समाज सेवामा मन लाग्नेछ। यात्रा सुखमय रहनेछ। घरपरिवारमा पाउनाको आगमनले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा शत्रुवर्गहरू सक्रिय रहनेछन्। अरूको कुरा नकाट्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ ।
भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ । विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस् ।
सङ्कल्प पश्चात् अर्घ स्थापना गरेर विघ्न हर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गणपतये नमः भन्दै पूजा गरिसके पछि धूप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्च पल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनः बिचमा गणेशजीको प्रतिमा वा मूर्ति राख्ने र गणेशजीको विशेष पूजन कालागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्ने ।
यो मन्त्रसहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नमः ः भन्दै पाद्य, अर्घ, आचमन, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराएर गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दूर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात् जौ, तिल, फूल, माला, दुबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमः भन्दै अङ्ग पूजन गरी धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गरी रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण भक्तहरुले गणेशजीको नीराजन आरती, घण्टसहित श्रद्धा एवं भक्तिले गर्नु पर्दछ । पुनः पुष्पाञ्जली गरेर आरतीलाई सितल गरी सबैजनाले आरती लिनु पर्छ र आफ्नो मनोकामना पूर्ण होस् भनेर विघ्न हर्ता गणेशजीलाई साष्टाङ्ग प्रणाम गरी आर्सीवाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवश्य नै पूरा गर्नुहुनेछ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल









खोटाङ । एक युवा समूहले आयोजना गरेको ‘दसैँतिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत सञ्चालित निःशुल्क यातायात सेवामा चार सय १५ जनाले सुविधा लिएका छन् । कमजोर आर्थिक अवस्था भएका वा यातायात सेवा नपाएर समस...

#चन्द्रमा

सुदूरपश्चिम। चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ।

अमेरिकाभरि राष्ट्रपति निर्वाचनका लागि धमाधम मतदान भइरहँदा एउटा प्रश्न उठ्नु स्वाभाविकै हो- डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पबाहेक अरु मैदानमा छैनन्? अमेरिकी न...

भिडियो स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको पेरिस र एम्स्टर्डम कार्यालयहरूमा फ्रान्सेली र डच अधिकारीहरूले कर छलीको आशंकामा छापा मारेका छन्। फ्रान्सेली न्यायिक स्रोतहरूका अनुसार नोभेम्बर २०२२ मा अनुसन्ध...

काठमाडौं । पोखरास्थित मित्र मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् ।

२० कात्तिक, गाजा । उत्तरी गाजा पट्टीको बेत लाहिया सहरमा रहेको एउटा घरमा इजरायली बमबारीबाट कम्तीमा ३५ प्यालेस्टिनीको मृत्यु भएको समाचार संस्था रोयटर्सले लेखेको छ । प्यालेस्टिनको आधिकारिक समाचार संस...

युट्युब भ्लगर रतन कार्कीले सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्ष्य गर्दै दिएको अभिव्यक्तिमा माफी मागेका छन्। काठमाडौंको दशरथ रंगशालामा साफ च्याम्पियनसिप नेपाल-बंगलादेशबीच फाइनल ख...