आउँदा दिनहरु
-
७फागुन
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस २ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ६ दिन पछि
-
१३फागुनप्रदोष व्रत ७ दिन पछि
-
१४फागुन
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ९ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार १० दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ११ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस १३ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा १४ दिन पछि
-
२३फागुनगोरखकाली पूजा १७ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस १८ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत २० दिन पछि
-
२७फागुनप्रदोष व्रत २१ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २३ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस २७ दिन पछि
-
५चैतमंगलचौथी व्रत २८ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३० दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ३१ दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ३२ दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ३४ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ३७ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ३८ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ३९ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस ४० दिन पछि
-
१८चैत
-
१९चैतगौरी व्रत ४२ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस ४७ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत ४९ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत ५१ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस ५२ दिन पछि
-
३०चैत
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Bijaya Ekadashi Vrata
- Pradosh Vrata
- प्रदोष व्रत
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- विजया एकादशी व्रत
- International Mother Language day
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- Gorakhkali Puja | World Day of Social Justice
- गोरखकाली पूजा | सामाजिक न्याय दिवस
- Prajatantra Diwas | Election Day
- प्रजातन्त्र दिवस | निर्वाचन दिवस
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- कता कता जिन्दगी
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha
असार कृष्ण औंसी
खण्डग्रास सूर्यग्रहण | विश्व योग दिवस | विश्व सङ्गीत दिवस

निद्रायां जायाते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकर: ॥
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे बधे च नरकं व्रजेत् ॥
यहि आषाढ कृष्ण औंशी तिथिका दिन अर्थात् आसार ७ गते आइतवार तदनुसार २१ जुनका दिन 'खण्डग्रास सूर्यग्रहण' लाग्ने भएको छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, चीन, थाईलैंड लगायत एशियाका सबै देश, दक्षिण/पूर्वी युरोप, सऊदी अरब, यूऐई, कांगो, इथियोपिया, अफ्रीकाको केही स्थानबाट देख्न सकिनेछ ।
नेपाली समय अनुसार बिहानको १० बजेर ५० मिनेटमा स्पर्श हुने र मध्यान्हको १२ बजेर ३८ मिनेटमा मध्य हुने र अपरान्ह २ बजेर २३ मा मोक्ष हुनेछ । अतः सम्पूर्ण ग्रहण अवधि ३ घण्टा ३३ मिनेटको रहनेछ । यो खण्डग्रास सूर्यग्रहण पश्चिम तर्फबाट स्पर्श भई पूर्वमा मोक्ष हुनेछ ।
उत्तरी अमेरिका, दक्षिण अमेरिका महाद्वीप, ऑस्ट्रेलिया महाद्वीपको अधिकांश ठाउँ, बेलायत, फ्रांस, इटाली, जर्मनी, स्पेन र अन्य यूरोपीय महाद्वीपबाट भने यो सूर्य ग्रहण देखिने छैन ।
सूतक समयः
शास्त्रले बताए अनुसार सूर्यग्रहणमा ४ प्रहर अर्थात् १२ घण्टा र चन्द्रग्रहणमा ३ प्रहर अर्थात् ९ घण्टापूर्व सूतक प्रारम्भ हुन्छ । त्यसैले असार ६ गते राती १०/५० देखि बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरू विवेकशिल प्राणिहरूलाई भोजन निषेध गरिएको छ । ग्रहणको समयमा भोजन निषेध हुनुका साथै पकाउने, भूट्ने, बनाउने, काट्ने, बिभिन्न औजारको प्रयोग गर्ने, भूमी खनन गर्ने, महत्त्वपूर्ण मिटिङ गर्ने, शुभ कार्यको प्रारम्भ गर्ने, मलमूत्र त्याग गर्ने, कपाल कोर्ने, दन्तमञ्जन गर्ने, चेक तथा अन्य महत्त्वपूर्ण कागजातहरू आदिमा हस्ताक्षर गर्ने कार्य तथा देवताहरूको मूर्ति तथा तुलसीको वृक्ष स्पर्श गर्ने कार्य पूर्णरुपले निषेध हुन्छ । यसका साथै विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घर बाहिर निस्कनु हुँदैन यदि निस्कनै परेमा तुलसीपत्र, कुश, चन्दन साथमा राखेरमात्र घर बाहिर निस्कनु पर्दछ ।
ग्रहणको समयमा के गर्ने ?
ग्रहणको समयमा ग्रहण स्पर्शभए संगै नदी, तलाउ, पोखरी, तिर्थस्थान, खोला, समुन्द्र आदिमा स्नान गर्ने र त्यसै पूण्यकाल अर्थात् ग्रहणको समयमा यथाशक्ति एवं भक्तिले जनावर, चराचुरूङ्गी, नीमुखा प्राणि तथा असहाय प्राणिहरूलाई दान तथा सहयोग गर्नु निक्कै राम्रो मानिन्छ । यसकासाथै ग्रहणकालमा आफ्नो दिक्षा मन्त्रहरू छ भने जप गर्नु, नभए भगवानको मन्त्रहरूको जप तथा ध्यान, होम आदि गर्नाले हजारौँ गुणा बढी फल मिल्ने शास्त्रोक्त वचन छ । यदि आफ्नो राशिको महादशा, अन्तर्दशा थाहा छ भने त्यसको जप गर्नाले ग्रहपीडा कमभई नवग्रहको असिम कृपा प्राप्त हुनेछ ।
कुनै जातकको जन्म कुण्डलीमा सूर्यग्रहण योग परेको छ भने त्यस्ता जातकले सूर्यनारायण तथा शिवजीको उपासना गर्नाले अत्यन्त लाभकारी हुनेछ । यसका अतिरिक्त वाक्सिद्धि, साधना आदिकोलागि पनि पूण्यकाल अर्थात् ग्रहणको समय उपयुक्त मानिन्छ । ग्रहणको पूण्यकालमा ब्रह्माचर्याको पालना गर्दै मनमा गलत विचार आउन नदिई सकारात्मक विचारको मनन, चिन्तन गर्ने, धार्मिक गीत सङ्गीत तथा भजन गाउने वा सुन्ने, वेद, पुराण, उपनिषद्, गीता इत्यादि धार्मिक ग्रन्थको अध्ययन गर्दै मनलाई प्रसन्न बनाइराख्नु अत्यन्तै लाभदायक हुनेछ ।
ग्रहण एउटा प्राकृतिक घटना हो, त्यसैले ग्रहण तथा सूतकबाट भयभित हुनुहुँदैन । यस खण्डग्रास सूर्यग्रहणले मनुष्यजीवन, जीवजन्तु तथा पर्यावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले ग्रहण तथा सूतकबाट भयभित नभई ग्रहणलाई सम्यक रुपले सकारात्मक पक्षबाट लिन आवश्यक छ ।
ग्रहणको समयमा हाम्रो घरमा सूर्यको विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन, यसकासाथै दूध, दही, घ्यू, पानी, अचार आदि छ भने त्यसमा तुलसीपत्र वा कुश राख्नाले त्यस्ता खानेकुरालाई खराब नगर्ने शास्त्रीय मान्यता छ । यसका साथै घरको मुख्य द्वारमा या खानेकुराको छेउमा शुद्ध गाईको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालाई रोक्न सहयोग गर्दछ, अतः गाईको गोबर राख्नु राम्रो मानिन्छ ।
यसपटकको खण्डग्रास सूर्यग्रहण मृगशिरा र आर्द्रा नक्षत्र (मिथुन राशि)मा परेको हुनाले “ग्रहणनक्षत्रं षण्मासं पूर्णग्रासे वर्ज्यम् । पादादिग्रासे सार्धमासादितारतम्येन योज्यम्” (धर्मसिन्धु:) अनुसार ग्रहणको अवस्थाका आधारमा आउने ५ महिनासम्म मृगशिरा र आर्द्रा नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै मृगशिरा र आर्द्रा नक्षत्रमा ग्रहणको योग परेककाले विशेषगरी मृगशिरा र आर्द्रा नक्षत्रमा जन्म भएका, मिथुन राशि र मिथुन लग्न भएका जातकलाई प्रतिकूल हुने देखिन्छ ।
यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छ:
मेष : श्री: प्राप्ति हुने
वृष : क्षति हुने
मिथुन : घात हुने
कर्कट : खर्च बढ्ने
सिंह : लाभ हुने
कन्या : सुखदायी हुने
तुला : मान हानी हुने
बृश्चिक : कष्ट हुने
धनु : स्त्री पीडा हुने
मकर : सुख मिल्ने
कुम्भ : चिन्ता बढ्ने
मीन : व्यथा बढ्ने ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
विश्व योग दिवस | विश्व सङ्गीत दिवस
विश्वले बिगुल फुकेको छ, विकास र सभ्यताको उचाई थपिएको छ भन्ने । फर्केर हेर्दा विश्व अहिलेभन्दा पहिलेनै अझै सभ्य, समृद्ध अनि स्वस्थ रहेको प्रमाण छ । विश्व धेरै अर्थमा पछाडी फर्किरहेको छ, यसका प्रमाणहरु मध्य एउटा ज्वलन्त प्रमाण हो योग अभ्यास । ओखढुङ्गा देखि ओक्लोहमा सम्म, कोरीयादेखि खोरिया सम्म विहान-विहान घर अगाडि सुकुल विछ्याएर योग अभ्यास गर्ने मान्छेहरुको उपस्थिती देखिन्छ । एकहिसाबमा योग भनेको केवल व्यायाम मात्र हो अनि योगलाई धर्मसंग जोडेर बुझ्ने भन्ने अर्ध बुझाई हामीमध्ये धेरैको हुन सक्दछ, हैन र ?
योगश्चित्तवृत्तिनिरोधः ।। योगसूत्र ।।
अर्थात चित्त र वृत्तिको निरोध नै योग हो । योगको अर्थ जोड्नु हो । योग एक विशेष क्रिया हो, योगक्रियाले मानिसको चेतना र शरीरबिचको सम्बन्धलाई जोड्ने काम गर्दछ । मन र मस्तिष्कको सम्बन्धलाई नै योग भनिन्छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने विश्वास गरिएको छ । योगलाई ध्यानको आधार मानिन्छ, शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यता जस्ता योगका अनेकौं आयाम छन् ।
आउनुहोस् हजारौं वर्ष पहिले पतञ्जली नामका महात्माले शुरुवात गर्नुभएको १९५ वटा योगसुत्र समाहित यस योगका मूलधारका तथ्य, इतिहास अनि अभ्यासका बारेमा खुलेर कुरा गरौं । पतञ्जलीको योग अभ्यासका सुत्रहरु विश्वका लगभग सबै भाषामा अनुवाद समेत गरिएको छ । योगलाई शुरुमा व्यास र पछि बाचस्पति मिश्रले व्याख्या गरेका थिए । जैन धर्मगुरु हेमचन्द्रले समेत योगलाई धर्मको ध्यानविधिका रुपमा प्रयोग गरेका थिए र १९औं शताब्दीमा स्वामी बिवेकानन्दको योग अभ्यासलाई समेत पश्चिमा देशहरुमा फैलाउनकालागि भएको योगदान महत्वपूर्ण छ । मुस्लिम समूदायमा समेत यसलाई योगसूत्रको अनसावदका रुपमा प्रयोग गरिएको छ ।
योग सूत्रको श्रेय आदियोगी भगवान् शिवलाई मानिन्छ । शिवबाट शुरुवात भएका योगविधाहरु क्रमशः सप्तऋृषिहरुमार्फत् पुस्तौं पुस्ता यात्रा गरेर हामीमाझ आइपुगेको हो । वास्तुकला अध्ययन अनुसार अादिनाथ भग्वान शिवले ध्यान मुद्रामा रहेको मूर्ति सबैभन्दा प्राचीन मानिएको छ । महावीर जैनको समेत ध्यान गर्दै गरेको मूर्ति छ । योगको अर्को आधार भगवान् बुद्धको ध्यान मूर्ति पनि हो, यो मुर्ति विश्वप्रसिद्ध मानिन्छ । अर्को कथन अनुसार योगशास्त्रको श्रेय भगवान् श्रीकृष्णलाई दिइएको पाइन्छ, भगवान श्रीकृष्णका अनेक नामहरूमध्ये योगेश्वर नामले समेत उनलार्इ पूजा गर्ने गरिन्छ । यूनेस्कोले समेत योगलाई आफ्नो अभौतीक सांस्कृतिक सम्पदाको रुपमा सन् २०१६ बाट दर्ता गरेको छ ।
विश्व योग दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाईन्छ । सन् २०१४ वाट मनाउन शुरु गरिएको यस योग दिवसको शुरुवाती सुत्रधार व्यक्तित्वहरुमा सदगुरु श्री श्री रविशंकर र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लिईन्छ । योग दिवसको यो सुत्र संयूक्त राष्ट्र संघ स्वयमले स्थापना गरेको हो भने योगलाई शताब्दी बिकासको सुचकाङ्कका रुपमा समेत लिइएको छ । व्यक्तिगत शान्ति र स्वास्थबिना विकास र समृद्धि सम्भव नभएको विश्व समूदायले बुझिसकेको कुरो हो ।
आधूनिक चिकित्सापद्दतीले रोग लागीसकेपछिको उपचार अनि शारीरिक पक्षहरुलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिंदै मानव शक्ति अनि चित्तको सकारात्मक बिकेन्द्रिकरणमा महत्व दिन्छ । आफ्नो नजरमा आफ्नो महत्व र उपस्थितीको मुल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिकालागि पनि योग एकमात्र सरल र सहज उपाय हो । समयको पावन्दी भन्दा पर सम्म योगले चित्त पूर्याउन सहयोग गर्ने र जीवनको उद्देश्यको गहकिलो ज्ञान पनि योगबाट थाहा पाउन सकिने कुरा योग विधाका विभिन्न पुस्तकमा र आलेखमा स्पष्ट लेखिएको हामीले पायौं । योगलाई केवल व्यायाम मात्र नभई जीवनको आधार, दर्शन अनि यथार्त् मानिएको छ । भगवान गाैतम बुद्धदेखि क्राईस्ट सम्म, शिव देखि कृष्णसम्म अनि अन्य विभिन्न दर्शन केन्द्रित महात्माहरुले आफ्नो जीवनकालमा योग अभ्यास गरेका तथ्यहरु प्रशस्त पुस्तक र उदाहरणहरुले बयान गरेका छन् ।
योग वास्तवमै गहिरो विषय भएकाले लरतरो शब्द र ब्याख्या मार्फत् परीभाषित हुने कुरा पक्कै हैन, तथापी योगको महत्व आजको घम्साघम्सि सहितको जीवनमा हामी सबैलाई प्रशस्तै छ । कमाएका पैसा, गाडी, शरीर, सौन्दर्य र ऐश्वर्य समयसंगै सकिन थाल्छ तर हाम्रो आत्मिक शुद्धता, चिन्तन र सकारात्मक तरङ्गहरु सदासर्वदा रहनेछन् । अरबपतिदेखि साधू सन्तसम्म हामीसबैले छातीमा हात राखेर उत्तर दिन जरुरी छ; के हाम्रो जीवनमा शान्ति छ त ? हामी खुशी छौं त ?
मानव स्वभावले नै आत्मनियन्त्रण भन्दा पर, चञ्चले अनि भौतिक प्राप्तिकालागि लोभ, मोह तथा भोगमा लिप्त प्राणी हो, संसारमा मानव मात्र एउटा प्राणी हो जो खानैकालागि जीवनभर पैसा-पैसा गर्दै यता उता भाैतारींरहन्छ यो अन्य प्राणीमा लागू हुँदैन । तर जीवनको वास्तविक मुल्य र शान्तिको विशुद्ध अवधारणा भौतिक प्राप्ती भन्दा कोशौं पर छ । यसो भन्दै गर्दा योग अपनाउन भौतीक संसारभन्दा पर बसेर साधू सन्त नै बन्नु पर्छ भन्ने हैन्, योगको अवलम्बवन गर्नाले र योगको महत्व वास्तवमै बुझ्नाले दैनिक जीवन र स्वास्थमा समेत हामी सफल र निरोगी हुने पक्का छ । समतामूलक विश्वकालागि योग जरुरी छ, योग जीवन हो र यसका बारेमा थप अध्ययन गरौं, अपनाऔं र खुशी अनि शान्त जीवन प्राप्त गराैं ।
विश्व योग दिवसको शुभकामना !
विश्व सङ्गीत दिवस
एक अमेरिकी सङ्गीतकार जोल कोहेनले सन् १९७६ मा सङ्गीत दिवसको अवधारणा ल्याएको भए पनि यसको औपचारिक सुरुवात फ्रान्सबाट सन् १९८२ मा भएको थियो । पहिलोपटक सन् १९८१ जुन २१ मा फ्रेन्च कलाकार Maurice Fleuret कोसोच अनुसार फ्रान्समा यो दिवस मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन 'विश्व सङ्गीत दिवस्' अर्थात् 'World Music Day' मनाइँदै आएको छ । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस् विशेष उत्सवका रुपमा मनाइन्छ।
सङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ-आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् । वहूजाती, भाषा, धर्म अनि संस्कृती भएको देश नेपालमा त झन् न्याउली रूँदा होस् या मुर्चुङ्गाको कम्पन निस्कँदा आउने माैलिक धून होस् सङ्गीत हाम्रो संस्कार अनि सभ्यतामार्फत् प्रशस्तै सुन्न पाइन्छ । मादल, सारङ्गीदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरी देखि विनायो सम्म नेपाली सङ्गीत सृजनाहरूमा नेपाली माैलिकता थप्ने बाजाहरू हुन ।
कसैकालागि सङ्गीत एउटा अभिब्यक्ति हुनसक्दछ भने कसैको लागि सङ्गीत एउटा पेशा, कसैकलागि साथी हुनसक्दछ त कसैका लागि यो एउटा नशा । पूर्वीय घरानामा हुर्किएका सास्त्रिय सङ्गीत, फिरन्ते समूदायका सङ्गीत, ब्लुजदेखि हिपहपसम्म, र्यापदेखि मेटलसम्म अनि लोकगीत देखि गजलसम्म सङ्गीत विश्वव्यापी फराकिलो आकारमा फैलिएको छ । वैदिक सनातन संस्कारमा त शदियौंदेखि हरेक पूण्य या सतगतका कार्य गर्दा शंख बजाउने चलन रहेको छ । एकोहोरो शंख बज्दा दुःखका संस्कार र दोहोरोमा शुभकार्यको जनाऊ गरिने चलन परापूर्वकालदेखि चलिआएको छ ।
