Mahalakshmi Wrata samapti/Saptami Shraddha | महालक्ष्मी व्रत समाप्ति/सप्तमी श्राद्ध | २०७७ भदौ २४ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Aug/Sep 2020
    २०७७ भदौ
    २४
    बुधवार
    Sep 09, 2020
    असोज कृष्ण सप्तमी
    महालक्ष्मी व्रत समाप्ति/सप्तमी श्राद्ध ( Mahalakshmi Wrata samapti/Saptami Shraddha )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    महालक्ष्मी व्रतकथा समापन | सप्तमी श्राद्ध





    आज भाद्रपदको कृष्ण सप्तमी , अर्थात भाद्रको शुक्लपक्षको अष्ठमीवाट शुरु भएको १६ दिनसम्म महालक्ष्मीको व्रतकथा आज समापन हुँदैछ , यसवर्षको महालक्ष्मी व्रतको १६ दिनको पावन श्रृखला यसैसाथ समापन हुँदैछ ।

    यि १६ दिनमा धन अनि ऐश्वर्यकी देवी महालक्ष्मीको अर्चना गरियो , समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न यि लक्ष्मी देवीको शुभबिवाह भगवान बिष्णुसंग भएको हो । कमलको फूलमा विराजमान देवपी लक्ष्मीको हत्केलावाट हरेकवखत धातुका सिक्काहरु खस्दछन्, यि बिम्बलाई केलाएर हेर्ने हो भनें धनकी देवी कोमल मन अनि सहज उपस्थितीकी प्रतिमा हुन् । धनको पछि लागेको सकल संसारले लक्ष्मीमाताको सरलता र कोमतावाट धेरै कुरा सिक्नुपर्ने आवश्यक्ता छ । यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मीमाताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्दछ, धन र समृद्धिको दिर्घकालिनता मानव सेवा र सत्कर्ममा निर्भर हुन्छ, लक्ष्मीमाता पनि मानवसेवा अनि मानविय कार्यमा प्रसन्न हुनुहुन्छ ।

    दुध, चन्दन र दुग्धजन्य पदार्थहरुले लक्ष्मीमाताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मीमाताको अर्चना गरिन्छ, यस १६ दिनका क्रममा सात मुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ ।

    करिष्यकहं महालक्ष्मि व्रतमें त्वत्परायणा ।
    तदविघ्नेन में यातु समप्तिं स्वत्प्रसादतस् ।।


    अर्थात हे देवी म यहाँको सेवामा तत्पर भएर यहाँको यस महाव्रतको निष्ठापूर्वक पालना गर्नेछु, , मेरो यस व्रत निर्वि३न पूर्ण रहोस् । यस व्रतको फलीफापले सबैलाई राम्रो गरोस्, कोरोना कहरले तनावग्रस्त गरेको अर्थतन्त्र अनि श्रमजीवीको घरघरमा लक्ष्मीमाताको वास होस् ।

    सबैलाई शुभकामना

    सप्तमी श्राद्ध

    सोह्र श्राद्धमा पितृहरुको देहान्त भएको महिना र पक्षलाई विचार गरिन्न, वहाँहरुको देहान्त भएको तिथीका आधारमा सोह्र श्राद्ध अर्थात पितृ पक्षका यि १६ दिनमा सोही तिथीमा वहाँहरुको संझना, दानपुण्य र श्राद्धकर्म गरिन्छ ।

    हाम्रो पात्रोमार्फत हरेक सनातन चाडवाड, अवसर अनि तिनको सांस्कृतिक, वैज्ञानीक र सामाजिक प्रार्दुभावहरु हामी लिएर आइरहेका हुन्छौं, सोह्र श्राद्धको यो सप्तमी तिथीमा पनि यस छोटो सामाग्री प्रस्तुत छ ।

    अन्य तिथी मा झैं यस तिथीमा देहान्त हुनुभएका पितृहरुहरुको श्राद्धकर्म, संझना, दानपुण्यका साथै सोह्र श्राद्धको सप्तमी तिथीमा पितृहरुको वैदिक तवरले संझना र अर्चना गरिन्छ ।

    आजको विशेष तिथीमा मोक्षको द्धार सबैका लागि खुलोस् । बैतर्नी नदिको भेल सहज बनोस, धर्मको रक्षा होस ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.