सिंह
Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिनेछ। नँया योजनाहरूको सुरुवात हुनेछ। साताको मध्यमा सामाजिक दायित्व निर्वहनमा बाधा हुनेछ। नोकरी वा पेशामा शत्रुहरूले खुट्टा तान्नेछन्। सवारी साधनमा धन खर्चका योग छन्। साताको अन्तिममा गृहणीहरूको गृहकार्यको साथ धर्म कर्ममा पनि मन लाग्नेछ। घरमा मांगलिक कार्य सम्पादन हुनाले मन प्रसन्न रहनेछ। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ६ र ९ रहेको छ।