International Day for the Elimination of Sexual Violence in Conflict | द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस | २०७६ असार ४ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Jun/Jul 2019
२०७६ असार

बुधवार
Jun 19, 2019
द्वितीया
द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस ( International Day for the Elimination of Sexual Violence in Conflict )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

सिथि नखः / द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस




सिथि नखः / द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस विशेष अडियो सामाग्री

सिथि नखः
जेष्ठ शुक्ल षष्ठीका दिनमा नेवार सभ्यता र सस्कार अनुरुप हरेक वर्ष सिथि नखः पर्व मनाईन्छ । महिना जेष्ठको छ, बादलहरु आकाशमा पानी बोकेर हिँड्न उड्न थालिसके, अब आकाश अनि धर्ती दुबैतर्फ तैयारी छ, वर्षायामको । वर्षायामको कुरा गर्दा सबैभन्दा पहिले पानीको शुद्धता र मुहानको सरसफाईको कुरा आउँदछ । वर्षयामको तयारी अनि पानीको मुहानको सरसफाईका लागि नेवारी सभ्यता र सस्कार अनुसार हरेक वर्ष जेष्ठ शुक्ल पष्ठीका दिनमा सिथि नखः चाड मनाईने चलन छ ।

काठमाडौ जसरी मन्दिरको शहरका रुपमा प्रचलित छ, त्यसैगरी काठमाडौ पाटी पौवा अनि पोखरी, ईनार, ढुंगेधारा र कुवाँहरुको शहर पनि हो । पानीको श्रोतकालागि अत्यन्त महत्वपूर्ण यी कुराहरुको सरसफाई र सुब्यबस्थालाई ध्यानमा राख्दै सिथि नखः मनाईने चलन भएको हो । आजको दिनमा काठमाडौ अनि काडमाडौ वासीहरुलाई सिथि नखः को महत्व अझै वढेर गएको छ ।

यस चाडले पानीको मुहान संरक्षण र पानीको महत्वमाथि पनि प्रकाश पार्दछ । आजको दिन ईनार, कुँवा अनि पोखरी वरिपरि पूजा गर्ने अनि यसरी पूजा गर्नपूर्व सरसफाई गर्ने चलन छ । यसरी सबैजना भेला भएर पूजा गरिसकेपछि वर्षभरि त्यहाँ फोहोर नगर्न धार्मिक अनि सांस्कृतिक हिसाबले बाध्याकारी हुने दुरगामी संस्कार प्रशंसनीय छ । यसरी सिथि नखः मा सरसरफाई गरिसकेपछि केही दिनकालागि पानीका मुहानलाई प्रयोग नगरिकन पानीलाई चलाउनहुन्न र स्थिर गराएर पानीको सतह राख्नपर्दछ भन्ने मान्यता छ ।

पानी सफा गर्दा ईनार भित्र पसेर, पोखरी अनि कुँवामा पसेरनै सफा गरिन्छ र यसो गर्नाले पानीका तलका सतहहरु जस्तै हिलो, लेदो लगायत जमेका फोहोर पदार्थहरु माथि आउने हुन्छ । ती कुराहरु तल्लो तहमा थिग्रेर राख्नकालागि पनि केही दिन पानीको मुहान प्रयोग नगरिकन शान्त राखिन्छ । यसरी मुहान सफा गरिसकेपछि त्यहाँ दुध, घ्यू, मह, दही लगायतका कुराहरु हालिन्छ ।

उपत्यकामा पहिले जस्तो खुल्ला जमिन र माटोको सेरोफेरो थोरै हुनगएकाले पानीको मुहान स्वच्छ र भरिभराउन नभएको तथ्य छ । जतिसुकै धेरै वर्षाको पानी परेतापनि वरपर सिमेन्टको भुई भएकाकारणले यसरी परेका पानी मुहानले सोस्न नपाउने हुन्छ । यसले गर्दानै धेरै जसो पानीका मुहानहरु सुक्दैगएका अनि उपत्यकाबासीहरु पाईप, ट्याकंर अनि जारका पानीमा धेरै निर्भर रहनपरेको तथ्य पनि जायज छ ।

सिथि नखः का दिन पानीका मुहानको सामुहीक सरसफाई गरिसकेपछि घरघरमा गएर परम्परागत नेवार खानाहरु बारा, चटामरी, छोयला आदिजस्ता परिकारहरु खाने चलन छ । यसै दिन भक्तपुरको चासखेलमा चण्डीदेवीको पूजा हुन्छ भने काठमाडौको जैसिदेवलको शिवपार्वतीका जेष्ठ पुत्र कुमार कार्तिकेयको मूर्तिलाई स्नान गराएर अनि विशेष पहिरन पहिर्याँउदै गहना र आभुषण लगाईदिएर खटमा राखेर नगर परिक्रमा गराईने चलन छ ।

नेवार समुदायले आफ्नो घर प्रवेश द्वारमा राख्ने आठवटा कमलको फूलको चित्र या धातुमा कुँदेको कलात्मक अभिव्यक्तिले यिनै कुमार कार्तिकेय लाई जनाउँदछ । कुमार कार्तिकेयका वारेमा केही कुरा गर्न चाहयौ, शिवजीका यी पुत्र अलौकीक सैनिक दस्ताका महासेनानीका रुपमा पुराणहरुमा ब्याख्या गरिएको छ । तारकासुर जस्ता असुरहरुको वध गर्न सक्ने यी बलवानलाई गंगाका पुत्रका रुपमा पनि ब्याख्या गरिएका पात्र हुन् । यिनको ६ वटा शिर रहेको र जन्म भएका बखत गंगाको किनारमा रहेका थिए भन्ने पुराणमा लेखिएको छ । गंगा नदी स्वयं शिवजीको जटामार्फत बगेकी छिन्, यसअर्थमा गंगाका स्वरुप यिनी कुमार कार्तिकेयको पानी र यिनको शुद्धतासँग धेरै अन्र्तसम्बन्ध पाईन्छ । वातावरण, पर्यायवरण अनि जीवनशैलीको अनुपम समिश्रण यस चाडले सदियौँदेखि हामीलाई पानी अनि मुहानको सरसफाईको पाठ सिकाईरहेको छ ।

हात धुनदेखि सफा पानी पिउन समेत विदेशी परियोजनाका मार्फत नेपाली समुदायमा जनचेतनाका कार्यक्रमहरु चलाईरहिएको छ, नियालेर हेर्ने हो भने हाम्रो पुराना सस्कारहरुनै आँफैमा वैज्ञानिक र परिवर्तनकारी छ । सिथि नखः को शुभकामना, हाम्रा पानीका मुहान र चित्त दुबै शुद्ध र सफा हुन । 

द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
यूद्धका समयमा भएका यौनहिंसा अनि बलात्कारबाट जन्मेका बालबालिकाले पहिचानको द्धन्द र आफ्नो अस्तित्वका लागि यूद्ध सकिएको दशकौंसम्म पनि संघर्ष गर्नुपर्ने हुन्छ । उनीहरुकी आमा यूद्ध पश्चातपनि आफ्नै समुदाय र परिवार बाटै पनि अपहेलित हुनपर्ने हुन्छ । यसवर्षको द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मा यूद्धका समयमा भएका यौनहिंसाका पीडीतहरुका आवाज संयूक्त राष्ट्रसंघ अझ बुलन्द गर्न चाहन्छ, उनीहरुले भोगेका भेदभाव, लाज अनि समाजले दिएको ध्रुबिकरणका बिरुद्ध हामी सबै एक हुन जरुरी छ ।

संयूक्त राष्ट्रसंघ महासचिव एन्टीनो गुइटेरस

विश्वले यूद्ध देखेको छ, इतिहासका पानामा यूद्धका खापाहरु लगभग हरेक देश अनि पृष्ठभूमिमा रहेको छ । कुनै अर्को जात, धर्म, देश या पहिचान भएको शाषक या सैनिकले कमजोर देशलाई निर्ममतापूर्वक हराँउदछन् । यसरी यूद्धका क्रममा अनि पश्चात पनि यूद्धग्रस्त देशका नागरीकमाथि यौनहिंसा हुने गर्दछ, यस्ता हिंसावाट हजारौंलाखौं मान्छेहरु वर्षेनी पीl8त हुने गर्दछन् र हुँदैआएका छन् ।

यसवर्ष पनि सिरियन लगायत अन्य मध्यपूर्वी एसिया तटका देशहरुबाट भागेका अनि अन्य देशमा जाने शरणार्थीहरुको लर्को अनि तिनमाथी भएका यौनहिंसाका घटनाले ठूलै चर्चा पाएको छ । नेपालमै पनि त सशस्त्र द्धन्दका समयमा यस्ता धेरै घटना अनि दुव्र्यबहार भएको छ र त्यसको परिघटना र असरहरु आज सम्म पनि हामीले समाजमा देखिरहेका छौं ।

यूद्धमा भएका यौनहिंसावाट जन्मेका बालबालिकाको मुद्धा अनि समस्या पुस्तौंसम्म चल्नेगर्दछ, उता यसरी हिंसामा पर्ने महिलाका वेदनाहरु अनि तिनका ध्वनी र प्रतिध्वनीहरु शताव्दीयौं सम्म चल्ने गर्दछन् । यसरी यूद्धका समयमा भएको यौनहिंसा पश्चात असुरक्षित गर्भपतन अनि अन्य यौन तथा प्रजजन समस्याका कारणले हजारौंको अकालमै मृत्यू पनि त हुन्छ । यस्ता यौन हिंसामा पर्नेहरुका वेदनाको सम्बोधन अनि अधिकारको प्रत्याभूत गर्दै विश्व समक्ष उनिहरुको आवाज सुनाउनलाई हरेक वर्ष जुन १९ तारिखमा संयूक्त राष्ट्रसंघले द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस मनाउने गर्दछ ।

सन् २०१८ अर्थात यसवर्षको द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस को नारा भनें The Plight and Rights of Children Born of War” द्धन्दकासमयमा जन्मेका बालबालिकाको दुर्भाग्य र अधिकार भन्ने रहेको छ । यसरी द्धन्दका समयमा जन्मेका बच्चाहरुको शारीरीक स्वास्थ अनि मानसिक स्वास्थ दुबै सxL नहुन सक्ने संभावना धेरै हुन्छ भने उनीहरुको पहिचान अनि कानुनी संरक्षण पनि नुहने हुन्छ । अप्रत्यक्ष रुपमा भएपनि यी बालबालिका पनि जन्मदैं द्धन्दका शिकार भएर जन्मेका हुन्, यी बालबालिकाहरुको देश या नागरीकता अनि अन्य पहिचानगत संवर्धन हुन नसक्दा अधिकांशहरु बेचबिखन, मानव तस्कर लगायत अन्य जोखिमयूक्त क्षेत्रमा लगिन्छन् जुन दर्दनाक अनि दुख्खलाग्दो कुरा हो ।

द्धन्दको पनि नियम हुन्छ जहाँ निशस्त्रलाई हमला नगर्ने, स्वास्थ केन्द्रमा हमला नगर्ने लगायत थुप्रै पर्दछन तर यूद्धमा जति नियम अन्य कहिँ पनि मिचिने गरिदैन् । यूद्धग्रस्त क्षेत्रमा सैनिक या अन्य जत्था अनि राज्यहिनताको फाईदा उठाउने तत्वले बलात्कारलाई प्रसय दिने गर्दछन जुन अत्यन्तै गलत कुरा हो। निर्दोष असाहय अनि निहत्था उपर गरिने यूद्धजन्य हरेक अपराधहरु बन्द गरिनु जरुरी छ भनेर आजको दिनले वकालत पनि गर्दछ । प्यालीस्टाईन, सिरिया, ईराक लगायत सैंयौ अफ्रीकन देशहरु आज पनि बाहिरी या आन्तरिक द्धन्दको खतरामा छन्, द्धन्दमा यौन्हिंसा रोक्न राज्यहरु सफल हुन अनि भएका हिंसाका परिघटना अनि असरहरु न्यूनतम गर्न सफल हुन जरुरी छ । द्वन्द्वमा यौन हिंसाको उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस को शुभकामना ।

सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters

Downloads


Tools


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Email: [email protected]

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 110.68
  • 111.28
  • European euro
  • 124.48
  • 125.16
  • UK pound sterling
  • 143.93
  • 144.71
  • Swiss franc
  • 109.17
  • 109.77
  • Australian dollar
  • 79.16
  • 79.59
  • Canadian dollar
  • 82.76
  • 83.21
  • Singapore dollar
  • 81.67
  • 82.11
  • Japanese yen (10)
  • 9.89
  • 9.94
  • Chinese renminbi (Yuan)
  • 16.51
  • 16.6
  • Saudi Arabian riyal
  • 29.51
  • 29.67
  • Qatari riyal
  • 30.4
  • 30.56
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 30.13
  • 30.3
  • Malaysian ringgit
  • 26.78
  • 26.93
  • Korean Won (100)
  • 9.74
  • 9.79
  • Swedish Krone
  • 11.91
  • 11.97
  • Danish Krone
  • 16.67
  • 16.76

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम