Jya Punhi/Panauti Snan/World Day to Combat Desertification and Drought | ज्या: पुन्हि/पनौती स्नान/विश्व खडेरी विरुद्ध संघर्ष दिवस | २०७६ असार २ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2019
    २०७६ असार

    सोमवार
    Jun 17, 2019
    वैशाख शुक्ल प्रतिपदा
    ज्या: पुन्हि/पनौती स्नान/विश्व खडेरी विरुद्ध संघर्ष दिवस ( Jya Punhi/Panauti Snan/World Day to Combat Desertification and Drought )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    ज्या: पुन्हि | पनौती जात्रा | विश्व खडेरी बिरुद्ध संघर्ष दिवस




    ज्या: पुन्हि | पनौती जात्रा विशेष अडियो सामाग्री

    नेवा पात्रोको आठौं महिना तछला हो । तछला नयाँ चन्द्रमासंगै शुरु भएर १५ औं दिनमा पूर्णचन्द्र पर्न आँउदछ । यस मासलाई पनि शुक्लपक्ष र चन्द्रपक्ष गरि दुई पक्षमा विभाजन गरिन्छ जसलाई तछला थ्व र तछला गा भनिन्छ ।

    अब यसमासले अर्थात तछलाले ल्याउने दुईवटा महान नेवा चाडहरुलाई यहाँ प्रस्तुत गर्न चाह्यौं जसमा शुक्ल पक्षको षष्ठिमा सिथी नखः पर्दछ । यस सिथी नखः को विवरण त हामीले यसअघि सिथी नखः चाडकै दिन पनि दिएका छौं । सक्षेपमा यस सिथी नखः पानीका मुहान सरसफाई, समुदाय एकता अनि कुमार कार्तिकको अर्चना गरिने पर्व हो । यस दिन बिशेष परिकार वो खाने चलन छ र यस दिन पानीका मुहानहरु सरसफाई गर्ने चन रहने गरेको छ ।

    अब पूर्णचन्द्रको दिनको कुरा गरौं जसलाई गैंडु पूर्णे पनि भनिन्छ, यस दिन हिन्दु अनि बौद्धमार्गी सबैले उल्लासमा साथ मनाउने गर्दछन् । बौद्धमार्गीका लागि भने यो दिन ज्या पुन्हि भनेर मनाउने चलन छ । पुन्हि भनेको पनि पूर्णे अर्थात पूर्णीमा नै हो । यस दिनमै राजकुमार सिद्धार्थ ज्ञानको खोजिमा घर छाडेर निस्केको बताइन्छ ।

    बुद्धले घर छाडेर निस्कँदा घरमा पत्नी अनि छोरा छाडेर निस्केको र यसरी गृहस्थ जीवन त्यागेर पत्नी र छोरालाई बिचल्ली पारेको भनेर पनि केही तर्कहरु उठ्ने गर्दछन तथापी केही बौद्धमार्गी ग्रन्थहरुमा बुद्धलाई अर्को जन्ममा ज्ञान प्राप्तीक लागि सहयोग गर्न नै उनकी पत्नी यशोधरा त्यस जीवनमा आएकी भनेर स्पष्ट पारिएको छ ।

    कुरा जे होस् यसै पूर्णेको पूर्णचन्द्रमा गौतम बुद्धले ज्ञान पाउनकालागि गृहस्थ जीवन त्याग गरेका हुन्, यस पूर्णेको महत्व ज्ञान अनि त्यागसंग जोडिएको छ तसर्थ नेवा समुदायले पनि यस पूर्णेलाई ज्या पुन्हिका रुपमा उल्लासका साथ मनाँउदछन् ।

    यस पूर्णेलाई काभ्रेको पनौतिमा अझ उल्लासका साथ पनौति पुन्हि नाम दिएर मनाइन्छ । रोशी, पुन्यमती र पधमावती खोलाको त्रिवेणीका रुपमा पनौति नगर नेपालको एउटा पवित्र शहर हो जसले हजारौं वर्षदेखि कला, सास्कृतिक धरोहर अनि सस्कारको जगेर्ना गर्दै आएको छ ।

    काठमाडौं पूर्वको पनौतिमा पनौति जात्रा कै रुपमा विशाल जात्रा आयोजना गरेर यस पुन्हि मनाउने चलन छ र यस जात्राको रथमा उन्मत भैरव र भद्रकाली भगवानको अर्चना गर्दै प्रतिमा राखिएको हुन्छ । यस रथयात्रामा महादेश र भद्रकालीकोे प्रेमरस अनि यौनउन्मात पनि अप्रत्यक्ष रुपमा अभिव्यक्त गरिने भएकाले रथयात्राका कतिपय चरणहरु राती महिला अन केटाकेटीसंग लुकाएर गर्ने चलन छ ।

    रथयात्राका क्रममा रथहरुलाई नगरका बिभिन्न ठाँउमा लैजाने, रथमा पानी छर्कने पनि गरिन्छ। ज्या पुन्हिको समग्र सस्कार र अर्चना अनि जात्राका सस्करणहरु सकाउन ९ दिन लाग्दछ तसर्थ यो पुन्हिको आगमन र बहिगर्मनको रौनक ९ दिनसम्म रहने गर्दछ । उता यसै जात्राका लागि भगवान ब्रह्मयनी र ईन्द्रेश्वर महादेव को प्रतिमा बोकेर पनौति बजार ल्याउने चलन पनि छ । यस जात्रामा महादेवको इन्द्रेश्वर स्वरुपले रगत स्वीकार नगर्ने भएका कारणले अन्य देवता र देवगणका साथ यिनको अर्चना गर्दा वली दिइदैन् ।

    तर शुक्लपक्षको दशमीमा भने अचांजु पुजारीले तान्त्रिक देवहरुलाई वली चढाउने गर्दछन् । यस पुन्हिको दिनमा भने रोशी खोला जसलाई पूर्ण रुपमा रोशीमती पनि भनिन्छ अनि पुण्यमती खोलामा पनि पवित्र स्नान गर्नुको विशेष महत्व छ । यस रितलाई पनौति स्नान पनि भनिन्छ ।

    थोरै किंबदन्ती उक्काउन चाह्यौं जब धेरै वर्ष पहिले पुण्यमती खोलामा भीषण बाढी आएको थियो अनि पुजारीले त्यस खोला तरेर ब्रह्मयनी र भद्रकालीको पुजा गर्न पारी जानुपर्ने थियो । त्यसै वखत पुजारीले वासुकी नागसंग सहयोग मागेर खोला तरेको प्रसंग पनि यस पुन्हि र समग्र जात्राभर सुनिन्छ ।

    यसवर्षको ज्या पुन्हि या पनौति पुन्हि या गैहुं पूर्णे जे भनेपनि यस पूर्णेको शुभकामना । शुक्लपक्षको पूर्ण चन्द्र झैं हाम्रो जीवनमा शान्त, सभ्य, सकारात्मक अनि प्रेरणादायी उर्जावान सदैव चलायमान होस् ।
    शुभकामना

    विश्व खडेरी बिरुद्ध संघर्ष दिवस


     


    हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भूत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि अाफ्नो वसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ताकालागि यसका असिम सम्भावना तथा निर्विकल्प महत्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्दछौं । एउटा कुरा प्रस्ट छ! प्रकृति हामी अनुसार चल्दैन, प्रकृति अनुसार हामी चल्न जरुरी छ ।

    बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नकालागि सन् १९९५ देखि हरेक वर्ष विश्व समूदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ ।

    खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरु, भू-संंरक्षण लगायत विभिन्न कुराहरु यो विशेष दिनले विश्वसमाजमाझ निरन्तर प्रकाश पार्ने काम गर्दै अाएको छ । खडेरी या मरुभूमिकरणको कुरा गर्दाखेरि भाैगोलीक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसंग निरन्तर भर्इरहने अविवेकी प्रयोग नै २१ अाैं शताब्दिमा प्रकृतिले भोग्दै अाएको समस्या हो ।

    केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रुपमा पनि ब्याख्या गरिएको छ जहाँ स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ र भूमिको उत्पादक क्षमतामा कमी हुन आई उत्पादनशील भूमि क्रमशः अनुत्पादक हुन थाल्दछन् । यसै गरि अधिकतम भूमिहरु अनुत्पादक भएको भयावह अवस्था नै मरुभूमिकरण हो । भूमिमा आश्रित मानव समूदाय, कृषिकार्य, पशु पालन र मुख्य कुरा अन्न उत्पादनमा कमी हुन आई खडेरी र मरुभूमिकरणले अन्ततः गरिवि बढाउँदछ ।

    मानव जनसंख्याको वृद्धि सँगै पछिल्ला शताब्दीमा भूमीको वितरण, विभाजन अनि उपयोग वास्वतमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरु खडेरी र मरुभूमीकरणको ढिलो-चाँडो जोखिममा छन् ।

    नेपालमा त झन् हामीलाई मलिलो उर्बर खेतबारी भन्दा कंक्रिटको जङ्गल ठ्याउन घडेरीको मोहमा वृद्धि हुन थालेको छ । घडेरी जोडेर घर बनाएर बस्नमा हामीले जीत त सम्झन्छौं तर खेत अनि तिनको उत्पादकत्वले हाम्रो भान्सामा आगो बलेको र पेटको भोक शान्त पार्छ भन्ने कुरा हामीले बुझेर पनि बुझ पचार्इ रहेका छाैं ?

    भूमीको वास्तविक प्रयोग कृषि हो तथापि विश्व मानचित्रमै भू-माफिया र रियल स्टेट व्यापारको वृद्धिसंगै दूर्भाग्यवश भूमीको दुरुपयोग र भू-उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले नै होला आज विश्व भरिका ८१ करोड मान्छेहरु खाधान्न सङ्कटको असरमा छन् । नेपालकै उदहारण लिउ न, गएका केही दशकहरुमा भूमिको अनुचित प्रयोग, कृषिकार्यमा कमी, पानीको संकट र प्लटीङ्ग गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने अनि कति त्यस्ता जग्गाबीच बाटो बनाउने क्रममा हामीले कति नदीनाला, पोखरी, ताल अनि अन्न उत्पादन हुनसक्ने धर्तीको वली चढाएका छौं ?

    ठूला ठूला हवाईजहाज, कम्प्यूटर र मेशिन बनाउन सक्ने प्रयोगशालाले एक चिम्टी माटो आँफैले बनाउन सकेको छैन, कतै सुन्नुभएको छ त माटो बनाउने कारखाना ? छैन नी ! स्मरण रहोस् विश्वको सबैभन्दा दूर्लभ र प्राणधान्ने कुराहरु नै माटो, पानी, आकाश, अग्नि र हावा नै हुन । पञ्च तत्वका रुपमा वैदिक सनातन संस्कारले यी कुराहरुको संरक्षणकालागि आव्हान गरेको छ ।

    जमिन, घर अनि भविष्यबिचको यो सन्तुलन नै हाम्रो प्रकृतिसंगको सह-अस्तित्व हो ।

    जमीनको उत्पादकत्व कम हुन गई एकठाँउबाट अर्को ठाँउमा बसाइसर्ने मान्छेहरुको लर्को पनि संसारले धेरै देखेको छ । जमीनलाई माया गर्न सके जमीनले हामीलाई माया गर्दछ, रुखलाई माया गरौं अनि माटोको संरक्षणमा ध्यान पुर्याऔं ।

    उर्बर जमीनमा लगानी गर्नाले भविष्यले आधार पाँउदछ र जमीनको लगानी भनेको आना र धूर जग्गा किनेर केही समय राखेर घडेरीका रुपमा पुनः फाइदा सहित बेच्नु भने पक्कै हैन् । माटोलाई खनिखोस्री रुख रोपी, कृषि गरी अनि खाद्य उत्पादनमा ध्यान दिनु महत्वपूर्ण हो । हामीलाई मरुभूमि हैन हरियाली माटो चाहिएको छ, हैन र ?

    बादलले पानी बोकेर ल्याएर जमिन सिंचित गरिदिअोस्, हरियालीले साथ नछोडोस् अनि कंक्रिटका घरका साटो हरिया फाँटहरुको प्रशस्त वृद्धि होस् । बादल र जलका धाराबिच एउटा प्रेमील सम्बन्ध छ, जहाँ बादल छन त्यहाँ जलका धारा बगीरहने छन् अनि जहाँ जलका धारा छन् त्यहाँ हरियालीले साथ छाड्ने छैनन । माटोमा हरियाली अनि हरियालीमा जीवन अडिएको छ । जय होस् !

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.