मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

तोल ल्होसार
३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार हो ।
सुन्न ट्याप गर्नुहोस्
प्राचिनतम ल्होसार
३ वटा ल्होसारहरु मध्य यो प्राचिनतम ल्होसार हो । तोल ल्होसार नै अन्य ल्होसारहरुको उद्गम मानिन्छ र तोल ल्होसारको आफ्नै दर्शन र महत्व भएको पाइन्छ । तोलको अर्थ हो समय या समयको चक्र र चलायमानता । देवताको विजय र दैत्यहरुको पराजयको कामना सहित तोल ल्होसारको बिसं २०७८ को संस्मरणमा पनि अन्य वर्षहरु झैं पुजा अर्चना गरिन्छ । सत्य र उज्यालोको पैरवी गर्दै आजको तोल ल्होसारमा सबैलाई शुभकामना । मौसम अनि हिमाल दुबैको साथ रहोस्, सबैलाई सुख होस् ।
संवत्सर
त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ मनाउने गर्दछन । विशेषगरी सोनाम ल्होसार जसरी नै मनाइने यो पर्वको दिन मात्र फरक हुने गर्दछ ।
यो पर्व घर आगन लिपपोत गरी चोखो पारिन्छ र आँफु पनि नुहाएर पुजा गरिन्छ । अनि लामा पुरोहित वाट वा घरको मुलीबाट पुजापाठ गराइ गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस भनि कामना गरिन्छ । अनि मान्यजनबाट आर्शिवाद लिँदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने पनि गरिन्छ ।
यो वर्षको तोल ल्होसार कसरी मनाउने योजना बनाउनुभएको छ?
लोसार दुईवटा शब्द ‘लो’ ‘सार’ मिलेर बनेको छ जस्को अर्थ भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ । ल्होसारलाइ लोसार, ल्होछार पनि भन्ने गरेको पाइन्छ । विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो ।
हिमाली भेगमा यस वर्ष मौसमले साथ दियोस्, घामले साथ दियोस् अनि बादलहरुले साथ दिउन् । हिमालका हिँउ होस् अनि हिँउमा सबैको खुशी रहोस् ।
-हाम्रो पात्रोका लागी सुयोग ढकाल





काठमाडौं । मन्त्रिपरिषद्ले अतिरिक्त महानिरीक्षक (एआईजी) टेक बहादुर तामाङलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले तामाङलाई काठमाडौं उपत्यका प्...

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन् । पूर्वकर्मचारी समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको स्मारिका व...

लमजुङ – लमजुङको सुन्दरबजार नगरपालिका–४ दुराडाँडा, अर्चल्यानीस्थित हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानलाई आठ रोपनी जग्गा प्राप्त भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन अध्यक्ष दीर्घ...

चिया उद्यमीलाई प्रधानमन्त्रीले भने, ‘ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा ध्यान दिनुहोस्’ नयाँ पेज २२:४५ बजे काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चियाको गुणस्तरीय उत्पादनसँगै ब्रान्डिङ, प्याके...

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधि मण्डलले नेपालका लागि बेलायतका राजदूत रोब फेनसँग भेटघाट गरेको छ। उक्त भेटघाटमा विशेषतः नेपाल र बेलायत बीचको द्विपक्षीय स...

उमेरको ४ दशक अवधि खर्च गरेको पार्टीबाट निकालामा परेपछि भीम रावल यतिखेर झनै व्यस्त छन्। काठमाडौँको टोखास्थित उनको निवासमा बिहान सबेरैदेखि साँझ अबेरसम्मै उनलाई भेट्न पुग्नेहरूको ताँती लागिरहेको छ। २...
काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) ले मुलुकमा सुशासन र समृद्धिका लागि आगामी माघमा देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालको अध...