सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
सिंह राशि हुनेहरूको लागि यो महिना सामान्य रहेको छ। सूर्यको द्वितीय भावमा गोचर गर्नाले आर्थिक पक्षमा धेरै सावधानी अपनाउनुपर्ने रहेको छ। फजुल खर्चदेखि बच्नुहोस्। घरपरिवारमा सानातिना कुराले मनमुटावको सम्भावना देखिएको छ सावधान रहनुहोला। धैर्यताको कमी रहनेछ। महिनाको मध्यदेखि बुधको द्वितीय भावमा प्रवेशले गर्दा बोलीमा निखार आउनेछ। राजनीतिक क्षेत्रमा हजुरको बोली बिक्नेछ। शुक्रको लग्नमा गोचरले गर्दा साज सजावट र घुमफिरमा धन खर्च हुनेछ। दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव सुल्लिनेछ।| विद्यार्थीहरूलाई यो समय राम्रो रहनेछ। आत्मबलमा वृद्धि र व्यापार व्यवसायमा नयाँ योजनाहरू बन्नेछन्। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: