World Leprosy Day | विश्व कुष्ठरोग दिवस | २०७७ माघ १८ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jan/Feb 2021
    २०७७ माघ
    १८
    आइतवार
    Jan 31, 2021
    माघ कृष्ण तृतिया
    विश्व कुष्ठरोग दिवस ( World Leprosy Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    विश्व कुष्ठरोग दिवस





    अब कुष्ठरोग मुक्त नेपाल
    कुष्ठरोग दिवस

    सुन सुन दिदी–बहिनी
    सुन दाजुभाई
    देउता लाग्या नठान है, कुष्ठरोगलाई
    कुष्ठरोग लागेपछि लुकाउनु चाहिँ हुन्न
    निको हुन्छ ओखतीले, भाकलले छुन्न
    नबिराई गरेपछि ओखती मूलो
    कुष्ठरोग भन्ने कुरो अब छैन ठूलो, ल है

    कुष्ठरोगका अनेकन सामाजिक आयाम हुन्छ भन्ने माथिको पंक्तिले स्पष्ट पार्छ । रेडियो नेपाल र नेपाल टिभीबाट महसञ्चारले उत्पादन गरेको यो भिडियो-अडियो सुनेर हुर्किएको पुस्ता र भोगेको पुस्ता अझै पनि छौं ।

    ‘पापको घडा भरिए’पछि कुष्ठरोग लाग्ने र यो रोग लागेकाहरु अक्षम्य पापी हुन् भन्ने जस्ता अनेकन अपमानजनक भ्रम समाजमा व्याप्त छ । समाजका अन्तर–कुन्तरमा यो ‘महापाप’ भन्ने जस्ता परम्परागत मान्यता छन् ।

    मध्यकालमा लेखिएका केही पौराणिक कथा–किंवदन्ती र स्मृतिहरुका आधारमा भ्रमजन्य मान्यता समाजमा प¥यो । शदियौंदेखि नेपाली समाजमा कुष्ठरोगलाई श्राप र पापका रुपमा लियो । कुष्ठ रोगीहरुलाई बारीको कुनामा बाँधेर राखिएको घटनाहरु पनि हामीले सुन्यौ । कुष्ठरोगले शरीरका भागहरु फतक्क गलेपछि शरीर कुहिएर प्राण त्याग्नेहरुको विभत्स दृश्य देख्यौ । त्यस्ता कथाहरु अझै पनि समाजमा सुनिन्छन् ।

    कुष्ठरोगको त्यो पीडापछि नेपाली समाजले त्यो रोगलाई असमान्य रुपमा हेरेको हो । अथवा, अझै पनि पुराना पुस्ताका मानिसहरु कुष्ठरोगलाई श्रापका रुपमा नै हेर्छन् । उतिबेला यो रोगको औषधि–उपचार हुँदैनथ्यो । अब त नियमित औषधि प्रयोगबाट यो रोग निको पार्न सकिन्छ ।

    कुष्ठरोग मानव जातीमा हजारौँ वर्ष पहिलेदेखि देखापरेको संक्रमण हो । यो रोगको अङ्ग्रेजी नाम ल्याटिन शब्द ‘लेप्रो’ को विकसित रुप हो । त्यही भएर यसलाई ‘ल्याप्रोसी’ भनिन्छ । नर्वेका डाक्टर÷वैज्ञानिक गेरहार्ड हेनरीक अर्मर ह्यान्सनले सन् १८७३ मा कुष्ठरोगको किटाणु पत्ता लगाएका थिए । त्यहीकारण यो रोगलाई कतिपय मुलुकमा ‘ह्यान्सन्स् डिजिज’ पनि भनिन्छ ।

    यो अन्य रोग जस्तो खतरनाक सरुवा रोग नभए पनि यसबाट मानिसका शरीरमा उत्पन्न हुने असमान्य अवस्थाका कारण पराम्परागत रुपमा रोगलाई पूर्व जन्मको पापका रुपमा लिने गरिन्थ्यो । यो रोगप्रति नकारात्मक सोचाई कारण रोगीहरु सामाजिक बहिस्कारमा पर्ने गरेका थिए ।

    पछिल्ला दिनमा कुष्ठ रोगीहरु प्रति हुने गरेको भेदभावमा कमी आए पनि यस्तो भेदभाव पूर्ण रुपमा अन्त्य हुन सकेको छैन । तर जनचेतनाकै विस्तारसँगै मानिसहरुमा विद्यमान त्यस्तो धारणा भने हट्दै जान थालेको पाइन्छ । त्यही भएर समाजको दृष्टिकोण परिवर्तन नगरी यस रोगकाविरुद्ध प्रभावकारी अभियान संचालन गर्न नसकिने बुझाई पनि छ । त्यहीकारण कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकता सञ्चालन गर्ने सरकारी नीति पनि छ ।

    आज ६८ औँ विश्व कुष्ठरोग दिवस कार्यक्रम गरी मनाइँदैछ । ‘कुष्ठरोगीसँग भेदभाव नगरौँ’, ‘कुष्ठरोगीलाई माया गरौँ’, ‘कुष्ठरोगी प्रति हुने भेदभाव अन्त्य गरौँ’ भन्ने जस्ता नारा लेखिएका प्लेकार्डहरु लिएर ¥याली प्रदर्शन गरिँदैछ । यस्ता कार्यक्रमले कुष्ठरोगसम्बन्धी भ्रमजन्य परम्परागत मान्यता तोड्न यो दिवसले पनि महत्वपूर्ण काम गर्छ । अझ नयाँ पुस्ताले कुरीतिजन्य सवालका मामलामा प्रतिवाद गर्नुपर्छ । सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ ।

    कुष्ठरोगविरुद्ध सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले देशका ग्रामीण क्षेत्रमा पनि ¥याली तथा अन्य कार्यक्रमहरु आयोजना गरिँदैछ । स्कूलहरुमा हाजिरी–जवाफ, वक्तृत्वकला, निबन्ध लेखन जस्ता प्रतियोगितात्मक क्रियाकलापहरु गरिन्छन् ।

    कुष्ठरोग प्रभावितहरूप्रति जागरुकता देखाउने उद्देश्य अनुसार सन् १९५४ देखि विश्वभरबाट यो रोगविरुद्ध मनाउन जनवरी ३० तारिखमा थालिएको हो । यद्यपि यो वर्षको कोभिड–१९ जोखिमका कारणले चाहिँ यस्ता कार्यक्रम, ¥यालीहरु र भेला चाँची भर्चुअल्ली नै हुने देखिएको छ ।
    यो एक प्रकारको जीर्ण संक्रमण हो । यो रोग ‘माइकोब्याक्टेरियम लेप्रे’ र ‘माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस’ जीवाणु ‘ब्याक्टेरिया’को संक्रमणको कारणले लाग्छ । संक्रमणको सुरुवातमा कुनै लक्षण देखा नपर्न पनि सक्छ । कतिपय संक्रमित व्यक्तिहरुलाई पाँचदेखि २० वर्षसम्म पनि खासै प्रभाव देखिँदैन ।

    कुष्ठरोग ‘पौसिबेसिलरी’ र ‘मल्टिबेसिलरी’ अथवा सर्ने र नसर्ने गरी दुई किसिमको हुन्छ । त्यही भएर कतिपय प्रभावित मानिसहरुले चेतनाको अभावमा उपचारमा हेलचेक्यार्इँ गर्दा विरामीको अवस्था नाजुक भई मृत्यु समेत हुने गरेको पाइन्छ ।

    कुष्ठरोगका यी दुईवटा प्रकारलाई शरीरमा कति वटा वास्तविक रङ गुमेको अथवा शरीरमा स्पर्श शक्ति हराएमा वा फुस्रो दाग छ भन्ने आधारमा छुट्याइन्छ । पौसिबेसिलरीमा पाँच वा सो भन्दा कम धब्बा दागहरु हुन्छन् भने ‘मल्टिबेसिलरी’मा पाँच वटाभन्दा बढी हुन्छ । कुष्ठरोग सास फेर्दा, बोल्दा, हाच्छिऊँ गर्दा वा खोक्दा निस्कने मसिना कणहरु वा थोपाहरूको माध्यमबाट सर्छ भन्ने विश्वास छ । तर यो रोग त्यति धेरै संक्रामक मानिंदैन ।
    नेपाल कुष्ठरोग मुक्त मुलुक घोषणा भइसके पनि यस प्रकारका रोगको लक्षण देखिएका मानिसहरुले सामाजिक तथा पारिवारिक ग्लानी महसूस गरी उपचार प्रक्रियामा सहभागी नभएका उदाहरणहरु प्रशस्तै भेटिन्छन् । त्यही भएर बेला–बेलामा कुष्ठरोग संक्रमित व्यक्तिहरु देखा पर्दै आइरहेको पाइन्छ । विशेषगरी तराईका १६ वटा जिल्लाहरुमा अझै पनि कुष्ठरोगीहरु भेटिन्छन् ।

    मानिसमा उपचार गरे निको हुन्छ भन्ने विश्वास दिलाउन अझ प्रभावकारी अभियानहरु संचालन गर्नु आवश्यक देखिन्छ । सामान्यतया कुष्ठरोग लागेको अवस्थामा शरीरमा नचिलाउने खालको सेतो फुस्रो दाग देखापर्ने, हात खुट्टामा छुँदा या चिमट्दा थाहा नहुने तथा शरीरमा कमजोरी महसूस हुँदै जानु कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगलाई पूर्णरुपमा निर्मूल पार्न सरकारले रोगीहरुको स्वास्थ्य उपचार केन्द्रसम्म पहुँच होस् भन्ने मनसायले भत्ताको समेत व्यवस्था गरेको छ ।
    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.