International Day for the Abolition of Slavery/Gadimaai Mela Starts | अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस/गढीमाई मेला प्रारम्भ | २०८१ मंसिर १७ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Nov/Dec 2024
    २०८१ मंसिर
    १७
    सोमवार
    Dec 02, 2024
    मंसिर शुक्ल प्रतिपदा
    अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस/गढीमाई मेला प्रारम्भ ( International Day for the Abolition of Slavery/Gadimaai Mela Starts )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    गढीमाई मेला प्रारम्भ | अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस





    गढिमाई
    नेपालको तराई र भित्रि भूभागमा अलिकति उँचो स्थानमा गढिमाई को मन्दिर स्थापित गरेर पुजा गर्ने प्रचलन छ । गढिमाई शक्तिको पुञ्ज र सत्यताको पराक्रमका रुपमा स्थापीत हुनुहुन्छ । गढीमाईलाई शक्तिको देवी मानिन्छ, जसले भक्तजनहरूको मनोकामना पूरा गर्ने विश्वास गरिएको छ।

    पाँच वर्षे मेला

    गढीमाई मेला, जो प्रत्येक पाँच वर्षमा बाराको महागढीमाई नगरपालिका–१, बरियारपुरस्थित गढीमाई मन्दिरमा आयोजना गरिन्छ, यस वर्ष मंसिर १७ गते डिसेम्बर २ तारिख २०२४ देखि विधिवत् रूपमा सुरु भएको छ। मेलाको मुख्य आकर्षण मंसिर २३ र २४ गते (डिसेम्बर ७ र ८) हुने विशेष पूजा र पशुबली कार्यक्रम हो, जसपछि मंसिर ३० गते डिसेम्बर १४ गते मेला विसर्जन हुनेछ। प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला यसपटक भने असोज १७ गते घटस्थापनादेखि विशेष पूजा गरी शुभारम्भ भएको भए पनि विधिवत् रूपमा मङ्सिर १ गतेदेखि विशेष पूजाको आयोजना गरी सुरु गरिएको हो ।

    पशुवलिको परम्पराको विधि
    मन्दिरमा मूल पुजारीले तान्त्रिक विधिद्वारा सेतो मुसा परेवा हाँस सुङ्गुर र राँगाको वली दिए पछि मात्र सर्वसाधारणले वली दिन पाउने छन् । परम्परा र मान्यता अनुसार हिन्दु धर्म, संस्कृतिमा पशुवलीलाई शक्तिसँग जोडिएर हेर्दै आएको मूल पुजारी मङ्गल चौधरीले बताएका हुन् । गढीमाईको सिमानाका भनिएको पसहा खोला पारगरेपछि जुनसुकै ठाउँमा सानो बलीको रूपमा बोका, कुखुरा, हाँस, परेवाको बली दिने चलन रहे पनि ठुलालीको रूपमा हजारौँको सङ्ख्यामा बली चढाइने राँगा भैँसी पाडा र सुगरका लागि छुट्टै सुरक्षित र व्यवस्थित वधशालाको निर्माण गरिएको छ ।
    पाँच वर्षे मेलाको अनेक शुभकामना ।

    जय गढिमाई

    अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस




     


    आज २ डिसेम्बर

    आजको दिन विश्वभर अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाउने गरिन्छ । दासता अहिलेको आधुनिक युगका लागि अनौठो लाग्ला, तर कुनै समय विश्वभर दासताका अनेक रूपले जरा गाडेका थिए । दास राख्ने चलन, महिला बेचबिखन तथा बालबालिका बेचबिखन, यौनजन्य हिंसा, बालबालिकामाथि हुने हिंसा, दबाबपूर्ण गरिएका विवाह र सशस्त्र युद्धमा बालबालिकाको प्रयोग सबैलाई 

    दासताका विभिन्न रूपमा मान्ने गरिएको छ ।
    संयुक्त राष्ट्रसङ्घले सन् १९८६ देखि २ डिसेम्बरलाई अन्तर्राष्ट्रिय दासता दिवसको रूपमा मनाउन थालेको हो । राष्ट्रसङ्घले आजको दिनलाई विश्वभरबाट दासता उन्मूलन गर्ने उद्देश्यका साथ लिने गरेको छ ।

    विश्वमा आधुनिक दासताको तथ्याकं

    अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)का अनुसार आधुनिक समयमा पनि निकै धेरै मानिसहरू दासताको सिकार भइरहेका छन् । आइएलओको पछिल्लो तथ्यांक अनुसार ४ करोडभन्दा बढी मानिसहरू विश्वभर आधुनिक दासताको सिकार बनेका छन् । हुन त कानुनले आधुनिक दासतालाई परिभाषित गरेको छैन, तर अहिले पनि दबाबपूर्ण रूपमा श्रममा लगाउनु, बालबालिकालाई श्रममा लगाउनु, दबाब दिएर गरिएको विवाह र मानव बेचबिखनलाई दासताका रूप मानेर लिने गरिन्छ ।

    यसै कुरालाई ध्यानमा राख्दै वर्ष सन् २०२४ को नारा पनि “Making time for Black mental health" राखिएको छ । यसका साथै आधुनिक समाजको दासता उन्मुलन गर्नका लागि विश्व समुदायलाई यस वर्ष अपिल गरिएको छ ।

    नेपालमा दासता
    अब लागौँ, नेपालको सन्दर्भमा । नेपालमा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेर जङ्गबहादुर राणाले आजभन्दा ९४ वर्षअगाडि १९८३ सालमा दास प्रथा उन्मूलनको घोषणा गरेका हुन् । नेपालका गाउँ गाउँमा पनि विभिन्न स्वरूपमा दास प्रथा कायम थियो । अहिले पनि विभिन्न ठाउँमा दासताको नाममा विभिन्न कुप्रथाहरू चलिरहेको यदाकदा सुन्न सकिन्छ । कमलरी प्रथा यसको एउटा उदाहरण हो ।

    नेपालमा केही वर्ष अघिसम्म चेलीबेटी बेचबिखन पनि निकै बढी हुने गर्थ्यो । तर, पछिल्लो समय यसमा पनि कमी आउन थालेको छ । यसरी यस्तो विषयमा कमी आउनुको कारण चाहिँ शिक्षा हो । जनचेतनामूलक कार्यक्रमहरू गाउँ गाउँमा पुर्‍याउन सकिने हो भने दासताका अनेक स्वरूपलाई हामीले उन्मुलन गर्न सक्छौँ ।

    दासता कुनै पनि अर्थमा सही र राम्रो होइन । हामीले मानवअधिकारको सुनिश्चितताका लागि सधैँ आवाज उठाउनु पर्छ । हाम्रो पात्रो परिवार आजको दिन दासताका कुनै पनि स्वरूपमा हामी नलागौँ भन्ने प्रण गर्न अनुरोध गर्दछ । सबैलाई शुभकामना ।

    आजको दिनका सान्दर्भिक ह्याश्ट्यागहरु :
    #AbolishSlavery
    #HumanRights
    #EndHumanTrafficking
    #ModernSlavery
    #HumanDignity
    #JusticeForAll

    -हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.