कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। विद्यार्थी वर्गहरूलाई उच्च शिक्षाको लागि विदेशतिरको यात्रालाई लिएर शुभ सूचना मिल्न सक्ला। साताको मध्यमा व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। प्रतिस्पर्धी विद्यार्थीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। साताको अन्तिममा पायक स्थानमा भ्रमण हुनुको साथै प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। भगवान सूर्यलाई अर्घ्य प्रदान गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग हरियो र निलो हो भने शुभ अंक ३ र ८ रहेको छ।
View All weekly Rashifal
Liked by: