आउँदा दिनहरु
-
१९मंसिर
-
२१मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस २ दिन पछि
-
२२मंसिर
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ४ दिन पछि
-
२४मंसिर
-
२५मंसिर
-
२६मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ७ दिन पछि
-
१पुषविवाह पञ्चमी/षडानन्द जयन्ती/धनु संक्रान्ति १२ दिन पछि
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस १३ दिन पछि
-
४पुषबुधाष्टमी व्रत १५ दिन पछि
-
७पुषमोक्षदा एकादशी/गीता जयन्ती १८ दिन पछि
-
८पुषप्रदोष व्रत १९ दिन पछि
-
९पुषक्रिसमस-डे २० दिन पछि
-
१०पुष
-
१५पुषतमु ल्होसार २६ दिन पछि
-
१६पुषसन् २०२४ आरम्भ २७ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती ३१ दिन पछि
-
२२पुषसफला एकादशी ३३ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ३४ दिन पछि
-
२४पुषप्रदोष व्रत/नेपाल ज्योतिष परिषद स्थापना दिवस ३५ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ४० दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ४२ दिन पछि
-
७माघपुत्रदा एकादशी व्रत ४७ दिन पछि
-
९माघप्रदोष व्रत ४९ दिन पछि
-
११माघ
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ५२ दिन पछि
-
१४माघविश्व कुष्ठरोग दिवस ५४ दिन पछि
-
१६माघशहीद दिवस ५६ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५९ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ६१ दिन पछि
-
२३माघषट्तिला एकादशी व्रत ६३ दिन पछि
-
२४माघप्रदोष व्रत ६४ दिन पछि
-
२७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ६७ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ६८ दिन पछि
-
१फागुन
-
२फागुन
-
३फागुनस्कन्द षष्ठी ७२ दिन पछि
-
४फागुनअचला सप्तमी ७३ दिन पछि
ज्योतिषहरू
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro PatroTest Jyotish
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- Mental Health: A present scenario.
- परदेशी जिन्दगी
- प्रीय अतित
- Mangal Chauthi Vrata | Panchami Shraddha
- कत्ती पनि छैन
- गोठाले
- मेरो देश कति प्यारो छ
- भगवान
- धड्कनमा तिमी
- अन्धो
- अखबार छ
- म आफै फसेछु।
- क्या मज्जाको
- तिमी बुझ्नु है माया
- तिमी मायाको खानी हौ
- चाड पर्व र मुख स्वास्थ्य
- संगै भाइटिका लगाउला दिदी
- तिहार
- गरें भरोसा तिमीलाई
- भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० भाइटीकाको उत्तम साइत
- प्रेमागमन
- बिपत्तिले आत्तिएको छ
- प्रदेश
- औलो (मलेरिया)
- ए कान्छी सुनन
- मुस्कुराउनु
- हास्दै रमाउदै बिताउनु छ
- जून झार्नु तारा
- कर्म गर्न
- दँशै आयो तिहार आयो
- यस्तो होस् र पो दशैं
- नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
- दशैंमा रमाऊँ
- "मेरो जन्मदिन "
- मेरो माया
- Ghatasthapana | International Day of Rural Women | Global Handwashing Day
- घटस्थापना । नवरात्र आरम्भ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । विश्व हातधुने दिवस
- आशै भएन
- Protecting Our Homes and Loved Ones: The Urgent Need for Natural Disaster Awareness
- आव्हान
- मधुमेह राेग लाग्याे भने
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० विजया दशमी टीकाको उत्तम साइत
- २०८० बडादशैँको शुभ साइतहरू
- Taste Nepal ले भित्र्याएको "दामी Crispy Puff"को माग बढ्दो
- Jitiya Parwa । Nawami Shraddha
- जितिया पर्व । नवमी श्राद्ध
- बडा दशैं २०८० का शुभ साइत
- Mahalakshmi Barta Samaapti | World Smile Day | Ashtami Shraddha
- महालक्ष्मी व्रत समाप्ति । विश्व मुस्कान दिवस । अष्टमी श्राद्ध
- World Teachers Day । Saptami Shraddha
- विश्व शिक्षक दिवस । सप्तमी श्राद्ध
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- World Non Violence Day | Chaturthi Shraddha
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life
कार्तिक शुक्ल षष्ठी
छठपर्व व्रत । विश्व शौचालय दिवस

छठपर्व व्रत
हिन्दु धर्मावलम्बीका दुई महत्त्वपूर्ण चाड दसैँ र तिहार भर्खरै सकिएका छन् । अनि अब सुरु भएको छ, छठ पर्वको रौनक । हाम्रो पात्रो परिवारको तर्फबाट सबैभन्दा पहिले तपाईँहरू सबैलाई छठ पर्वको शुभकामना ।
सूर्यको अनुष्ठान
नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग सांस्कृतिक रूपमा जोडिएको हुन्छ ।
सूर्यको प्रकाश, सूर्यको ऊर्जाको विषयमा अब वैज्ञानिक रूपमा पनि निकै धेरै कुराहरू प्रमाणित भइसकेका छन् । पृथ्वीको सम्पूर्ण ‘इकोसिस्टम’को एउटा महत्त्वपूर्ण आधार हो, सूर्य । त्यसैले पनि सूर्य, मानव जाति र पृथ्वीको अन्योन्याश्रित सम्बन्धलाई धार्मिक रूपमा मात्र होइन, वैज्ञानिक रूपमा पनि परिभाषित गरिएको छ, प्रमाणित भएको छ ।
छठ पर्वको नाम
दीपावली अर्थात् तिहारको समापनसँगै छठ पर्वको हर्षोल्लासमय वातावरणले नेपाली भूमिलाई पुलकित बनाएको छ । षष्ठीका दिन मनाइने भएकाले यस पर्वको नाम अप्रभंशित हुँदै छठ पर्व भएको विश्वास पनि गरिन्छ । तराई क्षेत्रमा धूमधामका साथ मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ ।
सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई बढो हर्ष अनि उल्लासका साथ नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच अस्ताउँदो र उदाउँदो दुवै सूर्यको किरणलाई अर्घ्य दिएर यो चाड मनाइने गरिन्छ ।
छठी माताको व्रत लिने व्रतालुका घरमा छठमा चढाउनका लागि छरछिमेकबाट पनि विभिन्न प्रसादहरू दिने चलन रहेको छ । केराका घोगा, नरिवल, भोगटे अनि अन्य फलफूलहरूलाई छठको प्रसादका रूपमा लिने चलन पनि छ । यसरी तयार पारिएको फलफूललाई छठको अन्तिम दिन बिहानै अर्घ्य स्वरूप उदाउँदो सूर्यलाई देखाउने र प्रसाद स्वरुप घर लैजाने चलन छ ।
छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व हो । यो पर्वमा जनावर काटमार गर्ने वा बलि दिने चलन चाहिँ छैन ।
छठ पर्व चार दिनसम्म मनाइने चलन रहेको छ ।
छठ पर्वका चार दिन
यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।
यो पर्वका यी चार दिन विभिन्न कामहरू गरिन्छ । अरबाको दिन गाउँका युवाहरू मिलेर छठ मनाइने नदी या ताल वा पोखरीको किनारलाई सजाउने, सडकहरू सफा गर्ने गर्छन् ।
यसको तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरू त्यसरी सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । अनि चौथो दिनको बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ ।
छठको दिन विभिन्न समूह बनाएर सामूहिक रूपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा मैथिली भाषाका पारम्परिक गीतसङ्गीतलाई बढी स्थान दिइन्छ ।
छठ मन्त्र:
एष ब्रम्हा च विष्णुष्च शिवस् स्कन्दस् प्रजापतीस् ।
महेन्द्रोधनदस् कालो यमस् सोमो ह्यपाम्पतिस् ।।
एनमापत्सु क्रिच्छेषु कन्तारेषु भयेषु च ।
किर्तयन पुरुष्स् कष्चिन्नवसिदती राघव ।।।
आदित्य्म सर्बकर्तंरं कलाद्वदाद्शम्युतमं ।
पद्महस्त्द्वयं वन्दे सर्वलोकैकभस्करमं ।।
छठको व्रत लिनेहरूले नुहाएर शुद्ध भएर एक छाक मात्र खाने गर्छन् । गाईको गोबर र माटोले लिपेको घरको एक स्थानमा उनीहरू रहने गर्छन् । यो ठाउँलाई शुद्ध बनाउनका लागि गंगा जल र अरुवा चामल पानी छर्किने पनि गरिन्छ । व्रतालुहरूले केराको खाने एक छाक केराको पातमा राखेर खाने गर्छन् । उनीहरूले आफू बसेको शुद्ध बनाइएको कोठा बन्द गरेर पूजा गर्ने चलन रहेको छ । छठको विशेष परिकारमा ठेकुवा, चामलको पीठोको भुसुवा र फलफूलका अन्य सामग्रीहरू पर्ने गर्छन् ।
छठको पूजा गर्दा उखु, केराको बोट, बेसार, अदुवा, नरिवल, जौ, भुसुवा, ठेकुवा, फलफूल, मिठाईलगायतका खाद्यान्नहरू आवश्यक पर्छन् । ती खाद्यान्नहरूलाई साँझपख बाँसको चोयाले बुनेको छैँटीमा सजाएर खोला, नदी र तलाउ किनारमा लैजाने गरिन्छ । छैँटीलाई टाउकोमा बोकेर विधिपूर्वक सजाइएका तलाउसम्म पुग्ने श्रद्धालुहरूको तस्बिर मनमोहक देखिन्छ ।
नदी किनार वा तलाउमा पुगेर व्रतालुहरूले आधा शरीर पानीमा डुबाएर अस्ताउँदै सूर्यलाई अर्घ्य दिन्छन् । भोलिपल्ट बिहान यही अनुरूप जलाशयमा डुबुल्की मारेर उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । जो छठको व्रत बस्छन्, उनीहरूले एक महिनाअघि देखि नै माछा मासु खाँदैनन् । उनीहरूले लसुन प्याजसमेत खान नहुने विश्वास छ ।
छठ पर्वको विशेष धार्मिक महत्त्व रहेको छ । महाभारतमा कर्णले प्राप्त गरेको अथाह ऐश्वर्य अनि शक्ति सबै छठी माताको व्रतको प्रभावका कारण भएको विश्वास गरिन्छ । त्यस्तै, द्रौपदीले पनि छठी माताको व्रत लिएको कुरा महाभारतमा उल्लेख गरिएको छ ।
प्रकृति र सभ्यताको अनुपम उदाहरण छठ पर्वको सबैलाई फेरि पनि शुभकामना । हामी सम्पूर्ण मानवहरू सूर्यको जाज्वल्यमान उपस्थिति र सूर्य देवको हामीप्रतिको कृपाका लागि सधैंसधैं अनुग्रहसित छौँ । छठी माताका विभिन्न भजन कीर्तन बजाएर जलाशय वरपर गाडिएका केराका थम्बा अनि उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा प्रकृति र मानवबिचको गहिरो अन्तरसम्बन्धलाई सनातन संस्कारले सदियौँदेखि पुनर् परिभाषित गरिरहेको आभास हुन्छ ।
यस वर्ष पनि अन्य वर्षहरूमा झैँ पानी अनि सूर्य दुवैले हामीमाथि कल्याण बक्सिउन्, यही पानी र सूर्यको प्रकाशका कारण बन्ने यही पानीको बाफ र बादलहरूले धर्तीलाई भिजाइरहुन्, यो धर्तीलाई उर्वर बनाइरहुन्, हरियाली छाइरहोस् ।
जलचर थल चर सबैको कल्याण होस्, प्राणीमा प्राण होस् अनि धर्मको जय होस् । छठी माताले हामी सबैको जय गरुन् !
विश्व शौचालय दिवस
के ट्वाइलेट फोहोरी ठाउँ नै हो त ?
ट्वाइलेट, चर्पी, शौचालय, रेस्टरुम लगायत थुप्रै नाम छन् । हरेक मानवलाई अपरिहार्य कुरा हो तथापि हामीकहाँ भनेँ अत्यन्त फोहोर या दुरवस्था जनाउने ठाउँ जनाउनु पर्दा ट्वाइलेट जस्तो छ्या भन्ने चलन छ ।
बच्चाले राम्रो नपढेमा ट्वाइलेट मा थुनिदिन्छु भन्ने धम्कीहरू त हामी मध्य धेरैले भोगेका अनि खपेका छौँ । जीवनका लागि अपरिहार्य अनि सरसफाइ को पर्याय शौचालयलाई किन यति सारो घृणा अनि वितृष्णाका रूपमा हेरिएको हो भन्ने तर्कना कहिलेकाहीँ लाग्ने गर्दछ ।
दुखद कुरा त के भनेँ नेपालका अधिकांश सहर या गाँउहरुमा व्यवस्थित शौचालयको सुविधा छैन । बाहिर निस्कन पर्दा एकफेर घरको शौचालयमा शौच अनि मूत्र खाली गरेर निस्कने हामी मध्य धेरैको बानी छ , यसो गर्नाले बाटोमा अफ्ठेरो पर्दैन हैन र ?
शौचालयहरू दुर्गन्धित छन् , तर किन ?
अस्पताल देखि सिनेमा घर सम्मा अधिकांश शौचालयहरू दुर्गन्ध हुने गरेको हामीले पाएका छौँ भनेँ अहिले आएर शपीगं मल लगायतका ठाँउहरुमा भनेँ सुस्तरी शौचालय सभ्यता अनि सरसफाइ बढोत्तरी भएकै हो । विश्वले यसै शौचालय अनि यसको महत्त्वलाई सबैसामु उजागर गर्दे हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदछ।सन् २०३० सम्मको दीर्घकालीन विकास लक्ष्यमा संसारका हरेक बासिन्दालाई सर सफाइका श्रोत र सुविधा का साथ फालिने पानी लाई पूर्नपयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य रहेको छ ।
यस वर्षको विश्व शौचालय दिवसको नारा चाहिँ Accelerating Change
अर्थात् परिवर्तनलाई बढावा दिऔं भन्ने लाग्दछ ।
आउनुहोस् यसै शौचालयको परिवृत्त अनि बिकासक्रमका कुरा गरौं सन् २०२३ को बिश्व शौचलय दिवसमा ।
"सानैदेखि लगाऊँ बानी, चर्पी जाउन् हाम्रा नानी"
यो एउटा छन्दगत थेगो हो जुन नेपालमा झाडापखाला, हैजा अनि अन्य मलमूत्रबाट फैलन सक्ने रोगहरू अनि सङ्क्रमणहरू रोक्नका लागि यस्ता उदाहरणीय कुराहरू प्रयोगमा ल्याइएको थियो । विकासको इतिहास त्यति पुरानो छैन तर विकासका धेरै मापदण्डहरू परिवर्तन भएको देख्ने पुस्ताहरू अझै जीवितै छन् ।
मान्छेहरूले सभ्यताका क्रमसँगै आफ्ना रहनसहन अनि सर सफाइका मापदण्ड दुरुस्त राख्न धेरै परिवर्तन र विकास गरेका छन् । ढुङ्गे युगबाट आजसम्म आई पुग्दा हाम्रो दिनचर्यासँग विभिन्न आनिवानी, चालचलन र अभ्यासहरू थपिँदै आएका छन् । शौचालय पनि तिनीमध्येको एक हो । सुरुसुरुमा खोलाका किनार, खेतबारी या पोखरीका डिलहरूमा शौच गर्ने मान्छेहरूले बिस्तारै एउटा छुट्टै सानो कोठा शौचालयको रूपमा प्रयोग गर्न थालेका हुन् । विश्व प्रसिद्ध यात्री मार्कोपोलोले आफ्ना साथी रस्टीसेलोलाई लेखेको आत्मवृत्तान्त या यात्रा संस्मरणमा त्यस बखतको चिनिया सभ्यतामा चर्पी र कागजी पैसाको प्रयोगका बारेमा व्याख्या गरेको पाइन्छ । आज हामीहरू विभिन्न प्रकारका शौचालयहरू प्रयोग गर्दछौ, कुनै कुर्सीजस्तो बसेर शौच गर्न मिल्ने, कुनै पुरानै खालको पैताला टेकेर गरिने । गाउँघरमा सेप्टी ट्याङ्क या रिँग हालेर बनाइएको शौचालयहरूको प्रचलन अझै छ । शौचालयलाई फोहोर ठाउँका रूपमा हेरिने गरिए पनि सर सफाइमा वर्तमान सभ्यता र विकाशमा भएका प्रयोगहरूका कारण अब फोहर शौचालय हैन आफू बस्ने कोठाभित्रै सङ्क्रमण रहित सफा र आकर्षक शौचालय हामी घर घरमा हेर्न सक्छौँ । हरेक बिहान सामान्यतया हामी सबै शौचालय जान्छौँ । दिनभरिमा एउटा मानव सबैभन्दा धेरै जाने एक मात्र ठाउँ नै शौचालय हो ।
शौचालयको प्रयोगपछि गर्नुपर्ने पहिलो काम भनेको साबुन पानीले हात धुने र साबुन नभएमा खरानी पानीले धुनुपर्ने कुराहरू पनि विभिन्न सञ्चार श्रोतहरूमार्फत जस्तै: टिभी, रेडियोबाट प्रचार प्रसार गर्ने गरिएको छ । अझै पनि शौचालय प्रयोग गरिसकेपछि पानी हाल्नुहोला, सफा गर्नुहोला भन्नेजस्ता सन्देशहरू सार्वजनिक शौचालयहरूमा लेखिएको पाइन्छ, यस अर्थमा शौचालय प्रयोग पनि एउटा सभ्यता हो जुन हामीले अवलम्बन गर्न जरुरी छ ।
शौचालय प्रयोगको विश्वव्यापी तथ्याकं
अझै पनि संसारभरि लगभग अढाई करोड मान्छेहरूले शौचालय प्रयोग नगरेको तथ्याङ्क छ, करिब १०जना मध्य एक जना संसारको मान्छेले अझै पनि शौचालयमा शौच गर्ने विकल्प नपाएको विश्व स्वास्थ्य सङ्गठनको सन् २०१५ को सर्वेक्षणले देखाएको छ ।
नेपालमा बिस्तारै घरघरमा शौचालयको दैनिक प्रयोगमा वृद्धि हुन थालेको भए पनि बढ्दो सहरीकरणको नमुना जिल्लाहरूमा नगर विस्तारका सोचहरूमा सार्वजनिक शौचालय किन प्राथमिकतामा पर्दैन, भएको किन उचित सरसफाइ तथा व्यवस्थापन छैन ?
नेपालमा शौचालयका स्वरूपहरू
सुरुसुरुमा बनाइएको शौचालयमा भने धान या काठ राखेर शौच भने बाहिर गर्न जाने चलनलाई अब नयाँपुस्ताले चिर्दै गएको त छ तथापि सार्वजनिक शौचालयको अवस्था दर्दनाक छ । शौचालयको प्रयोग कालागि शौचालय नभएको घरमा छोरी नदिने देखि सामाजिक बहिस्कारसम्म गर्ने ह्वीम सृजना गरेर विभिन्न सरकारी र गैर सरकारी संस्थाहरूले व्यापक भूमिका खेलेका छन् । तर नेपालका विकसित सहरहरूमै पनि सहज सार्वजनिक शौचालयको व्यवस्था छैन जसका कारण धेरै अप्ठेरो पर्ने गर्दछ । कतिपय ठाउँमा त सार्वजनिक शौचालयको सुल्क यति महँगो छ कि शायद संसारभरमै सबै भन्दा धेरै पैसा तिरेर मलमूत्र त्याग गर्ने हामी नेपाली नै हौँ कि भन्ने भान हुन्छ । घरघरमा शौचालयको सही उपयोगका कुराहरू जानकारी दिन जरुरी छ ।
विदेशीहरूले ट्वाइलेट पेपरले शौच सफा गर्दछन् अनि फ्लश गरेर बगाउँदछन् भने हामी अधिकांश नेपालीहरू पानीले धुने र बगाउने शौचालय प्रयोग गर्दछौँ, दुवै तरिका सही हो । प्रयोग गर्ने आआफ्नै तरिकाहरू हुन्छन् तर सरसफाइ महत्त्वपूर्ण कुरा हो ।
मुख्य कुरा आउने पुस्ताहरूलाई शौचालय फोहोर ठाउँ हो भन्ने भावना विकास हुन नदिऊँ, शौचालय सफा गरेर कोही सानो हुँदैन र यसलाई सफा गरेर सङ्क्रमणरहित बनाउनुको विकल्प छैन भन्ने जानकारी र सन्देशहरू हरेक वर्ग, लिङ्ग, जात जाति, समुदायसम्म पुर्याउनु जरुरी छ । याद राखौँ सफा शौचालयको सही प्रयोग पनि सभ्य समाजको एउटा अभिन्न अङ्ग हो ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१९मंसिर
-
२१मंसिरअन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस २ दिन पछि
-
२२मंसिर
-
२३मंसिरअन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्ध दिवस ४ दिन पछि
-
२४मंसिर
-
२५मंसिर
-
२६मंसिरअन्तर्राष्ट्रिय तटस्थ दिवस ७ दिन पछि
-
१पुषविवाह पञ्चमी/षडानन्द जयन्ती/धनु संक्रान्ति १२ दिन पछि
-
२पुषअन्तर्राष्ट्रिय आप्रवासी दिवस १३ दिन पछि
-
४पुषबुधाष्टमी व्रत १५ दिन पछि
-
७पुषमोक्षदा एकादशी/गीता जयन्ती १८ दिन पछि
-
८पुषप्रदोष व्रत १९ दिन पछि
-
९पुषक्रिसमस-डे २० दिन पछि
-
१०पुष
-
१५पुषतमु ल्होसार २६ दिन पछि
-
१६पुषसन् २०२४ आरम्भ २७ दिन पछि
-
२०पुषगुरु गोबिन्द सिंह जयन्ती ३१ दिन पछि
-
२२पुषसफला एकादशी ३३ दिन पछि
-
२३पुषअरनिको स्मृति दिवस ३४ दिन पछि
-
२४पुषप्रदोष व्रत/नेपाल ज्योतिष परिषद स्थापना दिवस ३५ दिन पछि
-
२७पुष
-
२९पुषराष्ट्रिय भाक्का दिवस ४० दिन पछि
-
१माघ
-
२माघराष्ट्रिय भुकम्प सुरक्षा दिवस ४२ दिन पछि
-
७माघपुत्रदा एकादशी व्रत ४७ दिन पछि
-
९माघप्रदोष व्रत ४९ दिन पछि
-
११माघ
-
१२माघअन्तर्राष्ट्रिय भन्सार दिवस ५२ दिन पछि
-
१४माघविश्व कुष्ठरोग दिवस ५४ दिन पछि
-
१६माघशहीद दिवस ५६ दिन पछि
-
१९माघविश्व सिमसार दिवस ५९ दिन पछि
-
२१माघविश्व क्यान्सर दिवस ६१ दिन पछि
-
२३माघषट्तिला एकादशी व्रत ६३ दिन पछि
-
२४माघप्रदोष व्रत ६४ दिन पछि
-
२७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ६७ दिन पछि
-
२८माघविज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस ६८ दिन पछि
-
१फागुन
-
२फागुन
-
३फागुनस्कन्द षष्ठी ७२ दिन पछि
-
४फागुनअचला सप्तमी ७३ दिन पछि
ज्योतिषहरू
-
Jyotish hbdjyotish of nepal
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Hamro PatroTest Jyotish
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
साहित्य / ब्लग
- Mental Health: A present scenario.
- परदेशी जिन्दगी
- प्रीय अतित
- Mangal Chauthi Vrata | Panchami Shraddha
- कत्ती पनि छैन
- गोठाले
- मेरो देश कति प्यारो छ
- भगवान
- धड्कनमा तिमी
- अन्धो
- अखबार छ
- म आफै फसेछु।
- क्या मज्जाको
- तिमी बुझ्नु है माया
- तिमी मायाको खानी हौ
- चाड पर्व र मुख स्वास्थ्य
- संगै भाइटिका लगाउला दिदी
- तिहार
- गरें भरोसा तिमीलाई
- भाई टिकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा
- डा. ओम मूर्ति अनिलको “जीवन्त सम्बन्ध” पुस्तक सार्वजनिक
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० भाइटीकाको उत्तम साइत
- प्रेमागमन
- बिपत्तिले आत्तिएको छ
- प्रदेश
- औलो (मलेरिया)
- ए कान्छी सुनन
- मुस्कुराउनु
- हास्दै रमाउदै बिताउनु छ
- जून झार्नु तारा
- कर्म गर्न
- दँशै आयो तिहार आयो
- यस्तो होस् र पो दशैं
- नवरात्रको पाँचौं दिन "स्कन्दमाता"को विशेषता
- दशैंमा रमाऊँ
- "मेरो जन्मदिन "
- मेरो माया
- Ghatasthapana | International Day of Rural Women | Global Handwashing Day
- घटस्थापना । नवरात्र आरम्भ । अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस । विश्व हातधुने दिवस
- आशै भएन
- Protecting Our Homes and Loved Ones: The Urgent Need for Natural Disaster Awareness
- आव्हान
- मधुमेह राेग लाग्याे भने
- विदेशमा रहेका नेपालीहरूको लागि २०८० विजया दशमी टीकाको उत्तम साइत
- २०८० बडादशैँको शुभ साइतहरू
- Taste Nepal ले भित्र्याएको "दामी Crispy Puff"को माग बढ्दो
- Jitiya Parwa । Nawami Shraddha
- जितिया पर्व । नवमी श्राद्ध
- बडा दशैं २०८० का शुभ साइत
- Mahalakshmi Barta Samaapti | World Smile Day | Ashtami Shraddha
- महालक्ष्मी व्रत समाप्ति । विश्व मुस्कान दिवस । अष्टमी श्राद्ध
- World Teachers Day । Saptami Shraddha
- विश्व शिक्षक दिवस । सप्तमी श्राद्ध
- मङ्गल चौथी व्रत । पञ्चमी श्राद्ध
- World Non Violence Day | Chaturthi Shraddha
- डा. ओम मूर्ति अनिलको कृति“जीवन्त संबन्ध” असोज ५ गते विमोचन हुने
- पृथ्वीको संरक्षक ओजोन तहलाई नै सुरक्षा गर्नुपर्ने आवश्यकता
- Celebrate Kushe Aushi with Hamro Patro Remit: Win Shopping Vouchers Worth Rs. 10,000!
- आत्महत्या रोकथामको लागि के गर्ने?
- Preventing Suicide and Spreading Hope
- Physiotherapy: Restores Movement, Reclaims Life

Liked by: