Meen Sankranti/Social Work Day/World Consumer Rights Day | मीन संक्रान्ति/सामाजिक सेवा दिवस/विश्व उपभोक्ता अधिकार दिवस | २०७८ चैत १ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Mar/Apr 2022
    २०७८ चैत

    मंगलवार
    Mar 15, 2022
    फागुन शुक्ल द्वादशी
    मीन संक्रान्ति/सामाजिक सेवा दिवस/विश्व उपभोक्ता अधिकार दिवस ( Meen Sankranti/Social Work Day/World Consumer Rights Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    मीन संक्रान्ति | विश्व सामाजिक सेवा दिवस l विश्व उपभोक्ता अधिकार दिवस




    मीन संक्रान्ति विशेष अडियो सामग्री

    चैत मासे खडेरीमा डढेलोले बनै खायो
    चैत को हुरि जस्तो वतासको पात जस्तो
    चैतला पूर्णेला मेलारी

    यी यस्ता विभिन्न भाषाहरु लगायत नेपाली भाषामा चैत अनि यसको सुख्खापनका वारेमा कालजयी गीतहरु श्रृजना गरिएका छन् । आजको दिनवाट चैत लाग्दैछ, हुरि अनि खडेरीको यो महिनालाई रचयताहरुले मिठो वियोग अनि श्रृगांर रस वाहिरको ख्याख्या परिधीमा राखेका भएता पनि प्रेमालाप अनि सुमधुर मिलनकालागी यो महिना उत्तिकै यादगार छ ।

    चैतको हुरिमा वतासमा पातहरु उडि उडि आँगन अनि बलेसीमा दगुर्छन, त्यसै गरि यो महिनामा मन पनि चलचल हुन्छ । सग्लै एउटा वर्षका ११ महिना बाँचेर आईसकियो, सुख्ख दुख्ख त जिवनका पाटा न भए, साथ सहयोग, सदभाव, विर्सना अनि तिर्सना सँगाल्दै हामी आज यो मीन सक्रान्तीको सघाँरमा आईपुग्यौ है ।

    महिनाको प्रथम दिनलाई सक्रान्तीका रुपमा मनाउने कुरा त हामी सबैलाई थाहा नै छ, आज पनि विभिन्न तिर्थस्थल अनि देवालय लगायत पवित्र नदि तलाऊ आदिमा सूयौदय अगावै स्नान गरेर आँउदो महिना शुभ रहोस भनि याचना गरिन्छ । विशुद्ध सस्कृत अर्थ हेर्ने हो भने सक्रान्ती भन्नाले परिवर्तन या परिवर्तनकारी समय भन्ने जनाँउदछ, उपसर्ग र प्रत्तय विभाजन गरेर हेर्ने हो भने सम र क्रान्ती मिलेर यो सक्रान्ती शब्द बनेको छ जस्को अर्थ पवित्र या धार्मीक परिवर्तन हो । यस अर्थमा हरेक महिनालाई परिवर्तनको घोतकका रुपमा लिईन्छ र वर्षभरिका हरेक सक्रान्तीमा परिवर्तन हुँन्छ । महिना सँगै मौसम, पहिरन, सोच अनि आहार विहारमा पनि परिवर्तन आउने पक्का छ । यसपाला पनि क्रमश परिवर्तन भयो, जाडो अब सकिन थाल्यो अनि न्यानो र गर्मीको प्रवेश भयो । त्यसैकारणले त अब जाडोका लुगाहरुलाई धोईधाई गरेर थन्काउने दिन पनि आए त , कि कसो ?

    आजको दिन सूर्य कुम्भ या त मेष राशीवाट मीन राशीमा प्रवेश गर्दछ । हरेक महिनाको शुरुवात सूर्यलाई पूजन गरेर मात्र गर्ने चलन ले यो संसारमा सूर्यको महत्व माथी प्रकाश पार्दछ । आखिर यस ग्रहका सम्पूर्ण तत्वहरुका श्रोत सूर्य नै त हुन् । तसर्थ सूर्यवाट जिवनमा सकारात्मक प्रभाव अनि आशाकम सञ्चारका लागी आज सबैजनाले आशिष अनि सदभावको अपेक्षा राख्दछन् । दिनदुखीलाई सहयोग अनि दान दक्षिणा गर्ने चलन पनि आज छ ।


    चैतलाई मेला को महिनाका रुपमा पनि लिईन्छ, चैत वाट शुरु भएको मेलालाग्ने लहर बैशाख जेष्ठ हुँदै लगभग वर्षै भरि लाग्दछ । भर्खर काटिएका गहुँका खेतमा वाँकी गहुँका छ्वालीहरु माथी मेला लाग्दछन् । विभिन्न परिकार जस्तै पकौडा, जिलेबी अनि खेलहरु जस्तै कौडा, लगुंरवूर्जा, रिंग, पिगं अनि चिठ्ठाहरुको मौसम पनि हो यो चैत ।


    सुख्खायाम भएकाले यो महिना अलिक धेरै ख्याल राख्न जरुरी छ, चैत डढेलोको महिना पनि हो अनि हामीले आगो लाग्ने कुराहरु अनि घटनाहरुवाट सावधान रहन जरुरी छ है । खेत अनि बारीमा घाँसहरु धेरै छैनन्, वस्तुभाउलाई डालेघाँस या त परालकै सहारामा पाल्न पर्ने महिना पनि हो चैत । जे जस्तो भएपनि बसन्त क्रृतुको संगम यो महिना आफैमा रसिक अनि रोमाञ्चक छ है , चैते दशै लगायत थुप्रै अन्य दिवसहरु यस महिनाले सगाँलेर ल्याएको छ । कोईलीको कुहु कुहु सँगै यस वर्षको चैतले हामी सबैको पोल्टामा खुशी अनि प्रगतीका रगंहरु छाडेर जाने पक्का छ, कि कसो ?

    जय होस् ।

    विश्व सामाजिक सेवा दिवस

    सन् २०२२ को मार्च महिनाको १५ तारिखमा विश्व सामाजिक सेवा दिवस मनाइदैछ । हरेक वर्ष मार्च महिनाको तेस्रो मंगलबार विश्व सामाजिक कार्य दिवस मनाइने चलन छ । यो दिनले सामाजिक कार्यकर्ताहरूको कडा परिश्रम र लगनशीलतालाई मान्यता दिन्छ। यस दिन सामाजिक कार्यमा उत्कृष्ट अभ्यासहरू प्रवर्द्धन गर्दै सामाजिक न्याय, मानव अधिकार र सामाजिक विकासको वकालत गर्दै सामाजिक कार्यकर्ताहरू प्रति को विश्वव्यापी साथ र समर्थन स्थापना गराँउछ ।

    सामाजिक कार्यकर्ताहरूको अन्तर्राष्ट्रिय महासंघ (I.F.S.W.) ले विश्व सामाजिक कार्य दिवसको प्रवर्द्धन गर्दछ। सन् १९८३ देखि, महासंघ, सामाजिक कार्यकर्ताहरूको एक अन्तर्राष्ट्रिय, गैर-सरकारी संगठन, अन्तर्राष्ट्रिय सहयोगलाई सहयोग गर्न र विश्वव्यापी रूपमा सामाजिक कार्यकर्ताहरूको उपलब्धि र योगदानहरूलाई मान्यता दिन अन्य संस्थाहरूसँग मिलेर काम गरेको छ।

    सामाजिक कार्यकर्ताहरूले हाम्रो समुदायमा धेरै भूमिकाहरू सेवा गर्छन्। अझ नेपालको हकमा भन्नुपर्दा त सामाजिक कार्यकर्ताहरु र समाजसेवीहरुको निस्वार्थ सेवाका कारण समाजमा अनेकन रुपान्तरणहरु भएका छन् । चाहे त्यो जीवनजल खानुपर्छ भन्ने सन्देश होस् या खोप लगाउनुपर्दछ भन्ने सन्देश, मातृशिशु स्वास्थ स्वंसेवी देखि हात धुने सन्देश र तरिकाहरु सम्म सामाजिक कार्यकर्ताहरुको नेतृत्व र सहभागितामा हामीले थाहा पाएका हौं ।

    वर्ष २०२२ को सामाजिक सेवा दिवसमा सबैलाई स्वागत छ ।

    "Co-building a New Eco-Social World: Leaving no one behind" अर्थात नयाँ ईको सामाजिक विश्वको सह निर्माण भन्ने नाराका साथ यस वर्षको सामाजिक सेवा दिवस परिकल्पना गरिएको छ ।

    यस वर्षको सामाजिक सेवा दिवसको विषयवस्तुले नयाँ विश्वव्यापी मूल्य, नीति र अभ्यासहरू सिर्जना गर्ने दृष्टिकोण र कार्य योजना प्रस्तुत गर्दछ जसले सबै मानिसहरूको लागि विश्वास र सुरक्षा का साथै समग्र पृथ्वीको नै दिगो बिकासको पैरवी गर्दछ ।

    विश्व उपभोक्ता अधिकार दिवस

    उपभोक्ता अधिकार संरक्षणमा पैरवी गर्ने दिन

    सन् १९६२ को आजकै दिन, अर्थात् मार्च १५ तारिखमा तत्कालीन अमेरिकन राष्ट्रपति जोन अफ केनेडीले अमेरिकी कंग्रेसमा एउटा विशेष सन्देश पठाएका थिए । उक्त सन्देशमा ‘उपभोक्ता अधिकार संरक्षण’का पैरवीका विषय थिए । त्यसै दिनको सम्झनामा हरेक वर्ष मार्च १५ तारिखमा उपभोक्ता अधिकार दिवस मनाइने गरिन्छ ।

    हरेक मान्छे उपभोक्ता हो । क्रय अनि बिक्रय मानव सभ्यताका अपरिहार्य कारोवार हुन् । परापूर्वकालदेखि नै हामीले क्रय–बिक्रय अर्थात् खरिद र बिक्री अनि वस्तु तथा सामानहरूको उपभोग गर्दै आएका छौं । त्यसो त, प्रकृति हाम्रो सबैभन्दा ठूलो उपभोग श्रोत हो । श्वास फेर्ने हावा, पिउने पानी, आकाश, न्यानो घाम, चिसो बतास, मौसमको माधुर्यता आदि सबैभन्दा ठूलो उपभोगका विषय हुन् । जुन विना हाम्रो मानव अस्तित्वको अर्थ हुँदैन । यस्ता प्राकृतिक तत्व मानव धेरै हदसम्म स्वतन्त्र र निःशुल्क उपभोक्ता हो । तर बजारमा पाइने विभिन्न वस्तु तथा सेवाहरूको क्रय अनि बिक्रयसँगै उपभोक्ता अधिकारका मुद्दा अनि तथ्यहरू आउँछन् ।

    शुरुवातकालमा हाट–बजारको प्रचलन थियो । मानिसहरू त्यही हाट–बजारमा सामान अनि सेवा साटासाट गर्दथे । जतिखेर पैसाको प्रचलन थिएन, मानिसहरू एक–अर्काबीच सामान साटासाटबाटै उपभोग गर्थे ।

    धानसँग आलु साट्थे । मकै र कोदो साटासाट हुन्थ्यो । यसरी वस्तु तथा सेवाको विनिमय गरिन्थ्यो । भनाईको तात्पर्य जहाँ आफूसँग भएका सामानको साटो अन्य आफूसँग नभएका सामान विनिमय गरिन्थ्यो । बिस्तारै पैसा अर्थात् मुद्राको चलन आयो । पछिल्ला कालखण्ड त संसार हाम्रो सामु छर्लङ्गै छ ।

    अब त सामान किन्न बजार पनि नगइकन घरबाटै इन्टरनेटबाट हेरेकै भरमा सजिलै मगाउन सकिन्छ । यस्ता युगान्तकारी उपभोग शैलीका परिवर्तनसँगै अवसर र चुनौती दुवै हाम्रा सामु छन् । स्मरणरहोस्, संसारका ४० प्रतिशत बासिन्दाहरू अनलाइन माध्यमहरूमा संलग्न रहेको विश्वब्यापी अध्यनहरूले देखाएको छ । नेपालमा भने अझै पनि भरपर्दो ‘अनलाइन पेमेन्ट गेटवे’हरू सबैसमक्ष परिचित छैनन् । तर बिस्तारै अनलाइन बजार नेपालमा पनि बढ्दो क्रममा छ ।

    सन् २०२२ को विश्व उपभोक्ता अधिकार दिवसको नारा नै "Fair Digital Finance" हो । समान र पारदर्शि डिजीटल फाइनान्सको पैरवी गर्दै यस वर्षको उपभोक्ता अधिकार दिवस मनाइदैछ ।

    नेपालमा पनि यसैवर्ष डिजीटल मुद्धा्रहरुमा लगानीमा लगाइएको रोक, अनलाइन पेमेन्ट सिस्टमहरुमा लगाइएको कारोबारहरुको सिमा लगायत अन्य थुप्रै कुराहरुका विषयमा आज चर्चा गरिनेछ ।

    आजको विश्व बजारमा उपभोक्ताहरू ठगिन सक्ने, अखाद्य वस्तु मारमा पर्न सक्ने जस्ता प्रशस्तै खाडल देखिएको छ । आजको दिन यसै विषयमा छलफल गर्दै एउटा ‘फेयर ट्रेड’ अर्थात् स्वच्छ–स्वस्थ र पारदर्शी व्यवसायको पैरवी गरिन्छ । दुधमा पानी, घिऊमा वनस्पति घिऊ, मिनरल वाटरमा कोलिफर्म, मरिचमा मेवाका सुकेका दाना मिसिन्छन् र उपभोक्ता पीडित बन्न पुग्छन् । अनि शिक्षा जस्तो महत्वपूर्ण विषयमा अनेकन अनुचित शुल्क जोडिन्छ । खाद्य पदार्थमा चर्काे मूल्य असुलिन्छ, अनि गुणस्तरहीन सामानको मारमा उपभोक्ता पर्छन् ।

    सेवा ठानिने स्वास्थ्य उपचारमा विरामीहरू अझ रोगी बनाउने गरी मूल्य असुलिन्छ । नेपालमा उपभोक्ता अधिकारका विषयमा बेलाबखत बहस हुन्छ, तर हामी चरम उपभोक्ता अधिकार हननका मार खेपिरहनेमा पर्छाै । नेपालजस्तो विकासोन्मुख देशमा उपभोक्ता अधिकारका सवालमा खिल्ली उडाइन्छ भने उपभोक्ता अधिकारका त के कुरा ? पैसा तिर्छु भनेर सैयौ घन्टा लाइनमा उभिँदा समेत इन्धन लगायत अत्यावश्यक सामान नपाउनु हामी नेपालीको दिनचर्या नै भइसक्यो । औषधी नपाएर मृत्यु शैयाका विरामीहरू छटपटिएकादेखि स्वास्थ्यकर्मीको आन्दोलनका कारण पोलियो थोपा कार्यक्रम नै देशब्यापी रूपमा प्रभावित भएका दृश्यले नेपाली अवस्था छर्लङ्गै पारेकै छ । संसारभरि तेलको भाउ स्वात्तै घटेका बेला पनि हामी नेपालीहरू संसारकै गरिब मुलुकमध्ये परेर पनि संसारभरिकै महँगो मूल्यमा तेल खरिद गर्न वाध्य छौं, त्यो पनि घन्टौ लाइनमा बसेर । आजको दिन सरकार अनि समुदाय, नेपाली उपभोक्ताको यो हविगतप्रति संवेदनशील हुन जरुरी छ ।

    दूधमा कोलिफर्म, पुष्टकारीका कथा, सार्वजनिक यातायातका मनपरी भाँडा, स्कूलै पिच्छेको फरक चर्को शुल्क, अस्पतालका हृदय विदारक घटना अनि शुल्कका फेहरिस्तले उपभोक्ता अधिकारप्रति उदासीन नेपाली सरकार र नेपाली औसत जनमानसको कारुणिक अवस्थाको बयान गर्छ । विदेश जाने नेपाली दाजुभाईहरूलाई यहाँका कम्पनीले अनि विदेश पुगेपछि पनि ठगिने हविगतका साथै दिनहुँजसो काठका बाकसमा फर्केका निमुखा नेपालीहरूको दर्दनाक कथाले पनि वैदेशिक कामदारहरूको अधिकार र उनीहरूले एउटा वैदेशिक कामदार भएर जान चाहँदा सहजीकरणका लागि बसेका कम्पनीहरूको उनीहरूप्रतिको जवाफदेहिता र दिएको सेवाको जिम्मेवारीपनाको ब्याख्या गर्दछ ।

    कहिले काहीँ मिठाइमा अखाद्य रंगदेखि फोहोरसम्म विषय आएपछि एकाध पटक छापा मारिएका घटना छन् । गुलियो मिठाइमा अखाद्य बस्तु मिसावटले स्वास्थ्यमाथि कुन हदसम्म हेल्चेक्र्याई हुन्छ भन्ने देखाउँछ ।

    त्यसमाथि हामी उपभोग्य वस्तुको गुणस्तरका विषयमा जति संवेदनशील हुनुपर्छ, त्यति गम्भीर छैनौ । उपभोग्य बस्तुबाट मर्कामा परेमा कानूनी उपचार खोज्ने प्रचलन पनि बसेको छैन । उपभोक्ता ठग्नेहरूलाई दण्ड–जरिवाना हुन्छ भन्ने तथ्य समाजमा स्थापित हुन सकेको छैन । उपभोक्ताको संरक्षणसम्बन्धी मुलुकमा प्रशस्त कानूनहरू पनि छन् ।

    अर्कोतर्फ हरेक बिक्रेता क्रेता हो, अनि हरेक क्रेता बिक्रेता हो । हामीहरू कतै आफ्नो समय या सीप बेच्दछौ भने कतै आएको रकमले बस्तु अनि सेवा क्रय गरेर क्रेता बन्न पुग्छौ । यो उपभोक्ताको वृत्त हो । क्रय र बिक्रय दुवैमा पारदर्शिता जरुरी छ ।

    किनेको सामानको या सेवाको चित्तपर्दो मूल्य र गुणस्तर नलागे विरोध गर्न नहिच्किचाऔ । कुनै वस्तु एवं सेवा खरिदपछि बिल माग्न नभुलौ । केही समस्या परेमा गुनासाहरू सरकारी संयन्त्र या सम्बन्धित जिल्ला विकास कार्यलय या खाद्य गुणस्तर कार्यलयमा गरौं ।

    विहान उठेर दाँत माँझ्ने ब्रस र पेस्टदेखि लगाएका लुगा, चढेका गाडी अनि हाल्ने इन्धनसम्म अधिकांश विदेशी उत्पादन प्रयोग गर्ने नेपाली भूमिमा स्वदेशी उत्पादन अनि ब्यवसाय र उत्पादनमुखी अर्थतन्त्रको वकालत गर्दै दिगो विकासमा टेवा पु¥याउने संयन्त्रको परिकल्पना साकार होस् ।

    हरेक उपभोक्ताहरूलाई शुभकामना

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.