वृष
Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
साताको प्रारम्भमा नयाँ कार्य प्रारम्भ गर्नको लागि उपयुक्त समय रहेको छ। बेरोजगार हुनेहरूको लागि रोजगारको सम्भावना देखिनेछ। साताको मध्यमा नोकरी वा पेशामा नयाँ अवसर मिल्नेछ। परिश्रमको तत्काल लाभ उठाउन सकिनेछ। साताको अन्तिममा आफूभन्दा ठूलाप्रति प्रेम र स्नेह बढ्नेछ। विलासितामा धन खर्च हुनेछ। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र कलेजी हो भने शुभ अंक ३ र ४ रहेको छ।