Poornima Vrata/Dattatreya Jayanti/International Civil Aviation Day | पूर्णिमा व्रत/दत्तात्रेय जयन्ती/अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस | २०७९ मंसिर २१ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Nov/Dec 2022
    २०७९ मंसिर
    २१
    बुधवार
    Dec 07, 2022
    मंसिर शुक्ल चतुर्दशी
    पूर्णिमा व्रत/दत्तात्रेय जयन्ती/अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस ( Poornima Vrata/Dattatreya Jayanti/International Civil Aviation Day )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    पूर्णिमा व्रत/दत्तात्रेय जयन्ती/अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस





    शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजा को स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।

    वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्ववलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम सुमरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समय वाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।

    दत्तात्रेय जयन्ती



    को हुन त भगवान् दत्तात्रेय ?
    भगवान् विष्णुको अवतार दत्तात्रेय भगवानको आज जन्म जयन्ती। तीन शिर र छ हातहरू भएका दत्तात्रेय भगवानलाई विष्णु भगवानको अंशको रूपमा मानिन्छ। आज उनको जन्म जयन्तीको दिन दत्तात्रेय भगवानको बाल रूपको पूजा अर्चना गरिन्छ।

    भगवान् दत्तात्रेय को योगदान
    भगवान् दत्तात्रेयबाट वेद र तन्त्र मार्गलाई एकीकृत गरी एउटै सम्प्रदाय निर्मित भएको थियो। सत्य युगमा गुरु र शिष्यमाझ हुने उपदेश आदान प्रदानको परम्परा क्षीण हुँदै गएको र श्रुतिहरू लोप हुन लागेको अवस्थामा विलक्षण स्मरण शक्तिका माध्यमबाट यस परम्परालाई पुनर्स्थापना गर्न एवं वैदिक धर्मलाई पुनर्जीवित तुल्याउन भगवान् विष्णुले दत्तात्रेयका रूपमा अवतार लिनुभएको धार्मिक मान्यता रहिआएको छ।

    अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस



    नागरिक उड्डयन को अर्थ
    ठूलासाना हवाईजहाजहरू अनि हेलिकोप्टरहरू हाम्रो गाउँको एक मुठ्ठी आकाशबाट चरासरि उडेको हामीले देखि आएका नै हौँ र तिनै हवाईयन्त्रहरुको सञ्चालन, सुरक्षा र व्यवस्थापन हेर्ने निकायलाई नागरिक उड्डयन भनिन्छ र हरेक वर्षको डिसेम्बर ७ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाइन्छ । संसारभरका नागरिक उड्डयन विभागहरूले एकै स्वरमा नागरिक उड्डयन सुरक्षा र ब्यवस्थापनका लागि आवाजहरू उठाउने गर्दछन् ।

    कुनै पनि राज्य र क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्पूर्ण भूमिका हुन्छ । विकासका पूर्वाधारहरूको स्थापना गर्न, आवतजावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्यवस्थापन गर्न र दुर्गमका बिरामीहरूलाई समयमै उपचार कालागि अस्पतालसम्म समयमै पुर्‍याउन उड्डयनको मूलभूत भूमिकाहरू हुन् ।

    नागरिक उड्डयन दिवसको पृष्ठभूमि
    सन् १९९४ मा International Civil Aviation Organization (ICAO) अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्थाको ५० औ वार्षिकोत्सव मनाउन यस दिवस मनाउन सुरु गरिएको हो । पछि संयुक्त राष्ट्र सङ्घको महासभाले पनि डिसेम्बर ७ लाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसका रुपमा मान्यता दिएको छ ।

    वर्ष २०२२ को नारा:
     “Advancing Innovation for Global Aviation Development” अर्थात् नवप्रवर्तनलाई अझै प्रश्रय दिँदै विश्वव्यापी उड्डयनको विकास भन्ने हो ।

    नेपालमा नागरिक उड्डयन
    सन् १९५७ मा नेपालमा पनि नागरिक उड्डयन प्राधिकरणको स्थापना भएको हो । उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत व्यवस्थित अन्तर्राष्ट्रिय मापदण्डको हवाई क्षेत्र अनि विमानस्थलको सुरक्षा नै यसको मुख्य उद्देश्य हो । भौगोलिक अवस्था, गुणस्तरको कमी, अन्तर्राष्ट्रिय समुदायले अपनाउँदै गरेको प्रविधि अपनाउन नसक्नु अनि मानवीय त्रुटिका कारणले नेपाली आकाशमा विमान दुर्घटनाका निरन्तर समाचार आइरहन्छन् । कतिपय दुर्घटनाका कारणहरू नियन्त्रण बाहिर हुन्छ भने उड्डयनका आधार तथा नियमहरूलाई आत्मसाथ गर्न सके धेरै दुर्घटनाहरू कमी हुन सक्छ ।

    वास्तवमा भन्ने हो भने हवाई उड्डयनले संसारलाई एकसुत्रमा बाँधिदिएको छ । एउटा कुनाबाट अर्को कुना खासै पर छैन र त्यससँगै यसका चुनौतीहरू पनि आएका छन् । सन् २०१४ मा मलेसियाको क्वालालम्पूर विमानस्थलबाट चीनतर्फ उडेको मलेसियन एयरलाइन्सको जहाज अझै भेटिन सकेको छैन । धेरै यात्रुवाहक विमानहरू युद्धको आवेशमा भएका प्रहारले खसालिएका छन् अनि कैयन विमानहरू अनि तिनका अवशेषहरू अझै फेला पर्न सकेका छैनन् । विमान दुर्घटनामा यात्रु बाँच्न सक्ने सम्भावना अत्यन्त कम हुन्छ, चाहे घोप्टे भिरमा खसेको थाई एयरको प्रसङ्ग होस् या सन् २००६ मा ताप्लेजुङको घुन्सामा खसेको हेलिकोप्टरमा विश्व प्रसिद्ध भू-वैज्ञानिक, मानवशास्त्रि तथा World Wildlife Fund (WWF) का जीव वैज्ञानिक हर्क गुरुङ सहित २६ जना विश्व प्रकृति तथा जीव विज्ञानका महत्त्वपूर्ण अनुसन्धानकर्ता दूर्घट्नामा परेको प्रसङ्ग होस्, गुमाएका आफन्त अनि घाउले लागेको दाग कहिल्यै मेटिने छैनन् । हवाई सुरक्षा एउटा अत्यन्तै संवेदनशील विषय हो र यसलाई प्राथमिकतामा राख्न जरुरी छ । अझै पनि नेपाली आकाशमा सिङ्गल इन्जिन सहितका जहाजहरू यात्रुसहित उडाइँदै छन् यसलार्इ विडम्बना नै मान्नुपर्छ । नेपाली ध्वजावाहक नेपाल एयरलाइन्सको ओरालो लागेको साख: र अवस्था छिचोल्दै बिस्तारै अगाडी बढ्दै छ र यो क्रम जारी रहोस् ।

    विभिन्न स्वदेशी तथा विदेशी ध्वजावाहक हवाईजहाजहरू नेपाली आकाशमा उड्दछन्, सगरमाथाको यो आकाशमा उड्ने सबैको चन्द्र दाहिने हुन्, सबै यात्रा सुरक्षित रहुन् र संयमित रहुन् ।

    संसारकै धेरै खतरनाक तथा साहसी विमानस्थलहरूको सूचीमा नेपालको लुक्ला विमानस्थल उड्डयन जगतको चुनौती हो । भौगोलिक र प्रतिकुल मौसमको स्थितिले पनि उड्डयन सुरक्षा र नवीन प्रविधि नेपाल कालागि निर्विकल्प छ ।

    उड्डयन दुर्घटनामा परेका सबै जनाको आत्माले चिर शान्ति पाउन्, आफ्नो ज्यान जोखिममा राखेर अरूलाई गन्तव्यसम्म पूर्याउने पाइलट, एयर होस्टेस अनि फ्लाइट ईन्जिनियरहरुलाई सलाम । नेपाली आकाश सुरक्षित रहोस्, नेपालको प्राकृतिक छटामा रमाउन चाहने स्वदेशी तथा विदेशी पर्यटकहरू पटक पटक नेपालको आकाशमा उडिरहुन्, सुरक्षित उडान भरी हून ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.