आउँदा दिनहरु
-
१२माघ
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत २ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ३ दिन पछि
-
१६माघशहीद दिवस ४ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ५ दिन पछि
-
१९माघतिलकुन्द चौथी ७ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ८ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी १० दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा ११ दिन पछि
-
२४माघद्रोण नवमी १२ दिन पछि
-
२६माघभीमा एकादशी व्रत १४ दिन पछि
-
२७माघभिष्म द्वादशी १५ दिन पछि
-
२८माघसोम प्रदोष व्रत १६ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस १९ दिन पछि
-
२फागुनप्रणय दिवस २० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस २५ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस २६ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २७ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ३० दिन पछि
-
१३फागुनप्रदोष व्रत ३१ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ३२ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ३३ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ३४ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ३५ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ३७ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा ३८ दिन पछि
-
२३फागुनगोरखकाली पूजा ४१ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस ४२ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत ४४ दिन पछि
-
२७फागुनप्रदोष व्रत ४५ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ४७ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ५१ दिन पछि
-
५चैतमंगलचौथी व्रत ५२ दिन पछि
-
६चैत
ज्योतिषहरू
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
साहित्य / ब्लग
- सकिएन
- Tilkunda Chauthi
- तिलकुन्द चौथी
- अल्झिन मन छ
- Sonam Lhochhar | Shree Ballav Jayanti
- सोनाम ल्होसार
- Martyrs Day
- शहीद दिवस
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- Nepal Nursing Day
- नेपाल नर्सिङ दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- विश्व कुष्ठरोग दिवस |अन्तर्राष्ट्रिय भन्सार दिवस
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- तिम्रो सिरानी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- Book Review: Being Billy
वैशाख शुक्ल पूर्णिमा
बुद्ध जयन्ती / उभौली पर्व/गोरखनाथ जयन्ती/चण्डी पूर्णिमा व्रत/वैशाख स्नान समाप्ति
२५६६ औं बुद्ध जयन्तीको सबैलाई शुभकामना
बुद्ध शब्दको अर्थ
बुद्ध शब्दको अर्थ संस्कृत शब्द बुध अर्थात् जाग्नु भन्ने हुन्छ । पूर्ण रूपमा सांसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शक अनि प्रवर्तक हुन्, बुद्ध । यस्ता महान् गुरु जसले आफ्ना प्रवचनमा भगवानले संसार सिर्जना गरेको भन्ने कुरा भन्दा पनि संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई सांसारिक मोह र तनावबाट ब्युँझाउन सहयोग गरे गरेका छन् तिनैलाई बुद्ध भनिन्छ ।
हृदयको खेतमा सत्यता अनि शान्तिको बिऊ बीजारोपण गर्न सिकाउने बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू भएको बगैँचाको बिचमा भएको थियो ।
आज विश्व बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिँडेको छ । शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् । २५०० वर्ष भन्दा अघिको उनको ज्ञानको अविरल कुञ्जले मानव समुदायलाई एउटा नयाँ शान्त आयाम दिएको छ । गौतम बुद्धका जीवनमा यो वैशाख शुक्ल पूर्णिमाले ठुलो महत्त्व छ । उहाँको जन्म, ज्ञान प्राप्ति अनि समाधि यही वैशाख पूर्णिमाकै दिन भएको हो ।
शाक्यमुनिको जन्म विषयमा दुई तर्कहरू
शाक्यमुनिको जन्म विषयमा र मितिको हिसाबका लागि सिंहली र केन्टोनिज गरी दुई थरी मत छन् । एउटा मत लेखन अर्थात् साहित्यिक कृतमा आधारित छ भने दोस्रो मत चाहिँ शिलालेखमा आधारित छ । नेपालमा भने सिंहली मत अनुरूपको मिति चलेको छ, यो साहित्यिक श्रोतमा आधारित छ । सिंहलद्वीप श्रीलङ्कामा सिंहली मतको विकास भएको हो । नेपालमा थेरवादी बौद्ध धर्मको प्रचार–प्रसार श्रीलङ्काबाट भएको छ ।
त्यस कारण नेपालमा सिंहली मत अनुसारको भगवान् बुद्धको जन्म मिति प्रचलित छ । केन्टोनिज मतको विकास पूर्वी चीनको केन्टन सहर वाट भएको हो । भगवान् बुद्धले महापरिनिर्वाण प्राप्त गरेपछि प्रत्येक वर्ष केन्टनको एउटा ढुङ्गाको गुफाको पहरोमा एउटा थोप्लो अङ्कित गरेर बुद्धको महापरिनिर्वाण वर्षको अभिलेख राख्न थालियो । यसलाई डटेट रेकर्ड भनिन्छ । सन् ४८९ सम्म यस्तो थोप्लोको सङ्ख्या ९७५ पुगेको थियो ।
शाक्यमुनि बुद्धको जन्म
भगवान् शाक्यमुनि बुद्धको जन्म ई.पू .५६६ मा भएको मानिएको छ । यदि सिंहली मतलाई मान्ने हो भने भगवान् बुद्धको जन्म ई. पू. ५६६ भन्दा पहिले भएको देखिन आउँछ । भगवान् बुद्ध महावीर जैन भन्दा अघिको देखिन आउँछ । तर केन्टोनिज मतलाई मान्दा ई.पू. ५६६ मा बुद्धको जन्म भएको थिति–मिति मिल्न आउँछ ।
यिनै शाक्यमुनिको जन्म, समाधि अनि ज्ञान प्राप्तिको दिनका रूपमा आज विश्वको उत्तरीदेखि दक्षिणी ध्रुवसम्म, मृत सागरदेखि प्रशान्त महासागरको मारियानाज ट्रेन्चसम्म अनि बनारसदेखि बेइजिङसम्म आ–आफ्नै तरिकाले बुद्ध जयन्ती मनाइन्छ । भौतिक शरीर नाश भए पनि आफ्ना ज्ञान, वचन अनि आध्यात्मिक सीपमार्फत बुद्ध हामी सबैको चित्तमा विराजमान नै छन् ।
बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मन साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका भन्ने किंवदन्तीहरू सुनिन्छ । यसका अनुसार, उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ । जन्मन साथ पोखरीमा स्नान गराइएका यिनी सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ । यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै दुःखद मृत्यु भएको थियो ।
शाक्यमुनि बुद्धको जीवकथा
यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत् र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुख सयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन् । त्यसपश्चात् आफू पनि भिक्षु हुने निर्णय गरेका सिद्धार्थ गौतम नै आज संसारका महान् गौतम बुद्ध हुन् । यसरी सांसारिक दुःखको कारण खोज्दै उनी २९ वर्षको उमेरमा गृह त्याग गरी बोध गया भन्ने ठाउँमा एक वृक्ष मुनि अधिष्ठानपूर्वक तपस्यामा लिन भए । तपस्याका क्रममा बुद्धलाई सम्यक् सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो । त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे । संसारभर भगवान् बुद्ध भनी कहलिए । बुद्ध धर्म एक अनीश्वर वादी धर्म मात्र नभई कन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन हो, सर्वव्यापी दर्शन ।
यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौँ सम्यक् सम्बुद्ध मानिन्छ ।
विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । यो विश्वको चौथौँ ठुलो धर्म हो । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् ।
त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरू
बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहलाई त्रिपिटक भनिन्छ ।
त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।
बुद्ध भन्नाले बोधी प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । उत्तर कोरियाले अशान्त भएर संसारतर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रङ्ग, सम्पत्ति, भाषा र भूगोलका आधारमा विभेद भइरहँदा बुद्धको दर्शनले शान्तिको शान्तिपूर्ण वकालत गरिरहेको छ । बुद्धका ज्ञानलाई आत्मसात् गरे मात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ । संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्की आऊ शाक्यमुनि, शान्तिको सन्देश लिएर आऊ है । बुद्ध जयन्तीको शुभकामना ।
उभौली पर्व
अनि यसपालाको उभौलीमा साकेला चण्डी नाच्न कतिको तैयार हुनुहुन्छ त ?
किरात समुदायमा अत्यन्त लोकप्रिय चण्डी नाच सबै जनाको सुस्वास्थ्य, दिर्घायू र समृद्धिको कामना गर्दै नाचिन्छ । आउनुहोस्, प्रकृतिका सन्तति, विश्व प्रसिद्ध किरात समुदायले मनाउने वसन्त क्रृतुको उभौली पर्वको कुरा गरौँ ।
उभौली पर्व किन मनाइन्छ ?
प्रकृतिका पुजारी यस समुदायले वैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुमनिमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो । त्यही भएर उभौलीका अवसरमा सांस्कृतिक महोत्सवका रूपमा यो पर्व मनाउने गरिन्छ ।
कृषि उन्मुख यी दुई यस्ता पर्वहरू छन्, जसले सम्पूर्णतया कृषि र बालीको जनाऊ दिने गर्छन् । यी दुई वटा पर्वहरूमा किरात समुदायले मनाउने उभौली र उधौली पर्व हुन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा मनाइन्छ । उभौलीमा सुमनिमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।
कसरी मनाइन्छ उभौली ?
बालीनालीका रक्षक तत्त्वहरू जस्तै कि प्रकृति, आवहवा, देवी–देवता र पृथ्वीको आज पूजा गरिन्छ । पारम्परिक भेष–भूषामा सजिएका किराँती समुदायको गोलबन्द हुँदै पुरुष–महिला सँगै नाचेको अत्यन्त रसिक माहौल यसपालि कमै देख्न पाइनेछ ।
अनि पुरुषहरू लेकाली कोट, दौरा-सुरुवाल लगाउने, बुकी–फूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरूले कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेँला गरगहनासहित सजिएर नाच्ने चलन छ । हातमा चौँरीको पुच्छर, चमर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै सोई ढोले सोई अर्को ढोले खोई भन्दै नाच्दा त माहौल नै अर्को हुन्छ ।
यसरी नाच्दा स्याउला, ढोल, झ्याम्टा, बिनायो तथा हारी जस्ता बाजाहरू बजाउँदै अनि विभिन्न कृषि कार्य गरेझैँ जस्तै धान काटेको, दाउनी गरेको जस्तो मुद्रामा नाचिन्छ ।
संसारभरिका किरात समुदायलाई उभौली पर्वको शुभकामना ।
चण्डेश्वरी जात्रा र चण्डी पूर्णिमा -वैशाख शुक्ल पूर्णिमा व्रत
वैशाख शुक्ल पूर्णिमालाई चण्डी पूर्णिमा पनि भनिन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन चण्डिका भगवती प्रकट भएर भगवतीले चण्डनाम दैत्यलाई वध गरेको कथन छ ।
यसै कारण उक्त भगवतीको नामकरण नै चण्डी राखिएको हुनुपर्छ । अनि एवं रितले वैशाख शुक्ल पूर्णिमा चण्डी पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।
चण्डेश्वरी पूर्णिमामा व्रत लिने चलन छ । यो पूर्णिमालाई पावन र अत्यन्त फलदायी तिथिका रूपमा लिइन्छ । देवी भगवतीको चण्डी स्वरूपको महिमालाई विशेष अर्चना गर्दै, शक्ति र समानताको अनुग्रहका साथ यस पूर्णिमाको व्रत लिइन्छ । उभौली पर्वमा आजका दिन यसै चण्डी स्वरूपको देवीको अनुग्रहका लागि चण्डी नाच नाच्ने चलन छ । परम्परागत नेपाली संस्कृति तन्त्रमय छ ।
यसै कारण पनि यो दिन क्षेत्री समुदायका धेरै थरहरूको कुल–देवता पूजा र देवाली पनि पर्छ ।
यस दिन चण्डी पूर्णिमाको व्रत लिने चलन छ । यसरी चोखो भएर व्रत लिने र भगवान् विष्णुको आराधना गर्नाले अनि चण्डी भगवतीको स्मरण गर्नाले वर्षभरि सामर्थ्य र शक्तिको सञ्चार हुने विश्वास छ । वैशाख शुक्ल पूर्णिमाको दुई दिनदेखि भव्य रूपमा चण्डेश्वरी जात्रा मनाइने गरिन्छ । आजबाट चण्डेश्वरी जात्राको औपचारिक सुरुवात भएको छ ।
विशेषतः काठमाडौँ नजिकैको बनेपा सहर, पलान्चोक भगवती, आसपासका क्षेत्रमा जात्राको रौनक रहने गर्छ । बनेपामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर भोलिपल्ट देवीको मूर्तिलाई रथमा राखेर लिएर फर्कने चलन छ ।
यो जात्राको अर्को रौनक भनेको कलन दान हो । जात्रामा भक्तजनको भीडमा प्रसादका रूपमा मासु फाल्ने चलन छ । यसरी मासुरूपी प्रसाद फलिनुलाई नै कलन दान मानिन्छ । भीडमा फालिएको मासुका टुक्रा पाउनेलाई भाग्यमानी मानिन्छ । यो जात्रा प्राचीनकादेखि चल्दै आएको छ । जसमा भाग लिन दोलखा, ललितपुर, भक्तपुर, काठमाडौँ, रामेछाप लगायतका ठाउँबाट समेत मानिसहरू आउने चलन छ ।
चण्डी पूर्णिमाको व्रतकथा
चण्डेश्वरी देवीको उत्पत्तिको विषय चण्डासुर नामक राक्षससँग जोडिन्छ ।
चण्ड सुरले महादेवको वरदान पाए । वरदानबाट शक्तिशाली भएसँगै उत्पात मच्चाउन थाले । त्यसपछि देवी स्वरूपमा चण्डेश्वरीले चण्ड सुरको वध गरेको कथन छ । चण्ड सुरको मृत्युको खुसीयाली यो जात्रा मनाइँदै आएको विश्वास गरिन्छ । बनेपा लगायतका आसपासका नेवा समुदायले आराध्य देवकै रूपमा चण्डेश्वरीलाई लिन्छन् । चण्ड सुरको वधपछि चण्डेश्वरीलाई देवलोकमा बाजागाजासहितले स्वागत गरिएको र यसै खुसीयालीमा सत्ययुगबाटै जात्रा गरिआएको मान्यता छ ।
कसरी मनाइन्छ चण्डी पूर्णिमा ?
जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ । अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिन्छ ।
जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रूपमा र सनही बाजा र धिमे बाजासमेत बजाइन्छ । यो जात्रा सनातन संस्कार अनि प्राचीनतम सभ्यताको एउटा अलौकिक उदाहरण हो ।
जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ ।
वैशाख शुक्ल पूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजा–आजा समेत गर्ने प्रचलन छ ।
चण्डेश्वरी जात्राका अतिरिक्त काभ्रे जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, पलान्चोक भगवती, श्रीखण्डपुरमा श्वेत भैरवको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ ।
चण्ड सुरहरूको वध गर्न हरेक युगमा चण्डेश्वरीको आगमन होस् । धर्मको जय होस्, अधर्मको नाश होस् ।
गोरखनाथ जयन्ती
वैशाख शुक्ल पूर्णिमाको दिन धेरै महापुरुषहरूको यस धर्तीमा पर्दापन भएको छ । यिनै महान् पुरुष र सिद्ध योगीहरूमा गुरु गोरखनाथको पनि नाम आउँछ ।
नाथ सम्प्रदायका सुरुवात गर्ने यी महान् सिद्ध योगीको जन्म भएको यस पावन दिनका धेरै महत्त्वपूर्ण आयामहरू छन् ।
गोरखनाथको जन्म
गुरु मत्स्येन्द्रनाथ नेपालको बुङमतीमा जन्म भएका काठमाण्डौ बासीका इष्ट गुरु, सहकालका देवता अनि सिद्ध गुरु हुन् । यिनै सिद्ध गुरुका पुत्र अनि शिष्यका रूपमा गुरु गोरखनाथको धर्तीमा आगमन भएको हो ।
गोरखनाथ मठका अनुयायीहरूले गुरु गोरखनाथ जयन्ती या गुरु गोरखनाथको जन्म अनि मृत्युमा विश्वास गर्दैनन् । उनीहरूका अनुसार, गोरखनाथ गुरु अनन्तकालदेखि विद्यमान सिद्ध गुरु जो जीवन मृत्युको चक्रबाट बिलकुलै अलग हुनुहुन्छ ।
गोरखनाथ र नेपालको राजपरिवार
नेपालको राजपरिवार पनि गुरु गोरखनाथको कृपाले पुलकित भएका कथनहरू छन् । गोरखा राज्यको नाम पनि गोरखनाथसँग मेल खान्छ । यद्यपि गोरखाको नाम र गोरखनाथबिचको आधिकारिक सम्बन्ध भने पाइएको छैन । पृथ्वीनारायण शाहलाई पनि गुरु गोरखनाथले एकीकरण पूर्व दर्शन दिएका कथनहरू आजसम्म पनि दुरुस्तै सुनिन्छ । नाथ सम्प्रदायका अनुसार विष्णुले आफू कमलको फूलमा बिराजमान हुँदा सृष्टि गर्ने इच्छा राखे । तर आफू वरिपरि पानी मात्रै पाए । अनि पातालमा गुरु गोरखनाथलाई भेट गरेर गोरखनाथले दिएका खरानी पानीमा छरेपछि त्यस खरानीको प्रतापले भुईँ बनेको कथन छ । हुन पनि हो, गोरखबाटै धर्तीको रक्षा भन्ने बुझिन्छ ।
आदिनाथ महादेवका शिक्षाहरूलाई सरलीकृत गर्दै सनातन संस्कारको रक्षा अनि जागरणलाई अघि बढाउन गुरु गोरखनाथको उल्लेखनीय योगदान छ ।
गर्गसहिंताको अनुसार महादेवले स्वयम् नै यसो भन्नुभएको थियो
अहमेवास्मि गोरक्षो मद्रूपं तन्निबोधत।
योग मार्ग प्रचाराय मयारूपमिदं धृतम्
अर्थात् म नै गोरक्ष हुँ, गोरक्षलाई मेरो नै रूप जान्नु, योग मार्गको प्रचारका लागि मैले यो रूप धारण गरेको हुँ ।
शिवका सच्चा स्वरूप अनि प्रकृतिको उपर पूर्ण स्वामित्व र सिद्ध प्राप्त गर्नुभएका महान् गुरु गोरखनाथको जयन्तीको अवसरमा सबैलाई अनेक शुभकामना ।
वैशाख स्नान समाप्ति
न माधवसमो मासों न कृतेन युगं समम्।
न च वेदसमं शास्त्रं न तीर्थं गंगया समम्।।
स्कंदपुराण, वै वै मा. द्द–ज्ञ
अर्थात् वैशाख समान कुनै महिना छैन । सत्ययुग समान कुनै युग छैन । वेद समान कुनै शास्त्र छैन । र, गंगाजी समान कुनै तीर्थ छैन । चैत्र पूर्णिमाबाट वैशाखे स्नान सुरुवात भएको छ । तीर्थमा जाने, जल कुण्डमा जाने, पवित्र स्नान गर्ने र भगवानको स्मृति गर्ने यस स्नानको आजबाट औपचारिक समापन गरिँदै छ ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
१२माघ
-
१३माघ
-
१४माघसोम प्रदोष व्रत २ दिन पछि
-
१५माघनेपाल नर्सिङ्ग दिवस ३ दिन पछि
-
१६माघशहीद दिवस ४ दिन पछि
-
१७माघसोनाम ल्होछार/श्रीबल्लभ जयन्ती ५ दिन पछि
-
१९माघतिलकुन्द चौथी ७ दिन पछि
-
२०माघविश्व सिमसार दिवस ८ दिन पछि
-
२१माघ
-
२२माघविश्व क्यान्सर दिवस/स्कन्द षष्ठी/अचला सप्तमी १० दिन पछि
-
२३माघबुधाष्टमी व्रत/गोरखकाली पूजा ११ दिन पछि
-
२४माघद्रोण नवमी १२ दिन पछि
-
२६माघभीमा एकादशी व्रत १४ दिन पछि
-
२७माघभिष्म द्वादशी १५ दिन पछि
-
२८माघसोम प्रदोष व्रत १६ दिन पछि
-
२९माघ
-
३०माघ
-
१फागुनकुम्भ संक्रान्ति/विश्व रेडियो दिवस १९ दिन पछि
-
२फागुनप्रणय दिवस २० दिन पछि
-
७फागुनप्रजातन्त्र दिवस/निर्वाचन दिवस २५ दिन पछि
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस २६ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस २७ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ३० दिन पछि
-
१३फागुनप्रदोष व्रत ३१ दिन पछि
-
१४फागुनमहाशिवरात्रि व्रत/सिलाचःह्रे पूजा/सेना दिवस ३२ दिन पछि
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ३३ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार ३४ दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ३५ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस ३७ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा ३८ दिन पछि
-
२३फागुनगोरखकाली पूजा ४१ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस ४२ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत ४४ दिन पछि
-
२७फागुनप्रदोष व्रत ४५ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ४७ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस ५१ दिन पछि
-
५चैतमंगलचौथी व्रत ५२ दिन पछि
-
६चैत
ज्योतिषहरू
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
साहित्य / ब्लग
- सकिएन
- Tilkunda Chauthi
- तिलकुन्द चौथी
- अल्झिन मन छ
- Sonam Lhochhar | Shree Ballav Jayanti
- सोनाम ल्होसार
- Martyrs Day
- शहीद दिवस
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- Nepal Nursing Day
- नेपाल नर्सिङ दिवस
- Som Pradosh Vrata
- सोम प्रदोष व्रत
- विश्व कुष्ठरोग दिवस |अन्तर्राष्ट्रिय भन्सार दिवस
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- नियाली रहन्छु म
- कता कता जिन्दगी
- तिम्रो सिरानी
- प्रिय
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
- Lighting the Flame of Innovation: Hult Prize at IOE, Pulchowk Campus Inspires Changemakers
- फिदा भए छु
- Visionary Leaders Panel Discussion: An Initiative to Innovate for a Sustainable Future at Hult Prize at IOE Pulchowk Campus
- चाहनाहरु
- Registration Opens for Hult Prize at Kathmandu University
- The Marketplace That Saves Your Time,Money and Stress
- म के गरुँ
- आव्हान
- Winter Collection is Here, Now Stay Warm with Hamro Mart
- How Hamro Mart Made My Every Moment Special
- जङ्गल भित्र
- गुलाफ
- ‘रमाइला दिन’
- PROJECT JUNKIRI सानो कदम ठूलो परिवर्तन
- ज्योतिष र ज्योतिषिमा फरक
- आमा
- पहिलो भेट
- हजार छन्
- Book Review: Being Billy
Liked by: