कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। चतुर्थ भावमा सूर्य मंगल र शुक्रको गोचरले पारिवारिक आपसी सद्भावमा कमी आउनेछ। आर्थिक स्थिति मध्यम रहनेछ साथै आर्थिक निर्णयहरूमा सावधानी अपनाउनुहोस्। व्यापार व्यवसायमा नयाँ लगानी लगाउने जोखिम नलिनुहोला। पारिवारिक सम्बन्धको दृष्टिकोणले यो महिना सामान्य रहेको छ। मनमा अज्ञात भय र मानसिक चिन्ताले सताउनेछ। सन्तानसँगको सम्बन्धलाई लिएर चिन्ता सताउनेछ। शुक्रको चतुर्थ भावमा गोचरले प्रेम सम्बन्धमा मधुरता आउनेछ। राजनीतिक क्षेत्रमा जनसमर्थन प्राप्त हुनेछ। बिद्यार्थीहरूलाई अध्ययनमा गुरुजनहरूबाट सहयोग मिल्नेछ। सामाजिक क्षेत्रबाट विशेष लाभ मिल्नेछ। व्यापार व्यवसायबाट राम्रो लाभ आर्जन गर्न सकिनेछ। सेवामूलक कामले मान प्रतिष्ठा दिलाउनेछ। करियर वा व्यापार व्यवसायमा प्रगति हुनेछ। विद्यार्थीहरूलाई एक स्थानमा एकाग्र हुन अलि गाह्रो होला। स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहेको छ।
View All monthly Rashifal
Liked by: