Nepal Pride Parade | नेपाल गौरव यात्रा | २०७९ जेठ २८ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2022
    २०७९ जेठ
    २८
    शनिवार
    Jun 11, 2022
    जेठ शुक्ल द्वादशी*
    नेपाल गौरव यात्रा ( Nepal Pride Parade )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    नेपाल गौरव यात्रा





    नेपाल गौरव यात्रा
    विश्वभरी ईश्वी संवत् अनुसार जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइने गरिन्छ । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू अर्थात् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस महिनालाई विशेष रूपमा मनाउने गरेका छन् । गौरव अर्थात् प्राइडको सुरुवात समाजले यी विभिन्न पहिचानयुक्त समूहहरूलाई अवहेलना गरी यस्तो हुनु एउटा लज्जाको विषय भनि लाञ्छित तुल्याउने भएकाले आफ्नो लैङ्गिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारा सहित सुरु भएको पाइन्छ । सोही गौरव महिनाको अवशरमा हुने भेला तथा र्यालि कार्यक्रमलाई गौरव यात्रा (प्राइड परेड) भन्ने गरिन्छ ।

    नेपालमा गौरव यात्रा आयोजना हुन थालेको चार वर्ष हुन्छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक विविधताका सवाल र उपस्थितिलाई उठान गर्दै एउटा उत्सवका रूपमा २०७६ साल देखि क्वयेर युथ ग्रुप नाम संस्थाले आयोजना गरी गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा प्रत्येक वर्ष जून महिनाको दोस्रो शनिबारका दिन गौरव यात्राको आयोजना हुँदछ । २०७६ सालमा एकपटक भौतिक उपस्थितिमा आयोजना भएतापनि त्यसपछीका दुई वर्ष सम्म विश्वमहामारीका कारण अनलाइन माध्यम अपनाइयो । नेपालमा गौरव यात्राको यो चौथो वर्ष भएतापनि भौतिक उपस्थितिमा दोस्रो वर्ष हो ।

    यस वर्ष जून महिनाको दोस्रो शनिबार मिति २०७९ जेठ २८ गते अर्थात् सन् २०२२ जून ११ तारिखका दिन परेको छ । आयोजक क्वयेर युथ ग्रुपका अनुसार बिहान १०:३० बजे फिब्वख्यः (माइतीघर), काठमाडौँमा भेला भई नयाँ बानेश्वरमा र्यालि टुङ्गिनेछ ।

    सामाजिक सञ्जालमा #NepalPrideParade तथा #NepalPride2022 को प्रयोग गरी यस दिवसका सम्बन्धी आदनप्रदान गरिने भएको छ ।

    नेपाल गौरव यात्रा विभिन्न भाषाहरूमा :-

    अङ्ग्रेजी : नेपाल प्राइड परेड ।

    नेपाल भाषा : नेपाः गर्बयाः ।

    तामाङ भाषा : नेपाल राङताङ युलकोर ।

    तमु (गुरुङ) भाषा : नेपाल ङ्होईल्वुबये भ्रज्ञाँ / नेपाल ल्हुब्ये प्रबक्याँ ।

    याक्थुङ (लिम्बु) भाषा : नेपाल हेन्छाम् तङ्नाम ।

    बाजुरेली भाषा : नेपाल गौरव जात्रा ।

    बाहिङ भाषा : नेपाल ग्वखी के गक्सिवा ।

    थाङ्मी भाषा : नेपाल ताङ्तिनी मानाइसा ।

    बान्तावा भाषा : नेपाल नुनामि कोत्लाम ।

    नेपाली / मैथिली / भोजपुरी : नेपाल गौरव यात्रा ।

    उर्दू : नेपाल नाज परेड ।

    हाम्रो पात्रोका लागि रुक्शना कपाली 



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.