आज थालिएको कामलाई बीचमै नरोक्नुहोस्। पहिला गरेको गल्ती सच्याउने मौका पनि पाउनुहुनेछ। आफ्नो कुरा शान्त रूपमा राख्दा सबैले सजिलै बुझ्नेछन्। मनमा अनावश्यक कुराकानी खेल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

विश्व स्वतन्त्रता दिवस
सुन्न ट्याप गर्नुहोस्
पृष्ठभूमि
हरेक वर्षको नोभेम्बर ९ तारिखका दिन संयुक्त राज्य अमेरिकामा विश्व स्वतन्त्रता दिवस मनाइने गर्दछ । अमेरिकाका पूर्व राष्ट्रपती जर्ज डब्ल्यु बुशले जर्मनीको वर्लिनमा रहेको पूर्वी र पश्चिमी वर्लिनलाई विभाजन गर्ने पर्खाललाई फुटाएको र मध्य र पूर्वी युरोपमा कम्युनिस्ट शासनको औपचारिक अन्त्य भएको उपलक्ष्यमा सोही दिन अर्थात् नोभेम्बर ९ तारिखका दिन विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् । सन् २००१ मा जर्ज डब्ल्यु वुशले विश्व स्वतन्त्रता दिवसको घोषणा गरेका हुन् ।
विश्वमा पूजिँवादको अत्यन्त जोडदार प्रवर्तक राष्ट्र अमेरिकामा आजको दिन युवा विद्यार्थीहरू अनि रिपब्लिकन पार्टीका युवाहरूले विभिन्न कार्यक्रमको आयोजना गरेर स्वतन्त्रता दिवस मनाउने गर्दछन् ।
शित यूद्धको अन्त्य
विश्वमा शित यूद्धको अन्त्य गर्दै सोभियत युनियनलाई धराशायी पार्न ठुलो भूमिका निर्वाह गर्ने अमेरिकी पूर्व राष्ट्रप्रमुख रोनाल्ड रेगनको पनि आजको दिन अमेरिकामा चर्चा हुने गर्दछ ।
अमेरिकीहरूले विशेष जोड दिएर आजको दिनलाई विश्व स्वतन्त्रता दिवसका रूपमा मनाए पनि विश्वका अन्य राष्ट्रहरू विशेषतः यूरोपी राष्ट्रहरू भने आजको यस दिनलाई विश्व स्वतन्त्रता दिवसका रूपमा मनाउन उदासीन देखिन्छन् । शितयूद्धकाल देखिनै संसारमा पूजिँवादी, कम्युनिस्ट र केही समाजवादी देशहरूमा वैचारिक, कार्यगत अनि प्रणालीगत विवाद रहिआएको छ ।
न्यु ग्लोवलाइजेसन अनि न्यु न्याशिनोलिजमको विचार अनुसार सम्पूर्ण विश्वका बासिन्दालाई एउटै पहिचान अनि विश्वबन्धुत्वको दर्शन भित्र फराकिलो दायरामा राखिएको छ ।
चाहे हामी कम्युनिस्ट विचारधाराका हौँ या पूजिँवादी विचारधाराका हौँ या अन्य कुनै विचारधाराका हौँ तर स्वतन्त्रताको प्रत्याभूति अनि स्वतन्त्र जीवनयापनको महत्त्व मानव समुदायमा अति नै महत्त्वपूर्ण छ ।
नेपालमा स्वतन्त्रता
नेपालमा पनि क्रमैसँग विसं २००७, २०४६ अनि २०६३ गर्दै स्वतन्त्रताका नयाँ नयाँ आयामहरू थपिँदै गएको छ । स्वतन्त्रताको परिधिभित्र सहज जीवनयापन गर्न पाउने सहजता पनि पर्दछ । बाटोको अत्यधिक सवारी जाम देखि ग्याँस अनि तेलको लाइन, मूल्य वृद्धि, भ्रष्टाचार अनि कानुनी राज्यको कमी नेपाली समाजको स्वतन्त्रताका समस्याहरू हुन यसलाई हामी कुनै न कुनै रूपमा हरेक दिन हामी सबैले भोगी आएका छौँ । आशा छ नेपाली स्वतन्त्रताको परिभाषामा नेपालीहरूको सहज र पारदर्शी जीवनयापन पनि छिट्टै पर्नेछ । स्वतन्त्रताको शुभकामना ।

बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।
बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो ।
बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।

गौमाताको सुरक्षासँग सम्बन्ध राख्ने अष्टमी
कार्तिक शुक्ल अष्टमीलाई गोपाष्टमीका नामले पनि चिनिन्छ । गौमाताको सुरक्षासँग सम्बन्ध राख्ने भएकाले यो तिथीलाई गोपाष्टमी पनि भनिएको हो ।
गौमाता वा गाईको माया र ख्याल, रक्षा र सुरक्षासँग जोडिएकाले ग्वाला, गोपाल अनि गोविन्दजस्ता नामहरु बनेको विश्वास गरिन्छ । भगवान श्रीकृष्णको अति प्रिय नाममध्ये एउटा हो, गोविन्द । यही नामहरुको परिप्रेक्ष्यसँग गोपाष्टमीको सन्दर्भ जोडिएको हुन्छ ।
धार्मिक विश्वासअनुसार कार्तिक शुक्ल सप्तमी तिथीमा गौमाता, ग्वाला र गोपिनीहरुको रक्षार्थ भगवान श्रीकृष्णले गोवर्धन पर्वतको धारणा गर्नुभएको र एउटा औंलाले गोवर्धन पर्वत उठाएर सबैलाई श्रीकृष्णले उक्त पर्वतमुनि शरण दिनुभएको थियो ।
त्यसको भोलिपल्ट अर्थात् आजको अष्टमीको दिनमा स्वर्गबाट इन्द्र भगवान स्वयं श्रीकृष्णलाई भेट्न झर्नुभएको विश्वास गरिन्छ । त्यति बेला भगवान इन्द्रले कामधेनुले श्रीकृष्णको अभिषेक गरेको प्रसंग धार्मिक ग्रन्थहरुमा छ । श्रीकृष्णले गाईहरुको रक्षाका लागि पर्वत नै उठाएकाले पनि उक्त दिनबाट श्रीकृष्ण भगवानको नाम गोविन्द रहन गएको विश्वास पनि गरिन्छ ।
द्वापरयुगको त्यस दिनबाट नै गोपाष्टमी मनाउन थालिएको हो । आज पनि भगवान श्रीकृष्णका अनुयायीहरुले यसलाई विशेष पर्वका रुपमा मनाइरहेका हुन्छन् ।
आजको दिन गौमाताहरुको अभिनन्दन गर्ने र गौमाताको सेवा गर्ने चलन रहेको छ । आजको दिन गौशाला र गौमाताहरुलाई दिएको दानले जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास गरिन्छ ।
गोपाष्टमी तिथीको सबैलाई शुभकामना ।



