2072 Earthquake rememberance day/Ramanujacharya Jayanti/World Malaria Day | विसं २०७२ सालको महाभुकम्पको सम्झना/रामानुजाचार्य जयन्ती/विश्व औंलो दिवस | २०८० वैशाख १२ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Apr/May 2023
    २०८० वैशाख
    १२
    मंगलवार
    Apr 25, 2023
    वैशाख शुक्ल पञ्चमी
    विसं २०७२ सालको महाभुकम्पको सम्झना/रामानुजाचार्य जयन्ती/विश्व औंलो दिवस ( 2072 Earthquake rememberance day/Ramanujacharya Jayanti/World Malaria Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    वि.सं. २०७२ सालको महाभुकम्पको सम्झना/रामानुजाचार्य जयन्ती/विश्व औंलो दिवस





    ८ वर्षअघि वैशाख १२ गते । मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सम्झँदै डर लाग्छ ।अझै सम्झँदा पनि निसास्सिन पुग्छौ । जुन दिन नेपालले महाभूकम्पको दैवी प्रकोप खेप्यो । विक्रम संवत् २०७२ सालको भूकम्पको आठौँ  वर्ष पुगेको दिन हो, आज ।

    २०७२ को महाभूकम्पमा जनधनको क्षती
    भूकम्पपछि सरकारले राष्ट्रिय योजना आयोगको अगुवाइमा सङ्कलन गरेको तथ्यांक अनुसार त्यो भूकम्पमा ८ हजार ८ सय ९१ जनाभन्दा बढीको मृत्यु भएको थियो । भूकम्पमा घाइते भएकाहरू उपचारकै क्रममा मृत्यु हुने क्रम पछिसम्म चलेको थियो । जसमा २२ हजार ३ सयभन्दा बढी घाइते भएका थिए । अझ भूकम्पपछिको कुपोषण र रोगले मानिसको ज्यान लियो नै । त्यो भूकम्पमा ९ लाख घर ध्वस्त भएको थियो ।

    हजारौँको ज्यान लिने त्यो महाभूकम्प अनि त्यसपछिका अनगिन्ती पराकम्पमा प्रकृतिसँग मानव संरचनाहरूले घुँडा टेकेका थिए । अनि मानवको सम्बन्ध र घरका तल्ला होइन मनको सन्तोषले गरेको थियो । अझ ७ वर्षसम्म पनि पूरा नभएका पुनः उस्तै संरचना अनि निर्माणको बेथिति देख्दा भने हामीले कति सजिलै अनि छिट्टै महाभूकम्पलाई भुल्यौँ भन्ने पनि भान हुन्छ । भूकम्पको नाश, वियोग अनि ज्ञान सबै कुरालाई आत्मसात् गर्दै अघि बढ्न जरुरी देखिन्छ ।

    २०७२ को भूकम्पले केवल संरचना मात्र बिगारेन कि हाम्रा पहिचान अनि ऐतिहासिक धरोहरलाई पनि उत्तिकै विनाश गरेको छ ।

    काष्ठमण्डप जसको नामबाट काठमाडौँ सहर रहन गयो । त्यही संरचना नै धुलो–पीठो बनाएको भूकम्पले धरहरालाई पनि ढालेको थियो । करिब ८  वर्षपछि वर्ष २०८०  मा आइपुग्दा काष्ठमण्डप र धरहरा फेरि उभिएको देख्न सकिने भएको छ । दरबार स्क्वायरहरु अब फेरि उभिएको देखिन थालेको छ ।

    भूकम्पबाट हामीले सिक्नु पर्ने पाठहरू के के हुन् ?
    नेपाल भूकम्पीय जोखिमका हिसाबले पनि उच्च जोखिममा रहेको देश हो । भूकम्पीय जोखिमको उच्चता भए पनि जोखिम न्यूनीकरणका लागि भने खासै पहल भएको पाइँदैन । भूकम्प कुनै जनाऊ दिएर आउँदैन । तसर्थ, अबका दिनमा भूकम्पीय विनाश र जनधनको नाश कम गर्न संरचना निर्माणमा कडाइ अनि जनजागरणमा केन्द्रित हुन जरुरी देखिन्छ ।

    स्मरण रहोस्, जमिनमुनिका प्लेटहरूको चलायमानका कारणले आउँदा पुस्ताले पनि भूकम्पको जोखिम सहन गर्नै पर्नेछ । भूकम्प टार्न नसके पनि यसको जोखिम न्यूनीकरण गर्न सबै जना लागि परौँ । आजको दिनमा ती ज्ञात–अज्ञात मृत आत्माहरूलाई पनि श्रद्धा सुमन अर्पण गर्न चाह्यौँ, जसले भूकम्पमा ज्यान गुमाउनुभयो ।

    रामानुजाचार्य जयन्ती

    रामानुजाचार्य को हुन्?
    शङ्कराचार्य झैँ रामानुजाचार्य पनि एक सनातन दार्शनिक हुन् । यद्यपि रामानुजाचार्यका दर्शनहरू विष्णु केन्द्रित पाइन्छन् । भक्ति अभियानका अभियन्ता रामानुजाचार्य वैष्णव धारका मार्गदर्शक पनि मानिन्छन् ।

    रामानुजाचार्य संस्कृतका प्रकाण्ड विद्वान पनि हुन् । यिनले वास्य, ब्रह्म सूत्र र खुद भागवत गीता पनि संस्कृतमा लेखन गरेका छन् । उनी एक भगवानमा विश्वास राख्दथे । अन्तर मनबाट विष्णु अर्थात् श्रीहरिको उपासना अर्चना गर्दथे । हालको चेन्नई नजिकको एउटा सामान्य परिवारमा जन्मिएका रामानुजाचार्यका योगदानहरू सनातन दर्शनमा सदैव यादगार अनि पूजनीय रहनेछ ।

    रामानुजाचार्यको योगदान
    रामानुजाचार्यका गुरु यादव प्रकाश चाहिँ अदविता वेदान्तका अनुयायी थिए । स्मरण गरौँ, यस अदविता वेदान्त चाहिँ आदि गुरु शङ्कराचार्यले सुरुवात गरेको दर्शन हो । पछि आफ्नो गुरुसँग मतभेद भएपछि तामिल अल्वर परम्परा अनुसार रामानुजाचार्यले नाथमुनि र यमुनाचार्य सम्प्रदायको अनुसरण गरे ।

    रामानुजाचार्यको ज्ञानको रिसले अन्य पुजारी र पण्डितहरूले धेरै पटक मार्ने प्रयत्न पनि गरे । कहिले तामिल त कहिले काँचीमा यिनको हत्या योजना बुनियो । तर हरेक पटक हरिका कृपाले रामानुचार्य जोगिए । यसरी जोगिएका रामानुचार्य आज आएर सनातन दर्शनका एक सर्वोत्कृष्ट दार्शनिक र भक्त मानिन्छन् ।

    विष्णुका भक्त रामानुजाचार्यको जयन्ती हरेक वर्ष आजकै तिथिमा मनाइन्छ ।

    विश्व औँलो दिवस



    औँलो के हो ?
    लामखुट्टेको टोकाई बाट सर्ने एउटा अत्यन्त जोखिमयुक्त रोग 'औँलो' विरुद्धको दिवस संसारभर प्रत्येक २५ अप्रिलमा मनाइन्छ । औँलोलाई अङ्ग्रेजीमा मलेरिया भनिन्छ, एनोफेलिस लामखुट्टेको टोकाई बाट औँलो को सङ्क्रमण मान्छेमा सर्ने गर्दछ । सन् २०१५ को अध्ययन अनुसार संसारभर अझै पनि ९१ बढी देशमा मलेरियाको सङ्क्रमण रहेको पुष्टि गरेको छ ।

    औँलो दिवसको पृष्ठभूमि
    सन् २००७ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसको नेतृत्वमा हरेक वर्ष अप्रिल २५ लाई मलेरिया दिवसको रूपमा मनाउने क्रम सुरु भएको हो । आज संसारभरि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै मलेरिया दिवस मनाइन्छ, नेपालमा पनि विभिन्न स्वास्थ्य संस्था, स्वास्थ्य क्षेत्रमा काम गर्ने सङ्घ-सस्था अनि कर्मचारीहरूले विभिन्न कार्यक्रम मार्फत तथा घरदैलो जस्ता विभिन्न जनचेतना कार्यक्रमको आयोजना गरेर सू-सूचित गर्ने गर्दछन् ।

    के औँलो निको हुन्छ ?
    आशालाग्दो कुरा के हो भनेँ समयमै उपचार पाएमा मलेरिया निको हुन सक्दछ तथापि विकासोन्मुख देशका नागरिकहरूमा यसबारे देखिएको चेतना स्तरको कमी, स्वास्थ्योपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्युको सङ्ख्या आशातीत घट्न सकेको छैन ।

    मलेरिया विरुद्धको खोप नलगाएका व्यक्तिहरूमा यसको सङ्क्रमणको दर उच्च हुन्छ, मलेरिया ओसार्ने लामखुट्टेले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरू देखिन्छन् । यसका लक्षणहरूमा रक्त अल्पता, श्वास-प्रश्वाँसमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । सन् २०१५ सम्ममा लगभग संसारका आधि जनसंख्यानै मलेरियाको जोखिममा थिए, बालबालिका, गर्भवती आमाहरू, एच.आई.भी. सङ्क्रमितहरू तथा जमेको पानी वरपर बस्ने समुदाय अनि सरसफाइमा ध्यान नदिने र घुमन्ते मान्छेहरू यस रोगको उच्च जोखिममा रहन्छन् ।

    विश्व स्वास्थ्य सङ्गठनको सन् २०१६ को एक अध्ययन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया सङ्क्रमित रहेको र ४ लाख २९ हजार ले ज्यान गुमाई सकेको तथ्याङ्क छ, अफ्रिकी महादेशमा त यसको प्रकोप अझै बढी छ ।

    मलेरिया विरुद्धको खोप
    मलेरियाको रोकथाम कालागि समय समयमा दिइने खोप, समयमै आवश्यक औषधोपचार तथा घरभित्र वा बाहिर सुत्दा अनिवार्य झूलको प्रयोग महत्त्वपूर्ण छ । घर वरिपरि सरसफाइ गर्ने, पानी जम्न नदिने, पानी जम्नसक्ने सरसामानहरूको उचित व्यवस्थापन गर्ने, जलाउन मिल्ने फोहोरहरूलाई व्यवस्थित ठाउँमा जलाइदिने र समय समयमा मलेरिया सार्ने लामखुट्टेहरुलाई भगाउने किटनाशक/रसायन छर्केर पनि न्यूनीकरण गर्न सकिन्छ ।

    भावी पुस्तालाई मलेरियाबाट जोगाउन तोकिएको उमेर हदमै खोप लगाउन जरुरी छ, मलेरियाका कीटाणुहरू शरीरमा प्रवेश पछि क्रमशः कलेजोमा जान्छन्, विस्तारै कीटाणुले मूल रक्त प्रवाहमा छिरेर यिनीहरूले रातो रक्त कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यसको सङ्क्रमणले सजिलै ज्यान लिन्छ, हामी सबै जना सतर्क हुन जरुरी छ ।

    वर्ष २०२३  को औँलो दिवसको नारा
     “ADVANCE EQUITY. BUILD RESILIENCE. END MALARIA
    औँलो विरुद्धको लगानी र गुणस्तरीय उपचारलाई यस वर्षले केन्द्रमा राखेको छ ।

    अल्छी गरेर झूलको प्रयोग नगरी सुत्ने बानी नगरौँ, घर वरपर सफा राखौँ, स्वास्थ्य संस्थामा जाँच गराऔँ अनि बाहिर बस्दा शरीर पुरै ढाक्ने पुरा कपडा लगाऔँ, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.