Sohra Sraddha Praarambha (Pratipada Shraddha)/Dwitiya Shradhha | सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध)/द्वितीया श्राद्ध | २०७९ भदौ २६ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • मेरो नोट Add Note

      You can add your notes here.

    राशीफल

    साहित्य / ब्लग

    Aug/Sep 2022
    २०७९ भदौ
    २६
    आइतवार
    Sep 11, 2022
    असोज कृष्ण प्रतिपदा
    सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध)/द्वितीया श्राद्ध ( Sohra Sraddha Praarambha (Pratipada Shraddha)/Dwitiya Shradhha )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    सोह्रश्राद्ध प्रारम्भ (प्रतिपदा श्राद्ध)/द्वितीया श्राद्ध




    सोह्रश्राद्ध प्रारम्भ विशेष अडियो सामाग्री

    पितृ पक्ष प्रारम्भ
    दसैँको सुरुवातमा १६ दिनको पितृ पक्षको ठुलो भूमिका छ, आजबाट यो पितृ पक्ष प्रारम्भ भयो । पितृ कर्मलाई सनातन संस्कारको केन्द्रबिन्दुका रूपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन् पितृ कर्मको महत्त्व तथा आफ्ना बाबु, बाजेलगायतका एउटा ठुलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पण भावको अद्भुत नमुना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाइ र महत्त्वलाई थप स्पष्ट पार्छ ।

    सोह्र श्राद्ध, पितृ पक्ष, कगंत, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट सुरु भएको यस पक्ष औँसीका दिनसम्म चल्ने गर्दछ । पितृ पक्षमा पितृहरू पृथ्वी लोकमा आ-आफ्ना सन्ततिका घरमा आएर बस्ने गर्दछन् ।
    पितृ पक्षमा के गरिन्छ ?

    यसरी पूर्णिमाबाट सुरु भएको पितृ पक्ष औँसीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृ पक्षमा आफ्नो पितृको मृत्यु तिथिका दिन हिन्दूधर्मावम्वीहरु ले पितृ कर्म अर्थात् श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पुरोहितको उपस्थितिमा कर्ताले पितृ कर्म गर्दा कपाल खौरिएर नयाँ जनै फेरेको हुनुपर्दछ । बिहानै देखि मौलिक विशेषता बोकेका पारम्परिक नैवेद्य तथा विभिन्न प्रकारका खानेकुराहरू घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरूप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पहेँलो केसरी लगायतका पितृ कर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पूजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।

    श्राद्ध के हो ?
    वैदिक सनातन हिन्दु संस्कारमा श्राद्ध महत्त्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजुभाइले गर्ने गर्दछन् । सर्व पितृ औँसीको दिन पुत्रले आफ्ना पिता पक्ष र माता पक्ष दुवैतर्फका पितृहरूलाई तर्पण दिइन्छ । । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दु शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गिक असमानतासित पनि जोडेर हेरिने गरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभ कार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्त्व छ ।

    पितृ कर्ममा छोरीहरूको सहभागिता
    सनातन धर्मको हरेक शुभ कार्य अनि संस्कारमा कर्ताका रूपमा पुत्रको उपस्थितिलाई प्राथमिकता दिएको भए पनि नारीहरूलाई पनि उत्तिकै महत्त्व दिएको छ । भान्जा भान्जी अनि चेलीबेटीको उपस्थिति वेगैर श्राद्ध कर्म पूर्ण हुनै सक्दैन । पुत्र अनि पुत्री पितृ कालागि समान छन् र आजभोलि पितृ कर्ममा अनि काजक्रियामा छोरीहरूको स्व स्फूर्त सहभागिता र कर्ताकै रूपमा निभाउन थालिएको भूमिका अत्यन्त सराहनीय छ, धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहीँ कतै भेदभावको ज्ञान दिँदैन ।

    पितृ पक्षको प्रसङ्ग: महाभारत कथा
    अब कुरो पितृ लोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिन पुस्ताहरु रहने गरेको मानिन्छ । बैतर्नी नदी भएको यस पितृ लोकमा बैतर्नी नदी तरेमा स्वर्ग लोक पुगिने जन(विश्वास छ । स्वर्लोकका राजा इन्द्र हुन् भनेँ पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।

    पितृ पक्षको कुरा गर्दा महाभारतको युद्धसँग कथा जोडिएर आउँछ, महाभारतको युद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रूपमा सुनचाँदी वस्त्र आभूषण आदी प्रदान गरियो । भोजन कालागि वास्तविक खाना नै आवश्यक पर्नेमा किन राजा इन्द्रले उनलाई सुनचाँदी इत्यादि खान दिएका भन्ने कौतुहलता कर्णले स्वर्गका राजा इन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा इन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदि मात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्ग लोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्पष्ट पार्दछन् । यसरी आफूलाई यस बिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिन कालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किंवदन्ती नै पितृ पक्षको सुरुवातका रूपमा मानिन्छ ।

    वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ ।

    प्रतिपदा र द्वितीया श्राद्ध
    आज प्रतिपदा श्राद्ध, सोह्र श्राद्धको पहिलो दिन र यसका साथै आज द्वितीया तिथि पनि खप्टिएका कारणले एकै दिन दुवै तिथिको श्राद्ध पर्न गएको हो । प्रतिपदा र द्वितीया तिथिका दिनमा स्वर्ग लोक जानु भएका समस्त पितृका नाममा आज पितृ कर्म गरिन्छ । सोह्र श्राद्धको प्रारम्भसंगै अबका सकल पक्षहरू पितृ पक्षका स्वरूपमा आउँदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरूको मोक्षको कामना, सकल पितृहरूले बैतर्नी नदी तर्न पाउन अनि पितृ प्रेम कायम रहोस् । पितृहरूको आर्सीवाद कायम रहोस्, सदिच्छा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरूपमा पितृहरूको अवशेष र पितृहरूकै स्वरूप हौँ, हैन र ?

    प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्न कालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्ड दान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्ड दान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

    वैदिक सनातन संस्कारमा सामान्यतया पितृ कर्म अर्थात् श्राद्ध दुई पटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरूको देहावसान भएको तिथिमा र अर्को श्राद्ध चाहिँ सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस्
    द्वितीया श्राद्ध तिथिमा बैकुण्ठवास हुनुभएका पितृहरूको मोक्षको कामना ।

    यस वर्षको सोह्र श्राद्धको सुरुवातसँगै हरेक परिवार मा शान्ति, खुसीयाली कायम भइरहोस्, पितृहरूको आशिष् सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरूको वैकुण्ठ वास होस् ।

    सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    यसमा तपाईँको के प्रतिक्रिया छ?


    261 Likes

    18 Dislikes

      Save
    प्रतिक्रियाहरु114 Liked by
    Liked by
    0 /600 characters
    Bharat Budhathoki ३ बर्ष अघि
    श्राध्द गर्ने अबस्था भयमा के गर्ने,सुझाब पाऊ।
    1 REPLY  LIKE1  DISLIKE
    Aayesha Sah ३ बर्ष अघि
    Thankyou
     REPLY  LIKES2  DISLIKES
    Teshant shantihi nCHYANAL Teahant music desh ka lagi देशका लागी देशभक्ति गीतnLIKE SER SUBSCRIB C. P. ३ बर्ष अघि
    ❤️☮️💓 विशेष ❤️ सोह्रश्राद्ध प्रारम्भ ❤️ प्रतिपदा श्राद्ध ❤ द्वितीय श्राद्ध❤ हजुर ❤ र यस शुभ ❤ दिन 💓 समयको 💓 पावन अवसरमा ❤️ देशका ❤️ लागी, देश ❤️ प्रति, माया-प्रेम ❤अनि,शान्तिको ☮️ सुमधुर 💓 साङ्गीतिक सन्देश ❤️ सकारात्मक सोच ❤️सत्सुबिचार ❤️ बाट शव्य सुमधु पृय मिठो बोली कर्णपृय ❤️ अमृत वचन अनुशासनको ❤️ पालन गरी ईमान्दारीता ❤️ बहादुरीका साथ सत्शुभ-कर्म‌ ❤️अनि,धर्म ❤️ सुन्दर शान्त ☮️ स्वर्ग 💓 तब बन्दछ, विशाल नेपाल ❤️ देश ❤️ राष्ट्र विश्व-ब्रह्माण्ड ❤ जस्तै सबैको जीवन ❤️ सु-स्वास्थ्य सुख-शान्ति ☮️ सम्बृद्धि, सत्शुभ ❤️ कर्म‌शील ❤ जिवन्त चेतनशील उज्जवल भविष्य❤️ सफल जीवन ❤️ जीवनमय ❤️ रहोस् सदैव ❤️
     REPLY  LIKES2  DISLIKES
    Bhul Vivek ३ बर्ष अघि
    आज कुन सराद हो
     REPLY  LIKE   DISLIKE
    Menuka Koirala Niroula ३ बर्ष अघि
     REPLY  LIKE   DISLIKE
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.