Fagu Poornima / Holi/Poornima Wrata | फागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत | २०७८ चैत ३ | Hamro Patro

आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Mar/Apr 2022
२०७८ चैत

बिहिवार
Mar 17, 2022

फागु पुर्णिमा (पहाडी जिल्ला)/पूर्णिमा व्रत ( Fagu Poornima / Holi/Poornima Wrata )
MY NOTE
तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

विश्व मुख स्वास्थ्य दिवस | अन्तर्राष्ट्रिय खुशी दिवस



विश्व ओरल स्वास्थ्य दिवस, आज मार्च २० मा । मुख भनौं या मौखिक अझ मुख भित्रको स्वास्थ्यको दिवस भनौं आज ।

मुखलाई त स्वास्थ्यको दर्पण नै मानिन्छ, मान्छेको मुखको स्वास्थलाई उसको व्यक्तित्वसंग जोडेर हेरिन्छ । मुखको स्वास्थ्य अनि सम्पूर्ण शरीरको स्वास्थ्य अत्यन्त निकट कुराहरु हुन् । मुख नै हरेक खाना अनि सरसफाईको मुख्य बाटो हो, हैन र ?
मुख नै फोहोर भएमा शरीर स्वस्थ कसरी रहन सक्छ र ?

आजको दिनले मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने अन्य संक्रमण र रोगहरुको जनचेतना फैलाउने काम गर्दछ । जस्तै कि मधुमेह, हृदयरोग झैं कार्डियो भास्कुलर रोगहरु अनि श्वासप्रश्वासका रोगहरु मुखको स्वास्थ्यसंग सम्बन्ध राख्ने रोगहरु हुन् । यी कुराहरु हामीले आउने पुस्ताहरुमा पनि सिकाउन जरुरी मानिन्छ । बढ्दो फास्ट फुड, चिसो तातो खाने चलनले बालबालिका्हरु झनै मुखको स्वास्थ्यको जोखिममा रहन्छन्, विश्वव्यापी तथ्याकंका अनुसार केवल १३ प्रतिशत आमाबुवाले मात्र आफ्ना सन्तानलाई पहिलो जन्मदिन अघि दन्त चिकित्सककोमा लग्ने गर्दछन् ।

बच्चालाई पीडा भएपछि मात्र दन्त चिकित्सककामा लिएर जाने आमाबुवाको प्रतिशत २३ प्रतिशत छ । वास्तवमा पीडा हुनु अगावै नै चिकित्सकका मा रोकथाम अनि जाँचका लागि लान जरुरी छ । र अझ जरुरी छ उनीहरुको मुखको स्वास्थ्यका लागि जरुरी बानी व्यहोराहरुको शुरुवात । नियमित दन्त परीक्षण, दाँतको राम्रो सुरक्षा र स्वस्थ खानेकुराहरु मुखको ख्याल राख्नका लागि जरुरी कुराहरु हुन् । खैनी, चुरोट लगायतका विभिन्न अम्मलको सेवनले पनि मुखको स्वस्थ्यमा असर गरिरहेको हुन्छ, अझ हाम्रो देशमा यस्ता अम्मलको प्रयोग समाजका सस्कार मै जोडिएको सम्म पनि छ ।

यो राम्रो कुरा हैन, स्वस्थ हुनु नै धन हो हैन र ? अहिले त झन विभिन्न टुथपेस्ट अनि केही सुन्दरताका उत्पादनका विज्ञापनले मुखको स्वास्थ्यलाई धेरै उजागर गरेको छ तर मुखलाई स्वस्थ राख्न त्यति पनि जटिल छैन जति ति उत्पादनहरुले व्याख्या गर्दछन् । सानै उमेर देखि दिनहुँ सफा गर्ने, पखाल्ने, प्रभावकारी तरिकाले ब्रश र पेस्ट लगाउने गर्नाले दाँतको समस्या धेरै हदसम्म समाधान हुन्छ । ब्रश गर्दा धेरै घोटेर गर्नु राम्रो हुन्छ भन्ने सोच गलत हो, उपयुक्त तवरले तलमाथि गर्दै ब्रश गर्नु जरुरी हुन्छ । अन्य कुरामा हजारौं खर्च हुँदा पनि वास्ता नगर्ने औसत नेपाली हामी दाँत मोल्ने ब्रश चाहिँ खासै खर्च गरेर राम्रो किन्दैनौं, किन होला ?

मुखको स्वास्थ्यमा लगानी गर्न यस वर्षको ओरल हेल्थ दिवसले सबैलाई सिकाओस् ।
मुख खोलेर हाँसौं, हृदय खोलेर हाँसौं ।

----
हाम्रो पात्रोकालागी सुयोग ढकाल

----
अन्तर्राष्ट्रिय खुशी दिवस

हरेक बर्षको २० मार्चको दिनमा विश्वब्यापी रुपमा बर्षभरि एक आपसमा खुशीको आदान प्रदान गर्ने प्रेरणा दिनको लागि अन्तराष्ट्रिय खुशी दिवस मनाइने गरिन्छ। संयुक्त राष्ट्र संघको विशेष सल्लाहकार जेमी इलियेंनको पहलमा खुशीको महत्वको बारेमा सबैलाई चाहिने जागरुकता फैलाउनको लागि यो दिन शुरु गरिएको हो।

आजको दिनले हामीलाई विभाजन गर्ने कुरामा भन्दा पनि हामि कुन कुरामा समान छौ भनेर सोच्न सबैलाई पहल गर्ने गर्दछ। सबैजना खुशी हुन चाहन्छन र जबसम्म हामी सँगै हुदैनौ हामि खुशी हुन् सक्दैनौ। त्यसैले आज हामिबीचको समनाता खुशी सबैले मनाउनु जरुरि छ।

सकारात्मक सोचौ र आफ्नो मनलाई खुशी र ताजा बनाउ।



आउँदा दिनहरु

राशीफल

साहित्य / ब्लग

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.