Mithun Shankranti/World Elder Abuse Awareness Day | मिथुन संक्रान्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस | २०७८ असार १ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2021
    २०७८ असार

    मंगलवार
    Jun 15, 2021
    जेठ शुक्ल पञ्चमी
    मिथुन संक्रान्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस ( Mithun Shankranti/World Elder Abuse Awareness Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    मिथुन संक्रान्ति | विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस




    मिथुन संक्रान्ति विशेष अडियो सामग्री

    "असारे मासमा धान रोपेझैँ खेतमा आउ हामी पिरती रोपौँ न"
    "असारे मैनामा पानी पर्यो रुझाउने"


    यस्ता धेरै जनमनमा लोकप्रिय गीत अनि नेपाली जीवनशैली सबैभन्दा व्यस्त मध्येको एउटा महिना हो अषाढ । कृषी अनि कृतीको पर्याय यो महिना एउटा प्रेरक महिना पनि हो । अषाढ संक्रान्तिबाट सूर्य पनि मिथुन राषिमा प्रवेश गर्ने भएकाले यस दिनलाई मिथुन संक्रान्ति भनिन्छ । अनि के छ त ? गाँउघरमा मकै गोड्ने काम सकिने बेला भएन र ?

    वर्ष २०७८ मा बादलहरु अलिक बढि नै कृपालु भएका छन् । मनसुन लामो समय चल्ने र बर्खाको कमी नहुने यस वर्षमा पूर्वानुमान गरिएको छ । नभन्दै यस वर्ष बादलहरु फुट्न र पानी पर्न शुरु भइसकेको छ, दैलोमा आइसकेको मनसुनको शुभकामना ।

    कतै कतै त कलिला दूधे मकै पोलेर खाने बेला नि भइसके होला ? 'वनकर' अर्थात् बाँदरहरुले मकै बारी गिजोलेर किसानहरूलार्इ अत्यन्तै दुःख दिन्छन्, यता मकैको रेखदेख उता धान रोप्ने र बिऊँ जोगाउन भ्याई न भ्याई, वास्तवमा अषाढ त किसानहरूकालागि फुर्सतले नभ्याउने हम्मे-हम्मे नै पर्ने महिना हो ।बादलहरुले आकाशमा एकछत्र राजगर्ने बेला भइसक्यो अनि यी बादलको वर्षाबाट जोगिन घरको छानो र बलेसी नचुहीने पारेर तयार बस्न जरुरी छ ।

    तराइमा भने अबको केहि महिना स्थानीय जातीका सिमसारे माछाको महिना हो, खेत खलिहानमा जमेका पानीहरुमा हुर्कने पोठिया, चेंग्रा र गरई , केवई, कोतरा जस्ता माछाहरु तराइमा विशेषतः पाइने स्थानीय जातका माछाहरू लोकप्रिय छन् । नदी, नहर, पोखरी तथा बाँधहरूमा प्रसस्त मात्रामा यो बेला घोँघी, हरीयो घोँघा, गँगटा अनि ईल अर्थात साँप जस्तो देखिने बाममाछाहरू भेटिन्छन्, स्थानीयहरू त्यसलार्इ संकलन गरी घरघरको चुल्होमा फरक स्वाद भर्दछन् । यस महिना घुमराडी ओढेर, धानको बिऊँ रोप्दै अनि खेतको आलीमा परालको आगो सल्काएर माछा र गँगटाहरु पोलेर खाने चलन तराइमा अझै छ ।

    त्यसो त पहाड तिर पनि रोपाईमा खेतधनीको घरबाट खेतालालाई पठाईएको बाक्लो पिठोको रोटी, भुटेको मकै, भटमास, तिलको छोप या गुन्द्रुकको अचार र अरिमठ्ठेको खोर्सानी छुस्स टोकेर खानुको आनन्द अभुतपूर्व रहन्छ । असारे पानीको हिलोमा धान रोप्दा या बाटामा हिँड्दा पनि हिलोले औँला खाने हुन्छ, यस महिनामा सरसफाई र आहार विहारको पनि विशेष महत्व हुन्छ । उता बारीमा फर्सी, भिण्डी, साग लगायत अन्य तरकारीहरु लहलहाउन थालेका होलान्, ए साँच्चै ! अषाढमा जुकाहरुको विशेष भय रहन्छ, विचार गरौँ है हरियो परियोबाट पाइला चाल्दा कतै जुकाहरु हाम्रो शरीरमा टाँसिने त हैनन ?

    मिथुन संक्रान्तिबाट शुरु हुने अषाढ महिनामा केहि विशेष पर्वहरु पर्दछन् । अषाढको कृष्ण पक्षको अष्टमीमा पशुपतिनाथ मन्दिरमा त्रिशुल जात्रा गरिन्छ । त्यसैगरी अषाढ शुक्ल द्वितीयामा जगन्नाथ रथयात्रा निकालिन्छ । अषाढ शुक्ल दशमीबाट चार महिनासम्म चतुर्मास व्रत प्रारम्भ हुन्छ । ल अब यस वर्षको असारमा स्वागत छ, हामीसबैलाई । बर्षाको यो विशेष महिनामा बेलाबेला झ्यालबाट आउने बाछिटाले चिस्यान नल्याओस्, बलेसीका माटाहरु बगेर नजाउन, मानो रोपेर मुरी उब्जनी होस् ! कोरोना संक्रमणको जोखिमवाट आफू र आफ्ना परिवारलाई जोगाउन सकौं, सुन्दर शान्त अनि सामान्य मसिंरको प्रतिक्षा सबैलाई छ ।
    जय होस् !!

    विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस


     

    हरेक वर्षको जुन १५ तारिखमा विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस मनाइन्छ । यसवर्षको नारा भनें Access to justice रहेको छ जस्को अर्थ न्यायमा पहुँच भन्ने लाग्दछ ।

    कोरोना संक्रमण जोखिमका हिसाबले अति संवेदनशील उमेर समुहमा राखिएका अग्रज जनसख्याँहरु वर्ष २०२१ मा पनि गत वर्ष झैं घरभित्र नै समय अधिकांश बसेका छन् । यस क्रममा उनीहरुको अधिकार, समानता र न्यायको पहुँचलाई विशेष ध्यानमा राखिनु पर्ने देखिन्छ । कोरोना विरुद्धको खोप लगाउने अधिकार देखि घरभित्र बस्दा समान र सम्मानजनक वातावरण पाउने अधिकार सम्म अग्रज जनसख्याँका लागि कतिको कार्यान्वयन भएको छ, वर्ष २०२१ मा हामी सबैले पूर्नविचार गर्न जरुरी छ ।

    विश्वमा लगभग सबै देश अनि महादेशहरुमा गएका सन् २०१५ देखि सन् २०३० सम्ममा अग्रज उमेर सुमहका मान्छेहरुको सख्याँमा वृद्धि आउने छ । बढ्दो स्वास्थ सेवामा पहुँच, जीवनको गुणस्तरमा बृद्धि लगायत अन्य जीवन रक्षक परिवेश र सुविधाले मान्छेको औसत आयू बढ्दै छ, यसका कारण अग्रज उमेर समुहका मान्छेहरुको सख्याँ वढ्दै छ अनि त्यससंगै बढिरहेको छ उनीहरुमाथि हुने दुव्र्यवहारका घटनाहरु । विश्व जनसख्याँको यो ठूलो हिस्सा बोकेका हिस्सालाई आदर अनि सम्मानका साथ व्यवहार गर्न नसकिने हो भने विश्वमा सकल मानव अधिकार र स्वतन्त्रताको सिद्धान्त नै गलत साबित हुने देखिन्छ ।

    अग्रज दुव्र्यवहारका सिमाहरु शारीरीक कुटपीट देखि लामो समयसम्म हुने मानसिक आघातसम्म पनि हुन सक्दछ । अग्रजहरु माथि हुने यस्ता दुव्र्यवहारका विषयमा खासै अनुसन्धान या अध्ययन भएको पाँइदैन तर बृद्धबृद्धा भएपछि हामीले वहाँहरुलाई गर्ने व्यवहार अनि सम्वोधनले जानाजान या अन्जानमा पनि हामीले वहाँहरुलाई ठोस पूर्याइरहेका हुन्छौं ।

    अझ सम्पती, अशंवण्डा, पेवा फाँट अनि जीवनीको सम्पतीका बिषयमा हुने झगडामा सबैभन्दा दुख्ख र कष्ट पनि अग्रज पुस्ताले नै बेहोर्दछन्, बृद्धबृद्धा प्रतिको बेथीति नेपाली समाजमा पनि कहाली लाग्दै छ ।

    नेपाल जस्तो देश अनि निकटतम सामाजिक संरचनामा हामीहरु सबैले अग्रजप्रति देखाएको व्यवहारतर्फ संवेदनशील हुन जरुरी देखिन्छ । आफ्ना कुराकानीमा वहाँहरुलाई समावेश नगर्ने, वहाँहरुका कुराहरु नसुनिदिने, अनावश्यक होच्याएर टीकाटीप्पणी गर्ने, नचाँहीदा नाम राखिदिने र गिज्याउने अनि वहाँहरुलाई अनावश्यक रुपमा कतै जान या केही गर्न रोक लगाउनेकुराहरु पनि दुव्र्यवहार अन्तर्गत पर्दछ । प्रायश बिकसीत देशहरुमा हुने बृद्धबृद्धा स्याहार केन्द्र या सरकारकै तर्फवाट बृद्धबृद्धा सुरक्षा योजना या संरक्षण नीती नभएकले नेपालमा यस मुद्धा अझ गहन छ । देशलाई उमेरभरि उत्पादक्तवमा सहयोग गरेका अनि कर तिरेका बृद्धबृद्धाहरु उमेर पुगेपछि केही थान हजारका नोट समातेर भत्ताको सुक्ष्म गाँसमा बस्नपर्ने बाध्यता छ ।

    यता आँउदा पुस्ताले पनि हजुरबुवा या हजुरआमा या बुढाबुढी भइसकेका आमा, काका, काकी लगायत समाजमा अन्यहरुलाई हामीले गर्ने व्यवहारलाई एकफेर पूनरावलोकन भने गर्ने बेला भएकै छ ।

    बृद्ध हुनु भनेको घरै बसेर कुर्ने समय हो त ? कि अन्य उमेर समुह जस्तै वहाँहरुलाई पनि घुमफिर गर्ने र मन लागेको ठाँउ जाने अधिकार छ ? यूवा क्लब या बाल क्लब भनें झै बृद्धबृद्धाको पनि क्लब या समुह भएर आँउदा पुस्तालाई सरसल्लाह दिन पाउने वातावरण भए कस्तो हुन्थ्यो होला ? फेरि बृद्ध हुनु भनेको एउटा प्रक्रिया नै हो किनभने सबै मानव आफ्नो जीवनचक्रमा एकदिन बृद्ध हुन त छँदैछ । हरेक वर्ष जुन १५ तारिखमा अग्रजहरुका लागि मैत्रि समाज, राष्ट्र अनि नीतीको वकालत गर्दै विश्व अग्रज दुव्र्यवहार विरुद्धको जागरुक्ता दिवस मनाइने चलन छ , आज त्यसै दिन हो ।

    दशैंमा थपक्क गोडामा टाउको दलेर आशिष लिने छोराबुहारीले वर्षभरि ति गोडाका पीडाहरु बुझ्न सक्नु पर्दछ किनभने भोली आफुपनि त्यसै गरि बृद्ध भइन्छ र आफ्ना ठाँउमा अर्को पुस्ता आँउदछ हैन र ? अहिले नेपालमा त झन बैदेशिक रोजगारी अनि आप्रवाशनका कारणले पुराना पुस्ताहरु गाँउघरमा एक्लै बस्न पर्ने बाध्यता छ । यो कुरा गाँउका कमेराले लिपेका घर देखि शहरका ठाँटबाँटहका घरहरुमा पनि लागु हुन्छ । यहाँ छोराछोरी रुँघेर बसेका बृद्धबृद्धाहरु एक कल फोन र च्याटका लागि रुएर बस्ने गर्दछन् । उता बिदेशमा नातीनातीना जन्मेपछि तेल लगाउन र हुर्काउन जाने बृद्धबृद्धाको सख्याँ पनि उत्तिकै बढ्दो छ, नेपाली बृद्धबृद्धा अनि अग्रजहरुलाई यो भन्दा ठूलो परिवेशको आश छ । गाडीको आरक्षण सिट र अपुग भत्ता बाहेक माया, विश्वाश, सहकार्य अनि साथको पनि आवश्यक्ता छ है । बृद्धबृद्धाको पहुँच बढाउने अनि आँशु नझर्ने वातावरण बनाउने कार्य हुरु गरौं आजैवाट। सम्पूर्ण आमा,बुवा, दिदीबहिनी, काकाकाकी लगायत सबै अग्रजहरुमा नमन ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.