
प्रदोष व्रत
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
प्रदोष भनेको के हो ?
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।

प्रदोष व्रत कहिले गर्ने ?
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषमा के नगर्ने ?
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
प्रदोष व्रतमा पूजा गर्दा थालमा के-के राख्ने ?
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने ।


विश्व कला दिवस
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
कला सँधै अभिव्यक्ति र भावनाहरूको अन्वेषणको लागि एक शक्तिशाली माध्यम भएको छ। यही कारणले गर्दा कला र संस्कृतिको प्रवर्द्धन गर्न हरेक वर्ष १५ अप्रिलमा विश्व कला दिवस मनाइन्छ । साथै यस दिनको अवसर पारेर सर्वसाधारणमा विभिन्न कलाका बारेमा चेतना जगाउने काम पनि गरिन्छ ।
तपाईं कुन प्रकारको कलामा रुची छ?
पहिलो पटक, विश्व कला दिवस 15 अप्रिल 2012 मा मनाइएको थियो। सन् २०१५ मा लस एन्जलसमा यो दिनलाई आधिकारिक उत्सवको रूपमा मनाइयो। विश्व कला दिवस UNESCO द्वारा समर्पित एक दिन हो जुन 2019 मा UNESCO को साधारण सम्मेलनको 40 औं सत्रमा घोषणा गरिएको थियो।
अप्रिल १५ मा मात्र किन ?
१५ अप्रिल १४५२ महान इटालियन चित्रकार लियोनार्दो दा भिन्चीको जन्मजयन्ती हो। लियोनार्डो दा भिन्ची एक महान इटालियन चित्रकार, मूर्तिकार, वास्तुकार, संगीतकार, कुशल मेकानिक, इन्जिनियर र वैज्ञानिक थिए। कलामा निपुणताका कारण उनले विश्वभर सम्मान पाएका थिए र आज उनको जन्मजयन्तीमा विश्व कला दिवस मनाइँदैछ ।


अन्तर्राष्ट्रिय आरोग्य दिवस
अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
नेपालको कुटनीतिक इतिहासमा एउटा स्वर्ण अक्षरले लेखिने सफलता थपिएको छ। नेपालकै विशेष पहल र प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभा (UNGA) ले अबदेखि प्रत्येक वर्ष अप्रिल १५ लाई 'अन्तर्राष्ट्रिय आरोग्य दिवस' (International Wellness Day) का रूपमा मनाउने ऐतिहासिक निर्णय पारित गरेको छ। यो उपलब्धि नेपाल र समग्र दक्षिण एसियाकै लागि एउटा विशिष्ट गौरवको विषय बनेको छ।
'आरोग्य' केवल रोगको अनुपस्थिति मात्र होइन; यो त शारीरिक सबलता, मानसिक शान्ति र सामाजिक सद्भावको एउटा पूर्ण संगम हो। नेपालले सदियौँदेखि अभ्यास गर्दै आएको ध्यान, योग, आयुर्वेद, प्राकृतिक चिकित्सा र रैथाने उपचार पद्धति अनि हाम्रो पर्यावरणमैत्री जीवनशैलीलाई आज विश्वले स्वीकार गरेको छ।
संयोगवश, यो वर्षको पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस नेपाली नयाँ वर्ष २०८३ वैशाख २ गते परेको छ। नयाँ वर्षको उमङ्गसँगै आरोग्यको संकल्प जोडिनुले यसको गरिमालाई अझ उचाइमा पुर्याएको छ।
यो पहलले केवल स्वस्थ जीवनशैलीको मात्र प्रवर्द्धन गर्ने छैन, बरु नेपालको जैविक विविधता र जडीबुटीजन्य वैभवलाई विश्वसामु चिनाउनेछ र स्वास्थ्य पर्यटन र जडीबुटी निर्यातको माध्यमबाट नेपालको आर्थिक विकासमा नयाँ ढोका खोल्नेछ भनेर आशा गरिएको छ। सबैजनालाई अन्तराष्ट्रिय आरोग्य दिवसको शुभकामना ।
संतानको प्रगतिले मन प्रशन्न रहनेछ। कलात्मक र सिर्जनात्मक क्षेत्रमा प्रगति हुनेछ। समाजमा प्रभाव बढ्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।



