कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
कुम्भ राशि हुनेहरूको लागि समय उत्तम रहेको छ। एकादश भावमा सूर्य, मंगल र शुक्रको गोचरले आर्थिक पक्ष बलियो बन्नेछ। सामाजिक सञ्जाल र चिकित्साको क्षेत्रबाट विशेष लाभ आर्जन गर्न सकिएला। बुधको दशम भावमा गोचरले गर्दा नोकरी वा पेशामा विशेष सफलता हात लाग्नेछ। अधिकारी वर्गहरू सहयोगी सिद्ध हुनेछन्। आर्थिक पक्षमा सफलता मिल्नेछ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। टाढिएका आफन्तहरू सँग पुनः मिलन हुनेछ। पारिवारिक सम्बन्धलाई लिएर समझदारीमा वृद्धि हुनेछ। एक अर्का प्रति विश्वास बढ्नेछ। प्रेम सम्बन्धको दृष्टिकोणले समय सकारात्मक रहनेछ। विद्यार्थीहरूको रचनात्मक वा बौद्धिक क्षेत्रमा विकास हुनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ उठाउन सकिएला। करियर वा व्यापारलाई लिएर समय प्रकृतिशील रहेको छ। निर्णय लिने क्षमतामा परिपक्वता बढ्नेछ। विवादास्पद मामलाहरू सुल्झिनेछन्। स्वास्थ्यको दृष्टिकोणले समय सामान्य रहेको छ। पेट वा पाचन सम्बन्धी समस्याले सताउनेछ। चिसोबाट जोगिनुहोला। सन्तानलाई लिएर मानसिक चिन्ता रहनेछ।
View All monthly Rashifal
Liked by: