आउँदा दिनहरु
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस १५ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती १७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १९ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी २८ दिन पछि
-
९साउनसोम प्रदोष व्रत २९ दिन पछि
-
१०साउनगथांमुगः चःह्रे ३० दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ३२ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ३३ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ३५ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ३७ दिन पछि
-
१८साउनकल्की जयन्ती ३८ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ३९ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ४३ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ४४ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ४६ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ४८ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ५२ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ५८ दिन पछि
-
८भदौप्रदोष व्रत ५९ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ६३ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ६६ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत ६७ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी ६८ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ ६९ दिन पछि
-
१९भदौराधा जन्मोत्सव ७० दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ७१ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत ७२ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस ७३ दिन पछि
-
२३भदौ
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- Chaturmaas Wrata Aarambha/Harishayani Ekadashi Vrata
- जन्म लग्न र फल
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas
- दही चिउरा खाने दिन / राष्ट्रिय धान दिवस
- Pradosh Vrat/International Day against Drug Abuse and Illicit Trafficking
- Yogini Ekadashi
- चतुर्मास व्रत आरम्भ / हरिशयनी एकादशी
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- Mithun Shankranti/World Elder Abuse Awareness Day
- World Day to Combat Desertification and Drought
- विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?
भदौ कृष्ण औंसी
कुशे औँसी | बुबाको मुख हेर्ने दिन | मोतीराम जन्मजयन्ती | गुंला पर्व समाप्ति

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।
अर्थात्ः नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरूले महत्वका साथ हेर्दछन् ।
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक महत्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ । वैज्ञानिक भाषामा भ्चबनचयकतष्क अथलयकगचयष्मभक भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधी पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्ययनरत शिष्यशिष्याहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो । यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्थ्यो, उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति हो ।
आज औँशी अर्थात चन्द्रविनाको चूक झैँ अँध्यारो रात, आजको दिन बिहानै कुशलाई घरमा भित्र्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । हिन्दू धर्मको दैनिकी र संस्कारहरू अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननी हुन् । आधुनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि सनातन संस्कार र व्यवहारिक पक्षलाई घनीभूत आत्मसात् गर्न थालेका छन् ।
एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठी कुशलाई विकीरणमाँझमा राख्दा कुशले सम्पूर्ण विकीरण आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहाीिक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिक रुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औँठी र अन्य सांस्कृतिक प्रयोगमा एकपछि अर्काे पिढीले हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ । दाहिने हातको औँलामा कुशलाई आँंैठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकीरणहरू निस्तेज गर्ने विश्वास र विज्ञानतः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्छन् ।
मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन् ।
बुवाको मुख हेर्ने दिन विशेष भिडियो
कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ । बिहान उदाएका सूर्य अस्ताउने रीत छ । यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।
चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुबाको हात समातेर तोती बोली बोल्दै लरबरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले ब्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगतका देख्न सकिने भगवान हुन् । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ ।
‘यी छोराछोरी बढ्लान् । कमाई गर्लान् र दूधभात देलान् मलाई’ भनेर हरेक आमा–बाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन् । सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आशा हुन्छ ।
एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुबा–आमा बन्ने अभ्यासमै बित्छ । कर्तब्यको यो जीवन स्वरुपमा बुबा–आमाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन । लगाएको लुगामै पनि दिशा–पिशाप गरिदिन्छ । ती सबै फोहोरहरूलाई सफा गर्दै बुबा–आमाले छोराछोरीहरूलाई नुहाईधुवाई पुनः सफा कपडा लगाइदिन्छन् । त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुबा–आमाको ख्याल राख्छ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो माता–पिताप्रतिको जिम्मेवारी हामीले उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ ।
कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिकपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।
हरेक धर्ममा आ–आफ्नै चलन छ, तर चलन जेसुकै भएपनि बुबाप्रतिको आदर, सत्कार र सामीप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुबाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरूका शिवाय अरु केही पनि हैनौँ । हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरू हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ । ती सपना र सम्भावनाका प्रदायक, जीवन श्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुबाहरूलाई समर्पण–स्मृति ।
बढ्दो आधुनिकतासँगै बुबा आमाहरूलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को–फर्को मान्ने चलन बढेर गइरहेका छन् । अनि बुबालाई हेला गर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन । हामी पनि एकदिन बुबा या आमा हुन्छौँ । तसर्थ, हामीले जे गर्छाैं त्यही नै आफ्ना भावी सन्ततिबाट पछि प्राप्त गर्दछौं । आउँदा पुस्तामा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पूरा गर्नुपर्ने महत्व र आवश्यकता झन् बढ्दै गएको छ ।
बुबाको माया गर्न धर्मले पक्कै बाँधेको छैन । समयले छेकेको छैन । अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन । हिउँको कठ्यांग्रिदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा–हुरी बतासमा हुनुहुन्छ, मरुभूमिको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरूसँग पैँठेजोरी खेल्दै हुनुहुन्छ भने जन्म दिने बुबालाई एकफेर खुशीसाथ स्मरण गरौँ । उहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलाई जानकारी दिउँ र एकफेर बाल्यकालका यादहरू सम्झेर मुस्काऔँ न, हुँदैन र ?
सामाजिकीकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुबा–आमा बन्न सकौँ । सबैलाई शुभेच्छा ।
–––––––––
मोतीराम जन्मजयन्ती
कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कति मर्न लागे कति डर्न लागे
कुशे औँसी त नेपाली जीनशैलीमा धेरै नै महत्व बोकेको चाड हो । एकातर्फ कुश भित्र्याउने चटारो भने बुबाको मुख हेर्ने चटारे अर्कातिर रहन्छ नै । यसै चटारोकाबीचमा आजको दिन नेपाली साहित्य नक्षत्रका युगकवि मोतीराम भट्टको जन्मजयन्ती पनि हो । माथिको श्रृङ्गार रस मोतीराम भट्टको सृजनाबाट प्रस्तुत गर्यौं ।
कुमाऊगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा उनको जन्म भएको थियो ।
दरबार हाइस्कूलमा गनिएका राणा खानदानकाबीच शिक्षा लिने अवसर प्राप्त गर्ने थोरै नेपालीमध्ये एक मोतीराम ६ वर्षकै कलिलो उमेरमा स–परिवार भारतको बनारसतर्फ लागेका थिए । प्रवास बसाईंको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्ययन गरेको पाइन्छ । जसको फलस्वरूप् केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए । नेपाली साहित्यिक कौशलतालाई मलजल गर्न र यसको विकासका लागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवि भानुभक्तसँगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो । साहित्यिक अग्रतामात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छः
अचल झण्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपूको मन थर्कोस् थरथर गरी छण घरीमा
यवन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत् यो नेपालको मुलुक बचि कञ्चन रहि गयो।
आदिकवि भानुभक्त आचार्य र मोतीराम भट्ट एकअर्काका पर्यायवाची मानिन्छन् । साथीको विवाहमा भानुभक्तको केही फुटकर कविताहरू सुनेको मोतीरामले त्यस्पश्चात् भानुभक्तका कृतिहरूलाई जनमानसमा उजागर गर्न अथक प्रयास गरेको पाइन्छ । भानुभक्तका फुटकर कविताहरू र अन्य कृतिकाबारेमा मोतीरामले अध्ययन, उत्खनन् गरी नेपाली समाजमा उजागर नगरेको भए सायद आज भानुभक्तका सबै कृतिहरू हामीमाँझ हुने थिएनन् । भानुभक्तको जीवनी पनि मोतीरामले नै लेखेका हुन् ।
नेपाली भाषाको पहिलो मासिक पत्रिका गोरखा भारत जीवनलाई बनारसमै रहेर व्यवस्थापन तथा प्रकाशनको श्रेय उनै मोतीराम भट्टलाई जान्छ । नेपाली साहित्यिक भीडका अद्वितीय तथा आफ्नो नाम जस्तै अत्यन्तै चम्किला मोतीरामका कृतिहरू मनोवेग प्रवाह, गजेन्द्रमोक्ष, प्रल्हाद भक्तिकथा लगायतका आज पनि उपयोगी र महत्वपूर्ण छन् । उनका नाटकहरू शकुन्तला, प्रियःदर्शिका र पद्मावतीको चर्चा बेला–बेला अग्रज साहित्यकारहरूले अत्यन्तै सम्मानका साथ गरिरहन्छन् । मित्र देवशमशेर जंगबहादुर राणाको अनुरोधमा शारदाको नाट्य निर्देशन गरी प्रधानमन्त्री वीरशमशेरको दरबारमा मञ्चन समेत गरिएको थियो । त्यसपश्चात् कहीँ–कतै शारदालाई मञ्चन गरिएकोबारे त्यति चर्चा पाइँदैन । जाँदा जाँदै हाम्रा अग्रज श्रद्धेय मोतीराम भट्टको यो साहित्यिक भाव केवल यहाँहरूका लागि हाम्रो पात्रोमाः
कहाँ जन्म पाएँ, कहाँ आज आएँ
दुखीमा म पैला भनी चाल पाएँ
हरे कर्म मेरो पनि के रहेछ
विधाता ममाथि बिरानै भएछ
यीजस्ता अह्राई म बस्ने उसोरी
यिनैको हुकुंमा छुँ ऐले कसोरी
विवेक् छैन कत्ती पनी दैवलाई
न मेरै दोष् के भनूँ एसलाई
नेपाली भाषामा गजलको प्रारम्भ यिनै महान मोतीरामले गरेका हुन् । उनका गजलमा प्रेम पाइन्छ, नारी संगत र सामीप्यता पाइन्छ । श्रृंगार रसले भरिएका उनका गजलहरू अत्यन्तै लोभलाग्दा छन् ः
यी सानै उमेर देखि मन हर्न लागे ।
यस्नै सुन्दरीले जुलुम् गर्न लागे ।।
यता हेर्यो यतै मेरा नजरमा राम प्यारा छन् ।
उता हेर्यो उतै मेरा नजरमा राम प्यारा छन् ।।
वर्तमान समयमा गजललाई अध्ययन गर्ने अथवा पछ्याउने पुस्ताले पक्कै पनि उनका श्रृंगार रसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिएकै हुनुपर्छ ।
गुंला पर्व समाप्ति
वर्षाको मादकता यस वर्ष आफ्नो चरमोत्कर्षमा रह्यो । बादलहरू कहिले पागल भएर वर्षीय त कतै कन्जुस भएर । जे होस् जसो होस्, यस वर्षको यस महिना अनि विशेषतः बर्खाको मध्यान्तरपछि आउने गुंला पर्व आज समाप्ति भएको छ ।
नेपालः सम्वत्को यो एघाराँै महिना हो । अनि यस गुंला महिनामा पर्ने गुंला पर्व नेवाः समुदायमा विशेष रुपमा अनि काठमाडौँ उपत्यका लगायत नेवा समुदायको बाहुल्यता भएका अन्य ठाउँमा पनि भव्यताका साथ मनाइयो । नेवाः समुदायका बौद्धमार्गी परिवारमा यस पर्वको उललास अझ बढी आत्मिक अनि चिन्तनगत रुपमा रहेको पाइन्छ । भगवान बुद्ध अनि उहाँका अनुयायीहरू दिव्य प्रवचन अनि ज्ञानको प्रचारमा जाँदा बर्खाका समयमा यात्रा नगरी एकै ठाउँमा बस्ने भएकाले यस पर्वलाई वर्खा अनि ज्ञानको एउटा संगम पनि मानिने गरिन्छ । विशेषगरी नेवार समुदायले मनाउने गुंला पर्वमा बिहान स्वयम्भू भगवानको दर्शन गर्न जाने परम्परा रहिआएको छ । यो वर्ष पनि यो कार्य भक्तालुहरूले नियमित रुपमा गरिरहे ।
