घर निर्माण वा ठेकापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै प्रयास गरेको छ। तैपनि महिला र बालिकाहरू विज्ञान र नवप्रवर्तनमा पूर्ण रूपमा भाग लिनबाट वञ्चित छन्।
विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको नवौं श्रृखलामा स्वागत छ ।
उच्च शिक्षामा विज्ञान प्रविधिगत क्षेत्रमा महिला सहभागिताको विश्वव्यापी तथ्याङ्क
हाल विश्वभरका अनुसन्धानकर्तामध्ये ३० प्रतिशतभन्दा कम महिला छन्। सन् २०१४ देखि २०१६ सम्मको युनेस्कोको तथ्याङ्क को अनुसार, केवल ३० प्रतिशत महिला विद्यार्थीहरूले उच्च शिक्षामा STEM-सम्बन्धित क्षेत्रहरू छनौट गर्छन्। STEM-सम्बन्धित क्षेत्रहरू भन्नाले साइन्स, टेक्नोलोजी, इन्जियनरिंग र म्याथम्याटिक्स क्षेत्र भन्ने बुझिन्छ । विश्वव्यापी रूपमा, महिला विद्यार्थीहरू, आईसीटी (३ प्रतिशत), प्राकृतिक विज्ञान, गणित र तथ्याङ्क (५ प्रतिशत) र इन्जिनियरिङ्, उत्पादन र निर्माण (८ प्रतिशत) गरी कम छन्।

तपाईंको विचारमा विज्ञान क्षेत्रमा महिलाको सहभागिता किन अझै कम छ?
लैगिंक समानता आजको आवश्यकता र चुनौती दुवै हो, प्रविधि र सूचना पहुँचमा महिलाहरूको समान पहुँच बनाउनका लागि विभिन्न दिवस र अभियानहरू चलाइने गर्दछ जसमा हरेक वर्ष फेब्रुअरी ११ तारिखको विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस पनि एक हो ।
महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ। तर, दिन प्रतिदिन विज्ञानको महत्त्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरू विज्ञानमै पछाडि रहे भने, आउँदो समयमा के महिला सशक्तीकरण सम्भव छ त रु हामी मध्य धेरैले यो कुरा सोचेका छैनौ होला। त्यसै कारण हरेक वर्षको फेब्रुअरी ११ का दिन संयुक्त राष्ट्र सङ्घले यो चिन्ताको विषयमा प्रकाश पार्न आजको दिन मनाउने गरेको छ।
आजको दिवसको सबैलाई अर्थपूर्ण शुभकामना ।








२८ माघ, काठमाडौं । प्रधानमन्त्री कप (पीएम) क्रिकेटको काठमाडौं जिल्ला छनोटको उपाधि क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) ले जितेको छ। बुधबार भएको फाइनल खेलमा सीईसीले महाविर स्टडिज एन्ड एथलेटिक्स सेन्टर...
आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल रहेको समूह ‘सी’ को खेलमा वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हराएको छ। मुम्बईको वानखेडे रंगशलामा भएको खेलमा वेस्ट इन्डिजले ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट ...
माघ २४ गते :पाकिस्तानले नेदरल्याण्ड्सलाई ३ विकेटले हराएको (कोलम्बो) वेस्ट इन्डिज स्कटल्याण्डविरुद्ध ३५ रनले जितेको (कोलकाता) भारतले अमेरिकालाई २९ रनले हराएको (मुम्बई) माघ २५ गते ःन्युजिल्याण्डले...

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले संगठित रूपमा हुन्डीमार्फत कारोबार गर्ने वीरगञ्ज महानगर–१ बस्ने प्रशान्तकुमार गुप्तालाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ । जिल्ला प...

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बनाउने काम एक जनाबाट मात्र सम्भव नभएकाले सबैलाई मिलाएर लैजाने बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बुधबार साँझ जिल्लाको धन्कौल...

वीरगन्ज / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले बुधबार दिउसो वीरगन्जमा भव्य ‘रोड शो’ गर्दै चुनावी माहोल तताएका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मधेस प्रद...
काठमाडौँ । आइसीसी टी-२० विश्वकप अन्तर्गत वेस्ट इण्डिजले इङल्याण्डलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा वेस्ट इण्डिजले इङल्याण्डलाई ३० रनले पराजित गरेको हो ।
काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल रहेको समूहमा वेष्ट इन्डिजले इंग्ल्याण्डलाई ३० रनले पराजित गरेको छ । भारत मुम्बईको वानखेडे स्टेडियममा वेष्ट इन्डिजले दिएको १९७ रनको लक्ष्य पछ्याएको इ...