मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
मकर राशि हुनेहरूको लागि समय राम्रो रहेको छ। दशम भावमा सूर्यको योगले घरपरिवार वा आफूभन्दा ठूला दाजुभाइसँग आत्मीयता बढ्नेछ। कार्यक्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्ला। नोकरी वा पेशामा पदोन्नतिका योग छन्। सम्पत्ति वा घरेलु खर्चमा वृद्धि हुनेछ। माहको मध्यदेखि सूर्य र शुक्रको योगले प्रेममा चलिरहेको तनावबाट मुक्ति मिल्नेछ। युवावर्गहरूलाई करियरलाई लिएर नयाँ अवसरहरू मिल्नेछन्। कार्यक्षेत्रमा मेहनत र रणनीतिको राम्रो फल मिल्नेछ। मंगल र बुधको योगले एघारौं भावमा विद्यार्थीहरूलाई पढाइमा गुरुजनहरूबाट सहयोग प्राप्त हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूसँग विवादको सम्भावना देखिएको छ। स्वास्थ्यमा मानसिक तनावको समस्या देखिएको छ। प्रेम वा वैवाहिक सम्बन्धमा धैर्यताको आवश्यकता देखिएको छ। स्वास्थ्यले साथ दिनेछ।
View All monthly Rashifal
Liked by: