कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको समय राम्रो रहेको छ। नवम भावमा सूर्यको योगले आँटेको कार्यमा सफलता मिल्नेछ। धर्मकर्म प्रति मन जानेछ। आफूभन्दा साना भाइबहिनीहरूसँग असमझदारी बढ्नेछ। नेतृत्व गर्ने क्षमतामा विकास हुनेछ। कार्यक्षेत्रमा व्यस्तताले परिवारलाई समय दिन नसकिएला। पारिवारिक सम्बन्धमा गोपनियता राख्ने प्रयास गर्नुहोस्। माहको मध्यदेखि सूर्य र शुक्रको योगले पढाई र प्रेम सम्बन्धको लागि यो महिना मिश्रित रहनेछ। मंगल र बुधको दशम स्थानमा गोचरले प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। शत्रुहरू हार खाने छन्। सरकारी क्षेत्रमा रोकिएका कामहरूमा गति मिल्नेछ। स्वास्थ्यको दृष्टिकोणले समय राम्रो देखिएको छ। मानसिक तनाव वा थकान हावी हुन सक्छ।
View All monthly Rashifal
Liked by: