मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
मीन राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। सप्तम भावमा सूर्यको गोचरले वैवाहिक सम्बन्धमा सामन्जस्य बनाउन अलि गाह्रो रहनेछ। आत्मकेन्द्रित व्यवहारले वैवाहिक जीवनमा दूरी बढाउनेछ। व्यापार व्यवसायमा राम्रो सफलता हात पार्न सकिनेछ। महिनाको मध्यदेखि बुधको युतिले विचारको आदान प्रदानमा स्पष्टता झल्किनेछ र सम्बन्ध सुमधुर रहनेछ। प्रेम सम्बन्धमा प्रेमीबाट समर्थन वा विश्वास पाइनेछ। कार्यक्षेत्रमा गोपनीयतामा ध्यान दिनुहोला। व्यवसायमा दबाब र स्थान परिवर्तनका योग छन्। मंगलको अष्टम स्थानमा गोचरले गर्दा विद्यार्थीहरुमा रिस वा असमझदारी बढ्नेछ। यात्रा गर्दा सावधानी अपनाउनुहोस। जग्गा जमिनमा लगानी लगाउँदा विशेष सावधानी राख्नुहोला। स्वास्थ्यप्रति सावधानी अपनाउनुहोस्। कार्यक्षेत्रमा नयाँ अवसरहरू मिल्नेछन। सदैव भगवान सूर्यलाई अर्घ्य दिएर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: