मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। दशम स्थानमा सूर्य, मंगल र शुक्रको गोचरले पारिवारिक सुखमा वृद्धि हुनेछ। नोकरी वा पेशामा पद्धोन्नतिका योग छन्। व्यापार व्यवसायमा विशेष लाभ प्राप्त होला। बुधको नवम स्थानमा गोचरले गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्नेछ साथै तर्क शक्तिमा वृद्धि हुनेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। १५ गतेबाट बुधको दशम स्थानमा गोचरले गर्दा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। व्यापार व्यवसायमा नयाँ लगानी लगाउने समय रहेको छ। पारिवारिक वा वैवाहिक सम्बन्धको लागि समय उत्तम रहेको छ। घरपरिवारमा शुभ मांगलिक कार्यको चर्चा हुनेछ। व्यापार व्यवसाय वा कार्यालाई लिएर आफन्तहरूबाट टाढा जानुपर्ला। उच्च शिक्षालाई लिएर नयाँ अवसरहरू फेला पर्नेछन्। पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। दशम स्थानमा शुक्र र बुधको गोचरले गर्दा चलचित्र वा अभिनय कलामा विशेष सफलता आर्जन गर्न सकिनेछ। स्वास्थ्यको दृष्टिकोणले समय उत्तम रहेको छ। श्वासप्रश्वास सम्बन्धी समस्याले सताउन सक्छ साथै खानपानमा सतर्कता अपनाउनुहोला। पिताको स्वास्थ्यलाई लिएर पनि चिन्ता रहनेछ।
View All monthly Rashifal
Liked by: