मेष
Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साताको प्रारम्भमा मान प्रतिष्ठामा वृद्धि हुनेछ। व्यापार व्यवसायमा दीर्घकालीन योजनाहरू बन्नेछन्। साताको मध्यमा आकस्मिक धनलाभ हुनेछ। पारिवारिक समस्या सुल्झिनेछन्। पहिला गरेका कार्यबाट लाभ मिल्नेछ। साताको अन्तिममा कार्यक्षेत्रमा लगनशीलताको उचित प्रतिफल मिल्नेछ। कृषि वा पशुपालनबाट मनग्य लाभ प्राप्त गर्न सक्नुहुनेछ। रुचि अनुरुपको कार्य प्रारम्भ गर्नमा सफल भइएला। यो साताको शुभ रंग सेतो र बैजनी हो भने शुभ अंक १ र ९ रहेको छ।