आउँदा दिनहरु
-
३असार
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस ३ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी ५ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ६ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत १० दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस १५ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस १७ दिन पछि
-
२३असारगोरखकाली पूजा २० दिन पछि
-
२४असारबुधाष्टमी व्रत २१ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) २३ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत २५ दिन पछि
-
२९असारभानु जयन्ती २६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस २८ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ३४ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ३५ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ३९ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ४१ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ४४ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ४५ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ४७ दिन पछि
-
२१साउनगोरखकाली पूजा ५० दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ५२ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ५४ दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ५५ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस ५६ दिन पछि
-
२८साउनगुंला पर्व आरम्भ/विश्व सुलेखन दिवस ५७ दिन पछि
-
३०साउनवराह जयन्ती ५९ दिन पछि
-
१भदौनाग पञ्चमी व्रत/सिंह संक्रान्ति ६१ दिन पछि
-
२भदौकल्कि जयन्ती ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
वैशाख शुक्ल पञ्चमी
बुंगद्यः (रातो मच्छिन्द्रनाथ) रथ यात्रा प्रारम्भ
विशेष अडियो सामग्री
रातो मच्छिन्द्रनाथ रथारोहण
आज बैशाख शुक्ल प्रतिपदावाट शुरु हुने यस उपत्यकाकै सबैभन्दा लामो जात्रा असार महिनाको शुक्ल चौथिसम्म करिब २ महिनासम्म मनाइन्छ ।सहकालका देवता मछिन्द्रनाथ, जस्लाई मत्स्यनाथ, गुरु करुणामय अनि नेपाल भाषामा बुंगद्यःका रुपमा पनि पुकारा गरिन्छ । विगतको १६०० भन्दा धेरै वर्षदेखि यो प्राचिन जात्रा उत्तिकै उत्साह, भक्ति अनि पवित्रताका साथ मनाइदै आएको छ, आजको आलेख म सहकालका देवताको नाममा समर्पण गर्न चाहन्छु अनि मत्स्यनाथलाई एउटा योगीका रुपमा यहाँहरु समक्ष परिचित गराउन चाहन्छु ।वहाँको अर्चना गरिने चलन भनें लिच्छवी राजा नरेन्द्रदेवको पालामा गएर ठोकिन्छ जब काठमाण्डौ उपत्यकामा पानी नपरेर सुख्खा लागेको थियो, नरेन्द्रदेवले भारतको आसामवाट झिकाएको मछिन्द्रनाथको प्रतिमालाई प्राण प्रतिष्ठा गराएर अर्चना शुभारम्भ गरेको इतिहास छ । सिद्ध योगीको असिम अनुकम्पाले त्यस वर्ष उपरान्त वर्षामात्र नभई काठमाण्डौको आकाशमा वादलको चिस्यान र आद्रताले सँधै अंकमाल गररहने समेत भयो ।
एउटा योगीका रुपमा मत्स्यनाथ
प्राचिन बुंगमती गाँउ मत्स्यनाथको जन्मथलो मानिन्छ, मत्स्यनाथ एकजना सिद्धपुरुष हुनुहुन्छ जस्ले प्रकृतिका हरेक अवयवहरुमाथि नियन्त्रण गर्न सक्नुहुन्छ । सहकालका यि देवतालाई तसर्थ उपत्यकावासीहरुले वर्षाका देवका रुपमा हजारौंवर्ष देखि पूज्दै आएका छन् । बाग्मती सभ्यतामा मत्स्यनारायणका अनेक रुप छन्, हिन्दुहरु यिनलाई करुणामयी गुरुका रुपमा पूज्दछन् भनें बौद्धमार्गिहरु यिनलाई पञ्चबुद्धमध्य चौंथो स्वरुप पद्धपाणीका रुपमा पूज्दछन् ।
आज के के गरिन्छ ?
आजका दिन म्हेपी डाँडोको माटोले बनेंको करुणामयीको मूर्तिमा कलशमा रहेको देवताको आत्मालाई प्रतिस्थापन गरिन्छ । आज स्नान गराएर पवित्र करुणामयीको धरोहरलाई अक्षयतृतियाका दिन गौदान सहित शान्तीस्वस्ती गरिन्छ ।यसपछि ललितपुर र काठमाण्डौका बिभिन्न ठाँउहरुमा २ महिनासम्म अवलोकेश्वरको रथलाई परिक्रमा गराइन्छ, अन्तत असार शुक्ल चौथिमा जावलाखेलमा भोटो देखाएर यस रथयात्राको औपचारीक अन्त्य गरिन्छ र प्रतिमालाई लगेर प्राचिन बुंगमती गाँउमा राखिने चलन छ ।
योगी मत्स्यनारायणलाई गोरखनाथका गुरु भनेंर पनि चिनिन्छ, गो अर्थात पृथ्वी र रख अर्थात रक्षा तसर्थ गोरखनाथ पृथ्वीका रक्षार्थ तैनाथ एक अमर योगी हुन् जस्लाई दिक्षा योगी मत्स्यनारायणले दिनुभएको हो । गोरखनाथ मत्स्यनारायणका पुत्र पनि हुनुहुन्छ, कुनै दिन अर्को आलेखमा यि पितापूत्रको मानस समबन्धको ब्याख्या गर्नेछु । नेपाली राजपरिवारको निकटतम समबन्ध परापूर्वकालदेखि नै योगी गोरखनाथसंग रहेको पाइन्छ, गोरखनाथका बिशिष्ट अर्चना र पूजा राजपरिवारका सदस्यहरुले समयसमयमा गरिआएको पाइन्छ ।हजारौंवर्षदेखि योगी मत्स्यनारायणको कृपा विश्वमा रहेको छ, मत्स्यनारायण र गोरखनाथ योगीहरुका कृपा अनेकन रुपमा विश्वमा वर्षिनेछ, हाम्रो विश्वास छ ।
वर्षाको कमी नहोस्, अन्नका दाना दानामा पुष्ट सामथ्र्य रहोस्, विश्वको कल्याण होस्, प्राणिमा प्राण होस् ।
मंगलचौथी व्रत
मङ्गल चौथी व्रत
विशेष अडियो सामग्री
विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्विताय
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते
विघ्नेश्वर, वर दिनेवाला, देवताहरूको पनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तीको समान मुख भएका र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ । हे गणनाथ, हजुरलाई कोटी कोटी नमस्कार छ ।
हिन्दु संस्कारमा मानिसहरूले कुनै पनि कार्य गर्दा बिघ्न बाधा उत्पन्न नहोस् भनेर कामको थालनी गर्नुभन्दा पहिले भगवान् श्री गणेशको आराधना र स्मरण गर्छन् । भगवान् श्री गणेशलाई मङ्गल कारक देवताका रूपमा पूजा गर्ने चलन पनि छ ।
मङ्गल चौथी किन भनिन्छ ?
आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रूपमा मान्ने चलन पनि छ । भगवान् गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पूजा आराधना गरेर मनाइने चलन रहेको छ । मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरूले आजकै शुभ दिनबाट व्रत प्रारम्भ गर्छन् ।
भगवान् गणेश शुभ फल प्रदान गर्ने देवताको रूपमा चिनिनुहुन्छ । आजको दिन श्रद्धापूर्वक गणेशको व्रत लिनाले गणेश भगवान् प्रसन्न भएर व्रतालुहरूलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता छ । यदि तपाईंहरुलाई पनि कुनै नयाँ कार्यको सुरुवात वा श्रीगणेश गर्नु छ भने आजको दिन अति शुभ मानिन्छ । विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस् ।
मङ्गल चौथी व्रत कथा
उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पूज्य छन् । अतः माता दुर्गा भवानी र विघ्न हर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्न हर्ता गणेशजी भगवानलाई खुसी पार्न सके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्ति हुने कुरा गणेश पुराणमा वर्णन गरिएको छ ।
मङ्गल चौथी पूजा विधि
जसले यस दिन ऋद्धि सिद्धिसहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आराधना गर्छ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभ फल र मानसिक शान्ति पाउने र सबै प्रकारका दुःख कष्ट र बिघ्न बाधा आदि सबै हराउने विश्वास छ । त्यसैले आजको दिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भएर पूजन सामग्री तयार गर्नु पर्छ । पूजन सामग्री तयार पार्दा धान, चामल, जौ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अबिर, केशरी, सिन्दूर, रातो अक्षता, सौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान, धूप, बत्ती, कपुर, रातो फूल, माला, लड्डु दुबो आदि सरजम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसेर दीप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानी, फूल, कुश या दुबो र द्रव्यसहित लिएर सङ्कल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धुबान्धवहरुको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले सङ्कल्प लिनु पर्दछ ।
सङ्कल्प पश्चात् अर्घ स्थापना गरेर विघ्न हर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गणपतये नमः भन्दै पूजा गरिसके पछि धूप, दीप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहन गरेर कलशभित्र पञ्चरत्न, पञ्च पल्लव, सर्वोषधिआदि राखेर कलशमाथि पूर्णपात्र राख्ने र पूर्णपात्रमाथि नरिवल, सुपारी वा सिङ्गो फल राखेर सबै उपचारले पूजा गर्दै धूप, दीप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनः बिचमा गणेशजीको प्रतिमा वा मूर्ति राख्ने र गणेशजीको विशेष पूजन कालागि हातमा रातो फूल रातो अक्षता लिएर ध्यान गर्ने । सकिन्छ भने यो मन्त्र पढ्दै ध्यान गर्ने:
वक्रतुण्ड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।
यो मन्त्रसहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहन गर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नमः ॐ: भन्दै पाद्य, अर्घ, आचमन, दूध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ । तत्पश्चात् शुद्ध जलले स्नान गराएर गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दूर, अक्षता, वस्त्र आदि चढाउनु पर्दछ । तत्पश्चात् जौ, तिल, फूल, माला, दुबो, बेलपत्रसहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमः भन्दै अङ्ग पूजन गरी धूप, दीप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्य दक्षिणा अर्पण गरी रातो फूल हातमा लिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण भक्तहरुले गणेशजीको नीराजन आरती, घण्टसहित श्रद्धा एवं भक्तिले गर्नु पर्दछ । पुनः पुष्पाञ्जली गरेर आरतीलाई सितल गरी सबैजनाले आरती लिनु पर्छ र आफ्नो मनोकामना पूर्ण होस् भनेर विघ्न हर्ता गणेशजीलाई साष्टाङ्ग प्रणाम गरी आर्सीवाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्न भई भक्तहरूको मनोकामना अवश्य नै पूरा गर्नुहुनेछ ।
आद्यगुरु शंकराचार्य जयन्ती
आद्यगुरु शंकराचार्य जयन्ती
विशेष अडियो सामग्री
शङ्कराचार्य भगवान् शिवका अवतार हुनुहुन्छ । संक्षेपमा भन्दा पृथ्वीमा जन्म भएका आजका सबैभन्दा सिद्ध पुरुषहरूको सूचीमा जगतगुरु शङ्कराचार्यको नाम अग्रणी स्थानमा आउँछ । । उहाँ केरलाको कालाडीमा जन्मनुभएको थियो। र वहाँको गुरुको नाम गोविन्द पद हो ।
करिब १५०० वर्षअघि उहाँको जन्म भएको बेला भारतमा हिन्दु धर्म लोप हुँदै गएको थियो र बौद्ध धर्मले तीव्र गतिमा आकार लिइरहेको थियो । उहाँकै कारणले हिन्दु धर्मले फेरि आफ्नो वैभव प्राप्त गर्यो र जगतगुरु शङ्कराचार्यको मार्गदर्शन अनुरूप नै सनातन दर्शनमा बौद्ध दर्शनलाई पनि समावेश गर्दै एउटा समावेशी दर्शनको सुरुवात भयो ।
वहाँले अद्वैत दर्शनको प्रचार गर्दै भारतीय उपमहाद्वीप भरि यात्रा गर्नुभएको थियो । वहाँका अनुसार सबै कुरा परम वा ब्रह्मको विस्तार थियो। जस्तै, निर्वाणशटकम्मा उहाँ भन्नुहुन्छ
"मनोबुद्ध्याहमकार चित्तनिरहम् न च श्रोत्र जिह्वे न च घराना नेत्रे "
जगतगुरु शङ्कराचार्य को योगदान
धर्म रक्षा अनि समयसापेक्ष धर्मको वैज्ञानिकीकरणका लागि शङ्कराचार्यको युगान्तकारी देन छ ।भारत वर्षका आधुनिक धर्म संस्थापक शङ्कराचार्यबाट प्रतिपादित अद्वैत दर्शन, सूत्र र सिद्धान्तहरू अझै पनि धर्मशास्त्रहरूमा कालजयी वचन बनेका छन् ।
वहाँकै प्रयत्नबाट वैदिक सनातन हिन्दु धर्मको संरक्षण भई हिन्दु नवचेतनाको रक्तसञ्चार गरिएको थियो । शङ्कराचार्य अद्वैत वेदान्तका संस्थापक हुनुहुन्छ र श्री शङ्कराचार्यले नेपालसहित सम्पूर्ण हिमवत्खण्डमा महत्त्वपूर्ण भ्रमण गरेको पौराणिक प्रमाणहरू छन् ।
भारत केरलाको कलाडीमा जन्मिएका शङ्कराचार्य केवल ३२ वर्षसम्म मात्र बाँचेको पाइन्छ । यसबिचमा हजारौँ वर्षमा गर्न नभ्याइने कार्य शङ्कराचार्यबाट भएको पाइन्छ । शङ्कराचार्यले केवल ८ वर्षको उमेरमा गुरुको खोजीमा हजारौँ किलोमिटर पर नर्मदा खोलाको किनारसम्म यात्रा गरेको र गोबिन्दपादा गुरुसँग दीक्षा लिएको पाइन्छ ।
नर्मदा तटको ४ वर्षको बसाइँमा शङ्कराचार्यले वैदिक ज्ञान र साधनामा उच्चतम बिन्दु हासिल गरेको बताइन्छ । भारत वर्षका ४ कुनामा ४ वटा मठहरू स्थापना गरेर सनातन धर्मको संस्थागत रक्षार्थ शङ्कराचार्यले गरेको संरचना अझै कायम छ ।
भारत वर्षको लम्बाइ र चौडाइ हुने गरी शङ्कराचार्यले सबैजसो भू–भागमा गएर दीक्षा दिने र त्यहाँ भएका अन्य विद्धानसँग शास्त्रार्थ गर्ने बताइन्छ । यस क्रममा अन्य धर्म या दर्शनमा गएकाहरूलाई पनि सनातन धर्ममा फर्काउने पावन कार्य शङ्कराचार्यले नै गरेको इतिहास छ ।
शङ्कराचार्य एउटा असल कवि पनि हुनुहुन्छ । सौन्दर्य लहरी, शिवानन्द लहरी, निर्भाना शल्कम लगायत थुप्रै भक्तिपूर्ण कविताहरू शङ्कराचार्यका देन हुन् । वैदिक सनातन दर्शनले अब अर्को शङ्कराचार्य चाहेको छ, ज्ञानको अनन्त श्रोत शङ्कराचार्य अमर रहुन् ।
शङ्कराचार्यको जन्म सम्बन्धी कथा
धार्मिक मान्यता अनुसार शङ्कराचार्यलाई आदी देव भगवान् शिव शङ्करका अवतार मानिन्छ । एक पौराणिक श्रुति अनुसार, शङ्कराचार्यका पिता शिव गुरुको विवाह विशिष्टा देवीसँग भएको थियो । तर उनीहरूका सन्तान भएका थिएनन् । शिव गुरुले सन्तान प्राप्तिको इच्छा पूरा गर्न श्रद्धापूर्वक भगवान् शिवको तपस्यामा लीन भए ।
उक्त तपस्याका प्रभावले भोले शङ्करले शिव गुरुलाई सपनामा दर्शन दिए । भगवान् शङ्करले वरदान माग भने, शिव गुरुले दीर्घायु र सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । तर भगवान् शिवले सर्वज्ञ व्यक्ति दिर्घायू नहुने र दिर्घायू व्यक्ति सर्वज्ञ नहुने भएकाले कुनै एक मात्र माग्न भने ।
शिव गुरुले सर्वज्ञ पुत्र प्राप्तिको वरदान मागे । शिवजीले पनि सर्वज्ञ पुत्र प्राप्ति हुने वरदान दिँदै उक्त पुत्रका रूपमा स्वयं आफ्नो जन्म हुने बताइदिए । यसरी शिव गुरुका परिवारमा विशिष्टादेवीले पुत्रका रूपमा शङ्करलाई जन्म दिइन् ।
तिनै शिवको अवतारका रूपमा जन्मिएका कारण वहाँलाई शङ्कराचार्य भनिएको थियो । शङ्कराचार्य सामान्य बालक थिएनन् । उनले ७ वर्षकै उमेरमा वेदको पूर्ण अध्ययन गरेका थिए भने १२ वर्षमा सर्व शास्त्र पढेका थिए । यसै कारण उनी आदि गुरु शङ्कराचार्यका नामबाट प्रसिद्ध भए ।
प्रत्येक वर्ष वैशाख शुक्ल पञ्चमीका दिन महान् हिन्दु दार्शनिक एवं धर्मगुरु शङ्कराचार्यको जन्म जयन्ती मनाइन्छ ।
शङ्कराचार्यको जन्म ईश पूर्व ७८८ मा भएको थियो भने मृत्यु ९२० मा भएको थियो । शङ्कराचार्य जयन्तीका अवसरमा मठहरूमा पूजाआजा गरिन्छ ।
वैदिक विद्वानहरूले वेद पदहरू वाचन गर्छन् । शोभा यात्रा निकालिन्छन् । साथै वैदिक सनातन हिन्दु धर्मको उत्थानका लागि छलफल र प्रवचनहरू आयोजना गरिन्छन् ।
छन्द दिवस
छन्द दिवस
विशेष अडियो सामग्री
छन्दको उल्लेख कहाँ कहाँ भएको छ ?
छन्दलाई ऋग्वेदमा उल्लेख गरिएको छ । गद्य लेखनको नियमन व्याकरणबाट हुन्छ भने पद्यको नियामक छन्द शास्त्र हो । नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको रामायण पनि छन्दमा लेखिएको छ । रामायणमा “शार्दूलविक्रीडित” र “शिखरिणी” छन्दको प्रयोग धेरै छ । यी छन्दहरू संस्कृतका छन्दहरू हुन् ।
छन्द दिवसको पृष्ठभूमि
कविता साहित्यमा छन्दको प्रयोग घट्दै गएको विषयमा चिन्ता जनाउँदै कवि माधव वियोगीले वि.सं. २०५३ साल वैशाख ८ गते छन्द बचाउ अभियान सुरु गरेका थिए । छन्दको प्रयोगलाई पुनर्स्थापना गर्ने प्रयत्न स्वरूप कवि वियोगीले अभियान सुरु गरेको दिन वैशाख ८ गते हरेक वर्ष छन्द दिवसका मनाउन थालिएको हो । नेपाल सरकार पञ्चाङ्ग निर्णायक समितिले वैशाख ८ लाई छन्द दिवसका रूपमा मनाउन सहमति दिएको थियो । साहित्यमा काव्य संस्कृतिको रक्षा र छन्द शैलीको उजागर गर्न यो दिवस मनाइन्छ ।
कसरी मनाइन्छ छन्द दिवस ?
साहित्यको कविता विधामा प्रयोग हुने छन्दको संरक्षण सम्बन्धी कार्यक्रमहरू गरी आज छन्द दिवस मनाईंदैछ । देशका अधिकांश साहित्यिक डबलीहरूमा छन्दमा लेखिएका कविताहरू वाचन गर्दै साहित्यिक कार्यक्रम आयोजना गरिन्छ ।
छन्द के हो ?
जब कवितामा मात्रा अथवा वर्णहरूको सङ्ख्या, विराम, गति, गेयहरू नियमसंगत रूपमा मिल्दछ, तब छन्दात्मक रचना तयार हुन्छ । छन्दलाई पद्य लेखन अथवा वृत्त भनिन्छ । छन्द भनेको लय हो । सामान्य भाषामा छन्द लय मिलाएर कृति लेख्ने वा वाचन गर्ने तरिका हो । छन्द वेदको अर्को नाम पनि हो । वर्ण र मात्राको गेय व्यवस्था छन्द हो । भाषामा शब्द र शब्दहरूमा वर्ण र स्वरहरू रहन्छन् । निश्चित विधान अपनाएर वर्ण र स्वरहरूलाई व्यवस्थित गर्दा छन्द तयार हुन्छ । अर्को तरिकामा छन्द भन्नाले ध्वनिहरूको समष्टिलाई बुझिन्छ । ध्वनिलाई सानो अथवा ठुलो पारी लयहरूको व्यवस्थापन गर्नु नै छन्दात्मकताको प्रस्तुति हो । कवितामा छन्दलाई नौ रससँग मिसाएर प्रस्तुत गर्दा श्रवण गर्ने श्रोताहरू मन्त्रमुग्ध हुने गर्दछन् । लय मिलाएर वाचन गरिएका कवितालाई रुचिपूर्वक श्रवण गरिन्छ । लेख्न मात्र हैन, वाचन गर्न पनि उति नै कठिन हुन्छ । 'इ' कार, 'ऊ' कार जस्ता साना कुरालाई पनि मिलाउनु पर्ने र अन्य नियमहरूमा बाँधिएर कृति लेख्नु निकै चुनौतीपूर्ण हुन्छ ।
छन्दका प्रकारहरू के-के हुन् ?
छन्दलाई मात्रा र वर्ण, स्वतन्त्र वा मिश्रित, यति, वैदिक र लौकिक र पिङ्गल आदिका आधारमा विभाजन गरिएको छ । छन्दको सबैभन्दा प्रचलित प्रयोग पिङ्गल नै हो । जस अनुसार अनुष्टुप्, विद्युन्माला, इन्द्रवज्रा, उपइन्द्रवज्रा, उपजाति, वंशस्थ, स्रग्विणी, स्वागता, भुजङ्गप्रयात, तोटक, द्रुतविलम्बित, वसन्ततिलका, मालिनी, पञ्चचामर, मन्दाक्रान्ता, चित्रवतीहरिणी, चित्र लेखा, शिखरिणी, शार्दूलविक्रीडित, स्रग्धरा, आर्या, शालिनी, ललिता, पृथ्वी र मञ्जुभाषिणी छन्द हुन् । यिनीहरूलाई नै छन्दको प्रकारका रूपमा मानिएको छ ।
आउँदा दिनहरु
-
३असार
-
५असार
-
६असारसिथि नख:/कुमारषष्ठी/विश्व शरणार्थी दिवस ३ दिन पछि
-
७असार
-
८असारगोरखकाली पूजा/वायु अष्टमी ५ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ६ दिन पछि
-
११असार
-
१२असार
-
१३असारशनि प्रदोष व्रत १० दिन पछि
-
१५असार
-
१८असारविश्व खेलकुद पत्रकार दिवस १५ दिन पछि
-
२०असारअन्तर्राष्ट्रिय सहकारी दिवस १७ दिन पछि
-
२३असारगोरखकाली पूजा २० दिन पछि
-
२४असारबुधाष्टमी व्रत २१ दिन पछि
-
२६असारयोगिनी एकादशी व्रत (स्मार्तहरूको) २३ दिन पछि
-
२७असार
-
२८असारप्रदोष व्रत २५ दिन पछि
-
२९असारभानु जयन्ती २६ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस २८ दिन पछि
-
१साउन
-
५साउनसूर्य पूजा ३४ दिन पछि
-
६साउनबुधाष्टमी व्रत/गोरखकाली पूजा ३५ दिन पछि
-
९साउन
-
१०साउनप्रदोष व्रत ३९ दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ४१ दिन पछि
-
१३साउन
-
१४साउन
-
१५साउनखीर खाने दिन ४४ दिन पछि
-
१६साउनविश्व स्तनपान सप्ताह प्रारम्भ ४५ दिन पछि
-
१८साउनबीतक कथा प्रारम्भ ४७ दिन पछि
-
२१साउनगोरखकाली पूजा ५० दिन पछि
-
२३साउनराष्ट्रिय भू संरक्षण दिवस ५२ दिन पछि
-
२४साउन
-
२५साउनसोम प्रदोष व्रत ५४ दिन पछि
-
२६साउनगथांमुगः चःह्रे ५५ दिन पछि
-
२७साउनअन्तर्राष्ट्रिय युवा दिवस ५६ दिन पछि
-
२८साउनगुंला पर्व आरम्भ/विश्व सुलेखन दिवस ५७ दिन पछि
-
३०साउनवराह जयन्ती ५९ दिन पछि
-
१भदौनाग पञ्चमी व्रत/सिंह संक्रान्ति ६१ दिन पछि
-
२भदौकल्कि जयन्ती ६२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौ�...
-
Jyotish Kuresh Pandey११ वर्षको अनुभवसहित विभिन्न ध�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Narayan Prasad Bhandariज्योतिषका उप-प्राध्यापक (lecturer of A...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
राशीफल
साहित्य / ब्लग
- Buddha Jayanti | Ubhauli Parwa | Chandeshwari Jatra | Chandi Poornima | Kurma Jayanti | Gorakhnath Jayanti | Poornima Vrata | Baisakh Snan Samapti| International Nurses Day
- बुद्ध जयन्ती | उभौली पर्व | चण्डेश्वरी जात्रा | चण्डी पूर्णिमा | कुर्म जयन्ती | गोरखनाथ जयन्ती | पूर्णिमा व्रत | बैसाख स्नान समाप्ति |अन्तर्राष्ट्रिय नर्स दिवस
- वृष संक्रान्ति | अन्तर्राष्ट्रिय परिवार दिवस
- Brish Sankranti | International Day of Families
- Nrisingh Jayanti | Mahila Jyotish Sangh Sthaapana Diwas
- नृसिंह जयन्ती | महिला ज्योतिष संघ स्थापना दिवस
- National Day of Law in Nepal
- कानून दिवस | प्रदोष व्रत
- मोहिनी एकादशी व्रत | विश्व रेडक्रस दिवस
- Mohini Ekadashi Vrata | World Redcross Day
- Provincial Government's Official Language Day | Kirat Samaj Sudhar Diwas
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
Liked by:
मेष
बृष
मिथुन
कर्कट
सिंह
कन्या
तुला
बृश्चिक
धनु
मकर
कुम्भ
मीन