भजन, किर्तन, रोधी, आलाप, ओपरा, मुशाहयरा, मेहफिल अनि मञ्चहरु सङ्गीतकै कारणले त चर्चित छन् । राष्ट्रगीत देखि गाईनेका व्यथाहरू सङ्गीतकै कारणले त मर्मस्पर्शी छन् । फेरि सङ्गीत भनेको बाजा, गीत या सूत्रगत् आवाजहरु मात्र पनि त हैनन्, यसको दायरा विशाल छ, शायद् आकाशको असिमित दायरा झै ।
बलेसीबाट चुहिने पानीका थोपाहरुका आवाज, कोईलीको कुहूकुहू, मन्दिरको घण्ट, मस्जिदको प्रार्थना, चर्चको भजन अनि खोलाको गर्जन सम्म सङ्गीत बगीरहन्छ । कानको बाटो हुँदै हृदयमा जब सङ्गीतले आफ्नो असर छाड्छ आङ सिरीङ बनाइदिन्छ, त्यस्तो ताकत छ सङ्गीतमा । सुन्न मात्र नभई यसको विविधता अनुभव गर्न पनि सङ्गीत पारखीले सङ्गीत रोज्ने गर्दछन् ।
नेपालमा विक्रम सम्वत् २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो। सङ्गीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक-गायीका, लेखक-रचनाकार, सङ्गीतकार तथा सङ्गीतप्रेमीहरुको सहभागीतामा सङ्गीत दिवस मनाउने गरिन्छ । सङ्गीत दिवसको अवसरमा नेपाल साङ्गीतिक संघले काठमाण्डौमा प्रत्येक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ । यस अवसरमा कला र सङ्गीत सम्बन्धी विचारशाला गोष्ठी, छलफल र सङ्गीत श्रष्टाहरुलाई सम्मान समेत गरिने गरिन्छ । नेपालले पनि विश्व सङ्गीतसंग जोडिन सङ्गीत दिवसलाई गतिलो अवसरका रुपमा उपयोग गर्दैआएको छ ।
विश्व मानचित्र अनि नेपाली परिवेशका सकल सङ्गीतकर्मीहरुको सम्झना गर्न चाह्यौं । बखत बहादर बुढापिर्ती देखि बेखामान सम्म, अम्बर गुरुङ्ग देखि सुनिल बर्देवासम्म, कुल पोखरेलदेखि यम बुद्ध (अनिल अधिकारी) सम्म अनि ज्ञात अज्ञात सम्पूर्ण श्रष्टाहरु जसका सङ्गीतले नेपाली माटोले जन्माउने माैलिक नेपाली सङ्गीतको व्याख्या गरेको छ ।
रेडियो नेपाल लगायत विभिन्न रेडियो स्टेशन, विभिन्न सङ्गीत वितरक कम्पनि हुँदै टिभी, अडियो पोडकास्ट तथा यू-ट्यूब सम्म आईपुग्दा नेपाली सङ्गीतले यो अवधिमा सङ्गीतको फरक स्वादमा रमाउने प्रशस्त फरक श्रोताहरू बनाइसकेको छ र यो जमात आज विश्वभरी कहिं न कहिं कुनै न कुनै माध्यमबाट नेपाली सङ्गीतसंग जोडिएका छन् ।
सङ्गीतको मूल्य र वास्तविक श्रेय श्रष्टाले पाउन्, नेपाली सङ्गीतमा माता सरस्वती सदैव दायाँ हुन् । नेपाली सङ्गीतले आफ्नो माैलिक सरगम ध्वनी विश्व बजारमा छर्न सकोस्, 'विश्व सङ्गीत दिवस'को शुभकामना !
जय होस्
सुयोग ढकाल
आउँदा दिनहरु
-
७फागुन
-
८फागुनगोरखकाली पूजा/सामाजिक न्याय दिवस २ दिन पछि
-
९फागुनअन्तर्राष्ट्रिय मातृभाषा दिवस ३ दिन पछि
-
१२फागुनविजया एकादशी व्रत ६ दिन पछि
-
१३फागुनप्रदोष व्रत ७ दिन पछि
-
१४फागुन
-
१५फागुनविश्व गैरसरकारी संस्था दिवस ९ दिन पछि
-
१६फागुनग्याल्पो ल्होछार १० दिन पछि
-
१७फागुनशून्य भेदभाव दिवस ११ दिन पछि
-
१९फागुनविश्व वन्यजन्तु दिवस १३ दिन पछि
-
२०फागुनमाझी समुदायको लदीपूजा १४ दिन पछि
-
२३फागुनगोरखकाली पूजा १७ दिन पछि
-
२४फागुनअन्तर्राष्ट्रिय नारी दिवस १८ दिन पछि
-
२६फागुनआमलकी एकादशी व्रत २० दिन पछि
-
२७फागुनप्रदोष व्रत २१ दिन पछि
-
२९फागुनफागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत २३ दिन पछि
-
१चैत
-
२चैत
-
४चैतसामाजिक कार्य दिवस २७ दिन पछि
-
५चैतमंगलचौथी व्रत २८ दिन पछि
-
६चैत
-
७चैतSEE २०८१ प्रारम्भ-अनिवार्य अङ्ग्रेजी ३० दिन पछि
-
८चैतSEE २०८१ -अनिवार्य नेपाली/विश्व कविता दिवस ३१ दिन पछि
-
९चैतविश्व जल दिवस/गोरखकाली पूजा/शीतलाष्टमी व्रत ३२ दिन पछि
-
१०चैत
-
११चैतविश्व क्षयरोग दिवस ३४ दिन पछि
-
१२चैत
-
१३चैत
-
१४चैतSEE २०८१-ऐच्छिक प्रथम/प्रदोष व्रत ३७ दिन पछि
-
१५चैतSEE २०८१ - ऐच्छिक द्वितिय ३८ दिन पछि
-
१६चैतघोडे जात्रा (उपत्यका बिदा) ३९ दिन पछि
-
१७चैततेल लगाउने र नीमको पात खाने दिन/ज्योतिष दिवस ४० दिन पछि
-
१८चैत
-
१९चैतगौरी व्रत ४२ दिन पछि
-
२३चैत
-
२४चैतरामनवमी व्रत/विश्व स्वास्थ्य दिवस ४७ दिन पछि
-
२६चैतकामदा एकादशी व्रत ४९ दिन पछि
-
२८चैतमहावीर जयन्ती/प्रदोष व्रत ५१ दिन पछि
-
२९चैतअन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस ५२ दिन पछि
-
३०चैत
ज्योतिषहरू
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Bijaya Ekadashi Vrata
- Pradosh Vrata
- प्रदोष व्रत
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- विजया एकादशी व्रत
- International Mother Language day
- अन्तर्राष्ट्रिय मातृभाषा दिवस
- Gorakhkali Puja | World Day of Social Justice
- गोरखकाली पूजा | सामाजिक न्याय दिवस
- Prajatantra Diwas | Election Day
- प्रजातन्त्र दिवस | निर्वाचन दिवस
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- Valentine's Day
- मेरो देश, मेरो अभिमान
- बुवा आमा बिना
- समय
- यात्रा संगै गरौँ
- मलाई महल हैन झुपडी मन पर्छ
- Valentine’s Day Gifting Ideas – Express your love without saying it
- War Horse
- भब्य छ
- सकिएन
- अल्झिन मन छ
- तिम्रो यो पत्र
- भन्न सकिन्न
- मेरी ऊनि
- कहिले बन्छ ?
- हाम्रो पात्रोबाट सामान कसरी किन्ने ?
- Hult Prize at Kathmandu University Hosts the First On-Campus Finale of 2025 in Nepal
- नरुनु है आमा
- Igniting Minds, Inspiring Change: Talk Series I by Hult Prize at IOE, Pulchowk Campus
- अन्डुम्यान
- देख्न थालेको छु
- किन चाहियो ?
- देखेका सपना
- My Father’s Dragon
- तिमी नदी म किनारा
- साथमा उ छैन
- नजाउ तिमी प्रदेश
- प्रिय
- साथी
- लिएर जान्छन्
- कता कता जिन्दगी
- Hamro Mart मा Smart Shopping गर्ने होइन त?
- Want to Shop Smart? Try Hamro Mart
- सुरुङको बाटाे
- फर्केर हेर्दा सन् २०२४
- Looking Back at 2024
- Radha

Liked by: