बिहानदेखि काममा जाँगर बढ्नेछ। मनमा आएको राम्रो सोचलाई अघि बढाउने दिन छ। कसैको मिठो बोलीले मन प्रफुल्ल बन्न सक्छ। सानो प्रयासले पनि राम्रो नतिजा देखिन थाल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

गाैरा पर्व
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
गौरा पर्व, सुदूरपश्चिमी भू-भाग अनि यसको मौलिक पृष्ठभूमि
गौरा पर्व अर्थात् भाद्रको यो महिनालाई हरियाली अनि पानीका थोपाहरूसँगै वैदिक सनातन संस्कार मान्ने विवाहित महिलाहरूले सौभाग्यका रूपमा मनाउने गर्दछन् ।
नेपालको भाषा अनि संस्कारको जरो खोज्दै जाने हो भने सुदूरपश्चिमी भू-भाग अनि यसको मौलिक पृष्ठभूमिको ठुलो महत्त्व छ । खस राज्यको उद्गम भूमि अनि भाषा, संस्कृति, सभ्यताको जरा पनि बोकेको सुदूरपश्चिममा गौरा पर्व विभिन्न धार्मिक कार्यहरूको आयोजना गरेर मनाइन्छ । विशेष गरी डोटी र कुमाउँमा परापूर्व काल देखी नै मनाइँदै आएको पर्व हो, गौरा पर्व ।

गौरा पर्वको कुन पक्ष तपाईंलाई सबैभन्दा रमाइलो लाग्छ?
गौरा पर्वको पौराणिक कथा
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगु वंशी ब्राह्मणहरूबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्राह्मणलाई मारेपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतीत्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरूप एक ब्राह्मणीले तेजवान् पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरी अर्थात् पार्वतीलाई सर्वशक्तिमान् सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो ।
कसरी मनाइन्छ गौरा ?
गौरा पर्वको पहिलो दिन गौरा पर्व मनाउने समूदायका महिलाहरूले निराहार बसी आ-आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा 'बिरुँडा' अर्थात् पाँच थरीका गेडागुडी भिजाउने र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्छन् । बिरुँडा भिजाएपछि दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रूपमा 'बिरुँडा' धोएर गौराको प्रतिमा बनाई गौरा घरमा भित्र्याउँछन् । गौरालाई गौरा घरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा) को पूजा गर्ने गरिन्छ। गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौरा घरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै रूपमा स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् ।
महिलाहरूको व्रतबन्ध
गौरा अर्थात् गौरी, यस पर्व माता पार्वती को पूजा आराधना गरी मनाइन्छ । पुरुषहरूले यज्ञोपवीत गरेर या व्रतबन्ध गरेर जनै धारण गरे झैँ महिलाहरूको पनि घाटीमा रातो धागोको डोरी धारण गर्न गौरा पर्व को महत्त्व छ। सामान्यतया गायत्री मन्त्र जनै धारण नगरीकन कसैले पनि जप नगर्नु भनिएको हुन्छ तर घाटीमा डोरी बाधेपछि महिलाहरूले पनि गायत्री जप्न पाउँछन् । एक हिसाबले हेर्दा यो पर्व द्वारा महिलाहरूको व्रतबन्ध गरेको मानिन्छ ।
विशेष नेपाली माैलिकता बोकेका यस्ता गीतका माध्यमबाट एक अर्काका दुःख-सुख: बाँड्नुका साथै माया प्रेम बाँड्ने गरिन्छ । यो पर्व सुदूरपश्चिम क्षेत्रकै एक ठुलो पर्वको रूपमा मनाइन्छ । आजकल गौरा पर्वका अवसरमा सुदूरपश्चिमका बासिन्दाले गौरीलाई धागो चढाएर पनि पूजाआजा गर्ने गर्दछन् । मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुर्याउने मात्र नभई यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्ट कूल देवता प्रसन्न हुने जनविश्वास छ ।
पर्वको समापन सँगै कुनै राम्रो साइत हेरेर गौरा देवीको मूर्ति लाई बाजागाजासहित भएर नाच्दै गाउँदै र महिलाहरूले सगुना गाउँदै देउघर भन्दा अलि टाढा लगेर मूर्ति लाई राख्छन् अर्थात् सेलाउँछन् ।राष्ट्र प्रमुखले समेत गौरा पर्वका अवसरमा देशवासीलाई शुभकामना दिने चलन छ ।गौरा पर्व सुदूरपश्चिम सँग मात्र नजोडीकन समग्र राष्ट्र अनि नेपाली पहिचानको पर्वका रुपमा लिइन जरुरी छ । पूर्व होस् या पश्चिम, नेपालीहरूको मन आखिर एउटै त हो ।मेची देखि महाकाली सम्मका नेपालीहरूलाई गौरा पर्वको शुभकामना ! खुब मज्जाले मनाउनुहोस्, जय होस् !!


गोरखकाली पूजा
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा महत्त्व
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।
यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।
गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।
यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।
गोरख सन्देश
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
गोरखकाली पूजाको असीम स्नेह ।

नेपाली हिन्दू समाजमा मनाइने महत्वपूर्ण व्रतमध्ये दुवो अष्टमी (दुर्वाष्टमी) एक हो। यो पर्व भाद्र शुक्ल पक्षको अष्टमी तिथिमा मनाइन्छ। दुवोलाई (दूर्वा घाँस) भगवान गणेश र विभिन्न देवी–देवतामा अर्पण गर्ने विशेष दिन भएकाले यसलाई दुवो अष्टमी भनिन्छ। विवाह, व्रतबन्ध, नामकरण आदि संस्कारमा दुवो प्रयोग हुन्छ। यसलाई दीर्घायु, समृद्धि र शुद्धताको प्रतीकका रूपमा लिइन्छ।
ब्रह्मवैवर्त पुराण अनुसार, गणेश भगवानले एक पटक अनलासुर नामक असुरलाई निलेपछि उहाँको पेट पोल्न थाल्यो। देवताहरूले विभिन्न उपाय गरे पनि शान्त भएन। अन्ततः ऋषिहरूले दूर्वा (दुवो) अर्पण गर्दा मात्र पेटको जलन शान्त भयो। त्यसपछि गणेशजीले दूर्वालाई आफ्नो प्रिय अर्पण घोषित गरे। आजको दिन गणेश भगवानलाई दुवो चढाउने गरिन्छ ।
जसरी दुवोलाई काटे पनि आफै उम्रन्छ अनि आफै फैलन्छ, त्यसरी नै आजको दिन भगवान गणेशलाई दुवो अर्पण गर्दा तपाईं आवद्ध भएका सबै क्षेत्रमा तपाईंको सफलता दुवो जसरी नै फैलने जनविश्वास रहेको छ । यो पर्वले दुवोको धार्मिक महत्वमात्र होइन, प्राकृतिक र औषधीय महत्वलाई पनि उजागर गर्छ।

नेपाल सरकारले वि.सं. २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवस मनाउँदै आएको छ। यो दिवस तत्कालीन राजा गीर्वाणयुद्ध वीरविक्रम शाहको शासनकालमा वि.सं. १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय स्थापना गर्ने कानुनमा लालमोहर लगाइएका ऐतिहासिक दिनको स्मृतिमा मनाइन्छ। यसले नेपालमा पुस्तकालयको सुरुवात भएको तथ्यलाई स्मरण गराउँछ।
यस वर्ष पुस्तकालय दिवसको आदर्श वाक्य “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” तय गरिएको छ। देशभर विविध रचनात्मक, शैक्षिक तथा सन्देशमूलक कार्यक्रम आयोजना गरेर यो दिवस मनाइँदैछ।
पुस्तकालय दिवस मनाउने उद्देश्य
नेपालमा वि.सं. २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो। पुस्तकालयको क्षेत्रका गतिविधि, चुनौती र आवश्यकता बारे जनचेतना फैलाउने, पुस्तकालय प्रयोगको संस्कृतिलाई प्रोत्साहन गर्ने र ज्ञान–शिक्षाको आधारलाई मजबुत बनाउन यस दिवसको विशेष महत्व रहन्छ।
पुस्तकालय दिवस मनाउने उद्देश्य
नेपालमा वि.सं. २०६५ सालदेखि यो दिवस मनाउन थालिएको हो। पुस्तकालयको क्षेत्रका गतिविधि, चुनौती र आवश्यकता बारे जनचेतना फैलाउने, पुस्तकालय प्रयोगको संस्कृतिलाई प्रोत्साहन गर्ने र ज्ञान–शिक्षाको आधारलाई मजबुत बनाउन यस दिवसको विशेष महत्व रहन्छ।
नेपालमा पुस्तकालयको प्रकार
नेपालमा पुस्तकालयका विभिन्न स्वरूप छन्, जसले अध्ययन–अनुसन्धान र ज्ञान–विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्।
पुस्तकालयको महत्व
पुस्तकालयको उपयोग


राधा जन्मोत्सव
विशेष अडियो सामग्री
सुन्न ट्याप गर्नुहोस्
राधा जन्मोत्सवको पृष्ठभूमि
राधाष्टमी सनातन हिन्दुहरूको पवित्र दिन हो । कृष्ण प्रिया राधाजीको जन्म भाद्र पद शुक्ल पक्षको आठौँ दिन भएको थियो । त्यसैले यो दिनलाई राधाष्टमीका रूपमा मनाउने गरिन्छ । भूमिबाट श्री राधाजी वृष भानुको यज्ञ अग्नि प्रकट भएको थियो र यसै कारण पनि श्री राधालाई लक्ष्मीको अवतार मानिन्छ। राधा भगवान् कृष्णको सबैभन्दा प्रिय थिइन् । श्री राधाको आराधना नगरी भगवान् कृष्णको पूजा अधुरो मानिन्छ ।
राधाको नाम पछाडिको तर्क
श्री वृन्दावनेश्वरी राधाले वेद र पुराणदीमा श्री कृष्णलाई सधैँ आनन्द दिन्छन्, जसलाई "कृष्ण वल्लभ" भनेर प्रशंसा गरिएको छ। श्रीमद् देवी भागवतमा श्री नारायणले ‘श्री राधायै स्वाहा’ शक्रक्षा मन्त्रको अति प्राचीन परम्परा र उल्लेखनीय महिमाको सन्दर्भमा नारदलाई श्री राधा पूजाको अनिवार्यताको वर्णन गर्नुभएको छ।
यदि कसैले श्री राधाको पूजा गर्दैन भने उसलाई भगवान् कृष्णको पूजा गर्ने अधिकार छैन। त्यसैले सबै वैष्णवहरूले देवी राधाको प्रार्थना गर्नुपर्छ। त्यसैले सबै वैष्णवहरूले देवी राधाको प्रार्थना गर्नुपर्छ। श्री राधा भगवान् श्री कृष्णको जीवनको प्रमुख देवी हुन्, त्यसैले भगवान् राधा को अधीनमा रहनुहुन्छ। उनी सबै मनोकामनाको लागि राधान हुन्, त्यसैले उनलाई श्री राधा भनिन्छ।
राधा कृष्ण पूजा विधि
यस दिन राधाकृष्णको पूजा गर्नुपर्छ । दिनभर व्रत बसेर फलफूलको समय गर्नुपर्छ। श्री राधा र कृष्णको मूर्तिलाई पञ्चामृतले नुहाएर शृङ्गार गर्ने, बलि चढाउने र त्यसपछि धूप, दीप, फूल आदि अर्पण गरी पाँच रङ्गको धूलोले मण्डप बनाएर त्यसभित्र षड्कोण आकारको कमल बनाउने । त्यस कमलको बिचमा श्री राधाकृष्णको यर्तमूर्तिलाई पछाडि राखेर दिव्यासनको ध्यान गर्नुहोस् र भगवान् राधाकृष्णको भक्तिपूर्वक पूजा-आराधना गर्नुहोस्।
यस दिनको अनेक शुभकामना ।




