वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
                                    वृष राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्यको छठौ भावमा गोचरले ऋण वा कानुनी मुद्दा मामलाहरूमा सफलता मिल्नेछ। माहको मध्यदेखि सूर्य वा शुक्रको योगले अनावश्यक खर्चमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा शत्रुहरू आफै किनारा लाग्नेछन्। विदेशतिरबाट लाभ मिल्ला। सप्तम भावमा बुध र मंगलको योगले साझेदारी व्यापारमा विवाद बढ्नेछ। आर्थिक निर्णयहरूमा सावधानी अपनाउनुहोला। दाम्पत्य जीवन तनावपूर्ण रहनेछ। हतारमा कुनै निर्णय नलिनुहोला। पारिवारिक वा वैवाहिक सम्बन्धको लागि यो महिना चुनौतीपूर्ण रहनेछ। जीवनसाथीको स्वास्थ्य वा व्यवहारलाई लिएर  मनमा चिन्ता रहनेछ। विद्यार्थीहरूलाई यो महिना राम्रो रहेको छ। पढाइको क्षेत्रमा नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। जीवनमा अनुशासन  बनाएर राख्नुहोस्। यो महिना स्वास्थ्यलाई लिएर अलि सतर्क रहनुपर्ने हुन्छ। मधुमेह वा श्वास प्रश्वास सम्बन्धी समस्याले सताउन सक्छ। साना बच्चाबच्ची हरूलाई चिसोबाट जोगाउनुहोस्। नियमित व्यायाम गर्नुहोस्। जोखिमपूर्ण गतिविधिबाट बच्नुहोला।
                                
View All monthly Rashifal
                        Liked by: