मकर
Capricorn
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साताको प्रारम्भमा मित्रता वा प्रेमको बन्धन कसिने छ। आफन्तहरूको साथ सहयोग मिल्नेछ। राजनैतिक क्षेत्रमा जनसमर्थन बढ्नेछ। अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। साताको मध्यमा विद्यार्थीहरूलाई पठनपाठनमा सफलता मिल्नेछ। स्वास्थ्य क्षेत्रमा र सामाजिक सञ्जालमा काम गर्नेहरू व्यक्तिलाई विशेष सफलता मिल्नेछ। साताको अन्तिममा दायित्व निर्वहन गर्नमा बाधा आउनेछ। कार्यक्षेत्रमा एउटा कार्यसम्पादन गरेर नै अर्को कार्य प्रारम्भ गर्नुहोला। स्वास्थ्यमा खानपानको ध्यान दिनुहोला। यो साताको शुभ रंग रातो र सुन्तला हो भने शुभ अंक ३ र २ रहेको छ।