Ganesh Chaturthi Wrata/Rashtriya Dharmasabha Diwas/World Suicide Prevention Day | गणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस/विश्व आत्महत्या रोकथाम दिवस | २०७८ भदौ २५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Aug/Sep 2021
    २०७८ भदौ
    २५
    शुक्रवार
    Sep 10, 2021
    भदौ शुक्ल चतुर्थी
    गणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस/विश्व आत्महत्या रोकथाम दिवस ( Ganesh Chaturthi Wrata/Rashtriya Dharmasabha Diwas/World Suicide Prevention Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    गणेश चतुर्थी | राष्ट्रिय धर्मसभा दिवस | विश्व आत्महत्या रोकथाम दिवस




    गणेश चतुर्थी विशेष अडियो सामग्री

    श्री गणेशाय नम 

    शान्ताकारम् भुजगशयनम् पद्मनाभम् सुरेशम् ।
    विश्वाधारम् गगनसदृशम् मेघवर्ण शुभाङ्गम् ।।
    लक्षमीकान्तम् कमलनयनम् योगिभिर्ध्यानगम्यम् ।
    वंदे विष्णु भवभयहरम् सर्वलोकैकनाथम् ।।

    आज गणेश चतुर्थी अर्थात् हात्तीको टाउको भएका भगवान् श्रीगणेशको जन्मदिन । हिन्दू धर्मावलम्बीहरू हरेक शुभकार्य, कर्मकाण्डी प्रक्रिया, पूजा–आजा या नविन चिन्तन शुरुवात गर्नुभन्दा अगाडि श्रीगणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्रीगणेशको नाम सर्वदा अगाडि आउँछ । यसैकारण पनि सनातन हिन्दू धर्मावलम्बीहरूबीच एउटा चर्चित भनाई नै छ, ‘शुभकार्यको श्रीगणेश गर्ने ।’ यो दिन गणेशलाई ८४ परिकारबाट बनेको समयबजी तथा फलफूल चढाउने चलन पनि छ ।

    महिनौँदेखिको तिजको रौनक हिजो सकियो । महिलाहरूले हिजो गरेको कठोर निराहार, निर्जल व्रतको थकान छ । अझै केही बाँकी नै छ होला । तर नयाँ उर्जाका साथ पक्कै पनि आजको दिन यदि शुरु गर्ने तर्खरमा हुनुहुन्छ होला । हिजो तृतिया तिथि अर्थात् तिज अनि आज भाद्र शुक्ल चतुर्थी अर्थात् मंगलमूर्तिको जन्मदिन । कसै–कसैले आजको दिनलाई विनायक चतुर्थी पनि भन्छन् । गणेश भनौँ या विनायक भनौँ या गजाधर जे नामले सम्झिए पनि यी सम्पूर्ण नाम भगवान गाणेशकै हो ।

    १०८ नाम भएका भगवान गणेशलाई कला र साहित्यको भगवान पनि मानिन्छ । उनको जन्मकाबारेमा दुईखाले धारणा पाइन्छ । श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार पार्वतीले आफ्नो शरीरको मैल जम्मा गरी उक्त मैलबाट बनाइएको आकृतबाट गणेश उत्पन्न भएका हुन् । एक दिन पार्वती स्नान गर्न जाँदा आफ्नो द्वारपालका रूपमा गणेशलाई राख्नुभएको थियो । यी सब कुराबाट भगवान् शिवलाई जानकारी थिएन । सोही समय पार्वतीलाई भेट्न भगवान् शिव आउँदा द्वारपाल बालक गणेशले रोकेपछि शिवले आफ्नो पुत्र हुन् भन्ने चाल नपाएरै गणेशको शीर छेदन गरिदिए । स्नानपश्चात् पार्वतीले पुत्रको यस्तो अवस्था देखेर महादेवसँग अनेक बिलौना गरेपछि देवादीदेव महादेव उत्तरतर्फ गई हात्तीको शीर ल्याएर गणेशको शरीरमा प्रतिस्र्थापित गरेको श्रीस्वस्थानी व्रतकथामा उल्लेख छ ।

    अर्को किँवदन्तीका अनुसार, देवताहरूको विशेष आग्रहमा शिव पार्वतीले गणेशको सिर्जना गरेका हुन् । गणेशलाई राक्षसी पथको बिघ्नकर्ता र देव पथको विघ्नहर्ताका रूपमा सिर्जना गरिएको हो । वास्तवमा गणेश चतुर्थी नेपाल लगायत भारत, मौरीसस, फिजी लगायतका दक्षिण पूर्वी एशियाका देशहरूमा दश दिनसम्म मनाइने गरिन्छ । शुक्ल चतुर्थीमा शुरु हुने यो चाड अनन्त चर्तुदशीका दिनमा समापन गर्ने गरिन्छ ।

    यसरी मनाउने क्रममा भगवान गणेशको प्रतिमा स्थापित गरी रंगीन पण्डालहरू लगाएर ४ चरणमा पूजा गरिन्छ । प्राणप्रतिष्ठा अर्थात् भगवानको प्रतिमा स्थापित गर्ने, सादासोपचरा अर्थात् सोह्र तरिकाले भगवान गणेशको अनुष्ठान गर्ने, उत्तरपूजा अर्थात् प्रतिमालाई एक ठाउँबाट अर्को ठाउँ लैजान तैयार गर्ने अनि गणपति बिसर्जन अर्थात् प्रतिमालाई नदी, खोला अथवा सफा जलासयमा मा बिसर्जन गर्ने क्रमहरू हुन्छन् । यसरी शुरुमा स्थापित गरेको प्रतिमालाई अन्तमा लगेर औपचारिक रूपमा खोलामा बिसर्जन गरेपश्चात् यस पर्वको समापन भएको मानिन्छ ।

    यस दिन देखिने चन्द्रमामा दोष हुन्छ । तसर्थ चन्द्रमा देखिहालियो भने केही सानोतिनो कुरा चोरेर त्यो दोष कटाउन सकिन्छ भन्ने जनविश्वास छ । विशेषतः तराई क्षेत्रमा विभिन्न फलफूल र अन्य तिउन–तरकारी छिमेकीका करेसाबारीबाट या गोठबाट चोर्ने चलन छ । यस याममा हुने फलहरू जस्तै भोगटे, कागती, नरिवल, केरा अनि अम्बा लगायतका मौसमी फलहरू आजको रातको समयमा चोरिन्छ । एउटाको गोठबाट गाईगोरु फुकाउने र अर्काको गोठमा बाँधिदिने या खेतमा बाली खाने गरी छाडिदिने, रुखहरू काटिदिने आदिजस्ता रमाइलोका नाममा उट्पट्याङ्ग हर्कतहरू पनि गरिन्छ जुन अवश्य पनि राम्रो होइन ।

    चाडपर्वहरू समानता र सौहार्द्रताको परिधिबाहिर जानु हुँदैन । चाडपर्वले समाजमा वैमनस्यता होइन, अपनत्व र सदासयता बढाउन सक्नुपर्छ । आजको साँझमा चन्द्र देखिहाल्नुभयो भने दोष कटाउन रचनात्मक तरिका अपनाउनुहोला । अनि यदि तपाईंको घरमा फलका वृक्षहरू छन् भने राति बसेर तिनको सुरक्षा गर्नुहोला । किनभने आज चौथीका चोर चौथी हान्न सक्रिय हुन सक्छन् ।

    राष्ट्रिय धर्मसभा दिवस


    वि.सं. २०६६ बाट नेपालभर राष्ट्रिय धर्मसभा दिवस मनाउने चलन छ । आउनुहोस् आज यसै पेरिफेरिमा कुरा गरौँ ।

    आजभन्दा करिब एक वर्ष पहिलेको नेपालमा यहाँहरूलाई लिएर जान चाह्यौँ, जतिबेला चन्द्रशमसेर नेपालमा श्री ३ प्रधानमन्त्री थिए । नेपालको आधुनिक इतिहासमा वि.सं. १९६१ मा प्रथमपटक धर्मसभा भएको पाइन्छ । जब चन्द्रशमसेरले सम्पूर्ण विद्वान अनि पण्डितहरूलाई निम्तो दिएर एक हप्ता लामो धर्मसभाको आयोजन गरेका थिए । उक्त धर्मसभापछि नेपालको आधिकारिक र औपचारिक सम्वत्, विक्रम सम्वत् भएको हो ।

    सनातन संस्कार अनि परम्पराले भरिपूर्ण नेपाल अनेकतामा एकता भएको देश हो । धर्मसभामार्फत सम्पूर्ण धर्म, समुदाय अनि परम्पराहरूको रक्षा गर्ने साझा थलोको निर्माण गर्नेछ । साथै राष्ट्रिय धर्मसभा नेपाल एउटा सस्थांका रूपमा नेपालीजनको धर्म अनि वैदिक सनातन संस्कारमात्र नभई सम्पूर्ण नेपालीको पहिचान र परम्परा जोगाउने कार्यमा निरन्तर लागेको छ ।

    विसं २०६६ सालमा तत्कालीन सरकारले ३ वटा असंवेदनशील निर्णय लिन खोजेको थियो । नेपालको औपचारिक सम्वतलाई ई.सं. बनाएर केवल ११ महिनाको एक वर्ष बनाउने सरकारी कदम थियो । यसका साथै पशुपतिमा नेपाली भट्ट पुरोहित राख्ने निर्णय पनि त्यतिबेला निर्णय गर्न खोजिएको थियो ।

    विक्रम सम्वत् आफैँमा नेपाल सम्वत् र ई.सं. दुवैका बहुल गुणहरूसहित वैज्ञानिक मात्र नभई नेपाली पहिचानको कडी हो । त्यसपश्चात् नेपाली परम्पराको रक्षार्थ औपचारिक रूपमा धर्मसभाको दर्ता गरिएको थियो । तीजपछिको गणेश चतुर्थीका दिन हरेक वर्ष राष्ट्रिय धर्मसभा मनाउने चलन रहेको पनि गुरु माधव भट्टराईले हाम्रो पात्रोलाई बताउनुभयो ।

    यसरी नेपाली संस्कारमा वैदिक सनातन अभ्यास, पहिचान, वैदिक चलन, अन्य धर्म–संस्कृतिको रक्षार्थ धर्मसभाले पञ्चाङ्ग निर्णायक समितिसँग पनि नजिकै रहेर कार्य गर्ने, हरेक वर्षका पात्रोहरूमा समावेशी चाड अनि तिथिहरू समावेश गराउनेसम्मका कार्यहरूको पनि पहरेदारी गर्दछ । हरेक वर्ष धर्मसभा समितिले पण्डित सम्मेलन गर्दै तिथि–मिति अनि चाडपर्व लगायतमा सवालमा अनि नियमहरूको रक्षा र सम्बर्धन गर्ने कार्य गरेको छ ।

    यस वर्षको धर्मसभा दिवसले आगामी वर्षहरूमा पनि नेपालीजनको पहिचान, आस्था, परम्परा र रीतिलाई जोगाउने काममा अग्रगामी कदम चालोस् । नेपालीजनको पर्याय मोबाइल सहयात्री आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूमा धर्मसभा दिवसको शुभकामना व्यक्त गर्दछ ।

    विश्व आत्महत्या रोकथाम दिवस


    शारीरिक, मानसिक, व्यवहारिकका र सामाजिक कारणहरूले आफँै समाप्त हुनुलाई आत्महत्या अथवा देहत्याग भनिन्छ । हुन त, आत्महत्या जुनसुकै उमेरका व्यक्तिले गर्ने भए पनि पछिल्लो तथ्यांक नियाल्ने हो भने आत्महत्या विशेषगरी १५ देखि २९ वर्ष उमेरका युवाहरूमा बढी छ । नेपालमा पनि आत्महत्या हुने क्रम बढिरहेको, देशका विभिन्न ठाउँहरूबाट निरन्तर आइरहने यो दुःखद खबरको समाचार सुनेर नै अनुभव हुन्छ ।

    विश्वका हरेक १०० मृत्युमा एउटा मृत्यु चाहिँ आत्महत्याबाट हुने गरेको देखिन्छ । हरेक आत्महत्याको घटनाले समाज र परिवारमा एउटा नमेटिने पीडा दिएर गएको हुन्छ । झनै कोभिड–१९ को त्रासदीका कारणले घरभित्रै बसेका परिवार, बन्द भएका व्यवसाय अनि बढेका मृत्युका लस्करहरूको कारणले समाजमा बग्रेल्ती मनोरोग र आत्महत्याका शृृंखलाहरू बढ्दा छन् । सन् २०२१ मा आत्महत्या रोकथाम दिवसको नारा चाहिँ ऋचभबतष्लन ज्यउभ तजचयगनज बअतष्यलक अर्थात् कार्यमार्फत आशाको सिर्जना भन्ने हो ।

    त्यसैले, आज विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा नेपाल मनोचिकित्सक संघले माइतीघर मण्डलामा मैनबत्ती बालेर बढ्दै गएको आत्महत्याविरुद्ध जनचेतना फैलाउने कार्यक्रम आयोजना गर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वमा हरेक वर्ष आत्महत्याका कारण ८ लाख भन्दा बढी मानिसको ज्यान जाने गरेको छ ।

    थुप्रै मानिसहरूको आत्महत्याका कारण दुःख खप्न नसकेर भनिने गरिन्छ । खासमा दुःखविनाको जीवन छिट्टै नै खल्लो हुँदै जान्छ । सुख, दुःख जीवनका दुई पाटा हुन् । मानव भएर जन्मेपछि एक मिनेट पनि बढी बाँच्ने प्रयास गर्नुपर्छ । कसैलाई भने मानसिक स्वास्थ्य आत्महत्याको कारण बन्न पुग्छ । मानसिक स्वास्थ्यले ती व्यक्तिहरूलाई यो अवस्थामा ल्याइदिन्छ कि कतिलाई त पत्तो पनि हुँदैन । उनीहरू आफ्नै जीवन नास गर्न जाँदैछन् । यस किसिमका व्यक्तिहरूलाई भने यिनका आफन्त इष्ट मित्रले विशेष ध्यान दिनुपर्छ ।

    नेपाल जस्तो देशमा भने आर्थिक समस्या पनि आत्महत्याको मुख्य कारण भन्न सकिन्छ । ऋण लिएपछि चुक्ता गर्न नसक्नु र साहुको दैनिक किचकिचको त्रासले थुप्रै विपन्न मानिसहरूले देहत्याग गरेका छन् । कहिले विदेशमा गएका नेपालीहरूले उता संघर्ष गर्न नसकेर आत्महत्या गरेको खबर सुन्नुपर्छ त कहिले प्रेमिकाले धोका दिएर त कहिले कुनै कार्यक्रममा आफ्नो बेइज्जत भएपछि समेत मानिसले संसार त्याग्ने निर्णय लिने गरेको छन् । कारण जे सुकै होस्, ९ महिना कोखमा राखेर निक्कै पिडा सहेर आफ्नो आमाले दिएको यो जीवन के आत्महत्याका लागि हो त ? यस्ता खबरहरूले सुन्नेको मन खिन्न बनाउँछ । चिन्नेलाइ रुवाउँछ । अझ आफन्तलाई त एउटा यस्तो घाऊ दिन्छ, जुन कहिले पुरिन सक्दैन ।

    आत्महत्याको सोच आफूभित्र रहेको एउटा दानवीय सोच हो । जीवनका हरेक खुशी र आँशुलाई सकारात्मक ढङ्गले लिए यो सोच कहिले हाबी नहोला । सास रहेसम्म हरेक कष्ट मेटिन सक्छ । असफल व्यक्तिहरूले पनि जुनसुकै मोडमा दोश्रो मौका पाउन सक्छन् ।
    सासप्रति विश्वास राखौँ ।

    (हाम्रो पात्रोका लागि सुयोग ढकालद्वारा तयार पारिएको आलेख ।)



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.