मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
                                    मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। सूर्यको सप्तम भावमा गोचर गर्नाले साझेदारी व्यापार वा दूर सञ्चार क्षेत्रबाट नयाँ अवसर मिल्नेछ। महिनाको मध्यदेखि सूर्य र शुक्रको योगले दाम्पत्य जीवनमा साज सजावटको सामानमा धन खर्च हुनेछ। मंगल र बुधको अष्टम भावमा योगले गर्दा आर्थिक निर्णयहरूमा सावधानी अपनाउनुहोला। बलले भन्दा बुद्धिको उपयोगले निर्णय लिने प्रयास गर्नुहोस्। व्यापार व्यवसायमा माननीय जनहरूबाट सलाह लिनुहोस्। शुक्रको सप्तम भावमा गोचर भोग विलासिताको सामानमा धन खर्च हुनेछ। दाम्पत्य जीवनमा आत्मीयता बढ्नेछ।
                                
View All monthly Rashifal
                        Liked by: