Mangal Chauthi/International Book and Copyright Day | मङ्गल चौथी/विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस | २०७६ वैशाख १० | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Apr/May 2019
२०७६ वैशाख
१०
मंगलवार
Apr 23, 2019
चतुर्थी
मङ्गल चौथी/विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस ( Mangal Chauthi/International Book and Copyright Day )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

मङ्गल चौथी | विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस




मङ्गल चौथी विशेष अडियो सामाग्री

हिन्दु संस्कारमा मानिसहरुले कुनै पनि कार्य गर्दा बिध्न बाधा उत्पन्न नहोस् भनेर काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आराधना र स्मरण गर्दछन्। भगवान श्री गणेशलाई मङ्गलकारक देवताका रूपमा पूजा गर्ने चलन छ। आज मङ्गलवारलाई भगवान् गणेशको दिनको रुपमा मान्ने चलन पनि छ। यिनै भगवान गणेशको जन्म तिथि चतुर्थी पर्ने भएकाले आजको दिनलाई मङ्गल चौथी भनेर विशेष पुजा आराधना गरेर मनाइने चलन रहेको छ। मङ्गलवार भगवान् गणेशको व्रत बस्ने व्रतालुहरुले आजकै शुभ दिन बाट व्रत प्रारम्भ गर्ने गरेको पाइन्छ।

भगवान् गणेश शुभफल प्रदान गर्ने देवताको रुपमा चिनिन्छन्, आजको दिन श्रद्धा पुर्वक श्री गणेशको व्रत लिनाले गणेश भगवान प्रशन्न भइ व्रतालुहरुलाई चिताएको फल प्रदान गर्ने धार्मिक मान्यता रहेको छ। यदि यहाँहरुलाई पनि कुनै नयाँ कार्यको श्री गणेश गर्नुपर्नेछ भने आजको दिन अति शुभ मानिन्छ। विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक विशेष आजको दिन सबैको मङ्गलमय होस्।

मंगल चौथी पूजा विधि
- ज्यो पं नारायणप्रसाद दुलाल

विघ्नेश्वराय वरदाय सुरप्रियाय, लम्बोदराय सकलाय जगद्धिताय 
नागाननाय श्रुतियज्ञविभुषिताय, गौरीसुताय गणनाथ नमो नमस्ते  

विघ्नेश्वर, वर दिनेवाला, देवताहरूकोपनि प्रिय, लम्बोदर, कलाहरूले परिपूर्ण, जगतको हित गर्ने वाला, हात्तिको समान मुख वाला र वेद तथा यज्ञबाट सुशोभित यस्ता पार्वती पुत्रलाई नमस्कार छ, हे गणनाथ ,  हजुरलाई नमस्कार छ

किलौ चण्डी विनायकौु उक्ति अनुसार कलियुगमा चण्डी दुर्गा र विनायक गणेशजी प्रधान एवं प्रथम पुज्य छन् अतस् माता दुर्गाभवानी र विघ्नहर्ता गणेशजी भगवानको महिमा हाम्रो शस्त्राहरुमा वर्णितै छ । विघ्नहर्ता गणेशजी भगवानलाई खुशी पार्नसके धर्म, अर्थ, काम र मोक्ष यी चार पुरुषार्थको प्राप्तिहुनेकुरा गणेश पुराणमा वर्णन गरिएकोछ । मंगलवारको दिन चौथी तिथी परो भने गणेशजीलाई प्रसन्न पार्न मंगलचौथी पर्व मनाइनुका साथै गणेशजीको पूजा, आराधना, ब्रत प्रारम्भ सहित उद्यापन यस दिन गर्ने गरिन्छ । जसले यसदिन ऋद्धि सिद्धि सहित गणेशजीको पूजा, पाठ, व्रत, कथा एवं आरधना गर्दछ उसले धन, पुत्र, जीवनसाथी, मंगलग्रहको शुभफल र ममानसिक शान्ति पाउने र सबै प्रकारका दुख(कष्ट र विघ्नबाधाआदि सबै प्रकारका दुख हराउने हुनाले यसदिन बिहान नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ जसमध्ये धान, चामल, जऊ, तिल, कुश, दुना, टपरी, पञ्चामृत, अविर, केशरी, सिन्दुर, रातो अक्षता, शौभाग्य, शृङ्गार, नरिवल, फलफूल, पकवान्न, धूप, बत्ति, कपुर, रातोफूल, माला, लड्डु, दुबोआदि सरजाम तयार गरेर पूर्व, उत्तर या पश्चिम फर्किएर शुद्ध आसनमा बसी दिप प्रज्वलन गरी दियोको आवाहन गरेर त्यसपछि दाहिने हातमा जौ, तिल, पानि, फूल, कुश या दुबो र द्रब्यसहित लिएर संकल्प अर्थात् स्थान र समय उच्चारण गर्दै आफ्नो गोत्र नाम सहित परिवार तथा बन्धु बान्धबहरूको नाम उच्चारण गर्दै सकाम वा निष्काम भावले संकल्प लिनु पर्दछ । संकल्प पश्चात् अर्घ स्थापनागरी विघ्नहर्ता गणेश भगवानको ध्यान तथा आवाहन सहित ॐ गं गणपतये नमस् भन्दै सबै उपचारले पूजा गरिसके पछि धुप, दिप, फल, प्रसाद, दक्षिणा गर्दै गणेशजीको पूजा गर्ने र इशानकोणमा रहेको वरुण कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आवाहनगरी कलशभित्र पञ्चरत्न। पञ्चपल्लव, सर्वोषधिआदि राखेर कलशमाथी पूर्णपात्र राख्ने र पूर्णपात्रमाथी नरिवल, सुपाडी वा सिन्गोफल राखेर सबै उपचारले पूजागर्दै धुप, दिप, नैवेद्य, दक्षिणा गर्दै पुष्पाञ्जली अर्पण गर्नु पर्दछ । पुनस् बिचमा गणेशजीको प्रतिमा वा मुर्ति राख्ने र गणेशजीको विशेष पूजनकोलागि हातमा रातोफूल रातो अक्षतालिएर ध्यान गर्दै

सकिन्छ भने यो मात्र पढेर ध्यान गर्ने

वक्रतुंड महाकाय कोटिसूर्यसमप्रभस् ।
निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा ।।

यो मात्र सहित गणेशजीलाई रातो फूल अक्षता सहितले आवाहनगर्ने र कुशको आसन राखिदिने, ॐ गं गणपतये नम : भन्दै पाद्य, अर्घ, आचमनी, दुध, दही, घ्यू, मह, चिनी तथा पञ्चामृतले स्नान गराउनु पर्दछ तत्पश्चात् शुद्ध जलले स्नानगराई गणेशजीलाई आफ्नो गच्छे अनुसार श्रद्धा एवं भक्तिले जनै, चन्दन, टिका, रोली, सिन्दुर, अक्षता, वस्त्रआदि चढाउनु पर्दछ तत्पश्चात जौ, तिल, फूल, माला, दुबो, बेलपत्र सहित सम्पूर्ण उपलब्ध उपचारले पूजा गर्दै गणेशजीलाई ॐ गं गणपतये नमस् भन्दै अङ्ग पूजनगरि धूप, दिप, नैवेद्य, लड्डु, फलफूल, पान, सुपारी, नरिवल, द्रव्यदक्षिणा अर्पणगरि रातो फूल हातमालिई प्रार्थना गर्दै पुष्पाञ्जली गर्नु पर्दछ । तत्पश्चात् सम्पूर्ण उपस्थित भक्तहरुले गणेशजीको निराजन आरति सङ्ख, घण्ट सहित श्रद्धा एवं भक्तिले गर्नुपर्दछ पुनस् पुष्पाञ्जली गरेर आरतिलाई सितलगरि सबैजनाले आरतिलिनु पर्दछ र आफ्नो मनोकामना पूर्णहोस् भनि विघ्नेश्वर गणेशजीलाई साष्टाङ्ग प्रणामगरि आशिर्वाद लिई प्रसाद ग्रहण गर्नु पर्दछ । यसरी श्रद्धा र भक्तिले गरिएको पूजाबाट गणेशजी प्रसन्नभई भक्तहरूको मनोकामना अवस्यनै पुरा गर्नुहुनेछ । अस्तु ।।


विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस

 


माथी प्रकाश होस्, विचमा वस्तु होस् अनि छाँया त बन्छ नै, कि कसो ? हो यसै छाँया अनि वस्तुको अवस्थितीलाई ध्यानमा राखेर विश्व भरि कागज अनि अन्य वस्तु, विचार अनि शब्दाशंहरुको प्रतिलिपि या छाँया लिपि वनाउने चलन छ । सामान्य भाषामा हामी कपी, या फोटोकपी या जेरोक्स भन्दछौ, आज एप्रिल २३ का दिन विश्वले पुस्तक र प्रतिलिपि अधिकार दिवस मनाउदछ, आउनुहोस हामी पनि यसै सेरोफेरोमा बात मारौ ।

कार्यलय अनि अध्यन संकायहरु अगाडी हुल देखिन्छ, मानिसहरुको । यस्तै हुल छ विदेश जाने लाईनमा भएकाहरु, कामकाजी हरु अनि अन्य धेरै जनाको । कागजपत्रको फोटोकपी गर्न र यो कपी अर्थात फोटोकपीको सहजता सँगै वढ्दै गएको छ वैचारीक अनि शब्दाशं चोरीगर्ने क्रम ।

फेसबुकका स्ट्याटस, विचार, लेख, कथा, कविता अनि नाटक चोर्ने क्रम सामान्य भईसकेको छ, हैन र ? तर एउटा लेखकका हेतुले तिनै विचारहरु मन्थनकालागी हाम्रो दिमागी लगानी र ती विचार प्रतिको हाम्रो स्वामीत्व कपी पेष्ट र फोटोकपी गर्ने चलनले ह्रास आँउदै गएको छ । पुस्तकको दायरालाई फराकीलो पार्ने हो भने कागजी अभिब्यक्तिलाई पुस्तकका रुपमा लिन सकिन्छ किनभने पुस्तक को मोटाई, गोलाई, रगं अनि कागजको गुणस्तर भन्दा पनि त्यसमा लेखिएको शब्द, विचार र प्रतिबिम्बको महत्व वढी हुन्छ । स्मरण गरौ, विश्वमै सर्वाधीक विक्रि भएका पुस्तकहरुपनि एक समयमा सादा कागजका सेता र सरल पाण्डुलिपि मात्र हुन् । लेखन एउटा एतिहासिक ब्यवसाय र समाज सेवाको स्वरुप हो, समाज जागरणको शिलास्तम्भ हो । वाल्मीकी देखि वेद ब्यास सम्म, शेक्स पियर देखि वर्डस वर्थ सम्म, म्याक्सीम गोर्की देखि चेकभसम्म लेखकले समाजलाई समाजकै एैना देखाईदिएका छन् ।

नेपाली परिवेशका यूगकवी मोतीराम भट्टलाई आज संझना गर्न चाहयौ जो विना आदिकवी भानुभक्तका धेरै कृतीहरु हामीमाझ आउने थिएनन । उन्को निस्वार्थ भाव र लेखक या सर्जक प्रतिको सम्मानले नै भानुभक्त आज भानुभक्तका रुपमा हामीमाझ छन् । सर्जकलाई श्रृजनाको अधिकार दिनुनै आजको दिनको उदेश्य हो । मुलभुत रुपमा कागजी, वैचारीक र अभिब्यक्ति का कुराहरु आजका दिनले सम्बोधन गर्दछ ।

शब्द किन्ने र चोर्ने नभईकन शब्दको सम्मान गर्न सिक्नु पर्दछ, शब्द त केवल भावनाको प्रतिरुप हो र भावनाको किनवेच अक्षम्य र असंभवप्राय छ । सबैजना पाठकलाई नमन गर्दै सर्जकलाई सम्मान गर्दछ, हाम्रो पात्रोल्े आजको दिन् ।

कसैको विचार साभार गरेर लेख्दैमा हामी साना हुदैनौ नि, हैन र ? त्यसमाथी विश्व साहित्यका विभिन्न कृतीहरुलाई अनुवाद गर्दै आआफ्ना भाषामा उतार्न पनि एउटा कला हो, लेखक लाई साभार गर्दै अनुवाद गर्नु भन्दा पनि सोझै आफ्नै नाममा सर्जकको खाता खोल्नु राम्रो हैन । प्रतिलिपि अधिकार र विश्व पुस्तक दिवसले यिनै कुराहरुलाई पनि याद गराँउछ ।

विश्व साहित्यमा २३ एप्रिल एउटा महत्वपूर्ण दिवस हो, सन् १६१६ मा आजकै दिन शेक्सपियर अनि गारसिलासो डेला भेगा जस्ता यूगान्कारी लेखक र साहीत्यकारको मृत्यू भएको थियो । यूनेस्को ले सन् १९९५ को आफ्नो साधारण सभाको वैठकमा एप्रिल २३ लाई विश्वभरिका लेखक लाई प्रेरित गर्न, लेखनलाई उत्साहीत गर्न र लेखकहरुको सम्मानस्वरुप विश्व पुस्तक र प्रतिलिपि अधिकार दिवस प्रस्ताव र स्वीकृत गरेको हो ।

आजको दिन त्रीपक्षीय रुपमा दायित्व वोध गर्दै मनाईन्छ, प्रकाशक, विक्रीकर्ता र पुस्तकालयहरु । यिनै तिन पक्षहरुनै मुलभुत रुपमा पुस्ततक र पाठक विचका सेतुहरु हुन् । आजको दिन पठन, देखन अनि प्रतिलिपि को अधिकार र सिमाका वारेमा विश्वभरिनै जानकारी गराईन्छ । पुस्तकहरु मानिसका अनन्य मित्रहरु हुन्, पढ्ने चलन नघटोस । पुस्तकालय अगाडीको पाठकको सख्याँ नघटोस अनि लेख्नेलाई लेखेर खान सक्ने र चिनिन सकिने वातावरण श्रृजना होस् ।

सुन्नेलाई सुनको माला, पढ्नेलाई फुलको माला
प्रतिलिपि अधिकार र पुस्तक दिवसको विश्वलाई शुभकामना

---
हाम्रो पात्रोको लागि सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.