मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको प्रारम्भमा आर्थिक लाभ रहनेछ। शेयर बजार वा ठेक्कापट्टाबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। व्यापार व्यवसायमा नँया अनुबन्धहरू मिल्छ। साताको मध्यमा वैदेशिक रोजगारबाट लाभ प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। साताको अन्तिममा कला वा साहित्यको क्षेत्रमा सफलता मिल्नेछ। राजकीय मामिलाहरू सुल्झिनेछ। यो साताको शुभ रंग सेतो र निलो हो भने शुभ अंक २ र ७ रहेको छ।