Bhaumashtami Wrata/Shitalashtami Wrata/World Autism Awareness Day/SEE 2080-Compulsory Science and Technology | भौमाष्टमी व्रत/शीतलाष्टमी व्रत/विश्व अटिजम जागरुकता दिवस/SEE २०८०-अनिवार्य विज्ञान तथा प्रविधि | २०८० चैत २० | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Mar/Apr 2024
    २०८० चैत
    २०
    मंगलवार
    Apr 02, 2024
    चैत कृष्ण अष्टमी
    भौमाष्टमी व्रत/शीतलाष्टमी व्रत/विश्व अटिजम जागरुकता दिवस/SEE २०८०-अनिवार्य विज्ञान तथा प्रविधि ( Bhaumashtami Wrata/Shitalashtami Wrata/World Autism Awareness Day/SEE 2080-Compulsory Science and Technology )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    भौमाष्टमी व्रत । शीतलाष्टमी व्रत । विश्व अटिजम जागरुकता दिवस । SEE २०८०-अनिवार्य विज्ञान तथा प्रविधि





    भौमाष्टमी व्रत



    मंगलबारको अष्टमीलाई भौमाष्टमी भनिन्छ । यो दिन बिशेष रुपमा पवित्र र उर्जावान दिन हुन्छ ।अष्टमी तिथिमा शक्तिको उपासना गर्नुको फल धेरै हुन्छ । भौमाष्टमीमा विशेष गरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकाली को मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।भौमाष्टमी व्रतमा विशेष गरी मङ्गल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।
    सनातन धर्मका अनुयायीहरुले हरेक चाडलाई आ–आफ्नो तवरले मनाउन र सम्झना गर्न सक्छन् ।

    यस दिनको भोज–भत्तेर भन्दा पर बसेर अध्यात्मिक फलका लागि व्रत लिने चलन पनि आफैमा अनुपम छ । भौमाष्टमी व्रतमा विशेषगरी मंगल ग्रहको पूजा तथा ग्रहशान्ति समेत गर्ने गरिन्छ ।

    भौमाष्टमीमा विशेषगरी गोरखकाली भगवतीको पूजा तथा उपासना गर्ने प्रचलन छ । गोरखास्थित भगवती गोरखकालीको मन्दिरमा आज दर्शनार्थीहरुको विशेष पूजाका उपस्थिति रहने गर्दछ ।

    अन्य व्रतहरुमा झैँ बिहानै उठेर स्नान गर्ने, भजन कीर्तन गर्ने, अर्चना गर्ने र पवित्र पुस्तकहरुको अध्ययन गर्ने अनि आत्मसात् गर्ने चलन छ । यस वर्षको भौमष्टमीको सबैलाई शुभकामना छ ।
    शीतलाष्टमी व्रत

    चैत, बैशाख, जेठ र असार महिनामा कृष्णपक्षको अष्टमी तिथिमा शीतला अष्टमीको व्रत पर्छ । प्राकृतिक प्रकोप र रोगव्याधीको प्रभावबाट जोगाउने शीतला भगवतीको आह्वान र उपासना गर्ने शीतलाष्टमी व्रतको आफ्नै महत्व र उपलब्धि छ ।

    लगभग वर्षको ३६५ दिन केही न केही आव्हान र विशेष अर्चना रहने उल्लास रहेको सनातन सभ्यतामा धेरै तिथिहरु विलुप्त हुँदै अनि तिनको महत्व आउँदा पुस्ताले बुझ्न नपाउने गरी हराउँदै गएको छ । नेपालमा सर्वाधिक डाउनलोड गरिएको मोवाइल एप्लीकेशन हाम्रो पात्रोले सनातन सभ्यताका यी दिनहरुलाई प्रविधिका माध्यमबाट परिभाषित गर्दै आएको छ ।

    शीतलाष्टमी व्रतलाई तराई क्षेत्रमा बसौडा र काठमाडौं उपत्यकामा बासेरा पनि भनिन्छ । ग्रीष्मकालमा पर्ने यस व्रतलाई घाउँ–खटिरा र घमौराबाट बच्न विशेष रुपमा उपासना गरिन्छ । यस दिन व्रतालुको घरमा चुलो बल्न हुँदैन भन्ने मान्यता छ । यसअर्थमा एक दिन अगावै प्रसाद र नैवेद्यहरु बनाउने र भोलिपल्ट ती प्रसादहरु शीतला भगवतीलाई चढाउने चलन छ ।

    शीतलाष्टमी व्रतको मन्त्र
    बन्दे, हंशीतलादेवी रासभस्थांदिगम्बराम्।।
    मार्जनीकलशोपेतां सूर्पालंकृतमस्तकाम्।।

    यस मन्त्रको अर्थ हुन्छ, गधाको पिठ्युँमा आसीन, दिगम्बरा, हातमा कुचो, र कलश धारण गर्ने भएकी, टाउकामा नाङ्गलो बोकेकी भगवती शीतलाको म बन्दना गर्दछु ।

    यस व्रतको सबैलाई शुभकामना । आँउदो ग्रीष्मकालमा आफ्नो ख्याल राख्नुहोला ।

    विश्व अटिजम जागरूकता दिवस


    अटिजम जागरूकता दिवस अटिजम स्पेक्ट्रम डिसअर्डर को बारेमा जागरूकता र समझदारी बढाउन र अटिजम भएका व्यक्तिहरूको समावेशीकरण र स्वीकृतिलाई बढावा दिन हरेक वर्ष अप्रिल २ मा मनाइने वार्षिक दिवस हो। संयुक्त राष्ट्र सङ्घको महासभाले अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवसका रूपमा तोक्न सर्वसम्मतिले मतदान गरेपछि पहिलो पटक अटिजम जागरूकता दिवस सन् २००८ मा यो दिवस मनाइएको पाइन्छ ।
    अटिजमको बारेमा सचेतना दिने र त्यस्तो समस्या भएका बालबालिकाको विशेष स्याहारमा जोड दिँदै संयुक्त राष्ट्रसङ्घको आव्हानमा यस वर्ष पनि विश्वभरि यो दिवस मनाइदैछ ।

    अटिजम के हो ?
    अटिजम, वा अटिज्म स्पेक्ट्रम डिसअर्डर एएसडी, एक न्यूरोडेवलपमेन्टल समस्या हो जसले मानिसको सामाजिक अन्तरक्रिया, सञ्चार र व्यवहारलाई असर गर्छ। यो एक स्पेक्ट्रम डिसअर्डर हो जसको लक्षण र विशेषताहरू व्यक्तिहरू पिच्छे फरक फरक वा समान पनि हुनसक्छ ।

    अटिजम सामान्यतया प्रारम्भिक बाल्यकालमा पत्ता लाग्छ यद्यपि यो कहिलेकाहीँ वयस्क जीवनमा पनि पत्ता लागेको पाइन्छ। अटिजमको यति मात्र लक्षण हुन भनेर भन्न सकिने अवस्था नभए पनि सामान्यतया अटिजमका केही

    सामान्य लक्षणहरू यस प्रकार हुन सक्छन्

    -केही सामान्य लक्षणहरू
    -सामाजिक अन्तरक्रिया र कुराकानी गर्न या कुनै पनि प्रकारको सञ्चार समन्वय गर्न कठिनाइ
    -व्यवहार वा दिनचर्या दोहोरिने
    -इन्द्रियहरू र संवेदनशीलता वा संवेदना प्रशोधनमा समस्या
    -एउटा गतिविधि वाट अर्को गतिविधिमा जाँदा वा वातावरण परिवर्तन गरिँदा कठिनाइ अथवा भनौँ कुनै पनि प्रकारको परिवर्तन स्विकार्न गाह्रो हुने
    -कुनै विशेष विषय वा वस्तुहरूमा गहन चासो हुने

    नेपाल अकाडमी अफ साइकोलोजीका अनुसार अटिजम भएका सबैमा यी सबै लक्षणहरू एकमुस्टरुपमा हुन्छन् भन्ने हुँदैन ननै अटिजम सहितका व्यक्तिहरू एक प्रकारका हुन्छन् र यी लक्षणहरू अटिजमको पहिचानमा सहायक सिद्धभएतापनि यी लक्षणहरूकै आधारमा अटिजम भएका व्यक्तिहरूलाई सीमित घेरामा राखी व्याख्या गर्नु उचित हुँदैन। आज न्युरोडाइभरसिटिको अवधारणा विश्वभर गुँजिरहेको अवस्थामा अटिजमलाई समस्याको साटो
    विविधताको रुपमा हेर्न जरुरी भएको छ र अटिजम सहितका व्यक्तिहरूका गुणहरू पहिचान गरी उपयोगमा ल्याउन सके सो व्यक्ति र समाज सबैका निमित्त फाइदाजनक हुन सक्तछ।अटिजमको विषयमा मुख्य बुझ्नु पर्ने कुरा भनेको सही अवसर र मार्गदर्शन पाएमा अधिकांश अटिजम सहितका व्यक्तिहरू सफल जीवन यापन गर्न सक्षम हुन्छन्। संसारमा यस्ता धेरै अटिजम सहितका व्यक्तिहरू छन् जो सामाजिक तथा व्यवसायीकरण आत्मनिर्भर भएर बाँचेका छन्।

    अटिजमको कारण पूर्णतया बुझिएको छैन, तर अनुसन्धानहरू अनुसार आनुवंशिक र वातावरणीय कारक दुवै को भूमिका भएको पाइन्छ । अटिजमको कुनै उपचार छैन, तर प्रारम्भिक उपचारले अटिजम भएका व्यक्तिहरूको लागि जीवनको गुणस्तर सुधार गर्न मद्दत मिल्न सक्छ।अटिजमको लक्षणहरू प्राय जन्म भएको ३ वर्ष भित्रनै बच्चाहरूमा देखिन थाल्ने गर्दछ । स्पेक्ट्रम डीसअर्डरका रूपमा लिइने यो स्वास्थ्य समस्याको खतरा केटी भन्दा केटाहरूमा ४ गुणाले बढी हुने गरेको पाइएको छ । आमा बुवाको उमेर धेरै भएपछि जन्मिएका बच्चाहरूमा अटिजमको खतरा हुने देखिने गरेको छ । चिकित्सकसँग निरन्तर परामर्शमा रहे अटिजमको रोकथाम गर्न सकिन्छ ।

    विश्व अटिजम जागरूकता दिवस सन् २०२४ को नारा
     #Awareness – #Acceptance – #Appreciation: Moving from surviving to thriving. अर्थात् स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन प्रतिस्पर्धा नै उत्रने भन्ने अर्थ लाग्दछ ।
    निलो रङलाई शान्ति र समानताको प्रतिकका रूपमा लिएर अटिजम भएकाहरूको समावेशिता र समानताका लागि यस वर्ष पैरवी गरिएको छ ।
    आज विश्व अटिजम जागरूकता दिवसका दिन संसारभर जन चेतनामूलक कार्यक्रमहरू गरी अटिजमलाई बुझ्ने प्रयास गरिँदै छ। हामी पनि यसमा सहभागी बनौँ ।

    SEE २०८०- अनिवार्य विज्ञान तथा प्रविधि


    एसइई परीक्षा २०८० साल चैत्र १५ गतेदेखि चैत्र २७ गते सम्म सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय, सानो ठिमीले आज देखि हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पुरा गरेको र परीक्षा बिहान ८ बजे देखि सञ्चालन हुने जनाएको हो । देशभरका परीक्षा केन्द्रमा एकैसाथ सुरु हुने परीक्षाको सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ ।

    परीक्षामा सहभागी हुन ४ लाख ८९ हजार विद्यार्थी सहभागी हुँदै छन् ।

    तालिका अनुसार आज अनिवार्य विज्ञान तथा प्रविधि विषयमा परीक्षा हुनेछ।

    एसइई परीक्षामा सम्बन्धित उम्मेदवारले आठ विषयको परीक्षामा उपस्थित हुनुपर्नेछ। तीमध्ये अङ्ग्रेजी, नेपाली, विज्ञान, सामाजिक अध्ययन, गणित र वातावरण, जनसङ्ख्या र स्वास्थ्य अनिवार्य विषय हुन् । जबकि ऐच्छिक गणित, लेखा, कम्प्युटर, अर्थशास्त्र ऐच्छिक विषय हुन् । यी ऐच्छिक विषयहरू मध्ये विद्यार्थीहरूले कुनै दुई विषय छनोट गर्नुपर्नेछ ।

    सम्पूर्ण परीक्षार्थीहरूलाई शुभकामना ।

    -हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.