आज काठमाडौं उपत्यकाका चोक चौराहहरूमा विशेष गुंला संगीतको श्रवण गरेर सुरु भएको यस पर्वले विभिन्न गुम्बा, मन्दिर अनि आध्यात्मिकस्थलमा भक्तजनको आवागमन निक्कै वृद्धि गरायो । । बहीद्यः स्वःवनेगु नेवाः संस्कृतिको अनन्य पाटो हो, जहाँ अघिअघि बाजा अनि संगीत अनि पछि–पछि भक्तजनहरू हुन्छन् । द्यः थायेगु आजको विशेष गतिविधि हुन्छ । कालो माटोलाई प्रयोग गरेर कालो काँचो माटोले ससाना स्तुपा बनाउने चलन यस महिना कायमै रह्यो । काठमाडौं र ललितपुरमा पन्जारा अर्थात् बुद्ध लगायत अन्य साधु सन्तको प्रतिमा अनि भगवानको प्रतिनिधित्व गर्ने खटलाई शहरमा घुमाउने अनि चामल लगायतका बस्तु जम्मा गर्ने र बौद्धमार्ग एउटा सन्तुलनको वकालत गर्ने दर्शन हो, जहाँ दान अनि शान्ति लगायत आत्मिक चिन्तनलाई धेरै महत्व दिने गरिन्छ ।
दिपनंकर बुद्ध अनि पौवका प्रतिमाहरूको यस दिनमा विशेष पूजा गरिन्छ । हुन त, गुंला एक दिनको मात्र चाड त होइन, यो चाडलाई चन्द्रमानका विभिन्न तिथिमा विभिन्न प्रकारले मनाइयो । बर्खाको अन्त्यसँगै आउने खुला आकाश अनि सफा बादलका टुक्राहरूमा आ–आफ्ना दिनचर्याका खाकाँ गज्जबले कोरौँ, सबैलाई शुभकामना ।
––
हाम्रो पात्रोका लागि सुयोग ढकालद्वारा तयार पारिएको आलेख
आउँदा दिनहरु
-
१२असार
-
१५असारदहीचिउरा खाने दिन / राष्ट्रिय धान दिवस ३ दिन पछि
-
१८असार
-
२६असार
-
२७असारसोम प्रदोष व्रत/विश्व जनसंख्या दिवस १५ दिन पछि
-
२९असारगुरु पूर्णिमा/भानु जयन्ती/व्यासजयन्ती १७ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस १९ दिन पछि
-
१साउन
-
८साउनकामिका एकादशी २८ दिन पछि
-
९साउनसोम प्रदोष व्रत २९ दिन पछि
-
१०साउनगथांमुगः चःह्रे ३० दिन पछि
-
१२साउनविश्व हेपाटाइटिस दिवस ३२ दिन पछि
-
१३साउनगुंलापर्व आरम्भ/विश्व बाघ दिवस ३३ दिन पछि
-
१४साउन
-
१५साउनखीर खाने दिन/वराह जयन्ती ३५ दिन पछि
-
१७साउननाग पञ्चमी व्रत ३७ दिन पछि
-
१८साउनकल्की जयन्ती ३८ दिन पछि
-
१९साउनतुलसीदास जयन्ती ३९ दिन पछि
-
२३साउनपुत्रदा एकादशी व्रत ४३ दिन पछि
-
२४साउनप्रदोष व्रत/अन्तर्राष्ट्रिय आदिवासी दिवस ४४ दिन पछि
-
२६साउनपूर्णिमा व्रत ४६ दिन पछि
-
२७साउन
-
२८साउनरोपाईं जात्रा ४८ दिन पछि
-
१भदौसिंह संक्रान्ति/वल्के पर्व ५२ दिन पछि
-
३भदौ
-
७भदौअजा एकादशी व्रत ५८ दिन पछि
-
८भदौप्रदोष व्रत ५९ दिन पछि
-
११भदौ
-
१२भदौगुंला पर्व समाप्ति ६३ दिन पछि
-
१३भदौ
-
१४भदौ
-
१५भदौगणेश चतुर्थी व्रत/राष्ट्रिय धर्मसभा दिवस ६६ दिन पछि
-
१६भदौऋषिपञ्चमी व्रत ६७ दिन पछि
-
१७भदौसुर्यषष्ठी/गौरा सप्तमी ६८ दिन पछि
-
१८भदौगौरा पर्व/दुर्वाष्टमी/महालक्ष्मी व्रतआरम्भ ६९ दिन पछि
-
१९भदौराधा जन्मोत्सव ७० दिन पछि
-
२०भदौअन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ७१ दिन पछि
-
२१भदौहरिपरिवर्तिनी एकादशी व्रत ७२ दिन पछि
-
२२भदौवामन द्वादशी व्रत/निजामती सेवा दिवस ७३ दिन पछि
-
२३भदौ
ज्योतिषहरू
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, ...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय ...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- प्रदोष व्रत/अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस
- द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- Chaturmaas Wrata Aarambha/Harishayani Ekadashi Vrata
- जन्म लग्न र फल
- Dahi chiura Khane Din/ Rashtriya Dhan Diwas
- दही चिउरा खाने दिन / राष्ट्रिय धान दिवस
- Pradosh Vrat/International Day against Drug Abuse and Illicit Trafficking
- Yogini Ekadashi
- चतुर्मास व्रत आरम्भ / हरिशयनी एकादशी
- शुक्र ग्रहको पौराणिक कथा
- शनि ग्रहको पौराणिक कथा
- Mithun Shankranti/World Elder Abuse Awareness Day
- World Day to Combat Desertification and Drought
- विश्व मरुभूमीकरण र खडेरी विरुद्ध संघर्ष दिवस
- वृहस्पति ग्रहको पौराणिक कथा
- दिप बालेको छु
- अभागी रहेछु
- चन्द्र ग्रहको पौराणिक कथा
- मंगल र बुध ग्रहको पौराणिक कथा
- कबड्डी ४ टिमको शहर यात्रा
- सूर्य ग्रह परिचय
- कलेजो खराब भएमा यी ७ लक्षणहरु देखिन सक्छन्
- "लाइफ इन एल ए" यो शुक्रवारदेखि प्रदर्शन हुने
- सूर्य ग्रहको पौराणिक कथा
- चुनाव बाट
- प्रेम
- नवग्रह परिचय
- नयाँ वर्षको विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- नवग्रह प्रार्थना
- आमाको मुख हेर्ने दिनमा आमालाई के उपहार दिने ?
- तिम्रो यादमा
- आमा
- Hamro Patro “आमालाई उपहार” Tik Tok Challenge
- प्रेम पत्र
- ज्वानोको फाइदा
- सवारी दुर्घटना
- पारिजातको कोठाको फुल
- चलचित्र “प्रेमगन्ज”को टिजर सार्वजनिक
- पुष्करलालको ‘नेपाल किन बनेन ?’ सार्वजनिक
- २०७८ लाई फर्केर हेर्दा
- वार्षिक राशिफल २०७९
- नव वर्ष
- टाइफाइड रोगबाट बचाउन खोप अभियान
- उच्च रक्तचाप भएकाले खान नहुने कुराहरु
- स्वस्थ मुटुका ५ रहस्यहरू
- अर्थ हिन जिन्दगी
- सम्झेको छु
- वसन्त
- पीडा हुँदो रैछ
- चुनाव आयो
- ड्राइ फ्रुट्स र यसका फाइदाहरू
- बसन्त ऋतु
- एक दिन
- Why do we need enough sleep ?
- What is Anxiety Disorder ? Know the symptoms
- ‘चिसो एस्ट्रे’ कस्तो ? सेलिब्रेटीले भने,‘हलिउड फिल्म हेरे जस्तो’
- तिमी आउने आशमा
- मिठो छ
- प्यारी आमा
- आमा हजुर बिना
- पर्याप्त निन्द्रा किन आवश्यक छ ?

Liked by: