कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। सूर्य, मंगल र शुक्रको षष्ठ भावमा गोचरले रोग, रिपु र ऋणमा वृद्धि हुनेछ। प्रयोगात्मक विषयवस्तुमा सफलता मिल्नेछ। व्यवहारिक र वैवाहिक दृष्टिकोणले यो महिना सामान्य रहनेछ। प्रेम रोमान्स वा सामाजिक सञ्जालतर्फ आकर्षण बढाउनेछ। जीवनसाथीसंग वैचारिक मतभेदको जोखिम दर्शाउँछ। शिक्षाको दृष्टिकोणले समय राम्रो देखिएको छ। प्रतिस्पर्धात्मक र रचनात्मक विषयहरूमा मन जानेछ। बोलिमा संयमता वा स्थिरता कायम रहनेछ। व्यापार व्यवसायको दृष्टिले यो महिना उत्तम रहेको छ। करियरमा नयाँ अवसर वा नयाँ नोकरीको प्रस्ताव मिल्नेछ। सहकर्मीहरूसँग वादविवादबाट जोगिनुहोला। स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ। धारिलो हात हतियारको उपयोग गर्दा सावधानी अपनाउनुहोस् नत्र चोटहरूको आशंका देखिएको छ। कार्यक्षेत्रमा सकारात्मक दृष्टिकोण राखेर अगाडि बढ्ने प्रयास गर्नुहोस् सफलता मिल्नेछ।
View All monthly Rashifal
Liked by: