मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहेको छ। सूर्य शुक्र र मंगलको नवम भावमा गोचरले आर्थिक क्षेत्रमा स्थिरता ल्याउन सकिनेछ। विवादास्पद समस्याहरू सुल्झिनेछन्। उच्च शिक्षा र सञ्चारको माध्यमबाट राम्रो अवसर फेला पार्न सकिनेछ। कार्यक्षेत्रमा अलि संघर्ष गर्नुपर्ला सफलता अवश्य मिल्नेछ। पारिवारिक र वैवाहिक जीवनमा यो महिना श्रेष्ठ रहनेछ। घर परिवारसँग संवादमा सुधार आउनेछ साथै हजुरको कुराको मान राखिनेछ। बुधको अष्टम् भावमा गोचरले व्यापार व्यवसायमा वा आर्थिक कारोबारमा निर्णय लिनुभन्दा अघि धैर्य वा संयमताको साथ निर्णय लिनुहोला। १५ गतेपछि नवम स्थानमा बुधको गोचरले गर्दा आर्थिक पक्ष सबल रहनेछ। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। अनुसन्धान वा जटिल प्रश्नहरूको समाधान मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीको साथ पाइनेछ। व्यापार व्यवसायको लागि समय उत्तम रहेको छ। स्वास्थ्यको दृष्टिकोणले यो महिना राम्रो रहेको छ साथै मानसिक चिन्ताबाट मुक्ति मिल्नेछ। सदैव हनुमान चालिसाको पाठ गरेर समयलाई झन् उत्तम बनाउनुहोस्।
View All monthly Rashifal
Liked by: