित गरेको छ । हाम्रो सामाजिक मान्यता र मानसिकताका कारण अन्तरलिङ्गी व्यक्तिहरूलाई 'असमान्य'को संज्ञा भिराइएको हो । अन्तरलिङ्गी व्यक्ति हुनु मानिसको प्राकृतिक र जैविक विविधताको उपज हो ।
कतिपय अभिभावकहरू तथा चिकित्सकहरूले कथित 'सामान्य' बनाउने नाममा अन्तरलिङ्गी शिशुहरूलाई जन्मना साथ वा बाल्यकालमै शल्यक्रिया गरिदिन्छन् । जस्तै : कुनै बच्चाले दुबै यौनाङ्ग लिएर जन्मेको छ भने, बढी प्रभुत्वर्षी देखिने अङ्गलाई राखेर अर्को अङ्गलाई हटाउने शल्यक्रिया गराइन्छ वा अभिभावकलाई छोरा चाहिएको हो कि छोरी चाहिएको आधारमा शल्यक्रिया गरिन्छ । जन्मँदा बखतमा दृश्यक नभएको कतिपय अन्तरलिङ्गी विविधताका बच्चाहरूलाई बाल्यकालमा नै शल्यक्रिया गरी कथित 'सामान्य' बनाउने अभ्यासहरू छन् । जस्तै : जन्मँदा बखत बाहिरी यौनाङ्ग योनी दृश्यक थियो र पछी नीज बच्चाको अन्तरिक अण्डकोष रहेको पत्ता लागेमा, त्यसलाई हटाउने, लगायत । सर्वप्रथम त 'सामान्य' बनाउनु भनेकै हाम्रो समाजमा अन्तरलिङ्गी व्यक्तिहरू प्रति रहिआएको विभेदकारी मानसिकताको उपज हो । त्यसरी शिशुअवस्था वा बाल्यावस्थामा शल्यक्रिया गरिँदिदा नीज व्यक्ति आफ्नो शरीर बारे स्वयं सचेत भएर निर्णय लिने Informed choice बाट वञ्चित हुन्छ । यस्ता कतिपय शल्यक्रियाहरू सफल पनि हुँदैनन् र त्यस्ता बच्चाहरूलाई पछी सम्म हानि पुर्याइरहने अवस्था पनि हुन जान्छ । बाल्यकालमा अभिभावक वा चिकित्सकको इच्छा अनुसार एउटा लैङ्गिकता कायम गरिदिँदा नीज व्यक्ति स्वयं वयस्क भइसकेपछी त्यस भन्दा विपरीत लैङ्गिकताको स्वःअनुभूती वा शारीरिक विकास भएमा नीजलाई बाल्यकालमा गरिदिएको शल्यक्रियाले नोक्सानी पुर्याउने भयो । कुनै पनि शिशुलाई आफू अबोध अज्ञात रहेको अवस्थामा शल्यक्रिया गराइदिँदा उसको शरीर बारे पूर्ण जानकारी पाएर स्वतन्त्र छनोट गर्न पाउने अधिकारबाट वञ्चित हुन्छ । त्यसैले अन्तरलिङ्गी व्यक्तिहरूलाई बाल्यकाल वा शिशुअवस्थामा शल्यक्रिया गराई कथित 'सामान्य' बनाउने कार्यलाई विश्व स्वास्थ्य संगठन तथा संयुक्त राष्ट्र संघले Intersex Genitial Mutilation (IGM) भनि हननजन्य कार्यका रूपमा परिभाषित गरेको छ । आफ्नो शरीर कस्तो हो भन्ने जानकारी साथ हुर्कनु र वयस्क भएपछी आफ्नो शरीर कस्तो बनाउने नबनाउने वा शल्यक्रिया गर्ने नगर्ने नीज व्यक्ति स्वयंको निर्णयको विषय हो ।
के अन्तरलिङ्गी हुनु उभयलिङ्गी (Hermaphrodite) हो ?
होइन । उभयलिङ्गी प्राणी भन्नाले एउटै शरीरमा पुलिङ्गी र स्त्रीलिङ्गी प्रजनन प्रणाली भएर आफैद्वारा प्रजनन गर्न सक्ने प्राणी हुन् । उभयलिङ्गी जीवहरूमा पुलिङ्गी छुट्टै र स्त्रीलिङ्गी छुट्टै हुँदैन । मानव प्रजातिमा उभयलिङ्गी जीवको सम्भावना छैन । तसर्थ अन्तरलिङ्गी हुनु र उभयलिङ्गी हुनु फरक विषय हुन् ।
के अन्तरलिङ्गी हुनु पारलैङ्गिक (Transgender) हो ?
सर्वप्रथमतः लिङ्ग (Sex) र लैङ्गिकता (Gender) दुई फरक विषयहरू हुन् । मानिसको शारीरिकी (एनाटोमी) ले यौन विशेषता निर्धारण गर्छ । अन्तरलिङ्गी हुनु त्यही यौन विशेषता हो । तर लैङ्गिक पहिचान फरक विषय हो । लैङ्गिक पहिचान भन्नाले हरेक व्यक्तिको भित्री मन वा अन्तरात्माबाट लैङ्गिकता सम्बन्धी आएको व्यक्तिगत अनुभूति तथा अनुभव हो । यसलाई लैङ्गिक अन्तरबोधन (innate sense of gender) पनि भनिन्छ । कुनै पनि शिशुलाई जन्मने बित्तिकै आफ्नो लैङ्गिकताको बारे चेतना हुँदैन । हाम्रो समाजमा कुनै बच्चा जन्मँदा बखत नीजको यौनाङ्ग शिश्न छ भने केटा र योनी छ भने केटी भन्ने अनुमान गरिन्छ र सोही लैङ्गिकता अनुरूप हुर्काइन्छ । जन्मँदा बखत गरिएको यो अनुमान कतिपय व्यक्तिहरूका लागि सही हुन सक्छ भने कतिपय व्यक्तिहरूका लागि गलत । लैङ्गिक पहिचान व्यक्ति हुर्कँदै जाने क्रममा निजले गर्ने आफ्नो लैङ्गिकता प्रतिको अनुभूतीबाट थाहा हुँदै जाने विषय हो । जस्तै :- कुनै बच्चालाई यौनाङ्गका आधारमा केटा भन्ने अनुमान गरी हुर्काइएको छ, तर उसको स्वःअनुभूतीको लैङ्गिकता केटीको हुन सक्छ र उसले आफूलाई महिला भनेर पहिचान गर्न सक्छ वा कुनै बच्चालाई यौनाङ्गका आधारमा केटी भन्ने अनुमान गरी हुर्काइएको छ, तर उसको स्वःअनुभूतीको लैङ्गिकता केटाको हुन सक्छ र उसले आफूलाई पुरुष भनेर पहिचान गर्न सक्छ । यी व्यक्तिहरूलाई पारलैङ्गिक व्यक्ति भनिन्छ । तसर्थ शारीरिकीले यौन विशेषता र स्वःअनुभूतीको लैङ्गिकताले लैङ्गिक पहिचान निर्धारण गर्दछ । अन्तरलिङ्गी र पारलैङ्गिक दुई फरक विषय हुन् ।
के अन्तरलिङ्गी हुनु तेस्रोलैङ्गिक (Third gender) हो ? वा महिला, पुरुष भनेजस्तै अन्तरलिङ्गी भनेर छुट्टै उल्लेख गर्नुपर्ने हो ?
नेपाली भाषामा सेक्स र जेण्डरलाई फरक छुट्याउने गरी शब्द थिएन, 'लिङ्ग' नै भनिन्थ्यो । केही दशक यता सेक्सलाई 'जैविक लिङ्ग' र जेण्डरलाई 'सामाजिक लिङ्ग' भन्ने अभ्यास पनि भएको पाइन्थ्यो । हाल हामी सेक्सलाई 'लिङ्ग' र जेण्डरलाई 'लैङ्गिकता' भन्छौँ । खासमा Third gender भएपछी 'तेस्रोलैङ्गिक' भनिनुपर्ने हो, तर पहिले देखि 'तेस्रोलिङ्गी' भनेर प्रचलनमा ल्याइएको छ । शाब्दिक अर्थ बुझ्दा महिला र पुरुष भन्दा फरक लैङ्गिकतालाई तेस्रोलैङ्गिक भनिने गरिन्छ । यो शब्दावलीले सन् २००७ देखि मान्यता पाउन थालेको भएतापनि केही वर्ष यता विवादस्पद पनि भएको छ । तेस्रो भए पहिलो र दोस्रो को ? शब्दमा नै विभेद छ भन्ने कुरा उठेको देखिन्छ । महिला र पुरुष बाहेकको लैङ्गिक पहिचानलाई जनाउन गैर-द्वयसांखिक (Non-binary) भन्ने शब्द पनि प्रचलनमा आएको छ । तेस्रोलैङ्गिक शब्दको विमर्श आफ्नै ठाउँमा छ, तर तेस्रोलैङ्गिक हुनु लैङ्गिक पहिचानको विषय हो भने अन्तरलिङ्गी हुनु यौन विशेषताको विषय ।
अन्तरलिङ्गी यौन विशेषता भएका मानिसहरूको लैङ्गिक पहिचान महिला, पुरुष वा महिला पुरुष बाहेक गैर-द्वयसांखिक हुन्छ । तसर्थ अन्तरलिङ्गी यौन विशेषता भएका व्यक्तिहरूले आफ्नो लैङ्गिकता कसरी चिनाउन चाहन्छन् ? महिला भनि चिनाउन चाहन्छन् भने महिला, पुरुष भनि चिनाउन चाहन्छन् भने पुरुष, महिला वा पुरुष बाहेक भनि चिनाउन चाहेका छन् भने गैर-द्वयसांखिक भनि उल्लेख गर्छन् ।
अन्तरलिङ्गी व्यक्तिहरू को तर्फ आकर्षित हुन्छन् ?
अरु व्यक्तिहरू जस्तै अन्तरलिङ्गी व्यक्तिहरूको यौन अभिमुखिकरण / यौन झुकाव (Sexual Orientation) हुन्छ । कुनै अन्तरलिङ्गी यौन विशेषता भएका व्यक्ति जसको लैङ्गिक पहिचान पुरुष र आकर्षण पनि पुरुष तर्फ भएमा वा जसको लैङ्गिक पहिचान महिला र आकर्षण पनि महिला तर्फ भएमा समयौनिक (Homosexual) व्यक्ति, कुनै अन्तरलिङ्गी यौन विशेषता भएका व्यक्ति जसको लैङ्गिक पहिचान पुरुष र आकर्षण महिला तर्फ भएमा वा जसको लैङ्गिक पहिचान महिला र आकर्षण पुरुष तर्फ भएमा विषमयौनिक (Heterosexual) व्यक्ति । त्यसै गरी अन्तरलिङ्गी व्यक्तिहरूको यौन अभिमुखिकरण द्वियौनिक (Bisexual), सर्वयौनिक (Pansexual), अयौनिक (Asexual) लगायत हुन सक्छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१५असोज
-
१६असोज
-
१७असोजषष्ठी श्राद्ध/विश्व पशु दिवस २ दिन पछि
-
१८असोजसप्तमी श्राद्ध/विश्व शिक्षक दिवस ३ दिन पछि
-
१९असोज
-
२०असोज
-
२१असोजदशमी श्राद्ध ६ दिन पछि
-
२२असोजविश्व हुलाक दिवस ७ दिन पछि
-
२३असोज
-
२४असोजद्वादशी श्राद्ध ९ दिन पछि
-
२५असोज
-
२६असोज
-
२७असोजऔंसी श्राद्ध/ पितृ विसर्जन १२ दिन पछि
-
२८असोज
-
२९असोजविश्व खाद्य दिवस १४ दिन पछि
-
३०असोजअन्तर्राष्ट्रिय गरिबी निवारण दिवस १५ दिन पछि
-
१कार्तिकतुला संक्रान्ति १६ दिन पछि
-
४कार्तिकफूलपाती १९ दिन पछि
-
५कार्तिकमहाअष्टमी/ कालरात्रि २० दिन पछि
-
६कार्तिकमहानवमी २१ दिन पछि
-
७कार्तिक
-
८कार्तिकपापांकुशा एकादशी व्रत २३ दिन पछि
-
९कार्तिकदशैं बिदा/प्रदोष व्रत २४ दिन पछि
-
११कार्तिक
-
१४कार्तिकविश्व शहरीकरण दिवस २९ दिन पछि
-
१९कार्तिकराधाष्टमी व्रत ३४ दिन पछि
-
२२कार्तिकविश्व रेडियोग्राफी दिवस ३७ दिन पछि
-
२३कार्तिकरमा एकादशी व्रत/विश्व स्वतन्त्रता दिवस ३८ दिन पछि
-
२४कार्तिक
-
२५कार्तिक
-
२६कार्तिक
-
२७कार्तिकसोमबारे औंसी ४२ दिन पछि
-
२८कार्तिक
-
२९कार्तिकभाई टिका / किजा पूजा ४४ दिन पछि
-
३०कार्तिकतिहार बिदा/अन्तर्राष्ट्रिय सहनशीलता दिवस ४५ दिन पछि
-
१मंसिर
-
३मंसिरछठपर्व व्रत/विश्व शौचालय दिवस ४८ दिन पछि
-
४मंसिरगोपाष्टमी/विश्व टेलिभिजन दिवस ४९ दिन पछि
-
५मंसिरकुष्मान्ड नवमी व्रत ५० दिन पछि
-
७मंसिरहरिबोधिनी एकादशी व्रत (तुलसी बिवाह) ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
साहित्य / ब्लग
- World Non Violence Day | Chaturthi Shraddha
- विश्व अहिंसा दिवस । चतुर्थी श्राद्ध
- International Day of Older Persons | Tritiya Shradhha
- अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस । तृतीया श्राद्ध
- Sohra Sraddha Praarambha (Pratipada Shraddha) | Dwitiya Shradhha
- सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध) । द्वितीया श्राद्ध
- विश्व मुटु दिवस । पूर्णिमा व्रत । चेपाङ चोनाम पर्व
- World Heart Day । Poornima Vrata । Chepang Chonam Parva
- Indra Jatra: Relevance, history, and traditions.
- इन्द्रजात्रा (येँया पुन्हि) | अनन्त चतुर्दशी व्रत | विश्व रेबिज विरुद्ध दिवस | अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस
- Pradosh Vrata/World Tourism Day
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Taste Nepal ले अष्ट्रेलियामा ल्यायो "दामी Crispy Puff"
- आव्हान
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
- मन छ
- नेपाल भाषा सम्बन्धी ऐतिहासिक निर्णय
- The Eternal Wisdom: Lord Krishna’s Teachings
- कृष्ण जन्माष्टमीमा आठ दिव्य उपदेश
- नेपाल विरुद्ध भारत : पूर्व समीक्षा
- मोटोपना
- साल्मोनेला सङ्क्रमण
- मुटुमा टासिंएजस्तै
- नेपाल विरुद्ध पाकिस्तान: पूर्व समीक्षा
- सुरक्षित भविष्यको लागि एकताबद्ध: विश्व परमाणु परीक्षण विरुद्ध दिवस
- एसिया कपमा प्रभाव पार्न सक्ने ५ नेपाली खेलाडीहरू
- Pride and Prejudice
- पाेल्टाभित्र डिही
- घरको छानो
- ओस्टियो आर्थ्राइटिस
- Hamro Patro's Fellowship 2023 : Congratulations Selected Candidates!
- मनका कुरा
- पाठशाला
- माया गर्नुको छुट्टै मज्जा
- मलाई फूल बन्नु छ
- Green Skills for Youth: Towards Sustainability
- केही व्यक्तिलाई दन्त उपचारको भय र त्रास किन हुन्छ?
- Hamro Patro Health - A Platform That Matters to All of Us!
- Hamro Patro's Fellowship 2023 Program Updates
- दुखी मन
- “The Truths We Hold: An American Journey.”
- कति धुनु गधालाई !
- सम्हाल्न सकिन
- “हाम्रो Fantasy league” मा Join गरेर जित्नुहोस् हरेक हफ्ता आकर्षक पुरस्कार
- मित्रता दिवसमा साथीहरूलाई के उपहार दिने?
- The White Tiger
- पुस्तक समीक्षाः लक्षु किन बोल्दिन
- कल्याण मित्र
- जिन्दगी
- देश
- मत्स्य पुराणमा के छ ? मलमास विशेष
- वैज्ञानिक युगमा ज्योतिषीय परामर्शको सान्दर्भिकता
- Book Review: The White Tiger
- साधना नै सपनाकाे कडीः एकलव्य
- HamroPay ले पैसा व्यवस्थापनलाई कसरी सजिलो बनाउँछ ?
- अनलाइन वित्तीय लेनदेन गर्दा ध्यान दिनु पर्ने कुराहरु !!

Liked by: